जलवायु वर्षायाममै चरम हिमपात परेपछि काश्मिरमा मरे हजारौँ पशु काश्मिरका चरनक्षेत्रमा आश्चर्यजनकरुपमा आएको हिमतुफानले गरेको ठूलो क्षति हिमाली समुदायहरूमा अब झन् कठिन दिन आउँदै गरेको संकेत हो भनी विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। निलम उपत्यकाको हंसराज तालमा वर्षायाममै व्यापक हिमपात हुँदा कष्ट पाएका गोठाला र वस्तुभाउलाई बचाउनका लागि हिमाल आरोही रइस खानले उद्धारकार्यको पहल गरेका थिए । (तस्बिरः रइस खान) अजहर कदरी, सजिद मिर अगस्ट 11, 2022December 2, 2022 हरेक वसन्त ऋतुमा करिब ४० हजार मानिस तीन लाखजति पशु लिएर काश्मिरकाे निलम उपत्यकाको चरनक्षेत्र पुग्छन् । उच्च हिमाली क्षेत्रमा फैलिएको खुला चौरमा वस्तुभाउ चराउन उनीहरू १० हजार फिट (३ हजार ४८ मिटर) माथि पुग्छन् र मध्यभदौसम्म त्यहीँ बस्छन् । उनीहरू चार महिनासम्म लेकको चरनक्षेत्रमा बसेका बेला तल बस्तीमा रहेका उनीहरूका परिवारका अरु सदस्यले पछिको लागि काम लाग्ने घाँसपात जम्मा गर्छन् । जब हिउँदमा सो क्षेत्र हिउँले ढाक्छ, त्यतिबेला त्यही घाँसपात खुवाएर गाउँलेले आफ्ना वस्तुभाउ जाडोमा बचाउने गरेको निलम उपत्यका विकास बोर्डका अध्यक्ष सद्दाकत हसन शाहले थर्डपोललाई बताए । तर यस वर्ष भने वर्षायाममा परेको हिमपातले गोठालाहरूलाई ठूलो क्षति पुर्यायो । गत असार ७ र ८ गते निलम उपत्यकामा ४ फिटसम्म हिउँ पर्यो जसले गर्दा १९ सय ३२ बाख्रा, ३५० च्याङ्ग्रा, ८० गाईवस्तु र २० घोडा मारिएको निलम उपत्यकास्थित जिल्ला विपद् व्यवस्थापन प्राधिकरणका अख्तर अयुबले बताए । अचानक आएको हिमतुफानबाट गोठालालाई ठूलो क्षति “असारमा आएको हिमपातका कारण हामीले १०७ बाख्रा गुमायौँ,” पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित मानसेह्राका ४५ वर्षे गोठाला चौधरी शब्बिरले बताए । बकरवाल घुमन्ते समुदायका दुई जना साथी र ६५० बाख्रा र च्याङ्ग्रासँगै शब्बिर २०० किलोमिटर पैदलयात्रा गरेर निलम उपत्यकास्थित रत्ती गल्लीको चरनक्षेत्र पुगेका थिए, जुन १२ हजार १३९ फिट (३ हजार ६८३ मिटर) उचाइमा पर्छ । त्यहाँ हिमतुफान आउनु अघिसम्म वस्तुभाउ चराएर डेढ महिना बिताए । “त्यसरी हिमपात होला भनेर हामीले सोचेकै थिएनौँ र त्यसप्रकारको कुनै पूर्वचेतावनी पनि थिएन,” शब्बिरले भने । ५२ वर्षे गोठाला शाह जमान मुजफ्फरबादको छेऊमा पर्ने १२ हजार फिट अग्लो नुरी टपमा १ हजार २५ वटा च्याङ्ग्रा र बाख्रा लिएर आएका थिए । उनले त्यतिबेला २४० वटा वस्तुभाउ गुमाए । तीमध्ये अधिकांश बाख्रा थिए । हिमपातले चिसोसँगै अन्य बेमौसमी खतरा पनि भित्र्यायो । “हाम्रा केही बाख्रा स्थानीय भालुले मारेका थिए । सामान्यतया पहाडको टुप्पातिर बस्ने भालु हिमपात हुन थालेपछि तलतिर आउने गर्छन्,” जमानले भने । चौधरी शब्बिरले जुलाई १५ का दिन आफ्ना च्याङग्राका बथानलाई निलम उपत्यकाको हंसराज तालनजिकै जम्मा गरेका थिए । (तस्बिरः सजिद मिर) खतरनाक हिमपातबाट प्रभावित दक्षिणी काश्मिर अत्यधिक मात्राको हिमपातले भारत र पाकिस्तानबीचको काश्मिर खण्डलाई भने छोएन । भारततर्फ, दक्षिण काश्मिरको मर्सार तालवरपर फैलिएको चौर १३ हजार फिट (३ हजार ९६२ मिटर) उचाइमा अवस्थित विशाल घासेचौर र काश्मिर उपत्यकालाई घेरेका हिमालहरूकै भाग हो । सो क्षेत्रको च्याङ्ग्रापालन विभागले तयार पारेको विवरणमा दिइएअनुसार यो विशाल चरनक्षेत्र ७० हजार कृषकले पाल्ने करिब २० लाख च्याङ्ग्रा चराउन वर्षायामको एउटा राम्रो विकल्प हो । तर यस वर्ष भने दक्षिण काश्मिरस्थित पहाडका गोठालाले वर्षायामको हिउँका कारण ठूलो क्षति व्यहोर्नुपर्यो । असार ५ देखि ८ गतेसम्म अत्यधिक हिमपात हुँदा दुईदेखि तीन फिट गहिरो हिउँले सो चरनक्षेत्र ढाकिएको, मार्सर र खिम्सारका थुप्रै भेडागोठालाहरूको भनाइ छ । श्रीनगर मौसमविज्ञान केन्द्रका प्रमुख सोनम लोटसले हिमालमा मापन केन्द्र नभएको हुँदा हिमपातका बेला थुप्रिएको हिउँको गहिराइलाई पुष्टि गर्ने आधार भने छैन । तर पनि सो क्षेत्रमा ठूलो वर्षासँगै भएको त्यस घटनालाई जम्मु काश्मिर प्रशासनले राज्यकेन्द्रित प्राकृतिक विपद् घोषणा गरेको थियो । “यसअघिका सबै वर्षायाममा म यही हिमाली क्षेत्रमै बसेको छु । जुन महिनामै हिउँ पर्ने यस्तो घटना यसअघि कहिल्यै भएको थिएन”अस्सादुल्लाह चोपान, च्याङ्ग्रा कृषक “मलाई त अब मेरो मर्ने बेला आयो भन्ने लागेको थियो,” मर्सारलाई हिमतुफानले वितन्डा मच्चाएको एक सातापछि आफूले भोगेको भयानक क्षण सम्झिँदै अस्सादुल्लाह चोपानले भने । चोपान १६ सय च्याङ्ग्राको बथान लिएर जेठको अन्त्यतिर हिमाली चरनक्षेत्र पुगेका थिए । उनको घर रहेको ख्रिउ बजारदेखि जोखिमपूर्ण बाटो छिचोल्दै त्यहाँ पुग्न उनलाई चार दिन लागेको थियो । “मैले त क्षमायाचना गर्दै प्रार्थना सुरु गरेको थिएँ र मेरो जीवन अब यत्तिकै सकिन लाग्यो भन्ने लागेको थियो । आफ्नै जीवन र भेडा बचाउनका लागि मैले त्यतिबेला गर्नसक्ने केही पनि थिएन,” उनले भने । १३ हजार फिट उचाइमा अवस्थित तथा चारैतिरबाट पहाडले घेरिएको सो ठाउँमा उनी कसैको सहयोग पाउने ठाँउ र आधुनिक सुविधाबाट निकै टाढा थिए । त्यो हिमतुफानमा उनका झण्डै १०० वटा च्याङ्ग्रा मरे । कति चिसोले कठ्याङ्ग्रिएर मरे भने कतिचाहिँ चिसो हावा छल्न खोज्दा भीरबाट खसेर मरे । “यसअघि सबै वर्षायाममा म यही हिमाली क्षेत्रमै बसेको छु, तर यो वर्ष पहिलोपटक यसरी हिमतुफान भोग्नुपर्यो । जुन महिनामै हिउँ पर्ने यस्तो घटना यसअघि कहिल्यै भएको थिएन,” चोपानले भने । काश्मिरकाे नीलम उपत्यकाकाे रातीगालीमा चरिरहेका भेडा । (तस्बिरः सजिद मिर) च्याङ्ग्रापालन विभागका एक अधिकारीका अनुसार उनीहरूले पशु चिकित्सक र स्वास्थ्यकर्मीहरूको एउटा टोलीलाई तत्काल पठाएका थिए । कैयौँ दिन हिँडेर त्यहाँ पुगेको सो टोलीले त्यहाँको स्थलगत अध्ययन गरेको थियो । विभागले संकलन गरेको विवरणका अनुसार सो हिमतुफानमा परी ७ हजार च्याङ्ग्रा मरेका थिए । मध्यकाश्मिरको बुदगम जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो । त्यहाँ १५ सय च्याङ्ग्रा मरेको सो विभागका एक अधिकारीले थर्डपोललाई बताए । “मर्ने धेरैजसो साना च्याङ्ग्रा थिए, जसले अचानक बढेको चरम चिसोलाई सहन सकेनन् र हाइपोथर्मिया भएर मरे भने केही कमजोर जनावरहरू भोकले मरे,” ती अधिकारीले भने । शृंखलाबद्धरुपमा भएका चरम मौसमी घटनाले प्रभावित काश्मिर काश्मिरको हिमाली क्षेत्रलाई एकपछि अर्को चरम र अस्वाभाविक मौसमी घटनाले सताउने क्रममा पछिल्लो घटनाका रुपमा बेमौसमी हिमपात आइलागेको हो । हिउँविनाको हिउँद, चरम गर्मी र वर्षाविनाको वसन्तपछि यो विपद् झेल्नुपरेको हो । काश्मिरको जलवायु सन्तुलन खल्बलिएको प्रस्टै देखिन्छ । यसले गर्दा चोपानजस्ता कैयौँ गोठालाको जीवनमा गम्भीर आघात पुर्याएको छ । पुस्तौँ पुस्तादेखि उनीहरूले उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा चराएर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । त्यहाँ मौसम पनि सहज नै हुन्थ्यो भने वर्षायाममा घाँस पनि पर्याप्त हुन्थ्यो । Recommended “हामी गम्भीर जलवायु संकटको बीचमा छौँ,” काश्मिर विश्वविद्यालयका जियो–इन्फर्मेटिक्सका सहायक प्राध्यापक इर्फान रशिदले भने । जलवायु परिवर्तनका कारण हिमाली समुदाय र त्यहाँको पूर्वाधारले यस्तै ‘पहिले कहिल्यै नसुनेका घटनाहरू’ भोगिरहनुपर्ने चेतावनी दिए । त्यसका लागि तयारी नहुनु अझ बढी चिन्ताको विषय भएको उनको ठम्याइ छ । “यो परिस्थिति नियन्त्रणबाहिर जाँदै छ,” उनले थपे । सीमापारि पनि उनकै जस्तो चिन्ता प्रकट भएको पाइन्छ । पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार एटलान्टिक सागरबाट सुरु भई उच्च हिमाली क्षेत्रमा आएको तीव्रगतिको हावाका कारण जुन महिनामै काश्मिरी पहाडमा हिउँ परेको बताए । “तीव्रप्रकारको मौसमी प्रणाली १० हजार फिटमाथिको उच्च हिमाली क्षेत्रमा पुगेर वर्षा हुँदा हिउँको रुप लिएको हो,” सो विभागका मौसमविद् सरदार सर्फराजले थर्डपोलसँग भने, “जुन महिनामा हिमपात भएको त हामीले यसअघि कहिल्यै देखेका र सुनेका पनि थिएनौँ । यो घटनाको सम्बन्ध जलवायु परिर्वतनसँग जोडिन्छ किनभने यो त विरलै हुने घटना भयो,” उनले भने । पाकिस्तानतर्फको काश्मिरका इनभायरनमेन्ट प्रोटेक्सन एजेन्सीका डाइरेक्टर सरदार मुहम्मद रफिकले यसअघि पनि वर्षायाममा निलम उपत्यकाको १४ हजार फिट उचाइमा वर्षामा हिउँ परेको बताए । तर त्यो करिब डेढ इन्चमात्र बाक्लो हुन्थ्यो । निलम भ्यालीको १० हजार फिटमै त्यो पनि वर्षायाममा तीन फिट गहिरो हिउँ परेको यही वर्ष नै पहिलोपटक हो । “यो हिमपात जलवायु परिवर्तनकै घटना हो भनेर ठोकुवा गर्नु अहिले निकै हतार हुन्छ,” इनभायरनमेन्ट प्रोटेक्सन एजेन्सीका एक अधिकारीले भने, “अर्को वर्ष पनि यो घटना दोहोरियो भने त्यसपछि चाहिँ हामी यसलाई जलवायु परिवर्तन भन्छौँ ।” काश्मिरका कैयौँ गोठालाका लागि जलवायु परिवर्तन एउटा नयाँ अवधारणा हो । बरु उनीहरूले त चरम मौसमी घटनालाई देवता रिसाएर सजाय दिएको रुपमा बुझ्छन् । (तस्बिरः सजिद मिर) चोपानजस्ता निरक्षर वा अर्धसाक्षर गोठालाहरूका लागि जलवायु परिवर्तनका कुरा बुझ्न कठिन हुन्छ । उनीहरू त बरु आफ्नै विश्वासमा भर पर्छन् । “हिमालमा एउटा पूजा गर्ने ठाउँ छ, आजकल त्यहाँको संरक्षक भएको मान्छे राम्रो छैन, त्यसैले गर्दा यस्तो भएको हो,” चोपानले भने ।. थप पढ्नुहोस् आलेख चरम माैसम Monsoon rainfall increases in Kashmir, raising flood fears आलेख जलवायु प्रभाव हिमाली क्षेत्रका गाउँलेहरू ठान्छन्– जलवायु परिवर्तन दैवी बदलाको संकेत हो आलेख ज़मीन अधिकार Pastoralists push for recognition at the UN आलेख चरम माैसम Farmers in mountainous areas of Pakistan feel the heat आलेख हिमालय कीर्तिमानी आरोही भन्छन्ः सगरमाथा आधारशिविर सार्ने याेजना हास्यास्पद आलेख नीति विश्लेषणः संघीयतामा जटिल बन्दै जलवायु परिवर्तनका काम आलेख नागरिक समाज बाढीले बिथोल्दा कठिन बन्दैछ विहारमा मनसुनी विवाह आलेख जैविक विविधता सगरमाथा क्षेत्र कब्जा गर्दैछन् हिमाली व्वाँसाे शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय