उर्जा एसियाले ग्यासमा लगाएको बाजी झन्–झन् जोखिमपूर्ण बन्दै यस क्षेत्रमा निकै विस्तार भइरहेको ग्यास परियोजना पाइपलाइन दशकौँदेखिको उच्च उत्सर्जनमा फस्ने सम्भावना छ । तर, हालैको मूल्य जोखिमले भने त्यसबारे छिट्टै पुनर्विचार गर्न बाध्य पार्नसक्छ । नेपाली नेपाली 中文 English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। दक्षिणपूर्वी एसियाको प्रमुख ग्यास उपभोक्ता थाइल्याण्डस्थित एलएनजी भण्डारण । एसियाको प्रस्तावित अतिरिक्त ग्यास ऊर्जा क्षमताको झण्डै आधा हिस्सा यस क्षेत्रले ओगट्छ । तर, विश्लेषकहरूले भने सो इन्धनको सम्भाव्यताप्रति प्रश्न उठाएका छन् । (तस्बिरः अलामी) क्लोए फरान्द अप्रिल 27, 2022May 3, 2022 सम्पादकको नोटः दक्षिण एसियाका धेरै देशहरू अहिले ऊर्जा उत्पादनका लागि ग्यासमा अत्यधिकरुपमा निर्भर छन् । ऊर्जा उत्पादनमा बंगलादेशमा ६० प्रतिशतभन्दा बढी र पाकिस्तानमा झण्डै आधाभन्दा बढी अंश ग्यासले ओगटेको छ । यति नै बेला भारत र बंगलादेशमा योजनाबद्धरुपमा ग्यास पूर्वाधारमा क्रमशः करिब २९.५ अर्ब अमेरिकी डलर र १६.५ अर्ब अमेरिकी डलर लगानी हुने अनुमान गरिएको छ । पाकिस्तानमा २.५ अर्ब अमेरिकी डलर लगानीको ग्यास पाइपलाइन निर्माणकार्य अर्को वर्षदेखि सुरु हुने आकलन गरिएको छ । केही विश्लेषकले यीमध्ये केही पूर्वाधार (खासगरी बंगलादेशमा) अन्ततः बन्दै नबन्ने पूर्वानुमान गरेका छन् भने केही विज्ञले उत्सर्जन र भण्डारण तथा नवीकरणीय ऊर्जाको घट्दो मूल्यको जोखिमपूर्ण बजारमाथिको निर्भरताबीचको चेपुवामा पर्ने चेतावनी दिएका छन् । एसियाभर अहिले २८५ गिगावाटभन्दा बढी क्षमताका ग्यासबाट सञ्चालित उद्योगहरूका योजना बनेका छन् । यी योजनाअनुसार आयाेजनाहरु बन्दा यस क्षेत्रको ग्यास ऊर्जाको क्षमता वृद्धि भई लगभग दोब्बर हुने ग्लोबल इनर्जी मोनिटरले जनाएको छ । कोभिड महामारीपछि बढ्नसक्ने मागलाई ध्यान दिएर दक्षिणपूर्वी एसियाली देशहरूले अतिरिक्त क्षमतामा वृद्धि गर्ने योजना बनाइरहेका छन् भने आन्तरिकरुपमा भइरहेको ग्यास उत्पादनको घट्दो क्रमले गर्दा तरल प्राकृतिक ग्यास (एलएनजी) को आयातलाई वृद्धि गर्नेछ । एलएनजी भनेको के हो ?लिक्विफाइड नेचुरल ग्यास अर्थात् तरल प्राकृतिक ग्यास (एलएनजी) भनेको त्यस्तो ग्यास हो जसलाई माइनस १६२ सेल्सियसको चिसोमा चिस्याइन्छ । तरल पदार्थ बन्ने बेलासम्म चिस्याइन्छ । त्यसो गर्दा यसको आफ्नो आकारभन्दा ६०० गुणा सानो हुन्छ, जसबाट यसलाई अन्यत्र ओसार्न सजिलो हुन्छ । यस वर्ष फिलिपिन्स र भियतनामले पहिलोपटक एलएनजी आयात गर्ने अनुमान गरिएको छ । भियतनाममा दुईवटा र फिलिपिन्समा एउटा एलएनजी टर्मिनल सञ्चालनमा आउने अपेक्षा गरिएको छ भने अर्को एउटा थाइल्यान्डमा सञ्चालनको तयारीमा रहेको ब्लुमबर्ग एनईएफमा एसियाको ग्यास मागसम्बन्धी विशेषज्ञ अभिशेख रोहत्गीले बताए । थाइल्याण्डलाई यस क्षेत्रको मुख्य ग्यास उपभोक्ता मानिन्छ । सन् २०२५ सम्ममा एसियाका उदीयमान अर्थतन्त्रहरूमा हुने एलएनजीको माग चीनपछि दोस्रो ठूलो मात्रामा हुने इन्टरनेसनल इनर्जी एजेन्सीको विश्लेषण छ । (सो विश्लेषणमा उदीयमान समूहबाट चीन र भारतलाई हटाइएको छ ।) “अर्बौँ डलरका परियोजनाहरूको उन्मादलाई त्यसले बढावा दिइरहेको छ,” अमेरिकास्थित इन्स्टिच्युट अफ इनर्जी इकोनोमिक्स एन्ड फाइनान्सियल एनालिसिस (आईईईएफए) नामक अध्ययन केन्द्रका साम रेनोल्ड्सले भने, “परियोजना विकासकर्ताहरू अहिले यसलाइ अवसरको रुपमा लिइरहेका छन्, पहिले उनीहरूमा त्यस्तो अनुभूति थिएन ।” उल्टाे बाटाे ठूला तेल कम्पनी र एलएनजी निर्यातकर्ताहरूले ग्यासलाई एसियाका उदीयमान (इमर्जिङ) अर्थतन्त्रमा रहेको ‘ऊर्जाको खाडल पुर्ने’ वा अभाव पूर्ति गर्ने वस्तुको रुपमा अघि सारेका छन् । कोइलाको सट्टा ग्यास एउटा भरपर्दो, स्वच्छ विकल्प हुनसक्ने, बेलाबेला नवीकरणीय ऊर्जा प्रदान गरी कार्बन निराकरण (डिकार्बनाइज) गर्ने प्रयासलाई सघाउने र त्यसबाट आर्थिक वृद्धिमा पनि कुनै कमी नआउने उनीहरूको तर्क छ । तर महंगो लगानीमा बनाइने नयाँ परियोजनाहरू ग्यासको उच्च मूल्यका कारण निकै जोखिमपूर्ण हुनसक्छन् । यतिबेला नवीकरणीय ऊर्जा र भण्डारण प्रविधिको भाउ भने निरन्तर घटिरहेको छ । त्यसको अर्थ, विश्वमा निकै संकट आइपरेका बेला मात्र ग्यासमा गरिने लगानीबाट फाइदा हुनसक्ने विश्लेषकहरूको ठहर छ । “यस क्षेत्रभर नै भण्डारणसहितको नवीकरणीय ऊर्जा अहिले नै पनि सस्तो छ र एलएनजी सम्झौताको २० वर्षे म्याद सकिनुभन्दा धेरै पहिले नै सस्तो हुनेछ,” ग्लोबल इनर्जी मोनिटरका एलएनजी अनुसन्धान विश्लेषक रोबर्ट रोजान्सकीले बताए । Recommended एम्बर ग्लोबल इलेक्ट्रिसिटी रिभ्युका अनुसार तीव्र र ठूलो स्तरमा सौर्य र वायु ऊर्जाको प्रयोग गरेर ऊर्जाको बढ्दो मागलाई पूर्ति गर्न र जीवाश्म (फोसिल) इन्धनको अंशलाई पनि कम गर्न सकिने भियतनामको हालैको अनुभवले देखाएको छ । भियतनामले सन् २०२१ मै सौर्य ऊर्जा उत्पादनमा ३३७ प्रतिशतले वृद्धि गरेको थियो जसबाट कोइला र ग्यास दुवैको प्रयोगमा निकै कमी भयाे । सन् २०२० मा उदीयमान अर्थतन्त्र रहेका देशले बनाएका नवीकरणीय परियोजनाबाट ती परियोजना सञ्चालनको अवधिभरमा १५६ अर्ब अमेरिकी डलर बराबर बचत हुने इन्टरनेसनल नवीकरणीय ऊर्जा एजेन्सीको अध्ययनले देखाएको थियाे । अन्ततः छुट्कारा पाउनुपर्ने जीवाश्म इन्धनका पूर्वाधार बनाउनुको साटो नवीकरणीय ऊर्जालाई नै प्रवर्द्धन गर्दै जाँदा ऊर्जा प्रणालीलाई डिकार्बनाइज गर्ने क्रमलाई पनि सस्तो तथा छिटो बनाउनेछ। जलवायुसम्बन्धी नीतिमा कडाइ हुँदै गयो भने त “ग्यासका परियोजनाहरू तोकिएको समय अवधिभन्दा पहिले नै बन्द हुन पनि सक्छन् जसबाट तिनमा निर्भर अर्थतन्त्र र कामदारलाई नोक्सान पुग्नेछ,” रोजान्सकीले भने । तर नयाँ उपभोक्ता बजारको खोजी गरिरहेका प्रमुख ग्यास उत्पादकहरूले भने न्यून तथा मध्यम आय भएका देशहरूका लागि ग्यासको प्रयोग प्रभावकारी हुने भनी त्यसको प्रवर्द्धन गरिरहेका छन् । “कोइलाबाट ग्यासतर्फ फड्को मार्ने भन्ने थेगो अहिले एसियामा हावी भइरहेको छ,” वुड म्याकेन्जीका उपाध्यक्ष भ्यालेरी चोवुले एक सम्मेलनमा भनेका थिए । “अहिलेको ऊर्जा आपूर्तिको मिश्रणमा कोइलाको अंश ५० प्रतिशतभन्दा बढी भएको हुँदा कार्बन कम गर्ने लक्ष्यमा साथ दिनका लागि पनि ग्यासको उपयोग बढाउने अहिले प्रशस्त सम्भावना छ,” उनले भने । उत्पादकहरूले यसप्रकारका मौका पाउनासाथ त्यसको तत्काल प्रवर्द्धन गरेको पाइएको छ । गत वर्ष, रुसको ऊर्जा मन्त्रालयले दक्षिणपूर्वी एसियाली मुलुकलाई कोइला र डिजेलबाट छुट्कारा पाउनका लागि ग्यास एउटा “पर्यावरणमैत्री इन्धन” हुनसक्ने भनी प्रवर्द्धन गर्यो । सन् २०२० मा एलएनजी आयातकर्ताको रुपमा जापानले अन्य मुलुकहरूमा यसको उपभोग बढाउन प्रोत्साहित गर्दै याे इन्धनलाई स्वच्छ विकल्पको रुपमा बढावा दिएर विश्वव्यापीरुपमा निकै जोखिमपूर्ण अवस्थामा रहेको एलएनजी बजारलाई स्थिरता दिने प्रयास गर्यो । त्यही बेला, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एलएनजीलाई “फ्रिडम ग्यास”को रुपमा प्रस्तुत गरेको थियो । यसबाट आफ्नो गठबन्धनमा रहेका सदस्य राष्ट्रहरूका लागि विविधतापूर्ण र सुलभ मूल्यको नवीकरणीय ऊर्जाको एउटा स्रोत बन्नसक्ने ट्रम्प प्रशासनको भनाइ थियो । त्यसो गरेर उसले अमेरिकी निर्यातका लागि लक्षित बजार पनि सिर्जना गरिरहेको थियो । जुलाई २०२१ मा जारी गरिएको एउटा मेमोमा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीले अमेरिकी एलएनजी आयात गर्न प्रोत्साहित गरेको थियो । त्यसरी आयात गर्नु नवीकरणीय ऊर्जामा थप गर्ने एउटा सस्तो र प्रभावकारी जलवायु रणनीति हुनसक्ने उसको दाबी थियो । त्यसको केही महिनापछि ग्लासगोमा भएको कोप२६ जलवायु वार्तामा भने अमेरिका र युरोपेली मुलुकहरूले ग्यासलगायत जीवाश्म इन्धनमा गरिने अन्तर्राष्ट्रिय वित्तीय सहयोगलाई सन् २०२२ को अन्त्यसम्ममा रोक्ने र नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । यसो गर्नु भनेको उदाउँदा देशहरूको डिकार्बजनाइज गर्ने प्रयासमा ग्यास आवश्यक पर्छ भन्ने भाष्यको विपरीत हो । एसिया उच्च उत्सर्जनको बन्धनमा पर्नसक्छ कोइलालाई विस्थापन गर्नका लागि संक्रमणकालीन इन्धनको रुपमा ग्यासको प्रयोग गर्दा महंगो र उच्चकार्बनयुक्त पूर्वाधारको बन्धनमा परिने विपक्षीहरूको तर्क छ । जीवाश्म इन्धन र मुख्यतः कोइलाभन्दा ग्यास स्वच्छ हो भन्ने मान्यतामै अहिले झन् बढी प्रश्न उठिरहेको छ । कोइलाले जलवायुमा पार्ने ६७ देखि ७४ प्रतिशत बराबर प्रभाव अमेरिकी एलएनजीबाट पनि पर्ने नेचुरल रिसोर्सेस डिफेन्स काउन्सिलको अध्ययनले देखाएको छ । त्यसो त, कार्बन–न्युट्रल विश्वमा अतिरिक्त ग्यास क्षमताका लागि कुनै स्थान पनि हुँदैन । इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार भूमण्डलीय तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने पेरिस सम्झौताको महत्त्वाकांक्षी लक्ष्यअनुरुप सन् २०२१ को अन्त्यदेखि नै ग्यासलगायतका जीवाश्म इन्धनमा नयाँ लगानी रोक्नुपर्ने हो । Recommended एसियामा योजनामा रहेका सबै एलएनजी आयात टर्मिनलहरू र ग्यास पाइपलाइनहरू निर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरिएको खण्डमा त्यसले विश्वमा बाँकी रहेको कार्बन बजेटको एक चौथाइ सक्ने गरी आयातित ग्यासको पर्याप्त उपभोग बढाउनेछ । भूमण्डलीय तापक्रम १.५ सेल्सियसमा सीमित गर्ने ५० प्रतिशत सम्भावना रहेको सो बजेटको एक चौथाइ यसरी खर्च हुनेछ । योजनामा रहेका सबै परियोजना बन्ने सम्भावना कम भए पनि ग्यासका लागि यस क्षेत्रमा भइरहेको प्रतिस्पर्धाले जलवायु लक्ष्यप्राप्तिमा जोखिम थपेको र त्यसका कारण जलवायु परिवर्तनको सबैभन्दा जोखिमपूर्ण असरबाट विश्वलाई मुक्त गर्ने कार्यलाई थप कठिन बनाउने रोजन्सकीको भनाइ छ । ग्यासबाट सञ्चालित उद्योगले नाइट्रोजन अक्साइड उत्सर्जन गर्छ जसले पीएम–२.५, नाइट्रोजन डाइअक्साइड र ओजोनको रुपमा वायु प्रदूषण बढाउँछ । जीवाश्म ग्यास स्वच्छ इन्धन हो भन्ने बुझाइका कारण “ग्यासबाट सञ्चालित ऊर्जा उद्योगहरू घनाबस्तीमा पनि चलिरहेका छन्, तर कोइला प्रयोग गर्ने भए त्यसरी सञ्चालन गर्न दिइँदैनथ्यो,” सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरका लौरी मिलिभिर्ताले बताए । फस्टाउँदै पाइपलाइन, कमजोर बजार परम्परागतरुपमा एसियाली मुलुकहरूले उनीहरूलाई आवश्यक आधारभूत ऊर्जाका लागि ठूला र केन्द्रीकृत ऊर्जा परियोजनाको व्यवस्था गर्ने गरेका छन् । “एउटा फरक जीवाश्म इन्धन प्रयोग गरी विद्युत् क्षेत्रको त्यही सिद्धान्तलाई निरन्तरता दिन पनि ग्यासलाई एउटा अवसरको रुपमा लिइएको छ,” आईईईएफएका रेनल्डले बताए । उदीयमान एसियाका लागि आन्तरिक उत्पादनमा भएको कमीलाई पूर्ति गर्नका लागि केही एलएनजीकाे आवश्यक पर्ने तर लगानीकर्ताहरूको अपेक्षा र मागको अवस्थाबारे भने प्रष्ट भिन्नता हुने उनको चेतावनी छ । एसियाका सात उदीयमान बजारमा आईईईएफएले गरेको परियोजनागत विस्तृत अध्ययनले जुन स्तरमा ग्यास पाइपलाइन विस्तार भएको छ, त्यो ‘यथार्थपरक’ नरहेको देखाएको छ । प्रस्तावित एलएनजी आयात टर्मिनल क्षमताको ६२ प्रतिशत र ग्यासबाट सञ्चालित ऊर्जा क्षमताको ६६ प्रतिशत निर्माण हुने सम्भावना न्यून रहेको सो अध्ययनको ठहर छ । फिलिपिन्समा प्रस्तावित एलएनजी आयात टर्मिनल क्षमताको ६६ प्रतिशत र प्रस्तावित ग्यासबाट सञ्चालन गरिने ऊर्जा क्षमताको ७३ प्रतिशत योजनाहरू पूरा हुने सम्भावना छैन । टापुहरूको क्षेत्र अर्किपेलागोमा ग्यासको माग हाल पाँचवटा ग्यास–सञ्चालित पावर प्लान्टहरूमा केन्द्रित छ जुन मालमपायाका ग्यास फिल्डमा हुने उत्पादनमा निर्भर छन् । सो क्षेत्र पनि यसै दशकमा रित्तिने अनुमान गरिएको छ । कुनै बेला कोइलालाई पनि स्वच्छ इन्धनको रुपमा प्रचार गरिन्थ्यो र त्यसको हामीले प्रतिवाद गरेका थियौँ । ग्यासलाई एउटा स्वच्छ र संक्रमणकालीन इन्धनको रुपमा फेरि अर्को मिथक बनाइँदै छ, जुन उद्योगीहरूको स्वार्थमा सिर्जना गरिएको होगेरी एरन्सेस, कार्यकारी निर्देशक, सेन्टर फर इनर्जी, इकोलोजी एन्ड डेभलपमेन्ट (सीईईडी) ती प्लान्टहरूका लागि प्रतिवर्ष ५० लाख टन एलएनजी आवश्यक पर्ने अधिकारीहरूको आकलन छ । आईईईएफएका अनुसार प्रतिवर्ष आयात क्षमतालाई २ करोड टन पुर्याउने योजना तयार पारिएको छ ।. ‘एक प्रकारको जीवाश्म इन्धनको लतलाई अर्को प्रकारको जीवाश्म इन्धनमा सारेर फिलिपिन्सले कोइलामा निर्भर ऊर्जा क्षेत्रलाई संकटग्रस्त बनाएको समस्यालाई नै फेरि दोहोर्याइरहेको छ किनभने आयातित इन्धनमा अधिक निर्भरता र त्यसले बढाउने ऊर्जा सुरक्षाको जोखिम र खर्च चिन्ताका विषय हुन्,” क्यूजन सहरस्थित सेन्टर फर इनर्जी, इकोलोजी एन्ड डेभलपमेन्टका कार्यकारी निर्देशक गेरी एरन्सेसले बताए । जुन कम्पनीहरूले कोइलामाथि फिलिपिन्सको निर्भरता बढाए, तिनैले अहिले यो विशाल एलएनजीसम्बन्धी परियोजनाको पाइपलाइनलाई अघि बढाएका छन् । कुनै बेला कोइलालाई पनि स्वच्छ इन्धनको रुपमा प्रचार गरिन्थ्यो र त्यसको हामीले प्रतिवाद गरेका थियौँ । ग्यासलाई एउटा स्वच्छ र संक्रमणकालीन इन्धनको रुपमा फेरि अर्को मिथक बनाइँदै छ, जुन उद्योगीहरूको स्वार्थमा सिर्जना गरिएको हो,” उनले भने । हालैका महिनाहरूमा अहिलेसम्मकै उच्चविन्दुमा पुग्ने गरी बढेको ग्यासको भाउ र रुसी ग्यास छाडेर अरु स्रोतको खोजीमा छट्पटाइरहेको युरोपको अवस्था हेर्दा सस्तो इन्धनको वाचा पूरा गर्नु निकै कठिन देखिन्छ ।. ग्यास बजारको उच्च अस्थिरताका कारण उदीयमान एसियाका आयातकर्ताहरूसामु दुईवटा कठिन विकल्प मात्र बाँकी छन् । “या त उनीहरूले आर्थिकरुपमा नोक्सानपूर्ण इन्धन किन्नुपर्छ वा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि समेत ऊर्जा एवं विद्युत् कटौतीको नियम लाद्नुपर्छ,” आईईईएफएका रेनल्डले भने, “यो अवस्था भनेको चट्टान र पहराको बीचमा च्यापिनुजस्तै हो ।” मूल्यवृद्धिलाई उपभोक्तातर्फ पन्छाइने परिपाटी भएका फिलिपिन्स र थाइल्याण्डजस्ता ठाउँमा आकाशिँदो एलएनजी आयातले चर्को विद्युत् महंगीलाई अझ बिगार्न सक्छ । इन्स्टिच्युट फर क्लाइमेट एन्ड सस्टेनेबल सिटिज इन मनिलाका ऊर्जा संक्रमण सल्लाहकार बर्ट दालुसंगले ग्यास बजारको अस्थिरताका कारण ऊर्जा संक्रमणमा यसको भूमिका कम हुनसक्ने बताए । “लचिलो ग्यासको यो भूमिका भनेको कोइलाका पावर प्लान्टहरूको आधारभूत भारलाई प्रतिस्थापन गर्ने होइन,” उनले भने, “नवीकरणीय स्रोतले पूरा गर्न नसक्ने बाँकी भारका लागि आपूर्ति गर्नुचाहिँ हो ।” “इन्धनको मूल्यले जसरी कोइलालाई ध्वस्त पारिरहेको छ, अन्ततः जीवाश्म ग्यासलाई पनि त्यसैगरी सिध्याउनेछ,” उनले भने । रेफिनिटिभमा एलएनजी अनुसन्धानका लागि सिंगापुरका वरिष्ठ विश्लेषक हेंग्कीले ग्यासलाई संक्रमणकालीन इन्धनको रुपमा अझै पनि प्रयोग गर्न सकिने स्वीकारे । तर बजारको अस्थिरता नै यसको अन्त्यको कारण हुनसक्ने उनको भनाइ छ । “एलएनजी पर्याप्त मात्रामा उपलब्ध छ भनिन्थ्यो । यसलाई इन्धनको सस्तो स्रोतको रुपमा पनि हेरिन्थ्यो तर पछिल्ला घटनाक्रमहरूबाट त त्यसविपरीतको अवस्था प्रमाणित भइरहेको छ,” उनले भने । यो लेख सर्वप्रथम चाइना डाइलगमा प्रकाशित भएको हो । थप पढ्नुहोस् विचारहरू ऊर्जा संक्रमण Opinion: Fuel price crisis should accelerate India’s energy transition आलेख ऊर्जा संक्रमण Renewables on the burner as gas pipeline dominates Imran Khan’s Russia trip आलेख काेइला China’s coal exit will not end Pakistan’s reliance on dirty fuel आलेख नवीकरणीय ऊर्जा Beyond net zero by 2070: India’s new climate pledges explained आलेख वार्ता जैविक विविधतामा विश्वव्यापी सम्झौताका लागि समय र महत्त्वकांक्षाको कमी आलेख पुर्वाधार नेपालका सडकले मान्छेलाई जोडेका छन्, वन्यजन्तुलाई जोखिम थपेका छन् आलेख जलवायु प्रभाव हिमाली क्षेत्रका गाउँलेहरू ठान्छन्– जलवायु परिवर्तन दैवी बदलाको संकेत हो आलेख प्लास्टिक प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी सन्धिका लागि जुट्दै मुलुकहरू शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय