विषय व्राउज
लेखहरु खाेज्नुहाेस्
फेलोहरूलाई आलेख सामग्री तयार गर्नको लागि लागि सहयोग गरिनेछ र ब्राजिलमा हुने कोप३० मा भाग लिनको निम्ति अवसर दिइनेछ।
न्यायपूर्ण र दिगो संसार निर्माणका लागि आदिवासी आवाजहरू महत्त्वपूर्ण हुन्छन्। तर अक्सर उनीहरू वातावरण क्षेत्रको सुशासन र जलवायु नीति सम्बन्धी मूलधारको बहसबाट बाहिर राखिन्छन् र कुनै निश्चित साँघुरो घेरामा मात्रै सिमित गरिन्छन् ।
यस समस्यालाई सम्बोधन गर्ने उद्देश्यले डायलग अर्थले सन् २०२४को नोभेम्बर महिनादेखि सन् २०२५को डिसेम्बर महिनासम्मको लागि आदिवासी पत्रकार, लेखक र कथाकारहरूका लागि फेलोसिप अर्थात् लेखनवृत्ती कार्यक्रम सञ्चालन गर्दैछ ।
यस फेलोसिपले आदिवासी पत्रकार र लेखकहरूको विविध दृष्टिकोण मार्फत् दक्षिण एशिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका आदिवासी जनजातिका सरोकारका विषयहरूमाथि प्रकाश पार्ने र प्रचार प्रसार गर्ने उद्देश्य राखेको छ।
फेलोसिपमार्फत् प्रत्येक फेलोले वातावरणको विषयमा क्षेत्रीय र विश्वव्यापी तहको बहशहरूमा प्रवेश गर्नेछन् । त्यसक्रममा हाम्रा सम्पादकहरूले उनीहरूलाई दुईओटा आलेख तयार गरी डायलग अर्थ र अन्यत्र प्रकाशन गर्न सहयोग गर्नेछन् ।
फेलोहरूलाई अर्को वर्ष ब्राजिलमा हुने कोप ३० जलवायु सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुन निमन्त्रणा गरिनेछ । उनीहरूले त्यहाँ एक विशेष कार्यक्रममा भाग लिनेछन्। कोप ३० नीति निर्माता र जलवायु कार्यमा संलग्न अन्य सरोकारवालाहरूका लागि एक ठाउँमा भेला भई जलवायु संकट र अन्य वातावरणीय मुद्दाहरूमा छलफल गरी समाधान खोज्ने प्रमुख थलो हो ।
रूची लाग्यो ?
कार्यक्रम के हो र यसमा कसरी आवेदन दिने भन्ने बारे थप जान्न देहायको विवरण पढ्नुहोस्।
‘इन्डिजिनियस भ्वाइसेज फेलोसिप’ले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका आठ जना आदिवासी पत्रकार, लेखक वा कथा प्रस्तोताहरूको समूहलाई सामग्रीहरू तयार गर्न र प्रस्तुत गर्न सहयोग गर्नेछ। लिखित आलेख वा श्रव्यदृश्य सामग्रीको तयार गर्ने गरी प्रस्तावहरू गर्न सक्नुहुन्छ । तल केही सम्भावित विषय र मुद्दाहरू उल्लेख गरिएका छन् । तर अन्य वातावरणीय र जलवायु मुद्दाहरूमा पनि सामग्रीहरू तयार गर्ने गरि प्रस्ताव गर्न सकिनेछ ।
सफल आवेदकहरूलाई हाम्रा सम्पादकहरूले प्रस्तावनादेखि प्रकाशनयोग्य सामग्री विकास गर्ने प्रक्रिया सम्ममा सहयोग प्रदान गर्नेछन्। आवश्यकता अनुसार, हामी सामाजिक सञ्जाल मार्फत प्रकाशित सामग्रीहरूलाई लक्षित भाषामा अनुवाद गर्नेछौँ, प्रवर्धन गर्नेछौँ र अन्य सञ्चार माध्यमहरूमा पुन: प्रकाशन गराउनुका अतिरिक्त अन्य स्वरूपमा दर्शक र पाठकहरूको संलग्नता वृद्धीको लागि सहजिकरण गर्नेछौँ ।
फेलोहरूले तयार गरेका सामग्री डायलग अर्थको वेबसाइटमा धेरै भाषाहरूमा प्रकाशित गरिनेछ। यसलाई सिण्डिकेशन भनिने विद्यमान सहकार्यका सम्झौताहरूमार्फत ल्याटिन अमेरिका, चीन, अफ्रिका, दक्षिण र दक्षिणपूर्वी एसियाका प्रभावशाली सञ्चार माध्यमहरूमा पनि प्रकाशित वा प्रसारित गरिनेछ।
हामी निश्चित लेखहरू सम्बन्धित आदिवासी भाषाहरूमा पनि अनुवाद गर्नेछौं। यसलाई आदिवासी सञ्चार माध्यम वा नागरिक समाज संगठनहरूको साझेदारीमा अगाडि बढाउन सकिन्छ।
सम्पादकीय सहयोग र प्रकाशन वा प्रशारण वा प्रचार प्रसारको लागि सहयोग गर्नुका साथै, फेलोहरूलाई धेरै अनलाइन छलफलहरूमा भाग लिन आमन्त्रित गरिनेछ । साथै फेलोहरूबिच भेटघाटहरू गराइनेछ र फेलोहरूले तयार गरेका सामग्री वा अन्य सान्दर्भिक विषयहरूमा सार्वजनिक छलफल कार्यक्रमहरू पनि आयोजना गरिनेछ ।
सन् २०२५ को अन्त्यमा संयुक्त राष्ट्रसंघको अगुवाइमा आयोजना हुने र संसारभरका जलवायु सम्बन्धी नीति निर्माता, नागरिक समाजका अगुवाहरू र विज्ञहरू भेला हुने कोप ३० जलवायु सम्मेलनका क्रममा ब्राजिलको बेलेम भन्ने स्थानमा हुने एक कार्यक्रममा फेलोहरूले तयार गरेका सामग्रीहरूलाई छलफलका लागि आधारका रूपमा प्रयोग गरिनेछ।
कोप ३० भनेको के हो ? सन् १९९५ देखि संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्षराष्ट्रहरूको सम्मेलन (कोप) सबैभन्दा महत्त्वपूर्ण वार्षिक जलवायु सम्मेलन हो । यहाँ पेरिस सम्झौताको कार्यान्वयन सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिन्छन्। कोपमा जलवायु कूटनीतिज्ञहरू, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायीहरू, प्राज्ञहरू र पत्रकारहरू भेला हुनेछन् र धेरै साना साना कार्यक्रमहरू पनि गरिनेछन् । सो ३०औं कोप सम्मेलन सन् २०२५ को नोभेम्बरमा ब्राजिलमा आयोजना हुनेछ । ब्राजिलको अध्यक्षतामा हुने यस सम्मेलनमा छलफल हुन सक्ने प्रमुख मुद्दाहरू यस प्रकार छन्: देशहरूको नयाँ जलवायु कार्ययोजनाहरू; विश्वव्यापी जलवायु वित्त लक्ष्य; जलवायु, वन र जैविक विविधताबीचको अन्तरसम्बन्ध; र जलवायु न्याय ।
फेलोहरूलाई जलवायु वार्तामा आमन्त्रित गरिनेछ, डायलग अर्थको विशेष संवाद कार्यक्रममा बोल्न आमन्त्रित गरिनेछ, जलवायु वार्ताको बारेमा समाचारहरू लेख्न वा समाचारहरू प्रशारण गर्न, र नीति निर्माताहरू, नागरिक समाजका नेताहरू, विशेषज्ञहरू र अन्यसँग प्रत्यक्ष संवाद गर्न आमन्त्रित गरिनेछ । प्रत्येक फेलोले यस अवसरको अधिकतम उपयोग गर्न सकून् भनी सुनिश्चित गर्न डायलग अर्थले सहयोगी र सहजकर्ताको भूमिका खेल्नेछ।
यस लेखको अन्तिम खण्डमा फेलोशिपको बारेमा पूर्ण विवरण दिइएको छ।
फेलोसिपले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका आदिवासी लेखक, पत्रकार र कथा प्रस्तोताहरूलाई सहयोग गर्नेछ।
आवेदकहरूले ब्राजिलमा कोप ३० मा भाग लिन र तल तोकिएको समयभित्रमा दुई लेखहरू, एक खोजमूलक वा स्थलगत वा श्रव्यदृश्य सामग्री, र एक डेस्क-आधारित सामग्री तयार गर्न प्रतिबद्धता जनाउनुपर्दछ।
आवेदन कसरी गर्ने
कृपया ईमेलको विषय लेख्ने स्थानमा ‘Indigenous Voices Fellowship’ लेखेर १३ अक्टोबर २०२४ को बेलायती समय १८:०० भित्रमा [email protected] मा इमेल गर्नुहोस् । इमेलमा देहायका विषय समावेश हुनुपर्दछ:
आवेदनहरू डायलग अर्थको कुनै पनि प्रकाशन भाषाहरूमा पेश गर्न सकिन्छ (तल हेर्नुहोस्)। म्याद पछि पेश गरिएका आवेदनहरू स्वीकार गरिने छैन।
• हाम्रो क्षेत्रीय र प्रधान कार्यालयको सम्पादकीय टोलीहरूले फेलोहरूसँग सहकार्य गरी उनीहरूलाई पत्रकार, लेखक र कथा प्रस्तोताको रूपमा विकास हुन सहयोग प्रदान गर्नेछन्।
• फेलोहरूले माथि लेखिएको समयसिमा भित्रमा हाम्रो टोलीलाई दुई लेख वा सामग्रीहरू पेश गर्नुपर्नेछ: एक खोजमूलक, श्रव्यदृश्य वा स्थलगत सामग्री, जसको लागि फेलोहरूले बढीमा १७५० अमेरिकी डलरसम्मको बजेट प्राप्त गर्नेछन्, र एक डेस्क आधारित सामग्री, जसको लागि फेलोहरूलाई ५०० अमेरिकी डलरको पारितोषिक प्रदान गरिनेछ ।
• सबै फेलोहरूलाई सन् २०२५को नोभेम्बर /डिसेम्बर महिनामा ब्राजिलमा आयोजना हुने कोप ३० जलवायु सम्मेलनमा डायलग अर्थले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिनेछ। फेलोहरूले कोप ३० मा भाग लिन सञ्चारकर्मीको रूपमा दर्ता गर्नुपर्नेछ। डायलग अर्थले आवेदन प्रक्रियामा सहयोग प्रदान गर्नेछ। यात्रा र आवासको लागि लाग्ने खर्च डायलग अर्थले प्रदान गर्नेछ, र फेलोहरूलाई सम्मेलन अवधिको लागि दैनिक खर्चको लागि दैनिक भत्ता प्रदान गरिनेछ।
• आवेदन बंगाली, अंग्रेजी, हिन्दी, नेपाली, पोर्तुगाली, स्पेनिश वा उर्दू भाषामा पेश गर्न सकिन्छ ।
• आवेदकहरूले माथि दिइएको समयसीमाबारे ध्यान दिनुपर्छ र उनीहरूले पेश गर्ने लेखबारेको संक्षिप्त विवरणमा प्रकाशन तालिका उल्लेख गर्नुपर्छ। माथिको समयसिमा पूरा गर्न नसकिने कुनै व्यवहारिक बाधा भएको जस्तो लागेमा हामीलाई सम्पर्क गर्नुहोस् ।
• फेलोशिपको क्रममा अङ्ग्रेजी भाषाको केही व्यावहारिक ज्ञान भएमा लाभदायक हुनेछ, तर यो अनिवार्य छैन। फेलोहरूको आवश्यकता पूरा गर्न हामी सक्दो प्रयास गर्नेछौं ।
• फेलोहरूले रिपोर्टिङ गतिविधि सुरू गर्नु अघि सुरक्षा र जोखिम मूल्यांकनमा सहभागी हुनुपर्ने हुनसक्छ ।
• सबै सामग्रीहरू क्रिएटिभ कमन्स इजाजत अन्तर्गत डायलग अर्थमा प्रकाशित गरिनेछ।
• हामीले प्राप्त गर्ने सबै आवेदनहरू सम्बन्धित क्षेत्रहरूका साथै हाम्रो प्रधान कार्यालयको टोलीका सदस्यहरूले समीक्षा र छलफल गर्नेछन् । छानिएका उम्मेदवारहरूलाई बाह्य सल्लाहकार समितिले पुनरावलोकन गर्नेछ।
This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.
Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.
This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.
Keeping this cookie enabled helps us to improve our website.
This website uses the following additional cookies:
(List the cookies that you are using on the website here.)