पानी उत्तराखण्डमा जलविद्युत् निर्माणबारे पुनर्विचार गर्ने समय आयो : विज्ञहरू उत्तराखण्डमा ठूला बाँध बनाउने क्रममा नदीकिनारमा जथाभावी फालिएको माटो बाढीले बगाउँदा तल्लो तटीय क्षेत्रमा कयौं गुणा विनाश बढेको विज्ञ समितिको ठहर छ नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। 400 MW Vishnuprayag hydel project that got destroyed in June 2013 by the severe flash floods that swept through the Northern Indian state of Uttarakhand, (Courtesy: International Rivers) Juhi Chaudhary मे 20, 2014April 10, 2022 जुनको मध्यमा उत्तराखण्ड वियोगको पहिलो वार्षिकी आउँदैछ । त्यस बेला बाढी र पहिरोका कारण हिमाली राज्यमा नौ सयभन्दा बढीको मृत्यु भएको थियो भने सयौं व्यक्ति बेपत्ता भएका थिए । अधिकारीहरूले त्यस क्षेत्रमा सम्भावित झन्डै चार सय ५० वटा जलविद्युत् आयोजनामध्ये धेरैजसोको निर्माण गर्न थालेपछि वातावरणवादीले वर्षौंअघिदेखि त्यस्तो विपत्ति आउने चेतावनी दिँदै आएका थिए । यस्तै चासो हरित अभियन्ताले पनि राखेका थिए । विज्ञ समूहले हालै सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा उत्तराखण्डमा विपत्ति बढाउनु र राज्यमा वातावरणीय क्षति हुनुमा जलविद्युत् आयोजना जिम्मेवार रहेको उल्लेख गरिएको छ । प्रतिवेदन प्राप्त गरेपछि सर्वोच्च अदालतले निर्माण भइरहेका २४ वटै जलविद्युत् आयोजनाको निर्माण कार्य जुलाइमा अर्को सुनुवाई नभएसम्ममा लागि स्थगित गर्न यसै महिना निर्देशन दिएको छ । उत्तराखण्डका प्रख्यात वातावरणविद् भरत झुनझुनवाला यो मुद्दा लिएर अदालत गएका थिए । अगस्ट २०१३ मा सर्वोच्च अदालतको निर्देशनपछि जलविद्युत् आयोजनाका कारण वातावरण विनाश र उत्तराखण्ड विपत्ति भएनभएको निश्चित गर्न वातावरण तथा वन मन्त्रालयले १७ सदस्यीय विज्ञ समूह निर्माण गरेको थियो । सन् २००४ को सुनामीपछि भारतले भोगेको सबैभन्दा ठूलो यो दैवी विपत्तिमा पाँच लाखभन्दा धेरै मानिस प्रभावित भएका थिए । उत्तराखण्डमा ठूला बाँध बनाउने क्रममा नदीकिनारमा जथाभावी फालिएको माटो बाढीले बगाउँदा तल्लो तटीय क्षेत्रमा कयौं गुणा विनाश बढेको विज्ञ समितिको ठहर छ । ‘यो निश्चित नै बलियो प्रतिवेदन हो र अहिलेसम्मकै बृहत् र गहन पनि छ । यसमा सामाजिक–सांस्कृतिक पक्षलाई पनि समेटेको भए हुन्थ्यो । तर, हामीले भन्दै आएको– यी बाँधहरू वातावरणका लागि हानिकारक छन् र तिनीहरू विपत्तिका लागि जबाफदेही छन भन्ने कुरा यसमा समेटिएको छ’, जनअभियान गंगा अह्यानकी अभियन्ता मल्लिका भानोतले भनिन् । विज्ञहरू राज्यको जलविद्युत् नीति पुनर्समायोजन गर्न चाहन्छन् । तिनीहरूको इच्छा अलखनन्दा, भागिरथी नदी र तिनका सहायक नदीका बन्ने भनिएका २३ आयोजना रद्द गर्ने छ । यी दुवै नदी भारतको सर्वाधिक पवित्र र सबैभन्दा लामो नदी मानिएको गंगामा मिसिन्छन् । ‘यी जलविद्युत् आयोजनाको नकारात्मक प्रभाव अलखनन्दा र भागिरथी नदीको जैविक विविधतामा पर्ने सम्भावना छ’, प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘यस्ता धेरै आयोजना गंगोत्री वातावरण संवेदनशील क्षेत्र वा लोपोन्मुख वन्यजन्तु संरक्षित वन क्षेत्रमा पर्छन् । त्यसैले यस्ता आयोजना अस्वीकार गरिनुपर्छ ।’ हिमरेखामाथिको र समुद्री सतहभन्दा दुई वा २.५ किलोमिटरमाथिको क्षेत्रलाई जलविद्युत् आयोजना मुक्त क्षेत्र बनाइनुपर्ने प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनका कारण हिमनदी संकुचित हुँदै गएकाले तिनको मुखमा धेरै फोहोर थुप्रिएको छ र त्यसकै कारण यी हिमनदीबाट बग्ने खोलामा धेरै माटो बालुवा थुप्रिरहेको छ । यसको अर्थ तल्लो तटीय क्षेत्रमा धेरै माटो बग्ने र सन् २०१३ मा गएजस्तो बाढीपहिरोको जोखिम बढिरहेको छ । केन्द्रीय वातावरण मन्त्रालयले सबै नदीको वातावरणीय प्रभाव लेखाजोखा गर्नुपर्ने र त्यसकै आधारमा नदी नियमन क्षेत्रबारे गाइडलाइन बनाउनुपर्ने इच्छा विज्ञहरूको छ । ‘यो क्षेत्र पहिले नै बाढीपहिरो, भूगर्भीय क्रियाकलाप र भूक्षयको खतराको क्षेत्र हो । ठूला जलविद्युत् आयोजना निर्माण गर्दा गराइने विस्फोट र सुरुङले गत वर्ष हामीले अनुभव गरेको जस्तै ठूलो विपत्तिको जोखिम बढ्न सक्छ’, साउथ एसिया नेटवर्क अन ड्याम्स, रिभर्स र पिपुल्स (एसएएनडीआरपी) का संयोजक हिमांशु ठक्करले थर्डपोलडटनेटलाई भने । एसएएनडीआरीपले जारी गरेको विज्ञप्तिमा विज्ञहरूले तत्काल २३ आयोजना बन्द गर्न आग्रह गर्नुपर्ने उल्लेख छ । यो गैरसरकारी संस्थाले चाहनाको अन्तरद्वन्द्व हुने भन्दै समूहमा केही विज्ञ, विशेषगरी वातावरण मन्त्रालयअन्तर्गतको एक्सपर्ट एप्राइजल कमिटी (ईएसी) अन रिभर भ्याली प्रोजेक्टका पूर्वसदस्य तथा उपाध्यक्ष बीपी दाशको सहभागितामा प्रश्न उठाएको छ । ईएसीले नै ती आयोजनालाई पहिलो प्राथमिकतामा राखेको थियो । यसै महिना वातावरण मन्त्रालयले सर्वोच्च अदालतलाई आपूmले विज्ञ समूह पुनर्गठन गर्न चाहेको जनाएको थियो । अदालतले किन भन्ने प्रश्न गरेको थियो र अब यस विषयमा जुलाईमा सुनुवाइ हुनेछ । थप पढ्नुहोस् आलेख नीति जलवायु परिवर्तनसँग जुध्न धेरै खर्च पर्दैन: आईपीसीसी आलेख जलविद्युत तिब्बतमा बन्ने बाँधले भूकम्पको जोखिम बढाउँदै आलेख वार्ता वार्सा जलवायु सम्मेलन : बन्द कोठाभित्रको दृश्य आलेख संरक्षण सिक्किमी सांग्रिलाको संरक्षण आलेख खानी उत्खनन् तिब्वतमा खानी उत्खनन्का कारण एशियाली नदीहरु खतरामा शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय