जलवायु

नेपाली किसान वर्षाको पर्खाइमा

सरकारी तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३३ प्रतिशत छ । यसमा धानको योगदान आधाभन्दा बढी अर्थात् २१ प्रतिशत छ
नेपाली

यति बेला नेपाली किसानका आँखा आकाशमा छन् । मनसुनको बेला अनिश्चित वर्षाको संकेत पाउन नेपाली किसान चिन्तित मुद्रामा आकाशतर्फ हेर्छन् । सामान्यतया नेपाली किसान जुन महिनाको पहिलो सातादेखि रोपाइँंमा ब्यस्त हुने गर्छन् । तर, यसपटक राम्रोसँग वर्षा भएको छैन त्यसैले रोपाइँका लागि मनसुनमा निर्भर किसान निराश भएका छन् ।

अधिकारीहरुले जुन २० मा देशकमा मनसुन प्रवेश गरेकोे बताए पनि अधिकांश क्षेत्रमा अझसम्म राम्रो वर्षा भएको छैन् । यो स्थिति सम्पूर्ण दक्षिण एसियामा छ । भारत र पाकिस्तानको अधिकांश क्षेत्रमा मनसुन कि ढिलो भएको छ कि खण्डवृष्टि भएको छ । विश्वका मौसमविद्ले यसको कारण पूर्वी प्रशान्त महासागरमा देखिएको ‘इल निनो’ प्रवृत्तिलाई मानेका छन्, जसले दक्षिण हिन्द महासागरबाट एसियातर्फ जाने मनसुनलाई कमजोर बनाउँछ ।

‘वर्षा हुन किन ढिलो भइरहेको छ, मलाई थाहा छैन तर हालैका वर्षमा मनसुनको पूर्वानुमान निकै अनिश्चित बनेको छ’, तनहुँ दराईपँधेराका ४७ वर्षीय किसान रत्न दराईले भने । उनी धान रोपाइँ गर्न वर्षाका लागि भगवानको प्रार्थना गरिरहेका छन् ।

मनसुनपूर्वको वर्षा पनि निकै कम भएकाले किसान दुःखमा छन् । उनीहरूले हिउँदे धान (अप्रिलमा रोपेको) समयमा भित्र्याउन पाएनन् । ‘सुक्खा छ त्यसैले टाढाबाट नहरमा ल्याएको थोरै पानी पनि बाँडीचुँडी गर्नुपरेको छ । यसले गर्दा धानको रोपाइँ ढिलो भएको छ’, दराईले भने । ‘प्रत्येक वर्ष जीवनयापन कठिन बन्दै गएको छ, यो सबै हाम्रो बशमा छैन, हामी प्रकृतिको नियमबाट टाढा जान सक्दैनौं’, सोही गाउँका निरबहादुर दराईले भने ।

रत्न र निरबहादुर प्रतिनिधिमात्र हुन् । उनीहरूको जस्तै चिन्ता यो हिमाली राज्यमा जताततै प्रतिध्वनित भएको पाइन्छ । दमौलीनजिकैको राजमार्ग किनारका ८० वर्षीय छविलाल विश्वकर्माको आफ्नै जमिन छैन तर उनी मौसम र खेतीपातीको तालिकामा आएको परिवर्तनबाट चिन्तित छन् । ‘हामीले रोपाइँभन्दा दुईचार महिनाअगाडि योजना बनाउँथ्यौं तर सायद अहिले भगवान हामीसँग रिसाएका छन्’, जलवायु परिवर्तन शव्दावली नसुनकोे बताए तर परिवर्तन भने उनले महशस गरेका छन्।

दमौलीबाट ४० किलोमिटर पश्चिममा पर्यटकीय सहर पोखरा पर्छ, त्यहाँ पनि किसानहरू वर्षाको पर्खाइमा छन्। तनहुँ जिल्लाको कमलबारीका ज्ञानबहादुर आले भाग्यमानी किसानमध्ये एक हुन् । उनको खेत नहरको नजिकै पर्छ । ‘मेरो खेत खला खेत हो, त्यहाँ चिस्यान रहन्छ र पानी कम चाहिन्छ तसर्थ मैले सिँचाइको पानीबाट समयमै रोपाइँ गरें’, उनले भने ।

कृषिका लागि सिँचाइ महत्वपूर्ण छ । नेपाल सरकारको सिंचाइ विभागका अनुसार देशको ४० प्रतिशत भूमिमा कम्तीमा एक मौसमको लागि सिँचाइ उपलब्ध छ  भने जम्मा १५ प्रतिशत भूमिमा मात्र वर्षभरि नै सिँचाइ सुविधा रहेको छ । ‘किसान वर्षामा अत्यधिक निर्भर छन्, केही दिन ढिलो वर्षा हुँदा पनि वर्षभरिको कृषि तालिकामा असर पर्छ’, नेपाल किसान समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले भने ।

सरकारी तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३३ प्रतिशत छ । यसमा धानको योगदान आधाभन्दा बढी अर्थात् २१ प्रतिशत छ । अल्पवृष्टिका कारण रोपाइँ कम भएको छ र यसले अधिकारीहरूलाई उत्पादनको अनुमान गर्न कठिन बनाइदिएको छ । गत वर्ष यही समयका दोब्बर रोपाइँ भइसकेको थियो । ‘कमजोर मनसुनका कारण कम पानी परेर यस्तो स्थिति आएको हो । यो वर्षभन्दा गत वर्ष राम्रो वर्षा भएको थियो’, कृषि विकास मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले भने ।

केहीले यो प्रभाव जलवायु परिवर्तनका कारण भएको बताए पनि विज्ञहरू मनसुनको अनियमितता जलवायु परिर्वतनका कारण मात्र भएको मान्न तयार छैनन् । ‘हामीले परिवर्तन देखेका छौं तर यो एकैनासको छैन, मनसुन जलवायु परिवर्तन लगायत धेरै कुराबाट प्रभावित हुन्छ । त्यसकारण सामान्यतया मनसुनको भविष्यवाणी कठिन बन्दै गएको हो तर प्राप्त अनुसान्धान र तथ्यांकले त्यस (जलवायु परिवर्तन) लाई मात्र दोष दिने ठाउँ देखाउँदैन’, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको मौसम पूर्वानुमान विभागका पूर्वप्रमुख राजेन्द्र श्रेष्ठले भने ।

उनका अनुसार मनसुनको आगमन र अन्त्यमात्र नभई मनसुनको समयमा परिवर्तन हुने प्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ । यो प्रवृत्तिमा चाँडो चाँडो परिवर्तन आइरहेकोमा उनी सहमत भए । सामान्यतया नेपालको पूर्वी भागमा जुन १० र काठमाडौंमा जुन १२ मा मनसुन प्रवेश गर्नुपर्ने हो तर यस्तो बिरलै हुन्छ । मौसमविद्का अनुसार एक साता यताउता हुनु सामान्य हो तर गत दशकमा निकै अन्तर देखिएको थियो ।

वर्षाको अभावलाई कामदारको अभावले अझ कठिन बनाएको छ । ‘तपाइँले पानी पाउनुभयो भने पनि रोपाइँ सजिलो छैन । धेरै युवा विदेश गएका छन्, गाँउभरि खोज्दा पनि दुईचारजना कामदार पाउन कठिन छ’, तनहुँ जिल्लाको रानीगाउँका ४५ वर्षीय लक्ष्मण गौलीले भने ।

प्रत्येक वर्ष भारतबाहेकका मुलुकमा कामका लागि तीन लाख युवा बिदेसिने गरेको अध्ययनहरूले देखाएका छन् । करिव ३० प्रतिशत घरधुरीबाट कम्तीमा एकजना कामका लागि बिदेसिएका छन्।

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)