प्रदुषण

चीन र भारतको वायु प्रदुषण हटाउने उपायः दण्ड कि पुरस्कार ?

प्रदुषणको संकटसँग प्रभावकारी ढङ्गले जुध्न प्रदुषणकारी प्रविधिलाई विस्तारै स्वच्छ हावा, पानी र जमीनलाई साथ दिने प्रविधिले विस्थापित गर्नुपर्छ । तर यस्ता प्रविधि प्रवर्धन गर्न दुवै सरकारले गर्न सक्ने सबैभन्दा राम्रो काम के होला तः पुरस्कार कि दण्ड ? र कस्तो पुरस्कार वा दण्ड सबैभन्दा प्रभावकारी होला ?
नेपाली
<p>Air pollution in a city university in Henan province, China.​ ​(Photo by V.T. Polywoda)</p>

Air pollution in a city university in Henan province, China.​ ​(Photo by V.T. Polywoda)

आम समस्याको आम समाधान हुनुपर्छ र यसको लागि वार्ता चाहिन्छ । यो कुरा चीन र भारतलाई वायु प्रदुषण कम गर्दै स्वच्छ उर्जामा लाग्नको लागि पनि काम लाग्छ । दुवै देशमा वायुको नराम्रो गुणस्तर राजनीतिक सरोकारको विषय बनेको छ । सन् १९९०को दशकमा, भारतले नयाँ उत्सर्जन मापदण्ड लागू गरेर राजधानी दिल्लीमा वायु गुणस्तर सुधार्न केही सफलता हासिल गरेको थियो । तर २१औँ शताब्दी लागेपछि भारतभर वायुको गुणस्तर खस्किँदै छ । केही प्रतिवेदनले भारतमा चीनमा भन्दा बढि वायु प्रदुषण भएको देखाएका छन् । विद्युत गृह, कलकारखाना र यातायातबाट हुने उत्सर्जनले निम्त्याउने भयानक स्वास्थ्य असर सम्बन्धी स्वतन्त्र अध्ययनहरूले सार्वजनिक बहस सिर्जना गर्दै आइरहेका छन् ।

www.stateofglobalair.org बाट प्राप्त तथ्याङ्कको आधारमा ।

प्रदुषणको संकटसँग प्रभावकारी ढङ्गले जुध्न प्रदुषणकारी प्रविधिलाई विस्तारै स्वच्छ हावा, पानी र जमीनलाई साथ दिने प्रविधिले विस्थापित गर्नुपर्छ । यो परिवर्तन कसरी लागू हुन्छ भन्ने कुरा धेरै हदसम्म स्थानीय परिवेशमा भर पर्छ । तर यस्ता प्रविधि प्रवर्धन गर्न दुवै सरकारले गर्न सक्ने सबैभन्दा राम्रो काम के होला तः पुरस्कार कि दण्ड ? र कस्तो पुरस्कार वा दण्ड सबैभन्दा प्रभावकारी होला ?

दुवै देशका चुनौतीहरू उस्तै छन् । दुवै देशले सल्फर, नाइट्रेट र धुलो निर्मलिकरण गर्ने उपकरण जडान गरेर कोइलाबाट सञ्चालित विद्युत गृहको उत्सर्जन कम गर्ने नीतिलाई प्राथमिकता दिएका छन् । चीनभारत दुवैले आ–आफ्ना विद्युत, यातायात र औद्योगिक क्षेत्रहरूमा उत्सर्जन मापदण्ड लागू गरेका छन् । तर तीनको पालना गर्नु मुख्य चुनौती रहिआएको छ । उदाहरणको लागि, बेजिङ मा सफा आकाश बनाउन कमसेकम एक दशक लाग्ने र भारतमा त त्यो भन्दा धेरै लाग्ने अनुमान गरिएको छ ।

चीनले दण्डसँगै उत्सर्जन मापदण्ड पूरा गर्नेहरूलाई पुरस्कारको पनि व्यवस्था गरेको छ । उत्सर्जन कम गर्ने उपकरण जडान गर्ने कोइलाबाट सञ्चालित विद्युत गृहरूलाई चीनले अनुदानको व्यवस्था गरेको छ । सन् २०१५ र २०१४ मा मात्र यस्ता अनुदानमा चीनले लगभग नेरु १ खर्ब युआन अर्थात् रु १५ खर्ब खर्च गरेको अनुमान छ ।

चीनले जस्तो भारतले कोइला कम्पनीहरूलाई उत्सर्जन कम गर्न उत्प्रेरित गर्न त्यति धेरै खर्च गर्न सक्दैन । यसको लागि उसको आर्थिक वृद्धिदर र बजेट कम छ । आफ्ना जनताहरूलाई किफायती दरमा विद्युत दिनु भारतको प्राथमिकता रहेको छ । किनभने भारतको २० प्रतिशत जनसङ्ख्या अझै विजुलीको पहुँच बाहिर छ । चीनको अवस्था यस्तो छैन । चीनमा विद्युत पहुँच शत प्रतिशत छ । कोइलाबाट सञ्चालित विद्युत गृहबाट खपत क्षमताभन्दा बढि उत्पादन भैरहेको छ ।

