पानी नेपालको भूकम्प तिब्बती जलविद्युत परियोजनाको लागि खतराको घन्टी क्षतिको यर्थाथ विवरण आउन बाँकी रहे पनि , प्रारम्भिक अनुमानमा गत महिना नेपालमा गएको विनाशकारी भूकम्पले नेपालका एक दर्जन भन्दा बढि जलविद्युत परियोजनाहरुमा गम्भीर क्षति पुरयाएको छ नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × सर्वाधिकार कृपया पुन: प्रकाशन गर्नु अघि हाम्रा शर्तहरू पढ्नुहोला Liu Qin मे 6, 2015April 10, 2022 चीनको स्वसासित क्षेत्र तिब्बतमा निर्माण हुने कुनै पनि जलविद्युत परियोजनाहरु हिमालय क्षेत्रमा जाने ठूला भूकम्पका कारणले निक्कै जोखिममा पर्ने देखिएको छ । अझ विषेशज्ञहरुको भनाईमा त यस क्षेत्रमा बाँध सम्बन्धी विशाल परियोजना निर्माणको आवश्यकता पनि छैन। क्षतिको यर्थाथ विवरण आउन बाँकी रहे पनि , प्रारम्भिक अनुमानमा गत महिना नेपालमा गएको विनाशकारी भूकम्पले नेपालका एक दर्जन भन्दा बढि जलविद्युत परियोजनाहरुमा गम्भीर क्षति पुरयाएको छ । नेपाली संचार माध्यमहरुले भूकम्पका कारण माथिल्लो भोटेकोशी, सुनकोशी खोला, इन्द्रावती तेस्रो लागाएतका आधा दर्जन भन्दा बढि निजी क्षेत्रबाट संचालित जलविद्युत परियोजनाहरुमा गम्भीर क्षति पुगेको जनाएका छन ।यसैगरी विद्युत प्राधिकरणको स्वामीत्वमा रहेको २४ मेगावाटको त्रिशुली, १४ मेगावाटको देवीघाट र सुनकोशी जलविद्युत परियोजनाहरुमा पनि भूकम्पले ठूलै क्षति पु¥याएको जनाइएको छ । यसरी नेपालमा गएको भूकम्प सिमा पारी तिब्बती क्षेत्रमा निर्माण हुने बाँध परियोजनाहरुलाई ठूलो चेतावनी हो । किनकी यो क्षेत्र भूकम्पीय दृष्टिकोणले अति नै सक्रिय क्षेत्र हिमालय श्रृखलासंग जोडिएर रहेको छ ।गत नोभेम्वरमा तिब्वतको जाङ्गमुमा रहेको पहिलो बाँध परियोजनाले यस क्षेत्रमा ठूलो परिमाणको जलविद्युत योजनाको सुरुवात गर्दै उर्जा उत्पादन थालेको छ । सिचुवान प्रान्तका खानी तथा भूगर्भ विभागमा रहेको क्षेत्रीय भौर्गभीक सर्भे दलका भूगर्भविद तथा प्रमुख इन्जिनियर फान जीयाओ भन्छन, तिव्बती क्षेत्रमा रहेका र भविष्यमा निर्माण हुने खासगरी र्यालुङ्ग साङ्गपो(भारतमा पुगे पछि यसै नदीलाई व्रम्हपुत्र भनिन्छ ) नदीमा केन्द्रित जलविद्युत परियोजनाहरुको लागि जोखिम त एकातीर छदै छ , अर्कोतिर त्यस ठाउमा यस्ता ठूला बाँध परियोजनाहरु निर्माण गर्नै पर्ने कुनै ठोस कारणहरु पनि छैनन । द थर्डपोल डट नेटसंग कुरा गर्दै फानले भने , यस क्षेत्रमा न जनसंख्या, न आर्थिक गतिविधी नत विद्युतीय उर्जाको माग नै छ । यद्यपी यस क्षेत्रमा जलविद्युतीय उर्जा उत्पादन गरी छिमेकी देशहरु नेपाल र भारमा निर्यात गर्ने संभावना भए पनि प्रशारण लाइनहरु निर्माण गर्दा लाग्ने ठूलो लागत र लामो दुरीका प्रशारण लाइनहरुका कारण हुने विद्युत चुहावटले यस्ता परियोजनाहरु आर्थिक रुपले पनि फाइदा जनक छैनन । यस्ता परियोजनाहरुले तिब्वतको भौगर्भीक , पर्यावरणीय तथा सामाजीक संरचनाहरुमा पु¥याउन सक्ने हानीको लेखाजोखा गर्ने हो भने, यसमा फाइदा भन्दा घाटानै बढि देखिन आउछ, फान भन्छन । यता नेपालमा भने भूकम्पले जलविद्युत परियोजनाहरुमा भएको क्षतिको ठोस विवरण अझ पनि आउन बाँकी नै छ । थ्री र्गोजेज कर्पोरेसनका प्रमुख लु चुनका अनुसार नेपाल सरकारले अहिले क्षतिको मुल्याङ्कन गर्नु भन्दा उद्दार तथा राहत कार्यलाई प्राथमीकता दिएको छ । अप्रील २५ मा ७. ८ रेक्टर स्केलको विनाशकारी भूकम्प जानु केही हप्ता अघि मात्र चीनिया कम्पनी थ्री र्गोजेज कर्पोरेसनले नेपालमा १.६ अर्व अमेरीको डलर लागतको जलविद्युत परियोजनाको निर्माणको लागि स्विकृती पाएको थियो । जलविद्युतको विशाल संभावना रहको नेपालमा अहिले मात्र ८०० मेगावाट उत्पादन हुने गरको छ जब की नेपालको अहिलेको माग भने १४०० मेगावाट रहेको छ । अहिले सम्म नेपालको जलविद्युत विकासमा भारतीय लागानीको एकाधिकार रहेको थियो तर चाइनीज कम्पनीको उपस्थीतिले यसमा परिवर्तन आउन सक्छ । हेङ्गदुआन माउन्टेन रिर्सच इन्सटीच्युट का निर्देशक तथा भूगर्भविद याङ्ग योङ्ग ले तिब्वतको र्यालुङ्ग साङ्गपो क्षेत्रमा भूकम्प तथा पहिरो जस्ता प्रकोपहरु भइरहने द थर्डपोल डट नेटलाई जानकारी गराए । यस्ता गतिविधीले भूकम्पको प्रभावलाई साथै प्राकृतिक विपत्तीको जोखिमलाई वढावा दिन्छ । याङ्ग योङ्गका अनुसार उनले सन् २००० को अप्रिल महिनामा र्यालुङ्ग साङ्गपो क्षेत्रमा गएको एक पहिरोको कारण ४०० अर्व घनमीटरको ताल वनेको देखेका थिए । दुइ महिना पछि त्यो ताल एक्कासी फुट्यो जसमा दश लाख भन्दा बढी मानिस प्रभावित हुनुका साथै त्यस क्षेत्रको यातायात संजालमा ठूलो क्षति पु¥याएको थियो । अर्कोतिर चीन सरकार भने उर्जा उत्पादनमा कोइलाको अत्यधीक प्रयोग बाट देशका मुख्य सहरहरुको वातावरणमा प्रतिकुल असर पारेको तथा देशको अर्थतन्त्रलाई गति दिन उर्जा उत्पादन आवश्यक रहेके भन्दै तिब्वतको यस क्षेत्रमा जलविद्युत परियोजनाको विकासको वकालत गर्दै आएको छ । आउदो तेह्रौ पञ्चवर्षीय योजना ( २०१६ देखी २०२०) मा चीन र्यालुङ्ग साङ्गपो, माथिल्लो याङ्गचे (जीन्सा) लानकाङ्ग (मेकोङ्ग) र नु (सल्वीन) नदीहरुमा ठूला बाँध परियोजनाहरु निर्माण गर्ने योजनामा छ । थ्री र्गोजेज कर्पोरेसन को वेवसाइटमा दिइएको जानकारी अनुसार जलविद्युत उद्योगहरुको महत्वपूर्ण संम्मेलन ( वल्र्ड हाइड्रोपावर काँग्रेस) मे ५ मा आयोजना गरिएको थियो किनकी चीनमा जलविद्युतको क्षेत्रमा धेरै विकास तथा माग रहेको छ । चीनको विद्युत परिषदले गत मार्चमा प्रकाशित गरेको तथ्याङ्कका अनुसार चीनसंग समग्रमा ३०० गीगावाट जलविद्युत उर्जा उत्पादन गर्न सक्ने संभावना छ । यो क्षमता संसारका कुनै पनि देशको भन्दा धेरै बढी हो । शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय