पानी बाढीसित एक्लो लडाइँ लड्छन् असामका जनजाति जलावायु परिवर्तनका कारण बाढी आउने समय अनिश्चित भएको र यसको असर थप भयावह भइरहँदा असामको तटिय क्षेत्रमा बस्ने मिसिङ समुदाय एक्लिएको छ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। Agriculture is the major source of livelihood of the Mising people who live on riverbanks in Assam [image by: Varsha Torgalkar] Varsha Torgalkar मार्च 12, 2020April 10, 2022 ‘बाढी हरेक वर्ष आउँछ‘, भारतको असाम राज्यमा ब्रह्मपुत्र नदीले बनाएको मजुली टापुकी अधबैँसे बासिन्दा राजेश्वरी डोले भनिन् । हरेक वर्ष आउने प्रकोपसँग लड्न सरकारले केही गर्छ वा केहि गर्न नै खोज्छ भन्नेमा उनलाई विश्वास छैन । तर पनि सरकारले खेतीका लागि थप बिउ वितरण गरिदियोस् भन्ने उनको अपेक्षा छ । बाँसबाट बनेको आफ्नो घरमा गाउँका अरू महिलाहरूसित बसेर उनले द थर्डपोलसित कुराकानी गरिन् । गाउँका अरू घरहरू जस्तै काठको फल्याकमाथि जमिनबाट करिब ४ फिट माथि उठाएर उनको पनि घर बनाइएको छ । बाढी आउनु अघि र आइसकेपछि सरकारले पिडितहरूलाई गाँस, बास र कपास उपलब्ध गराउनै पर्छ भन्ने बारेमा राजेश्वरी र ‘मिरी’ पनि भनिने मिसिङ समुदायका ५०० गाउँलेहरूलाई थाहा छैन । सुबन्सरी नदीको तटमा रहेको यो गाउँमा दशकौँ देखि हरेक वर्ष बाढी आउने गरेको छ । राजेश्वरी डोले (दायाँ) र तेङ्गो पेगु (दायाँबाट दोस्रो) । फोटो: वर्षा तोरगाल्कर संसारकै सबैभन्दा ठूलो नदी निर्मित टापु मजुलीको दक्षिणमा ब्रह्मपुत्र र उत्तरमा खरकुतिया जुवी र सुबन्सी नदीहरू बहने गर्दछन् । सय वर्ष अघिसम्म ८८० वर्ग कि मी मा फैलिएको यो टापु हाल आएर भूक्षयका कारण३५२ वर्ग कि मी मा खुम्चिन पुगेको छ ।भारतको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको भारतीय प्रविधि केन्द्र र आईआईटी मन्डीले भारतीय भूभागमा पर्ने हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम बारे गरेको अध्ययनका अनुसार देशका १२ हिमाली राज्यहरू मध्ये असाम सबैभन्दा जोखिममा रहेको छ । नदीको तटमा वा नदीले बनाएको टापुमा बसोवास गर्ने अधिकांश मानिसहरूसित सूचना र पूर्वाधारको पहुँच छैन । यसका कारण उनीहरू थप जोखिममा परेका छन् । सबैभन्दा बढी जोखिममा परेकाहरू भारतीय संविधानको जनजातिहरूको अनुसूचीमा रहेका ‘मिसिङ‘ जाती आदिवासी समुदायहरू माझ पनि सिमान्तकृत वर्गमा पर्दछ । स्वायत्त मिसिङ परिषद्का अनुसार पूर्वोत्तर भारतको ब्रह्मपुत्र र सुबन्सरी नदीको तटमा बसोवास गर्ने एक मात्र जाती मिसिङ हुन् । असममा उनीहरूको जनसङ्ख्या ७ लाख छ भने अरूणाञ्चल प्रदेशमा यो सङ्ख्या ३०,००० पुगेको छ । उनीहरू जीविकोपार्जनका लागि कृषि, माछा तथा बङ्गुर पालन र सिलाई बुनाईमा निर्भर छन् । सन् २००१ को जनगणना अनुसार ६० प्रतिशत मिसिङहरू साक्षर छन् । पुरुषहरूको साक्षरता दर ७१ प्रतिशत छ भने महिलाहरूको ४८ प्रतिशत । यो आँकडा अनुसूचीमा रहेका जातिहरूमध्ये पुछारबाट दोस्रो हो । सन् २०११ को जनगणना अनुसार मजुलीका १,६५,००० बासिन्दाहरू मध्ये ४० प्रतिशत मानिस मिसिङ समुदायका हुन् । मिसिङ स्वायत्त परिषदका अध्यक्ष परमानन्द चयनगीया भन्छन्,’९० प्रतिशत मानिस कृषि, माछा तथा बङ्गुर पालनमा निर्भर छन् । उनीहरूको साक्षरता दर ६० प्रतिशत भए पनि बेरोजगार छन् ।‘ पार्थ ज्योति दास असामको सबैभन्दा ठूलो सहर गुहाटीमा रहको वातावरण संरक्षणमा काम गर्ने अरन्याक नामक संस्थामा कार्यरत छन् । उनले वर्षौँ देखि यस क्षेत्रमा भूक्षयको अध्ययन गर्दै आएका छन् ।‘बाढी, भूक्षय र हिमाली क्षेत्रबाट बगेर आउने उब्जनी नहुने बालुवा नदीको तटमा बसोवास गर्ने समुदायले भोग्नु परेका प्रमुख मुद्दा हुन्‘, उनले भने । ‘विगतका केही वर्षहरूमा बाढी आउने समय, यसको आवृत्ति र वेग अनियमित भएकाले समुदायलाई यससँग जुझ्न गाह्रो परेको छ । पहिले पहिले समुदायहरू वैशाख देखि असाढसम्म बाढी आउँछ भनेर सचेत थिए र आफै त्यसका लागी तयारी गर्थे ।‘ राजेश्वरी भन्छिन्, ‘हामीलाई थाहा छ कि वैशाख देखि असाढसम्म बाढी आउँछ । त्यसैले हामी बाढी आउनु अघि घर फेरि बनाउनुका साथै सरसामान, दाउरा, खानेकुराको जोहो गर्छौँ र गाईवस्तु तथा बङ्गुरका लागि फल्याक माथि छुट्टै घर बनाउँछौँ ।‘ स्थानीयहरूलाई कुनै सरकारी निकायले बाढीका बारे पूर्व सूचना दिन्छ भन्ने थाहा छैन । बाढी आएको बेला उनीहरू डुङ्गामा चढेर ओहोरदोहोर गर्दछन् । सबै जसो परिवारहरूसित काठको डुङ्गा छ ।अर्की स्थानीय तेङ्गो पेगु भन्छिन्, पानीको सतह ५–६ फिट बढ्यो भने उनीहरू उच्च भूभाग भएको मजुलीको मध्य भाग तिर जान्छन् । ‘बाढी आएको बेला दाउरा भिज्छ, पकाउन गाह्रो हुन्छ । हाम्रा कुखुरा र बङ्गुरहरू मर्छन् । बिउ पनि नास हुन्छ र रबि बालीको बिउ फेरि किन्नु पर्ने हुन्छ ।‘ सिलाई बुनाईमा पोख्त मिसिङ महिलाहरू बाढी आएको बेला फल्याक माथि बनाइएका घरको बरन्डामा बसेर समय काट्छन् । फोटो: वर्षा तोरगाल्कर भयानक बाढी आएको बेला पनि मानिसहरूले बस्ने स्थान पाउँथे तर यो सबै परिवर्तन हुँदैछ । पेगु भन्छिन्, ‘सामान्यतः वैशाखमा एक वा दुई पटक बाढी आउँथ्यो र पानी एक देखि दुई हप्ता रहन्थ्यो । तर सन् २०१८ मा तीन पटक बाढी आयो र आफूलाई बचाउन हामी (टापुको) मध्य भागतिर भाग्यौँ ।‘ स्थानीय सामुदायिक विद्यालयका शिक्षक अनिकेत चौहान भन्छन् समुदाय प्रशोधित पानी पिउनुपर्छ भन्ने कुराका बारे बेखबर छ । हरेक घरको आँगनैमा हाते पम्प छ । ‘पानी प्रशोधन गर्ने कुनै सुविधा यहाँ छैन । बाढी पछि पानी दूषित हुन्छ र पानी प्रशोधन गर्ने सुविधा नभएकाले उनीहरू त्यसै पिउन बाध्य छन् ।‘ नागेश्वर पेगु निर्माणाधिन सिमेन्ट टेट्रा पड देखाउँदै । काम नसकी छोडिएको छ ।फोटो: वर्षा तोरगाल्कर मजुलीको कुलामुवा गाउँमा सुबन्सरी नदीको किनारमा भूक्षय नियन्त्रण गर्न निर्माणाधीन सिमेन्ट टेट्रा पडमा लगाएर झुन्ड्याइएको छ । सरकारले टापुमा भूक्षय रोक्न केही गरिरहेको छ भन्ने यसले देखाउँछ । चौबीस रोपनी जग्गा भएका नागेश्वर पेगु आफ्नो खेतमा धान, दाल र तरकारी बाली लगाउँछन् । ‘केही वर्ष अघि निर्माण गरिएका ५–६ टेट्रा पडहरूले भूक्षय रोक्न सक्दैनन् । यस्ता टेट्रापडहरूको पर्खाल नै बनाइनुपर्छ ।‘ बाढी आएपछि पानी नगएसम्म स्थानीय समुदायले खेती गर्ने अवस्था रहँदैन । ‘आम्दानी नभएपछि हामीसित तरकारी किन्ने पैसा हुँदैन,’ तेङ्गो पेगुले भनिन् । उनीहरूसित पैसा भए पनि गारमुर र जोरहाट सहरसम्म पुगेर सामान किन्न वा स्वास्थ्य सेवा लिन सहज छैन । बाढीले बाटोमा पनि क्षति पुर्याउँछ । बाढीका कारण सम्पर्कविहिन हुन पुगेका र बढ्दो जोखिममा रहेका मिसिङ जाती सरकारी निकायको नजरबाट नै ‘मिसिङ‘ (हराएका) छन् । द थर्डपोलले स्थानीय जिल्ला प्रशासनसँग गाउँलेहरूलाई बाढीका बारेमा पूर्व सूचना दिने, उनीहरूलाई ओत लाग्ने ठाउँ, खानेकुरा र शुद्ध पानीको व्यवस्था गर्ने कस्तो व्यवस्था गरिएको छ भनेर प्रश्नहरू पठाएको छ । उनीहरूबाट उत्तर आएमा यो रिपोर्ट अद्यावधिक गरिनेछ । थप पढ्नुहोस् आलेख वन्यजन्तु वन्यजन्तु बने भुटानी कृषकहरूका लागि चिन्ता आलेख एक्वाकल्चर गङ्गटा ह्याचरीको विस्तारले बङ्गलादेशमा जगायो आशा र आशङ्का आलेख खानी उत्खनन् अछ्रो थरको नुन खानीका कामदारलाई गरिवीले दिएको घाउ आलेख पानी अभाव चीनमा अन्तर्देशीय नदीहरूको डाइभर्सन छलफलले उब्जाएका नयाँ चिन्ता शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय