प्रकृति

सिक्किमी सांग्रिलाको संरक्षण

पर्यटकलाई खाना बनाउन, नुहाउने तातोपानी र जाडो भगाउन आगो बाल्न रूख काट्न थालियो , बिस्तारै फोहोरको पहाड थुप्रिँदै गयो , साबुन र तेलले पानीको मुहान र हिमनदी प्रदूषित बन्दै गए र कडा नीतिनियमको अभावमा वनस्पतिको चोरी र चोरी शिकारी बढ्यो अनि नेसनल पार्क खतरामा पर्दै गयो
नेपाली
<p>Sikkim is home to the snow leopard, clouded leopard, red panda and Great Tibetan Sheep and a huge repository of medicinal plants. (Photo by Karneek Vyas)</p>

Sikkim is home to the snow leopard, clouded leopard, red panda and Great Tibetan Sheep and a huge repository of medicinal plants. (Photo by Karneek Vyas)

उत्तरपूर्वी भारतका बासिन्दा वन फडानी, प्रदूषण, चोरी सिकारी र पर्यटनका असरसँग लडिरहेका छन्। सस्तो वायुसेवा र प्याकेज टुरले सन् १९९० देखि यस क्षेत्रमा पर्यटकको बाढी नै ल्यायो तर त्यसले कञ्चनजंघा नेसनल पार्क र त्यहाँका जीव तथा वनस्पतिमा नराम्रो प्रभाव पा¥यो । विगत १५ वर्षदेखि युक्सोमका समुदायले रूख कटान, प्रदूषण र चोरी सिकारीको समस्या भोग्दै आएका छन् । यसले तिनीहरूको सांग्रिलालाई असर गरिरहेको छ ।

कञ्चनजंघा नेसनल पार्कको उत्तरपूर्वी सीमाबाट म आधिकारिक प्रवेशद्वार रहेको दक्षिणपश्चिम रातोङ उपत्यकास्थित युक्सोम गएको थिएँ । युक्सोम विश्वको तेस्रो अग्लो हिमशिखर पवित्र कञ्चनजंघा (आठ हजार पाँच सय ८६ मिटर) को काखमा छ । एक हजार सात सय ८० मिटरको उचाइमा रहेको यस क्षेत्रले ठूला पात भएका ओक, ब्रिच, मापल, चेस्टनट, मंनोलिया, गुराँस, सिल्भर फिर, अस र अल्डेरका रूखहरूको जंगललाई संरक्षण दिइरहेको छ ।

लेप्चा भाषामा युक्सोमको अर्थ तीनजना विद्वान् लामाको भेटघाट स्थान भन्ने हुन्छ । यी लामाले सिक्किमका पहिलो बौद्ध राजा चोङग्यालको छनोट गरे भन्ने जनश्रुति छ । युक्सोम सिक्किमको पुरानो राजधानी हो । यस गाउँमा १७औं शताब्दीको भग्नावशेषका साथै महान् रिम्पोचे अर्थात पद्मसम्भवको आशीर्वाद प्राप्त पुराना बौद्ध गुम्बा पनि छन् ।

करिब दुई शताब्दीसम्म युक्सोमका बासिन्दा लेप्चा र लिम्बू (घुमन्ते सिकारी र किसान), भुटिया (व्यापारिक समुदाय), क्षेत्री र बाहुन (कृषक) का साथै गुरुङ र मगर (पशुपालक) बौद्ध धर्ममा प्रवेश गरेका थिए । उनीहरू अलैंची र तरकारी खेती गर्दैै, पशु पाल्दै र तान्त्रिक बौद्ध धर्म मान्दै विशाल हिमालयको काखमा बस्दै आएका थिए ।

कञ्चनजंघाको शाब्दिक अर्थ भगवान्को सम्पत्तिको पाँच खानी भन्ने हुन्छ । यस्तो खानी युक्सोमको वरिपरि कहीं गाडिएको विश्वास गरिन्छ । यस हिमालले नेय पेमाथाङ जाने गुप्त बाटो पनि लुकाएको विश्वास गरिन्छ । यस बाटोबारे २१औं शताब्दीको उपयुक्त समयमा उपयुक्त व्यक्तिलाई बताइने जनविश्वास छ ।

भारतले सिक्किम आफूमा गाभेको दुई वर्षपछि सन् १९७५ मा सिक्किम सरकारले आठ सय ५० वर्गकिलोमिटर क्षेत्रफलको नेसनल पार्कबारे जानकारी दियो । पार्कको करिब ९० प्रतिशत भूभाग तीन हजार मिटरभन्दा माथिको उचाइमा पर्छ । यसमध्ये ३४ प्रतिशत भूभाग हिमाल र हिमनदीले ओगटेको छ । यो पार्क लोपोन्मुख हिउँचितुवा, लजालु रातो पान्डा र सर्वाधिक खोजीको कस्तुरी मृगको वासस्थान हो । हिमाली क्षेत्रमा पाइने थारका साथै विभिन्न शाकाहारी र मांसाहारी जीव यस पार्कमा छन् ।

युक्सोममा पहिलो पर्यटकीय लज सन् १९८० मा बन्यो । सन् १९८५ पछि त्यहाँ जाने पर्यटकको संख्या अंकगणितीय हिसाबले बढ्दै गयो । सन् १९९० मा दुई हजार पर्यटकले भ्रमण गरेकोमा सन् २००५ मा सो संख्या चार हजार पाँच सय पुग्यो ।

नेसनल पार्कको प्रवेशद्वारको साथै युक्सोम जोङ्ग्री, थाङ्ग्री, गोइचा ला र कञ्चनजंघा आधार शिविर पुग्ने पैदल मार्गको आरम्भ विन्दु पनि हो। सन् १९९४ मा पदयात्रा नियमावली खुकुलो बनाएपछि कञ्चनजंघा आधार शिविर पुग्ने सजिलो बाटो भएकाले नेपाल र भारतका ट्रेकिङ कम्पनीले विदेशी पदयात्री, कुक र भरियालाई त्यहाँ पठाउन थाले ।

पर्यटकलाई खाना बनाउन, नुहाउने तातोपानी र जाडो भगाउन आगो बाल्न रूख काट्न थालियो । बिस्तारै फोहोरको पहाड थुप्रिँदै गयो । साबुन र तेलले पानीको मुहान र हिमनदी प्रदूषित बन्दै गए । कडा नीतिनियमको अभावमा वनस्पतिको चोरी र चोरी शिकारी बढ्यो अनि नेसनल पार्क खतरामा पर्दै गयो ।

केही अतिक्रमणको विरोध र धेरै युक्सोमको वातावरणप्रतिको चासोका कारण स्थानीय समुदायले सन् १९९७ मा कञ्चनजंघा संरक्षण समिति (कसंस) गठन गरे । यस समितिमा स्थानीय समुदायका सदस्य र प्राकृतिक तथा सांस्कृतिक संसाधन संरक्षणमा सक्रिय पर्यटन व्यवसायी छन् । सिक्किमको वन विभागले यसको समन्वय गरेको छ ।

कसंसले तत्काल चाल्नुपर्ने सम्बोधन गर्नुपर्ने निम्न पक्षको पहिचान गरेको छ— याक र भेडाको अत्यधिक चरन, राथोङ हिमनदीमा हिमाइद्वारा गरिएको विनाश, नेसनल पार्कमा फोहोर व्यवस्थापन, पार्कभित्रको थसोका गाउँ पुनस्र्थापना र पर्यटनबाट स्थानीयलाई बढीभन्दा बढी लाभको सुनिश्चितता ।

‘मैले तीन वर्षमा धेरै कुरा सिकें । एकातिर मानिस युक्सोमको प्राकृतिक सुन्दरताबाट प्रभावित भई यहाँ आइरहेका छन् भने अर्कोतिर प्राकृतिक संरक्षणलाई पर्यटनसँग जोड्ने काम दुईतर्फ धार भएको तरबारजस्तै भएको अनुभव गरेका छौं । राम्रोसँग प्रयोग भएन भने प्रयोगकर्तालाई नोक्सानी पु¥याउन सक्छ । अहिले हाम्रो गाउँका ८० प्रतिशत घरधुरी कुनै न कुनै प्रकारले पर्यटनसँग जोडिएका छन् । मलाई थाहा छ, वनविनाशले पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोप निम्त्याउँछ । यसबाट हाम्रा मानिसले दुःख पाउँछन् । हामीले जैविक विविधता र बढ्दो पर्यटन उद्योगलाई जोगाउन सकेनौं भने हामीसँग केही हुनेछैन, यति कुरा मैले बुझें’, कसंसका प्रमुख कार्यकारी तथा कोषाध्यक्ष छिरिङ उदेनले भने ।

सन् १९९५ मा पहिलोपटक युक्सोमका मानिसको जीवनमा जलवायु परिवर्तनको असरले प्रवेश पायो । यससम्बन्धी समाचार थियो— राथोङ हिमनदी साँघुरिन थाल्यो र दुधपोखरी हिमालमा हिउँ घट्दै गएको स्थानीय व्यक्तिले देखे ।

यसैबीच अधिकांश भारतीय सस्ता विमान सेवा र प्याकेज टुरमा रमाइरहेका थिए । सन् १९९९ पछि धेरै भारतीय पर्यटक कञ्चनजंघाको मनमोहक दृश्य हेर्न ताछिदिङ गुम्बा जाने बाटोमा पर्ने युक्सोमनजिकको पेलिङजस्ता स्थानमा पुग्न थाले । पर्यटन व्यवसाय युक्सोम र उदेनको स्पस्ट अनि तत्कालीन खतराका रूपमा देखियो ।

कसंसको पहिलो कदम पदयात्रामा पर्यावरणको व्यवस्थापन गर्न सिकाउन भरियाका लागि हाते किताब निकाल्ने थियो । यो हाते किताब भरिया र सहायकका लागि नेपाली, हिन्दी र स्थानीय भाषामा प्रकाशन भएको थियो । यसमा संरक्षणको महत्त्व, फोहोर व्यवस्थापनदेखि चरा पहिचान गर्ने विधि र महत्त्वपूर्ण जीव तथा वनस्पतिको जानकारी समेटिएको थियो । यो पुस्तिका भरिया समुदायमा लोकप्रिय भयो ।

समितिले याक र भेडाको स्थायी बासस्थान हटाउनुका साथै एचएमआईसँग मिलेर कञ्चनजंघा नेसनल पार्कमा दाउराको प्रयोगमा रोक लगायो । उसले ३० वर्षअगाडिदेखि थुप्रिएको फोहोर हटायो, ट्रेनिङ कोर्समा सहभागी र कोर्सको संख्या निकै घटायो अनि युक्सोममा प्रशिक्षार्र्थीलाई वातावरणीय अनुशिक्षण अनिवार्य बनायो । यस कदमले दाउराका लागि उच्चपहाडी झारपात र रूखको कटान, जडीबुटीमा अत्यधिक चरन र पार्कमा फोहोर फाल्न अन्त्य भयो ।

मैले सन् २०१२ को मेमा कञ्चनजंघा नेसनल पार्क भ्रमण गर्दा कसंसकी रिसेप्सनिस्ट डोमा छिरिङ लेप्चाले स्वयंसेवकका रूपमा पदयात्रीको फोहोरसम्बन्धी फर्म भरिरहेको पाएँ ।

प्रवेशद्वारमा ठूला आठवटा फोहोर फाल्ने भाँडा राखिएका थिए । नजिकै छुट्टाउने र पुनः प्रयोग गर्न सकिने फोहोर राखिएको थियो । उदेनले मलाई फोहोर पुनःप्रयोग केन्द्र देखाए । ‘कोषको कमीले क्षमताको राम्रो प्रयोग गर्न सकेका छैनौं तर हामीले दुईजना कर्मचारी फोहोर छुट्टाउने, पुनः प्रयोग गर्ने र कागज बनाउने काममा लगाएका छौं’, उनले भने। यहाँ प्रभावित हुन कठिन थिएन किनकि काम गर्ने जाँगर भएका राम्रा केही मानिसको सहयोगमा कसंसले  १५ वर्षमा व्यावहारिक र कडा सोचका साथ दिगो पर्यटन कार्यक्रम चलाइरहेको थियो ।

‘कञ्चनजंघा हाम्रा मुख्य देवता हुन् । यो स्थानको ठूलो दैवी महत्त्व छ । यहाँ जन्मन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । हिमालको पवित्रता कायम गर्न सकेकोमा खुसी छु । मेरो परिवार र युक्सोमका सबैलाई थाहा छ, भगवान्कै कारण यो सजिलो छ । सबैजना मिलेर हामीले सोचेको भन्दा राम्रो गरिरहेका छौं’, मधुर मुस्कानका साथ उदेनले आफ्नो भनाइ टुंग्याए ।

सन् २०११ को भूकम्पपछि पनि प्रत्येक दिन पर्यटक आइरहेका छन् । जोङ्ग्री पदयात्रा मार्गलाई १६ भागमा विभाजन गरी एक सय ८४ किलोमिटर लामो विश्वस्तरीय पदयात्रा मार्ग बनाउने काम भइरहेको छ । तर, युक्सोमको क्षमता विकास नगरेसम्म भारतीय पर्यटकको विद्यमान बाढीले त्यो अद्वितीय सम्पदामा नोक्सानी पु¥याउनेछ । अहिले नै गान्तोक दार्जिलिङजस्तै पर्वतीय झुप्रे बस्तीजस्तो भइसकेको छ ।

युक्सोममा अन्तिम दिन म सिक्किमको सबैभन्दा पुरानो गुम्बा हुङ्री गुम्बा जाने क्रममा नेसनल पार्कको सीमानजिकै मैले एउटा खोलामा आफ्नो तिर्खा मेटें र बोतलमा पानी भरें । अब पृथ्वीमा यस्ता ठाउँ केहीमात्र छन् जहाँ प्राकृतिक शुद्ध पानी सित्तैमा पाइन्छ ।

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)