पानी यूराल नदी मासिँदै गर्दा युरेसियामा बढ्दो संकट केही संरक्षण प्रयास र क्षेत्रीय सहयोगका बाबजुद यूराल नदी द्रुत रूपमा सङ्कुचित हुँदैछ । यसका कारण काजकिस्तान तथा समग्र क्षेत्रकै जल सुरक्षामा खतरा उत्पन्न भएको छ । नेपाली नेपाली Русский English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। यूरालमा पानीको मात्रा खस्कँदै गर्दा नदी वरपरका क्षेत्रहरू बाँझ छन् । [तस्विर: राउल उपोरोभ, यूराल्स्क साप्ताहिक ] क्यामरुन इभान्स ज्यानवरी 27, 2021April 10, 2022 रुसको यूराल पर्वत शृङ्खलाबाट सुरु हुने यूराल नदी आधुनिक रुस र काजकिस्तानको यात्रा तय गर्दै क्यास्पियन सागरमा मिसिन्छ। यो नदीले शताब्दीयौंदेखि यहाँका मानिसहरूको भरण पोषण गर्दै आएको छ । मध्यकालको रेशम मार्गमा पर्ने सराय माल्ली सहरलाई समेत पानी प्रदान गरेको यो नदी अहिले नदी तटमा बस्ने ४२ लाख मानिसका लागि पानीको प्राथमिक स्रोत हो । यद्यपि गैर जिम्मेवार व्यवस्थापन नीति, स्थानीयको अनियन्त्रित दोहन, औद्योगिक प्रदूषण तथा जलवायु परिवर्तनका कारण बिस्तारै युरोपकै तेस्रो लामो यो नदीमा पानीको स्तर खस्कँदै गइरहेको छ। सोभियत संघ र त्यसपछिका संरक्षण प्रयासहरू युरेसियन क्षेत्रलाई जीवन्त राखिराख्न यूराल नदीको तटको महत्त्व लामो समय अघि नै पहिचान गरिएको थियो । सोभियत कालमा नदीलाई जोगाउन धेरै उपायहरू समेत अपनाइएका थिए । बार्बास्टौदेखि नर्ड क्यासपियन सागरसम्मको नदीको भागलाई त संरक्षित क्षेत्र घोषणा नै गरिएको थियो । सन् १९७२ मा सोभियत संघले प्रदूषण कम गर्ने प्रयास अन्तर्गत औद्योगिक प्रयोजनका लागि नदीबाट निकालिने पानीको मात्रामा अङ्कुश लगाएको थियो । केही वर्ष पछि, सन् १९७७ मा यूराल नदीले छुने सोभियत गणतन्त्रहरूको प्रतिनिधित्व सहितको एउटा समिति स्थापना गरियो। समितिको उद्देश्य नदीको तटमा रहेका प्राकृतिक स्रोतहरूको संरक्षण र उचित उपयोग गर्नु थियो । सोभियत संघको पतन पश्चात् काजकिस्तान र रुसबीच सन् १९९२ र २०१० मा भएका सम्झौताहरूमा आधारित भएर गठन गरिएको एक रुसी-काजाक समिति (यूराल तटको उचित प्रयोग र संरक्षण सम्बन्धी समिति) ले यी मुद्दाहरूको स्वामित्व ग्रहण गरेको थियो । मासिँदै गएको यूराल नदी [ तस्विर: राउल उपोरोभ, यूराल्स्क साप्ताहिक ] सन् २०१६ को अक्टोबरमा रुस र कजाकिस्तानका अधिकारीहरूले पारिस्थितिक प्रणाली संरक्षणका लागी एउटा अन्तरदेशिय सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा नदीको पारिस्थितिक प्रणाली सुधार गर्नका लागि संयुक्त कार्यहरू गर्ने उल्लेख गरिएको थियो । त्यस पछि नदीको राष्ट्रिय र उपक्षेत्रीय महत्त्वलाई मान्यता दिँदै नदीका बारेमा छलफल गर्न रुसी-काजाक आयोगको बैठक नोभेम्बर २०१८ मा आयोजना गरिएको थियो । जुलाई २०१९ मा पनि रुसी तथा काजाक अधिकारीहरू र वातावरणविद्हरूको एक बैठकले नदीसँग सम्बन्धित पर्यावरणीय समस्याहरूलाई सम्बोधन गर्न द्विपक्षीय निकायको गठनको सिफारिस गरेको थियो । अक्टोबर २८, २०२० मा यूराल अन्तरदेशिय नदी प्रणाली