भारतमा पनि सेस चार्ज भनिने एक किसिमको प्रदुषण कर प्रणाली रहेको छ, जसको एक अंश स्वच्छ उर्जा उत्पादनमा खर्च हुन्छ । भारु ४०० प्रति टन कोइलाको दरमा लागू भएको सेस चार्जको असुली सन् २०१४ देखि यता आठ गुणाले बढेको छ । सन् २०११ देखि २०१६को बिचमा सेस चार्जबाट उठेको झण्डै नेरु २ खर्ब राष्ट्रिय स्वच्छ उर्जा कोशमा ट्रान्स्फर गरिएको छ ।

नविकरणीय उर्जाको लागि फिड–इन शुल्क र अन्य पुरस्कारको व्यवस्थाले चीन र भारत दुवै देशमा नविकरणीय उर्जाको उत्पादन मात्रा निकै बढेको छ । तर नविकरणीय उर्जा उत्पादन मात्र भएर हुँदैन कि यसको प्रयोग पनि बढ्नु पर्छ ताकि अन्य उर्जा उत्पादन घटोस् । र चीन र भारत दुवै देशमा हाल वायु उर्जाले केही व्यवधान सामना गर्दै आएका छन् ।

व्यवधानको एउटा कारण प्रदुषणकारी उर्जालाई पनि प्रोत्साहन गर्ने नीति हो । चीनको उर्जा नीति विरोधाभासपूर्ण छ । कुनै नीतिले कोइलाबाट सञ्चालित विद्युत गृहलाई नियन्त्रण गर्छन् भने कुनैले त्यस्ता विद्युत गृहहरू केही घण्टा सञ्चालनमा आउने सुनिश्चितता गर्छन् । त्यसरी कोइलाबाट सञ्चालित विद्युत गृहलाई सञ्चालन ग्यारेन्टी दिँदा लिआओनिङ्, जिलिन हेइलोङ्गियाङ् र पूर्वी मङ्गोलियामा सन् २०१६ मा लगभग ७ खर्ब युआन बराबरको वायु उर्जा खेर गएको छ ।

भारतमा नविकरणीय उर्जा उत्पादकहरूले डिप्रिसियसनको लागि राम्रो छुट पाए तर उत्पादन पछि खरिद ग्यारेण्टी दिइएन । भारतमा वायु उर्जा उत्पादनको ४० प्रतिशत किन्ने ग्यारेन्टी छ र यो रिभर्स अक्सन संयन्त्र मार्फत गरिदैँछ । सबैभन्दा कम मूल्यमा बेच्ने कबूल गर्ने व्यापारीले लिलाम जित्ने व्यवस्था छ ।

यी र अन्य उदाहरहण हरूले दण्ड र सजायँको लागि धेरै पैसा र नियम रहेको देखाउँछ । तर यसको प्रयोग कति प्रभावकारी भएको छ भन्ने जाँच्ने संयन्त्रको भने अभाव छ । उर्जा व्यय तथा वायु गुणस्तर मापन गर्न मिल्ने संयन्त्रको खाँचो छ जुन सरकारी निकाय र अन्य सरोकारवालाहरूले सजिलै प्रयोग गर्न सकून् । बजेटको समस्या रहेको अवस्थामा स्वच्छ उर्जालाई प्रवर्धन गर्ने प्रविधि पहिचान गरि मापन गर्ने र मूल्याङ्कन गर्ने नीतिले चीन र भारत दुवै देशमा जनताको पैसाको अधिकतम सदुपयोग गर्न सघाउँथ्यो । यसो गर्ने एउटा उपाय भनेको विज्ञ सँस्था वा जि२० वा ब्रिक्स् जस्ता मञ्च वा कुनै द्विपक्षिय स्वेच्छिक वैदेशिक पिअर रिभिउ हुन् । उदाहरणको लागि एसिया प्यासिफिक कोपरेशनका धेरै सदस्य राष्ट्रहरूले उर्जा सदुपयोगको बारेमा स्वेच्छिक पिअर रिभिउ गर्न थालेका छन् ।

अर्को उपाय चीनमा भएको जि२० सम्मेलनमा चीन र अमेरिकाबीच फोसिल इन्धन अनुदानबारे स्वेच्छिक समिक्षा हो । यो समीक्षाको उद्देश्य घातक उत्प्रेरणाहरूको पहिचान गर्नु थियो । अर्थात् सरकारका त्यस्ता नियम जसले प्रदुषक उर्जाको खपत बढाउँछ र नविकरणिय उर्जाको खपत घटाउँछ । चीनले समीक्षा गर्दा त्यस्ता झण्डै नेरु १५ खर्ब बराबरका अनुदान कार्यक्रम फेला पार्यो र यसमा त्यसको निराकरण गर्ने टाइमलाइन पनि उल्लेख छ । भारतले पनि सन् २०१९ मा जि२० सम्मेलनको आयोजना गर्दैछ । र यो लेख लेख्दासम्म जर्मनी, मेक्सिको र इण्डोनेसियाले समीक्षा गर्ने जनाएका छन् र भारतले पनि त्यसै गर्ने अपेक्षा राखिएको छ ।

इभेट्टा जेरासिम्चुक दिगो विकासका लागि अन्तर्राष्ट्रिय प्रतिष्ठानको दिगो उर्जा आपूर्तीका अगुवा हुन् । लुसी किट्सन अन्तर्राष्ट्रिय दिगो विकास प्रतिष्ठानकी रिसर्च अफिसर हुन् । लुर्डस सान्चेज अन्तर्राष्ट्रिय दिगो विकास प्रतिष्ठानकी रिसर्च अफिसर हुन् । लुर्डस सान्चेजको पोलिसी अफिसर हुन् ।

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)