प्रदुषण

वायु गुणस्तर तथ्याङ्क हेरफेर गर्ने माथि चीनले कारवाही गर्ने

चीनियाँ समाचार वेभसाइटहरु नाङ्गफाङ्ग डटकम (Nangfang163.com) र काइजियाङ्ग (Caijing) मा प्रकाशित उक्त प्रतिवेदन सम्बन्धी समाचारमा राजधानीको वायु प्रदुषण सरकारले स्वीकार गरेको भन्दा २ गुणा भन्दा पनि बढि रहेको र वेइजिङ्गमा गत २ वर्ष देखि एक हप्तामा ५ दिनहरु अति प्रदुषित हुने गरेको छ ।
नेपाली

एकातिर चीन सरकार वायु प्रदुषण सम्बन्धी तथ्याङ्क तोड मरोड भएको भन्दै छानबिन गर्ने पक्षमा छ भने, अर्कोतिर भने नयाँ अध्ययनले देखाए अनुसार गुणस्तर मापन केन्द्रहरुले तथ्यहरु अनावश्यक हेरफेर गर्नुले वेइजिङ्गको वायु प्रदुषणको स्तर भनिएको भन्दा माथि रहेको इंगित गर्दछ ।

चीनीयाँ सरकारी सञ्चार माध्यमको हवाला दिदै अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाए अनुसार केही स्थानीय अधिकरीहरुले वायु गुणस्तर सम्बन्धी तथ्यहरु हेरफेर गरेको दाबी गर्दै  चीनको वातावरण मन्त्रालयले दुई वर्ष लगाएर यस विषयमा विस्तृत छानबिन गर्ने बताएको छ ।

वायु प्रदुषण सम्बन्धी नक्कली दाबी गरीएको तथ्याङ्कको बारेमा केन्द्रित संसदको गत महिना बसेको वार्षीक बैठकले हजारौ चीनीयाँ सहरहरुलाई टम्म ढाक्ने गरी लाग्ने  तुवालो नियन्त्रणको प्रयासमा तदारुकता देखाउन वायु गुणस्तरको वास्तवीक तथ्याङ्कको प्रयोग गर्नु पर्ने वकालत गरेपछि मन्त्रालयको यो भनाइ आएको हो ।

गत महिना राष्ट्रपति सी जीनपीनले संसदलाई संबोधन गर्दै वातावरण तथा पर्यावरण सम्बन्धी कानुनको उल्लंघन गर्नेहरुलाई सख्त कारवाही गर्ने प्रतिबद्धता जानाएका थिए । अर्कोतिर , चीनको प्रदुषित वायुको कारण तथा प्रभाव समेटेर प्रदुषणको बारेमा बनाईएको वृतचित्र करोडौ चीनियाँ जनताले इन्टरनेटमा हेर्नुले देशको बिग्रदो पर्यावरणीय अवस्थाप्रति जन चासो बढेको देखाउछ ।

छड्के परीक्षण

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले वातावरण संरक्षण उप मन्त्री उ सियाओकुईङ्गको हवाला दिदै प्रकाशित गरेको समाचारमा केहि स्थानीय सरकारहरुले गुणस्तर मापन केन्द्रहरुलाई वायु प्रदुषणको वास्तविक तथ्याङ्क हेरफेर तथा तोडमरोड गर्न वाध्य पारेको उल्लेख छ ।

मन्त्री उ ले भने वायु प्रदुषण सम्बन्धी तथ्यहरुमा हेरफेर गर्नाले सरकार तथा वातावरण संरक्षण सम्बन्धी संस्थाहरुको विश्वसनीयता माथि ठूलो आँच आउनुका साथै वायु प्रदुषण रोक्न गरिने प्रयासहरुमा बाधा पुग्न जान्छ । “तथ्यहरुको सत्यता ग्यारेन्टी गर्नु नै विश्वासको आधार हो,” उ ले भने । उनका अनुसार मन्त्रालय संग प्रत्यक्ष सम्बन्ध भएका वायु प्रदुषण अनुगमन केन्द्रहरु अन्य केन्द्रहरुको तथ्याङ्कको छड्के परीक्षण गर्नमा सहयोगी हुनेछन ।

वेइजिङ्ग भनिएको भन्दा पनि बढि प्रदुषित

यसै बीच, पर्यावरण सम्बन्धी अन्तराष्ट्रिय  गैरसरकारी संस्था ग्रिनपिसको नयाँ अध्ययन र पेकिङ्ग विश्वविध्यालयको अध्ययन अनुसंन्धान समुहले वेइजिङ्गको वायु गुणस्तरको तथ्याङ्कमा हेरफेर गरिएको दाबी गरेको छ । राजधानी वेइजिङ्गको वायु गुणस्तरको अध्यावधीक तथ्याङ्क सन् २०१० देखि महानगर कार्यालयले उपलब्ध गराउदै आएको छ भने अमेरीकी दुतावासले २००८ को ओलम्पीक खेल सुरु हुनु पहिले देखि त्यहाँको वायु प्रदुषणको अनुगमन र यस सम्बन्धी तथ्याङ्क प्रकाशन गर्ने गरको छ ।

वायु प्रदुषण अनुगमन प्रतिवेदन नाम दिईएको उक्त प्रतिवेदनमा अध्ययन टोलीले वेइजिङ्गको हावामा हुने २ दशमलव ५ माइक्रोन  वा त्यो भन्दा पनि सानो आकारका कणहरुको उपस्थितीको स्तर ९८ दशमलव ५७ प्रतिशत रहेको जनाएको छ जुन सरकारी तथ्याङ्कले दाबी गरेको (८५ दशमलव ९) भन्दा १५ प्रतिशत भन्दा बढि हो । पिएम २.५ भनिने यस्ता प्रदुषित कणहरुको उपस्थितीको स्तर हावामा  बढ्दै जादा मनिसहरुको स्वस्थ्यमा प्रतिकुल असर पर्नुका साथै बाक्लो तुवाँलोले जनजीवन प्रभावित बनाउछ ।

चीनियाँ समाचार वेभसाइटहरु नाङ्गफाङ्ग डटकम (Nangfang163.com) र काइजियाङ्ग (Caijing) मा प्रकाशित उक्त प्रतिवेदन सम्बन्धी समाचारमा राजधानीको वायु प्रदुषण सरकारले स्वीकार गरेको  भन्दा २ गुणा भन्दा पनि बढि रहेको र वेइजिङ्गमा गत २ वर्ष देखि एक हप्तामा ५ दिनहरु अति प्रदुषित हुने गरेको छ ।

प्रतिवेदनले पत्ता लगाए अनुसार वेइजिङ्गका ३५ वटा वायु गुणस्तर मापन केन्द्रहरु एक अर्कासंग टाढाको दुरीमा अवस्थीत रहेका र तिनीहरुले दिएका तथ्याङ्कमा वरीपरीको वातावरण र अन्य कारणले गर्दा धेरै फरक आउने गरेको पाइएको छ । तर अन्तमा जारी गरीने तथ्याङ्क सबै केन्द्रहरुबाट प्राप्त परिणामहरुको औषत हुने भएकोले यसमा मापन केन्द्रै पिच्छे देखिएको फरकको कुनै स्थान रहदैन । यसको अर्थ ग्रामिण क्षेत्रमा हावाको गुणस्तर राम्रो भए सहरमा उच्च प्रदुषण भए पनि औषत पिएम २.५ को स्तर कम भएको देखिन्छ ।

एक वर्ष अघि देखि चीनीयाँ प्रधानमन्त्री ली छियाङ्ग ले देशको जल, वायु तथा भूमिको स्वच्छता कायम गर्नु पर्ने भन्दै प्रदुषण विरुद्ध युद्धनै घोषण गरेका छन । यसको वावजुद पनि गत जनवरीमा प्रकाशित तथ्याङ्कले प्रदुषित वातावरणमा कुनै सुधार आएको देखाएको छैन किनकी ठूला औद्योगिक प्रान्तहरुले धेरै प्रदुषण गर्ने उद्योग तथा कल कारखानाहरुमा रोक लगाउने तथा कमी ल्याउने काममा सुस्तता देखाएका छन् ।

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)