संरक्षणका लागि रुसी-काजाक आयोगको दोस्रो बैठक सम्पन्न भएको थियो । यूराल नदीमा देखिएको वातावरणीय संकटको आवश्यकतालाई सम्बोधन गर्न यी बैठकहरूको संख्या र गति पर्याप्त छैन । द थर्ड पोलसँगको आफ्नो पत्राचारमा युराल क्षेत्रका विशेषज्ञ एलेक्सान्डर चिबिलिभले अक्टोबर २०१९ को बैठकमा आफूले पेश गरेका प्रतिवेदन बारे बताएका थिए । प्रतिवेदनमा संयुक्त संस्थागत र आर्थिक संरक्षण संयन्त्रको प्रस्ताव प्रस्तुत गरिँदा आफ्ना सिफारिसहरूलाई वक्ताहरूले मान्यता नदिएको उनले उल्लेख गरे । उनको प्रतिवेदन सन् २०१९ को जुलाई महिनामा सन् २०२१-२०२४ सम्ममा यूराल क्षेत्रको पारिस्थितिक प्रणालीको संरक्षणका लागि काजाक-रुसी सहकार्य बारे यूरालस्कमा आयोजित वैज्ञानिक सेमिनारको नतिजामा आधारित थियो । भयंकर विनाश सन् १९९० को दशकमा नै वैज्ञानिकहरूले स्टर्जन माछाको संख्या (जुन वर्षौँ देखि करिब २५ करोडको हाराहारीमा रहिआएको थियो) ठूलो स्तरमा घटेको देखिएको बताएका थिए । अवस्था अहिले झनै बिग्रेएको छ। सन् २०१७ मा आफ्नो विशेष रिपोर्टमा काजाक तथा रुसी वैज्ञानिकहरूको समूहले यूरालतटमा २० अर्ब टन बराबरको औद्योगिक फोहोर फालिएको प्रमाणित गरेका थिए (जसमा आइरक्लिन्स्की जलाशयको निर्माण पछि यूरालको पानीमा ८० प्रतिशत हिस्सा ओगट्ने सबैभन्दा ठूलो सहायक नदी साकमारा पनि समावेश गरिएको थियो) । त्यस्ता तथ्याङ्कहरूले कजाकस्तानको सबैभन्दा ठूलो तेल उत्पादन गर्ने क्षेत्र अताराउमा डिसेम्बर २०१८ मा ११० टन माछाको मृत्यु के कारणले भयो भन्ने तर्फ सङ्केत गर्दछन् । ओरेनबर्ग र चेल्याबिन्स्क क्षेत्रहरूमा रुसको औद्योगिक क्षेत्रको लागि ऊर्जा प्रदान गर्न बनेको जलविद्युत् साथसाथै तेल उद्योगहरूले यूरालमा ठूलो प्रभाव पारेका छन् । माछा मार्नु यूरालको तटमा बसोवास गर्नेहरूका लागि जीविकोपार्जनको महत्त्वपूर्ण माध्यम हो [ तस्विर: राउल उपोरोभ, उराल्स्क साप्ताहिक ] स्टर्जनमा आएको ह्रासलाई खराब पानी व्यवस्थापनको नतिजाको रुपमा हेर्न सकिन्छ। पर्यावरणविद्, वातावरणीय परामर्शदाता तथा यूराल तट परियोजनाका संस्थापक विक्टर लागुटोभको अनुसन्धानले नदीको स्तरलाई थप खस्किन नदिन अन्तरदेशिय सहकार्य र एकीकृत जल व्यवस्थापनको तड्कारो आवश्यकता रहेको देखाउँछ। उनको अनुसन्धानमा दिगो विकासका आर्थिक, सामाजिक र पर्यावरणीय पाटाहरू केलाइएका छन् र यूराल तटमा एउटा अन्तर्राष्ट्रिय स्टर्जन पार्कको प्रस्ताव पनि गरिएको छ । द थर्ड पोलसँगको अन्तर्वार्तामा लागुटोभले यस्तो पार्कको महत्त्वलाई जोड दिँदै ‘त्यसको कुनै विकल्प नभएको’ औंल्याए र भने, ‘रुस र काजाकिस्तानमा भएका कामहरू दिगो विकास र यूरालको पुनःस्थापनाका लागि स्पष्ट रुपमा अपुग छन ।’ खराब व्यवस्थापन, भ्रष्टाचार र अज्ञानताका साथै संयुक्त राष्ट्रसंघको दिगो विकास आयोग (सीएसडी) को प्रभावहीनता बारे पनि उनले आफ्नो धारणा राखेका थिए । यूरालको बगिरहेको पानीले बनाएको सानो टापु [तस्विर: राउल उपोरोभ, यूराल्स्क साप्ताहिक ]] यूरालको तटमा हाल १३ ठूला जलाशयहरू सञ्चालनमा छन् । हरेक जलाशय कम्तिमा १ करोड घन मिटर क्षमताको छ । त्यस्ता जलाशयहरूको निर्माण सोभियत कालमा जलविद्युत केन्द्रहरूको निर्माणसँगै सुरू भएको थियो । तर आज, तटको माथिल्लो र मध्य भागहरूमा निर्मित धेरै जलाशयहरूको उचित प्रयोग भएको छैन। यसबाहेक, यत्र तत्र बनाइएका बाँध जलविद्युतगृहहरूले नदीको बहावलाई ठाउँ ठाँमा रोकेका छन् । यसले नदीमा घाँस र लेउ पलाएका छन् । द थर्ड पोलका प्रश्नहरूको जवाफ दिँदै अलेक्ज्याण्डर चिबिलिभले पानीको प्राकृतिक चक्रमा फेरबदल भए पनि जलाशयहरू भर्नु पर्ने आवश्यकता रहेको बताए । यूराल नदीमा पानीको सतह घट्दै छ भन्ने कुराले कसैलाई छक्क पार्दैन किनभने यसका आधा भन्दा सहायक नदीहरूको पानी युरालसम्म पुग्नै पाउँदैन। यी कारकहरूले यस क्षेत्रका मात्रै नभएर नजिकैका बासिन्दाहरूलाई समेत गम्भीर र तत्कालिक जोखिम उत्पन्न गर्दछ । सन् २०१९ को शरद ऋतुमा, पश्चिम कजाकिस्तानको युरालस्क बासीको पानीको स्रोत नै सुकेको थियो । भुमिगत पानीको सतह यति तल पुगेको थियो कि पानीका पम्पहरूले समेत काम गर्न छाडेका थिए । समस्याको अस्थायी समाधानका लागी नदीको सरसफाई आवश्यकता पर्दछ ।लागुतोभ भन्छन्, ‘पिउने पानीको स्रोतका रुपमा रहेको नदीलाई गुमाउने डरले मात्र मानिसहरूलाई समाधानको खोजी गर्न बाध्य पार्दो रहेछ ।’ संकटलाई सम्बोधनको आवश्यकता रुस र काजकिस्तानले हालसालै सुरु गरेका संयुक्त प्रयासहरूले यूरालतटमा पर्यावरणीय संकटको गाम्भिर्यतालाई दर्साउँदछ । तर अहिलेसम्म नदीले भोग्नु परेका समस्याका समाधानका लागि कुनै ठोस काम हुन सकेको छैन। पानीको महत्वपूर्ण स्रोत हुनुका साथै यूराल र यसका सहायक नदीहरू अद्वितीय जैविक र भौगोलिक विविधताका वाहकहरू पनि हुन् । जलवायु परिवर्तनले काजाकिस्तानमा धेरै नकारात्मक प्रभाव पार्दैछ । गत १०० बर्षमा तापक्रम १.३७ डिग्री सेल्सियस बढेको छ र मरुभूमिकरणमा वृद्धि भइरहेको छ । कम्तीमा पनि नदीका विभिन्न भागहरूलाई विशेष क्षेत्र घोषणा गर्ने जस्ता ठोस कामहरू गरिएमा पहिल्यै भइसकेको पर्यावरणीय विनाशलाई उल्टाउन र लोपोन्मुख नदीले भविष्यमा भोग्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । थप पढ्नुहोस् आलेख जलवायु प्रभाव 'Unprecedented' action needed to control climate change आलेख जलवायु न्युनिकरण Central Asian countries fail to boost climate ambitions आलेख बेल्ट एण्ड रोड Half China’s investment in Kazakhstan is in oil and gas आलेख पानी अभाव 'Community participation is a must for water management' आलेख पानीकाे गुणस्तर टिप्पणी : भारतका मरणासन्न बाँध र जोखिममा रहेका जलाशयहरूको सुषुप्त खतरा आलेख जनजाती असमको राष्ट्रिय निकुञ्जबाट निकालिएका आदिवासी बासस्थानको माग गर्दै आन्दोलनमा आलेख वित्त धनी राष्ट्रहरूले वाचा तोडे, दक्षिण एसियाका लागि थोरै मात्र जलवायु वित्त आलेख जलविद्युत चीनको ब्रह्मपुत्रमा बनाइने बाँध योजनाले चीन भारत सम्बन्धमा तनाव अझ बढाउनेछ शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय