के नेपाल-भारत जलमार्ग संभव छ?

जलमार्गको माध्यमबाट हुन सक्ने व्यापारको पूर्ण फाइदा लिन नेपाल र भारतले आफ्ना प्राथमिकता र सम्बन्धित कानुनहरू वार्ता टेबलमा राख्नु पर्ने हुन्छ
नेपाली
<p>The rafters of Nepal transporting bamboo down the Kosi into India [image by: Nabin Baral]</p>

The rafters of Nepal transporting bamboo down the Kosi into India [image by: Nabin Baral]

दक्षिण एसियामा व्यापार तथा पारवहनका लागि नदीको प्रयोगको लामो परम्परा रहिआएको छ । वेलायती शासन सुरू हुनु अघि नै गंगा र ब्रह्मपुत्र नदीहरूको उपयोग गरी भारतले नेपाल र हालको बङ्गलादेशसँग बहु-ढाँचामा आधारित पारवहनको प्रयोग गरि व्यापार सञ्चालन गर्ने गरेको पाइएको छ ।

सडक तथा राजमार्गहरू व्यस्त हुँदै गर्दा र तेलको मूल्य दिनानुदिन बढ्दै गर्दा बङ्गलादेश, भारत र नेपाललाई जोड्ने जलमार्गलाई वैकल्पिक र वातावरण मैत्री पारवहनको माध्यमका रुपमा पुन:जीविकरण गरिँदै छ ।

भारत र नेपालबीचको कुराकानी ऐतिहासिक रुपमा नै कसले के दिने र कसले के पाउने भन्ने तपसिलका कुरामा मा अल्झिने गरेका छन् । नदीको माध्यमबाट हुने दुई देशको अन्तरआवद्धता नेपाललाई पनि केही सहज हुनेछ किनभने जलमार्गको प्रयोगमा पानीको उपभोग हुँदैन ।

माथिल्लो तटमा रहेका कारण नेपालले तल्लो तटमा रहेका भारत र बङ्गलादेशसँगै राम्रै मोल मलाइ पनि गर्न सक्ने देखिन्छ । तर जलमार्गको यो धारणलाई अघि बढाउन पूर्वाधारको विकाससँगै नीति नियममा पनि सुधार आवश्यक छ ।

नेपालमा जलमार्गको प्रयोग

उपयुक्त पूर्वाधार र नीति नियम नभएका कारण नेपालमा जलमार्गको विकास हुन सकेको छैन । नेपालको यातायात मन्त्रालयमा जल मार्गको व्यवस्थापन सम्बन्धी छलफल जारी रहँदा के बिर्सिनु हुँदैन भने नेपालमा बहने हिमाली नदीहरूको भौगोलिक अवस्था भारतीय उपमहाद्विपको समथर भूभागमा बहने अरू नदीहरूको भन्दा फरक छ । त्यसैले नेपालमा जलमार्गको विकासको कुरा गर्दा सावधानी अपनाउनु पर्दछ ।

नेपालमा रहेका सप्तकोशी, कालीगण्डकी, त्रिशुली, भेरी र कर्णाली नदीहरूमा गैर यान्त्रिक डुङ्गा चलाउन सकिने देखिइएको छ । विभिन्न अध्ययनले गण्डक-नारायणी को देवघाट-राम्दी, मग्लिङ-फिसलिङ र मिर्मे-सेतीबेनी र कोशीको चतरा-सिमिले, दोलालघाट-चतरा खण्डमा अहिले नै गैर यान्त्रिक डुङ्गाहरू सञ्चालनमा रहि आएका छन् ।

योसँगै नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो अध्ययनबाट के पनि पत्ता लगाएको छ भने नेपालका नदीहरू यान्त्रिक जहाजका लागि उपयुक्त छैनन् र त्यसै कारण नदीहरूलाई जहाज मैत्री बनाउन ठूलै लगानी गर्नु पर्नेछ ।

यी सबै कुराहरूले नीति निर्माताहरू एउटा प्रश्न तर्फ डोर्याएको छ : नेपालले कसरी भारतको जलमार्ग प्रयोग गरेर बङ्गालको खाडीमा रहको ठूलो बजारसम्म पहुँच विकास गर्ने सक्ला ?

भारतीय जलमार्गको प्रयोग

अहिलेको स्थितिमा नेपालले भारतको विशाखापटनम बन्दरगाहको प्रयोग गरेर समुद्रसम्म आफ्नो पहुँच विस्तार गरेको छ तर विशाखापटनमबाट कुनै सामान नेपाल ल्याउन सडकमार्गको प्रयोग गर्नुपर्छ र यो साह्रै महँगो छ । तर कोलकाता मात्र यस्तो बन्दरगाह हो जहाँसम्म यात्रा तय गर्न नेपाली सामानले भारतीय जलमार्गको प्रयोग गर्न सक्दछ र यसबाट नेपालले दोहोरो फाइदा पनि लिन सक्दछ । पहिलो: नेपालले बङ्गालको खाडीमा रहेको ठूलो बजारसम्म पहुँच पाउने छ र दोस्रो नेपालले बेहोर्नु पर्ने पारवहन खर्चमा पनि कमी आउनेछ ।

नेपालले भारतको राष्ट्रिय जलमार्गको प्रयोग दुई नदीको मार्फत गर्न सक्छ : गण्डक र कोशी । गण्डक नदीको भैसँलोटन-हाजीपुर खण्ड र कोशीको कोशी ब्यारेज-कुर्सेला खण्डको आसपास नेपालले आफ्नो प्रवेश मार्ग बनाउन सक्ने देखिन्छ ।

नेपालको सीमावर्ती जिल्ला नवलपरासीमा रहेको त्रिवेनीधाममा गरिएको स्थलगत अध्ययनले नेपालतिर भने जलमार्गको प्रयोग धार्मिक पर्यटन प्रबर्द्धन गर्न र माछा मार्नका लागी मात्रै प्रयोग गर्ने सकिने देखाएको छ । स्थानियका अनुसार करिब ५० वर्ष अघिसम्म त्रिवेनी जल तथा स्थलमार्गबाट हुने व्यापारको केन्द्र नै थियो । नेपालका पहाडी जिल्ला र पुरै भारतबाट आउने सामानको किनबेच हुने पहिलो ‘बन्दरगाह’ यो नै थियो ।तर यहाँ ब्यारेजको निर्माण र नेपालमा पूर्व-पश्चिम राजमार्गको सञ्चालन भए पछि मालसामानको ढुवानी सडकबाटै हुन थाल्यो ।भारतमा भने गण्डक नदीको भैँसलोटन ब्यारेज र पटनामा रहेको हाजीपुरसम्मको खण्डलाई अन्तराष्ट्रिय जलमार्गको रूपमा विकास गर्न सकिने अवधारणा अधि बढि सकेको छैन ।

कोशीको सन्दर्भमा भने कोशी टप्पु वन्यजन्तु आरक्ष देखि बराह क्षेत्र र अरुण नदीसम्मको खण्डलाई ‘नदी पर्यटन’ को दृष्टिकोणले हेरिएको छ । तर कोशीमा जल मार्ग बनाउन त्यति सहज भने छैन । कोशीमा जलमार्ग बनाउनु अघि ठूलो पूर्वाधार बनाउनु पर्ने छ किन भने यो नदीले धेरै कटान गर्छ र धेरै बालुवा पनि लिएर बग्छ ।

भैँसलोटन-हाजीपुर जलमार्ग सन् २०१९ बाट सञ्चालनमा आउने अपेक्षा गरिएको छ र यो मार्गको प्रयोगबाट वार्षिक करिब १करोड १७ लाख टन सामानको ढुवानी गर्ने सकिने देखिन्छ । त्यसैले कोशी ब्यारेज-कुर्सेला खण्ड भन्दा यो खण्ड नेपाल-भारत व्यापारका लागि पनि उपयुक्त देखिन्छ । कोशीको भारतीय तटमा ठूला उद्योगहरू नहुनु ले पनि कोशी जलमार्गको आर्थिक संभाव्यता कम देखिएको छ । कोशी नदीमा जलमार्ग बनाउने हो भने नदीलाई डुङ्गा मैत्री मात्र बनाएर पुग्ने छैन त्यहाँ भन्सार, अध्यागमन र क्वारेटाइन सेवा पनि उपलब्ध गराउनु पर्नेछ ।

जलमार्गका निती नियम र व्यवस्थापकिय पक्ष

भैसलोटन-हाजीपुर र कोशी ब्यारेज कुर्सेला जलमार्ग दुवैको संगम बिहारमा पर्ने अलाहबाद-हल्दिया जलमार्गमा पुगेर हुन्छ । भारतीय सोच अनुसार पटनाको गाईघाट टर्मिनलले आन्तरिक कार्गोको व्यवस्थापन गर्नेछ भने पटनामै रहेको काउलघाट टर्मिनलले कोलकाताबाट नेपाल तर्फ जाने कार्गोको व्यवस्थापन गर्नेछ ।

गाजिपुर र साहेबगञ्जमा रहेका अरू टर्मिनलहरूले भने दुवै देशका सर-सामान व्यवस्थापन गर्नेछन् । तर नेपाल र भारतबीच जुनसुकै जलमार्गको प्रयोग गर्ने सहमति भए पनि भूराजनीतिक भन्दा आर्थिक दृष्टिकोणबाट सामानको आवतजावतलाई हेरिनेछ ।

नेपालको आशावादी निजि क्षेत्रले के सुझाव दिएको छ भने नेपालका पहाडहरूमा हुने अदुवा, अलैंची र बेसार जस्ता काठ बाहेका वन पैदावारलाई जलमार्ग हुँदै बङ्गालको खाडी सम्म पुर्याउन सकिन्छ । तर गण्डक र कोशी नदीको जलमार्गमा सामान ओसारपसार गर्न धेरै समय लाग्ने हुँदा यी जडिबुटीहरू लामो यात्रा तय गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा सम्बन्धित सरकारी निकायहरूले निर्धारण गरिसकेका भने छैनन् ।

यसो भनिरहँदा के पनि भन्न जरुरी छ भने नेपाल र भारतका जलमार्गसँग सरोकार राख्ने नियामक निकायहरूको स्पष्ट निति छैन । भारतमा राज्य स्तरमा आन्तरिक जल यातायात विभागहरू र केन्द्रमा आन्तरिक जलमार्ग प्राधिकरणले जलमार्गहरूको मर्मत सम्भार र नियमन गर्ने गरेका छन् ।

नेपालमा भौतिक योजना तथा यातायात मन्त्रालय अन्तरगत जलमार्ग र केबलकार हेर्ने डेस्क त छ तर त्यसको काम राष्ट्रिय यातायात तथा अन्तरआबद्धता नामावलीले निर्दिष्ट गरिसकेको छैन । यो संरचना खालि सरकारको चासोको विषय भएका कारण मात्रै खडा गरिएका हुन् किनभने अन्तरदेशीय जलमार्गको अवधारणा नै निकै प्रारम्भिक चरणमा छ ।

नेपाल र भारत भविष्यमा जलमार्ग मार्फत हुने व्यापारका बारे छलफल गर्न तयार हुँदै गर्दा नेपालले भुल्न नहुने कुरो के हो भने जलमार्गको अधिकतम लाभ लिन नेपालले बहुढाँचात्मक (मल्टी मोडल) पारवहनको अवधारणालाई अंगाल्नुपर्ने छ । बङ्गलादेश र भुटानले नारायणगञ्ज बन्दरगाहको प्रयोग गर्न गरेका सम्झौता बाट पनि नेपाल र भारतले केही सिक्न सक्छन् । अन्त्यमा भारतले आफ्नो अडानमा परिवर्तन गर्नु पर्नेछ र नेपाल-भारत पारवहन र अन्तरआवद्धताको मामिलामा जलमार्गसम्बन्धि नियमहरूमा ध्यान दिनु पर्ने छ ।

 

 

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)