जलवायु गङ्गा नदीको स्रोत सुक्दै गङ्गा नदीको स्रोत गङ्गोत्री हिमनदी तीव्र गतिमा सुक्दै गैरहेको विज्ञहरूले बताएका छन् । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। Gangotri glacier. Image source: Amit Rawat Vidya Venkat जुुन 10, 2016April 10, 2022 हिउँ पर्ने क्रम घट्दै गएपछि गङ्गा नदीको मुख्य स्रोत भगिरथीमा बग्ने पानीको मात्रा कम भएको वैज्ञानिकहरूले बताएका छन् । गङ्गोत्रीको अन्तिम क्याम्पिङ् स्थल भोजवासाबाट चार घण्टा हिँडेपछि हामी कैला चट्टानहरूको थुप्रो भएको ठाउँमा पुग्यौँ । भारतीय राज्य उत्तराखण्डको उच्च हिमाली क्षेत्रमा रहेको यही स्थान नै विशाल पवित्र गङ्गा नदी उत्पत्ती हुने हिमनदीको मुख हो भनी विश्वास गर्न गार्हो भयो ।गाइको जस्तै मुख भएकोले गौमुख भनिने गङ्गोत्री हिमनदीको थुतुनो सन् १८१७ देखि यता ३ किलोमिटर माथि सरेको छ, जवाहरलाल नेहरु विश्वविद्यालयका हिमनदी विशेषज्ञ मिलाप चन्द शर्माले भने । हिमनदीको घटेको अभिलेख पहिलो चोटि झण्डै दुई शताब्दी अघि सर्भे अफ इण्डियाका भूगर्भशास्त्री जोन हड्सनले राखेका थिए । लगातार दुई वर्षसम्म मनसुनी वर्षा कम भइ देशभर पानीको हाहाकार हुनुका साथै भारतका दश राज्यहरूमा सधैँजसो भइरहने खडेरीले सताइरहँदा हिमनदीजस्तो स्वच्छ पानीको स्रोत बिलाउँदै जानु चिन्ताको विषय हो । झट्ट हेर्दा दुई शताब्दीमा तीन किलोमिटर मात्रै घट्नु कम देखिए पनि गङ्गोत्रीको पछि हट्ने क्रम सन् १९७१ देखि तीव्र रुपमा बढेको देखिन्छ । हाल यो हिमनदी प्रतिवर्ष २२ मिटरको दरले पछाडी हटिरहेको छ । बरफ र हिउँको कमी हरेक वर्ष हिउँदमा हिउँ परेर जति बरफ जम्मा हुन्छ, त्यसभन्दा बढि बरफ गृष्मयाममा पग्लेर जान थालेकाले हिमनदीको सतह घटेको हो, जलविज्ञान राष्ट्रिय प्रतिष्ठान (एन.आइ.एच.), रुर्कीका वैज्ञानिकहरू बताउँछन् । ‘‘हिउँदमा हुने वृष्टिले नै हिमनदीलाई बाँचिरहन पर्याप्त हिउँ र बरफ प्रदान गर्छ । तर गत वर्ष गङ्गोत्रीमा ज्यादै कम हिउँ पर्यो । हामीले यस क्षेत्रमा तापक्रम केही वृद्धि भई हिउँको सट्टा पानी पर्ने गरेको पायौँ जसले हिमनदीमा समेत ताप संचार गर्छ,’’ एन.आइ.एच.का वैज्ञानिक प्राध्यापक मनोहर अरोराले भने । गृष्मयाममा हिमनदी पग्लिएर गङ्गाको स्रोत भगिरथी नदीमा मिसिन्छ । एक हप्ताअघि सो हिमनदीमा पुग्न यो संवाददाता ४,२५५ मिटरको उचाइमा पुग्दा दिउँसोको तापक्रम १५ डिग्री सेल्सियस थियो, र भागिरथी नदीमा पानी उर्लिएको थियो । तर आजकाल, घट्दो हिमपातको कारण गृष्मयाममै पनि पहिलेको तुलनामा नदीमा पानीको मात्रा घटेको छ (तलको चार्ट हेर्नुहोस्) । ‘‘गौमुख कटेर तपोवनतर्फ जाँदा हिमनदीको सतहमा हिउँ पग्लेर स–साना तलाउहरू बनेका देखिन्छन्,’’ एडमण्ड हिलारी माउण्टेन लिगेसी मेडल २०१३ का विजेतासमेत रहेकी प्रख्यात आरक्षक तथा पर्वतारोही, हर्षवन्ती बिष्टले द हिन्दूलाई बताए । ‘‘सन् २०१३को जुन महिनामा केदारनाथमा गएको बाढी चोराबारीमा रहेको यस्तै एक हिमताल फुटेर आएको थियो ।’’ भन्दै उनले थपे, ‘‘यस्तै तीव्र गतिमा हिउँ र बरफ पग्लिरह्यो भने, त्यस्ता अन्य प्रकोप नआउला भन्न सकिन्न ।’’ पर्यटक र वनविनाशले थिचिएको गङगोत्री बिष्टले भने, पहिले गौमुख पारीको शिवलिङ्ग चुचुराको आधारमा रहेको समथर तपोवनबाट हेर्दा गङ्गोत्रीको सतह माथी उठेको देखिन्थ्यो, तर अहिले भित्र पसेको देखिन्छ । ‘‘सन् १९७७ मा, म पर्वतारोहण प्रशिक्षणमा जाँदा गङ्गोत्रीमा दुई–तीनटा गाडी मात्रै देखिन्थ्यो । तर आजकाल यहाँ गृष्मयाममा पर्यटक र तीर्थयात्री बोक्ने सयौँ गाडीहरू देखिन्छन्,’’ बिष्टले भने । ‘‘यस क्षेत्रमा रहेको भोजको वन हराइसकेको छ । हामीले नयाँ वृक्षहरू रोपे पनि यी विरुवा हुर्किन धेरै समय लाग्छ,’’ उहाँले भन्नुभयो । बिष्टले सन् १९९२ देखि यहाँको पर्यावरण बचाउन आरक्षण कार्यक्रम ‘‘गङ्गोत्री बचाऊ’’ सञ्चालन गरिरहेका छन् । अपूरणीय क्षति तर कतिपय वैज्ञानिकहरू भने यसलाई नियमित र सामान्य प्रक्रिया मान्छन् । भूमण्डलीय तापक्रम वृद्धि र जलवायु परिवर्तन सामान्य प्राकृतिक चक्रको अंश पनि हुन सक्छ, प्राध्यापक मिलाप चन्द शर्मा भन्छन् । उहाँ भन्नुहुन्छ, हिमनदी घट्ने प्रक्रिया उल्ट्याउन असम्भव छ । ‘‘भारतजस्तो देशमा मानिसहरूलाई त्यहाँ भ्रमण गर्नबाट रोक लगाउन सक्नुहुन्छ ? यसो गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?’’ शर्मा सोध्छन् । ‘‘कि हिमनदी बढ्ने समयमा (कृत्रिम तरिकाले) हिउँ पार्ने कि, कि हिमाललाई पग्लन नदिन पालले ढाक्ने? उनले सोधे । विज्ञहरूको कुरा मान्ने हो भने, हिउँ पग्लेर हिमनदीहरू घट्ने क्रम उल्टिँदैन । विद्या भेंकट द हिन्दूकी संवाददाता हुन् । उहाँलाई यो समाचार संकलन र लेखनको लागि Earth Journalism Network र www.thethirdopole.net को फेलोसिपले सहयोग गरेको थियो । यो लेख पहिले हिन्दूमा प्रकाशित भएको थियो । थप पढ्नुहोस् आलेख नवीकरणीय ऊर्जा हिमालय क्षेत्रभर जलविद्युतमा तीव्र वृद्भि आलेख जलवायु अनुकूलन जलवायु परिवर्तनसँग अनुकूलन गर्न सोचेभन्दा निकै बढि खर्च हुनेछ आलेख जलवायु प्रभाव काश्मीरका घुमन्ते गोठालाहरूको लागि फोन आलेख जलविद्युत चीनको बाँध निर्माणस्थलमा: पहिरो खतराको संकेत आलेख जलविद्युत नेपालमा जलविद्युत विकासको अविरल खोज – चुनौती र झट्काहरू आलेख संकटापन्न प्रजाती ‘धुङ्–धुङ् कर्म’ चरा बचाउन अरुणाचल जलविद्युत आयोजनाको काम रोकियो आलेख नदीहरु नदीहरू जोड्दैमा बुण्डेलखण्ड बच्दैन आलेख जलविद्युत तिब्बती क्षेत्रमा जलविद्युत सहितका विशाल परियोजनाहरु थपिने शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय