प्रदुषण

भारतीय राजधानीमा श्वास प्रश्वासको समस्या बढ्दो

अध्ययनले के पता लगाएको छ भने, ४६ माइक्रो ग्रामप्रति घन मिटरमा औषत २ दशमलव ५ पिएम वायु प्रदुषण स्तर भएका भारतीय सहर, युरोपका सहर, (२१ दशमलव ७ माइक्रो ग्रामप्रति घनमिटर), अमेरिकन सहर (९ दशमलव ६ माइक्रो ग्रामप्रति घनमिटर) साथै चाइनिज सहरभन्दा पनि बढी प्रदुषित छन्
नेपाली
<p>Traffic jam in New Delhi, India</p>

Traffic jam in New Delhi, India

संसारको सबैभन्दा प्रदूषित सहरको नामले पहिलेदेखि नै चिनिँदै आएको भारतीय राजधानी नयाँ दिल्ली बढ्दो वायुप्रदुषण, उदासीन जनमानस साथै अदूरदर्शी सरकारको बीचमा घेरिएको छ।प्रदुषित वायुका कारण भारतीय राजधानीका बासिन्दाको आयु ३ वर्षले कम हुने गरेको सिकागो विश्वविद्यालयका माइकल ग्रिनस्टोनले भर्खरै गरेको एक अध्ययनले देखाएको छ।

हावार्ड र येल विश्वविध्यालयका पर्यावरणीय अर्थशास्त्रीहरुले संयुक्तरुपमा गरेको उक्त अध्ययनअनुसार देशका यस्ता सम्पूर्ण क्षेत्रमा प्रदुषण कम गर्दै वायुको गुणस्तर कायम गर्नसके यहाँका करोडौं बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्नुका साथै करिब २ दशमलव १ अर्ब वर्ष आयु बढाउन सकिनेछ।

उक्त अध्ययन-प्रतिवेदनले भारतको केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डको हवाला दिँदै भनेको छ कि सन् २०१० मा ७७ प्रतिशत भारतीय सहर तथा नगरहरुको वायु तोकिएको राष्ट्रिय प्रदुषण स्तरभन्दा धेरै दुषित भएको पाइएको थियो। किनकि त्यहाँको हावामा तोकिएको १० माइक्रो मिटरभन्दा कम व्यास भएका (पिएम १०) दुषित कणको बाहुल्याता छ।

विश्व स्वास्थ्य संगठनको अनुमानमा २ दशमलव ५ माइक्रो मिटर (पिएम २.५) भन्दा सानो व्यास भएका कणहरुको बाहुल्यता भएको वायु रहेका संसारका २० वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहर नयाँ दिल्लीलगायतका १३ वटा सहर भारतमा छन्। श्वाशप्रश्वाससम्बन्धी दीर्घ रोगको कारणले हुने मृत्युदर संसारमै सबैभन्दा बढी भारतमै छ।

आम उदासीनता, सरकारी अदूरदर्शिता र जलवायु प्रदुषण

वायु प्रदुषण कम गर्न अपनाइने जुनसुकै कदमका लागि पनि आम उदासीनता ठूलो चुनौतिको रुपमा रहेको छ। किनकि प्रत्येक सहरी बासिन्दाको महत्वकांक्षा भनेको ठूला आकारका डिजेल कार किन्ने हुने गरेको छ। किसानहरु डिजल र पेट्रोलको मूल्य बराबर बनाउन खोज्दा विरोधमा उत्रन्छन्। किनकि उनीहरु सिंचाइको लागि डिजल पम्प प्रायोग गर्छन्। यसको फाइदा भने डिजल कार उत्पादकहरुले लिने गरेका छन्।

सरकार पक्षबाट पनि देशको ऊर्जा उत्पादनको मुख्य स्रोत कोइला हो भन्ने वकालत जारी छ। भारतले बितेका ५ वर्षमा कोइलाको प्रयोगबाट ऊर्जा उत्पादन गर्ने आफनो क्षमतामा ७३ प्रतिशतले वृद्धि गरेको छ भने सन् २०२२ सम्ममा कोइलाको प्रयोगबाट थप ११० गिगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।

यस नीतिका समर्थकहरु यो नै ऊर्जा उत्पादनको एकमात्र सरल तथा सुलभ उपाए भएको बताउँछन्। किनकि कोइलाको प्रयोगद्वारा उत्पादन गरिएको विद्युत सौर्य ऊर्जा तथा वायु ऊर्जाभन्दा सस्तो पर्न जान्छ।

तर यसमा सर्वसाधारण भारतीयले कोइला बाल्दा हुने प्रदुषणको कारण खेप्नुपर्ने श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या र त्यसको उपचारका लागि ब्यहोर्नुपर्ने खर्च रकम समावेश गरिएको छैन। श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याले लाखौं मनिस काम गर्न असमर्थ हुन्छन् र उनीहरुको उत्पादकत्वमा कमी आउँछ। यो घाटा पनि यसमा समावेश गरिएको छैन। यसैगरी कोइला उत्खनन्ले गर्दा हुने पर्यावरणीय क्षतिलाई पनि नजर अन्दाज गरिएको छ।

भारतबाट उत्सर्जन हुने हरितगृह ग्याँसमा कोइलाको योगदान सबैभन्दा बढी छ। भारत अहिले विश्वमै तेस्रो ठूलो हरितगृह ग्याँस उत्पादक राष्ट्र हो। हरितगृह ग्याँस नै जलवायु परिवर्तनको मुख्य कारक तत्व हो। यस वर्ष जलवायु परिवर्तनको असरसँग जुझ्नका लागि अन्तर्राष्ट्रिय सन्धी सम्झौता माथि छलफल भइरहेको बेला भारतले उत्सर्जन कम गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायबाट दबाब खेप्नुपर्‍यो।

तर बिजुलीको पहुँचबाहिर रहेका झन्डै ३ करोडभन्दा बढी भारतीयले विद्युत सेवा पाउनुपर्ने भन्दै सरकारले कोइलाको प्रयोगविरुद्ध कुनै पनि कदम चाल्न अस्वीकार गर्दै आएको छ। जनताको विद्युत सेवाको आवश्यकतालाई नकार्न सकिँदैन। तर उक्त उद्देश्यका लागि हुने कोइलाको प्रायोगले हरितगृह ग्याँस उत्सर्जनको वर्करेखा सिधै उकालो लाग्नुका साथै करोडौं जनतको स्वास्थ्यमा प्रतिकूल असर पार्नेछ।

अध्ययनले के पता लगाएको छ भने, ४६ माइक्रो ग्रामप्रति घन मिटरमा औषत २ दशमलव ५ पिएम वायु प्रदुषण स्तर भएका भारतीय सहर, युरोपका सहर, (२१ दशमलव ७ माइक्रो ग्रामप्रति घनमिटर), अमेरिकन सहर (९ दशमलव ६ माइक्रो ग्रामप्रति घनमिटर) साथै चाइनिज सहरभन्दा पनि बढी प्रदुषित छन्। चाइनाका सहरहरुको प्रदुषण स्तर ४० दशमलव ४ माइक्रो ग्रामप्रति घन मिटर रहेको पाइएको छ।

धेरै भारतीय सहरहरुको हावामा अत्यन्तै साना प्रदुषित कणहरुको उपस्थितिको स्तर ७५ माइक्रो ग्रामप्रति घनमिटरभन्दा पनि बढी पाइएको छ। त्यसमाथि पनि भारतीय वायु गुणस्तर कायम राख्न बनाइएको वैधानिक प्रावधान अन्य देशको तुलनामा साहै फितलो छ।

‘भारतको वर्तमान राष्ट्रिय वायु गुणस्तर वार्षिक २ दशमलव ५ पिएम तथा ४० माइक्रो ग्रामप्रति घनमिटर छ। जुन विश्व स्वास्थ्य संगठनले तोकेको स्तरभन्दा ४ गुणा बढी हुनुका साथै अमेरिका, चीन, युरोपेली देशहरुले निर्धारण गरेको स्तरभन्दा धेरै बढी हो,’ प्रतिवेदनमा उल्लेख छ।

‘वायु प्रदुषणले गर्दा २ अर्ब वर्षभन्दा बढी आयुको क्षति हुनु भनेको ठूलो क्षति हो। प्रदुषणले चुकाउनुपर्ने किमत यतिमा मात्रै सिमित छैन। किनकि यसमा वायु प्रदुषणका अन्य तत्वहरुले मृत्यु दरमा पार्ने प्रभाव, मानवस्रोतको उत्पादकत्वाम पर्ने प्रभाव साथै प्रदुषणको कारणले लाग्ने रोग तथा रोकथाम गर्न सकिने रोगहरुको निवारणका लागि भारतीय सर्वसाधारणले ब्यहोर्ने खर्च सामावेश भएको हुदैन,’ अध्ययनले भनेको छ।

ग्रिनस्टोन भन्छन्, ‘पहिले गरिएका अध्ययनले देखाएका छन् कि विकाससिल देशहरुले वातवरणमा सुधार ल्याउनाले जनताहरुको स्वास्थ तथा औषत आयुमा सुधार हुन सक्छ जुन आर्थिक वृद्धिको लागि अत्यावश्यक छ।’

सन २०१३ मा प्रकाशित एक अध्ययनमा ग्रिनस्टोले के पता लगाए भने चीनको दक्षिणी भागमा बस्ने मानिसभन्दा उतरी चिनमा बस्ने जनतको कूल औषत आयु २ दशमलव ५ अर्व वषले घटने निश्चित रहेको र यसको कारण हुआई नदीको उतर क्षेत्रमा स्थापना गरिएका वाफबाट चल्ने जेनेरेटरहरु चलाउन अत्यधिकरुपमा प्रयोग भएको कोइला हो।

‘भारत सरकारसँग वायु प्रदुषण कम गर्दै जनताको स्वास्थ्य सुधार गर्ने एउटा ठूलो मौका छ,’ ग्रिनस्टोनले भने। ‘यो सम्भव छ भन्ने हामीलाई लाग्छ किनकि भारतमा जनताको दबाबमा पछि पर्यावरर्णीय कानुनहरु कार्यन्वयनमा ल्याइएका छन्। अन्तर्राष्ट्रियरुपमा जलवायुसम्बन्धी जस्ता सन्धि सम्झौता भए पनि भारतले हरितगृह ग्यास उर्त्सजनमा तबसम्म कम गर्ने छैन, जबसम्म यहाँका जनताले जलवायु परिवर्तन संवेदनसिलतालाई मनन गर्दै अविलम्ब कुनै ठोस कदम चाल्नका लागि आफैं अघि सर्दैनन्,’ उनले थपे।

अमेरिकी दूतावासद्वारा वायुको गुणस्तर मापन

संयुक्तराज्य अमेरिकाले नयाँ दिल्लीलगायतका आफ्ना केही कूट्नीतिक नियोगमा फेब्रुअरी १८ देखि वायु गुणस्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ। संसारका धेरै स्थानका वायु गुणस्तरसम्बन्धी वास्तविक तथ्याङ्क उपलब्ध नभएका कारणले, अमेरिकी विदेश मन्त्रालय र यसको वातावरण संरक्षणसम्बन्धी निकाय (इपिए)को संयुक्त प्रयासमा कूट्नीतिक नियोगबाट संकलित यस्ता नयाँ तथ्याङ्क इपिएको वायुको गुणस्तरसम्बन्धी सूचना उपलब्ध गराउने एन्ड्रोइड एप (EPA’s AirNow platform) मा प्रकाशित हुनेछ।

‘यस कार्यक्रमले तथ्याङ्कको उपलब्धता साथै यस विषयको दक्षता अभिवृद्धि गर्न सहयोग गर्नेछ। अमेरिकाको लगि संसारका अरु देशहरुसँग यस विषयमा सहकार्य गर्न यो ठूलो अवसर हुनेछ,’ अमेरिकी विदेश मन्त्रालयले भनेको  छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको गत जनवरीमा भएको भारत भ्रमणका बेला भएका अन्य सम्झौतामध्ये इपिएको वायु गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमको कार्यन्वयन साथै ठूला सहर व्यवस्थापनका लागि सहकार्य गर्नु थियो। यो सम्झौता मुख्यरुपमा सहरी बासिन्दालाई प्रदूषित वायुको जोखिमबाट बच्न सहयोग गर्ने र सहरी विकास नीति निर्मातालाई वायु गुणस्तर सुधारका उपाय कार्यन्वयन गर्न सक्षम बनाउने विषयमा केन्द्रीत छ। तर यो कार्यक्रम अझै ठोसरुपमा अघि बढ्न सकेको छैन।

वायु प्रदुषणविरुद्धको एजेण्डा

हालै नयाँ दिल्लीमा रहेको एक संस्था सेन्टर फर साइन्स एण्ड इन्भाइरोमेन्टले राजधानीको वायु प्रदुषण घटाउन आवश्यक पर्ने कर्यसूची प्रस्तुत गरेको थियो। उक्त संस्थाले प्रस्तुत गरेको एजेण्डा भर्खरै दिल्लीको सत्तामा आएको आम आदमी पार्टीप्रति केन्द्रीत थियो।

यस संस्थाले २०१५ को फेब्रुअरीमा बस, अटो तथा मेट्रोमा वायुको गुणस्तर मापन गर्दै यस्ता सवारीसाधनमा यात्रा गर्दा सर्वसाधारणले औषतरुपमा कति वायु प्रदुषण खेप्नुपर्छ भन्ने अध्ययन गरेका थिए। उक्त अध्ययनको विश्लेषणले जुनसुकै सवारी साधनमा पनि यात्रुले धेरै वायु प्रदुषण खेप्नुपर्ने देखाएको छ। जाँचको क्रममा औषतरुमा दिल्ली प्रदुषण नियन्त्रण समितिले देखाएभन्दा २ देखि ४ दोब्बर बढी प्रदुषण मापन गरिएको थियो।

संस्थाको प्रतिवेदनअनुसार ट्रफिक जाम भएका बेला तथा ट्रफिक बत्तिमा सवारी साधन जम्मा भएको समयमा धेरै प्रदुषण हुने गरेको पाइएको छ। मध्य दिल्लीको पाहारगञ्ज इलाकामा ट्रफिक जाम भएका बेला गरिएको परीक्षणमा त्यहाँको वायु प्रदुषणको स्तर ११७० माइक्रो ग्रामप्रति घनमिटर पइएको थियो।

संस्थाले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अविलम्व प्रदुषण कम गर्न आपतकालीन उपाय अवलम्वन गर्न, सवारी साधनबाट हुने प्रदुषण घटाउन, डिजलको प्रयोगमा थप क लगाउन साथै सार्वजनीक यातायातमा सुधार ल्याउन सुझाव दिएको छ।