पानी सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तित यसअघि न्यूनीकरणका सबै उपाय अपनाउँदा पनि 'अत्यन्तै जोखिमपूर्ण' च्छो रोल्पा हिमताल अझै विस्तार भएको छ र यसको तल्लो तटीय क्षेत्रमा बस्ने ६००० घरधुरी खतरामा छन् । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। च्छो रोल्पा हिमताल नेपालको उत्तर–पूर्वी क्षेत्रको रोल्वालिङ उपत्यकामा अवस्थित छ । यस्ता तालको पानी हिउँ, चट्टान र गेग्र्यानले भरिएको हुन्छ । तर बढ्दो तापक्रमले हिउँ पग्लिएर तालमा पानी बढ्दै जाँदा बाढीको जोखिम बढाएको छ। (तस्बिर : सुरेन्द्र फुयाँल) सुरेन्द्र फुयाँल मे 27, 2024May 27, 2024 किञ्जुम शेर्पा उत्तर–पूर्वी नेपालको उच्च हिमाली भूदृश्यसँग घनिष्ठ रूपमा जोडिएकी छन् । यसलाई उनी आफ्नो घर भन्छिन्। उनी यता चौँरी बथानको हेरचाह गर्छिन् । उता उनका हुर्किसकेका छोराछोरी सगरमाथा लगायतका हिमालमा क्लाइम्बिङ गाइड अर्थात् पर्वतारोहण पथप्रदर्शकका रूपमा काम गर्छन् । तर किञ्जुमलाई आफू बस्ने गाउँ ना ले सामना गर्नसक्ने विपत्तिबारे थाहा छैन । तीव्र गतिमा विस्तार भइरहेको च्छो रोल्पा हिमताल नाबाट चार किलोमिटर पर वा दुई घण्टाको पैदल दूरीमा पर्छ । समुन्द्री सतहबाट ४,५४५ मिटरको उचाईमा रहेको यो ताल अति खतरनाकको रुपमा वर्गीकृत नेपालका २१ तालहरु मध्येको एक हो । यो हिमताल विष्फोट भएर बाढी (जीएलओएफ) आयो भने ना र बेडिङ जस्ता तल्लो तटीय क्षेत्रका हिउँदे बस्तीहरूमा र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा विनाशकारी प्रभाव पार्नेछ । ग्लेसिअल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) के हाे ? 🧊 ग्लेसिअल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) अर्थात् हिमताल फुटेर आउने बाढी भनेको हिमालमा हिँउ पग्लेर आउने पानीलाई बरफ वा ढुङ्गा वा गेग्र्याँनले छेकेर बनेको हिमतालकाे बाँध अचानक फुट्ने प्रक्रिया हो । ⚠️ यस्तो बाढी भूकम्प, हिमपहिरो वा पानी धेरै जम्नाले आउन सक्छन् । ग्लफ प्रायः निकै विनाशकारी हुन्छन्, र हिमाली जलाधारमा बढ्दो खतराको रूपमा रहेका छन् । जोखिमलाई कसरी रोक्न सकिएला भनी सोध्दा ७२ वर्षीय किञ्जुम शेर्पा भन्छिन्, ‘यसलाई रोक्न के गर्नुपर्छ मलाई थाहा छैन । सायद माथिल्लो तहका मानिसहरूलाई थाहा होला।’ च्छो रोल्पा र सगरमाथा क्षेत्रको इम्जा जोखिम न्यूनीकरण योजना रहेका नेपालका दुई मात्र हिमताल हुन् । नेदरल्याण्डस् सरकार, नेपाल सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सन् २००० को जुन महिनामा दुई वर्षे च्छो रोल्पा परियोजना सम्पन्न भएको थियो । यसमा समावेश पाँच मिटर गहिरो र ७० मिटर लामो नहरले तालको पानीको सतह तीन मिटर घटाउन मद्दत गरेको थियो। थप नहरहरू निर्माण गरेर तालको पानीको सतह अरु १५ देखि १७ मिटर तल झार्नुपर्ने थियो । तर दाता र सरकारबीच समन्वयको अभावका कारण यो काम अवरूद्ध भएको थियो । नाम नबताउने शर्तमा त्यस परियाेजनामा संलग्न अधिकारीहरूले भने,’ तत्कालको खतरा टरेपछि विभिन्न पक्षहरूले साझेदारीमा चासो गुमाए।’ करिब २५ वर्षपछिपनि जोखिम बढ्दाे नै छ । सरकारको जल तथा मौसम विज्ञान विभागले गरेको एक सर्वेक्षणले ताल विस्तार भएको देखाएको हो । डायलग अर्थले प्राप्त गरेको बाथिमेट्रिक (गहिराइ मापन) स्थलगत सर्वेक्षण प्रतिवेदनले तालको क्षेत्रफल सन् २००८ मा १.५५ वर्ग किलोमिटरबाट बढेर सन् २०२२ मा १.६५ वर्ग किलोमिटर पुगेको देखाएको छ । यसको अधिकतम गहिराइ भने १३६.५ मिटरबाट घटेर १२५.६ मिटरमा झरेको छ । नेपालका हिमनदीहरूले झेल्दैछन् ताताेपना हिमालय क्षेत्रको तापक्रम वृद्धि विश्वको कूल औसतभन्दा बढी छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले खटाएको स्थलगत अन्वेषक टोलीका अनुसार “तालमा तार्काधिङ् हिमनदीबाट पग्लेको पानी आउने हो, र यो हिमनदीको पुच्छर जुन २००९ देखि २०१९ सम्म वार्षिक ६० मिटरको दरले पछाडि हटिरहेको थियो। सन् १९८१ पछि सन् २०२३ नेपालमा सबैभन्दा गर्मी वर्ष बन्यो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको जुन र जुलाई महिनाको अधिकतम तापक्रम ‘सामान्यभन्दा बढी’ रेकर्ड गरेको थियो । जुन महिनामा अधिकतम तापमान सामान्यभन्दा २ डिग्री सेल्सियभन्दा बढीले उकालो लाग्यो। यो अन्तर अन्य महिनाहरूको तुलनामा सबैभन्दा बढी थियो । इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विज्ञ अरुणभक्त श्रेष्ठ भन्छन्, “विशेषगरी तीव्र तापक्रम वृद्धिसँगै च्छो रोल्पाबाट आउन सक्ने सम्भावित बाढी र तल्लो तटीय क्षेत्रमा पर्ने असरका बारेमा चिन्ता उच्च छ । ‘सन् १९९९–२००० ताका तालबाट पानीको सतह तीन मिटरले घटाइएकोमा, यसले जोखिमलाई पूर्णरुपमा रोक्न सकेको छैन। ताललाई पूर्ण रुपमा जोखिममुक्त बनाउन पानीको सतह २० मिटर तल झार्न सिफारिस गरिएको थियो।’ Recommended च्छो रोल्पा मात्र तीव्र गतिमा विस्तार भइरहेको ताल होइन । पेम्बा शेर्पा किञ्जुमका ११ सन्तानमध्ये एक हुन् र २१ पटक सगरमाथा आरोहण गरिसकेका आरोही हुन् । उनले डायलग अर्थलाई बताएअनुसार हालसालै च्छो रोल्पाको दक्षिण-पश्चिम र समुद्र सतहबाट ५,९०० मिटरको उचाईमा रहेको रामदोङ गो शिखरको आरोहणको क्रममा उनी अर्को हिमताल हुँदै गएका थिए। उनी भन्छन्, ‘च्छो नाक्पु पनि विस्तार भइरहेको छ, जसले गर्दा तल्लो तटीय क्षेत्रमा हाम्रा गाउँहरूमा ठूलो जोखिम छ।’ नेपालमा ४५० वर्षमा २४ वटा हिमनदी विष्फाेट भएकाे रेकर्ड छ । तर केही अवस्थामा विस्तृत विवरण कम छ। पर्याप्त जानकारी भएकामध्ये १६ वटा पछिल्लाे ६० वर्षमा भएका हुन् । तीमध्ये आधा नेपालभित्र र बाँकी तिब्बती पठारबाट उत्पत्ति भएका हुन् । जोखिम न्यूनीकरणका लागि नियमित निरीक्षण आवश्यक रहेको बताउँदै श्रेष्ठ भन्छन्, “डिजिटल क्यामेरा जडान गर्न सकिन्छ, टेलिमेट्री प्रणालीसँग जोडिएर ताल र वरपरका क्षेत्रको वास्तविक दृश्यजानकारी प्राप्त गर्न सकिन्छ ।” तल्लो तटीय क्षेत्रका समुदायलाई पनि समय समयमा सम्भावित जोखिमबारे सचेत गराउनुपर्छ, उनी थप्छन्। सरकारले के गरिरहेको छ ? डायलग अर्थले जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थसँग परामर्श गरेको थियो । उनका अनुसार सरकारले गण्डकी बेसिनको ठुलागी र कोशी बेसिनको तल्लो बरुण, लुम्डिङ र होङ्गु गरी चार वटा हिमनदीमा जोखिमको पहिचान गरेको छ । कायस्थ भन्छन्, “अहिले हामी यी तालहरूको पानीको सतह घटाउन हरित जलवायु कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने कोशिस गरिरहेका छौं । सरकारले कोषमा ३ करोड ६१ लाख अमेरिकी डलर बराबरको प्रस्ताव पठाएको छ र वार्ता जारी छ। अधिकारीहरूले यो कोष मौसम-निगरानी स्टेशनहरूको स्तरोन्नति गर्न प्रयोग गर्न सकिन्छ कि भनेर पनि खोजी गरिरहेका छन्। यो काम अन्तर्गत सम्भवतः स्वचालित उपकरणहरू स्थापना गर्नुका साथै च्छो रोल्पामा पूर्व चेतावनी प्रणालीहरू मर्मत वा स्थापना गर्नु पर्नेछ। कायस्थ भन्छन्, “हाम्रो बजेट अनुमान तयार भइसकेको छ, तर कसले लगानी गर्ने भन्ने अन्योलमा छौँ । स्थानीय समुदाय के चाहन्छन् ? निमा गेली शेर्पा च्छो रोल्पा रहेको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष हुन् । उनी भन्छन्, ‘ठूलो भूकम्प गयो भने वा विश्वव्यापी तापमान वृद्धिका कारण तालमा पानी बढ्दा भने बाढीको जोखिम स्वाभाविक रूपमा बढ्छ। शेर्पा थप्छन् : “पूर्वचेतावनी प्रणाली [२० वर्षअघि स्थापना गरिएको] धेरै अघि नै बिग्रिसकेको थियो र त्यस क्षेत्रमा हाम्रो मोबाइल फोनको राम्रो सञ्जाल समेत छैन।” यस क्षेत्रको दुर्गम भू-भाग र कठिन मौसमले च्छो रोल्पा नजिकैको बसोबासलाई सुरक्षित बनाउने यी प्रयासहरूलाई जटिल बनाउँदछ। हामीले यस विषयमा काठमाडौंस्थित सरकारलाई धेरै पटक जानकारी गराइसकेका छौं । तिनीहरू सुन्दै सुन्दैनन्।निमा गेली, अध्यक्ष, गौरीशङ्कर गाउँपालिका निमा गेलीले भनिन्, ‘हामीले यस विषयमा काठमाडौंमै सरकारलाई अनगिन्ती पटक जानकारी गराइसकेका छौं । उनीहरूले सुन्दै सुन्दैनन्।’ सन् २०२१ र २०२३ मा च्छो रोल्पाको भ्रमणका क्रममा डायलग अर्थले च्छो रोल्पाको किनारमा दुई वटा स–साना टहरा देखेको थियो तर त्यहाँ कुनै पनि सरकारी कर्मचारी उपस्थित थिएनन् । कायस्थ भन्छन्, ‘हामीले च्छो रोल्पा र अन्य खतरनाक हिमतालहरूमा मौसम मापन केन्द्र र पूर्वचेतावनी प्रणालीहरू स्थापना गर्न सक्छौं। तर यदि हामीले ३६५ दिन [वर्षमा] तालहरूको सुरक्षा गर्ने हो भने, हामीलाई थप कर्मचारी र थप बजेट चाहिन्छ।’ Recommended ना, बेदिङ, गोंगोर खोला, दोङयाङ र सिंगटी गाउँका छ हजार घरधुरी जोखिममा छन् । यो उनीहरूको सम्बन्धित भूमि, जंगल र पूर्वाधार, सडक र एक प्रमुख जलविद्युतको अतिरिक्त हो । च्छो रोल्पाबाट करिब ३० किलोमिटर तल रहेको बिगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी हुन् । थामीले हालसालै तालको जोखिमबारे थप जानकारी लिएर पदयात्रा गरेकी थिइन् । ‘सम्भावित जोखिमका कारण हामीले स्थानीय युवालाई परिचालन गर्ने निर्णय गरेका छौं। तर त्यो पर्याप्त हुनेछैन,’ उनी भन्छिन्। उनले भने, ‘धेरै ढिला हुनुअघि नै सिंगो सरकारले काम गर्नुपर्छ र हामी सबैलाई तयार पार्नुपर्छ ।’ यसबीच, अरूले धर्ममा आफ्नो विश्वास राख्छन्। च्छो रोल्पाको उद्गमस्थल रोल्वालिङ नदीको किनारमा रहेको दोङयाङमा निमा जाङमु शेर्पाले लज सञ्चालन गर्दै आएका छन् । उनले भने, ‘हाम्रो बौद्ध परम्पराअनुसार यस क्षेत्रमा कुनै पनि जनावर मारिँदैनन् । त्यसैले भगवानले यो क्षेत्रको रक्षा गर्नुहुनेछ,’ उनी भन्छिन्। ‘ताल फुट्ने छैन।’ थप पढ्नुहोस् आलेख हिमताल Interview: ‘To find common ground in the Himalayas is in our self-interest’ विचारहरू जलवायु प्रभाव Commentary: Climate concerns in Gilgit-Baltistan blight winter festivals आलेख जलवायु प्रभाव Report reveals ‘catastrophic loss’ to Himalayan glaciers ‘even at 2C’ आलेख हिमताल A decade after the floods, is Kedarnath safer? आलेख गरीबी ‘One less mouth to feed’: Climate disasters linked to child marriage in Bangladesh विचारहरू चुनाव Opinion: Is India's ruling party downplaying climate change? आलेख माछा The fight over fish attractors in the Indian Ocean आलेख माटाे How bioengineering saved a Himalayan road from floods शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय