उर्जा अन्तर्वार्ता: विकट हिमाली बस्तीहरू झिलिमिली पार्ने इन्जिनियरहरू संयुक्त राष्ट्रको प्रतिष्ठित पुरस्कार जितिसकेपछि ग्लोबल हिमालयन एक्सपिडिसनका सदस्यहरूले पर्यटनले दुर्गम समुदायहरूमा कसरी स्वच्छ उर्जा पुर्याउन सक्छ भनेर बखान गरेका छन् । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। Natalie Taylor नभेम्बर 18, 2020April 10, 2022 सन् २०१३ मा एक भारतीय इञ्जिनियरले दिगो विकासको क्षेत्रमा काम गर्ने कम्पनी ग्लोबल हिमालयन एक्सपिडिसन सुरु गरेका थिए । हालसम्म संस्थाले भारतका तीन क्षेत्रमा छरिएका १३१ गाउँमा ६०,००० मानिसको जीवनमा परिवर्तन ल्याउने गरी सौर्य ऊर्जा युनिटहरू जडान गरिसकेको छ । आफ्नो लक्ष्य प्राप्त गर्ने कम्पनीले अपनाएको एउटा तरिका हो ‘इम्प्याक्ट एक्सपिडिसन’ जस अन्तर्गत यात्रीहरूलाई दुर्गम क्षेत्रमा घुम्न लगिन्छ र उनीहरूले तिर्ने शुल्कलाई सामुदायिक उर्जा परियोजनाहरूमा प्रयोग गरिन्छ ।संयुक्त राष्ट्र संघले यसै वर्षको अक्टोबरमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने ग्लोबल हिमालयन एक्सपिडिसन सहितका १३ कम्पनीहरूलाई उनीहरूले गरेको कामको कदर स्वरूप अन्तराष्ट्रिय क्लाइमेट एक्सन पुरस्कारबाट सम्मान गरेको थियो । जीएचई ‘विश्वका यस्ता पहिला संस्थाहरू मध्येको एक हो जसले पर्यटनको शक्तिलाई प्रविधिसित गाँसेर विकट क्षेत्रमा बस्ने समुदायमा सौर्य ऊर्जा पुर्याउने काम गरेको छ,’ संयुक्त राष्ट्र संघले कम्पनीको बखान गर्दै भनेको छ ‘जीएचईको मोडल सहजताका साथ अन्यत्र पनि लागू गराउन सकिन्छ किनभने यो निकै सरल छ ।’ हिन्दु कुश हिमालयमा करिब १ करोड ६० लाख मानिस ऊर्जाको पहुँच बाहिर छन् ।द थर्डपोलले हालै कम्पनीका संस्थापक पारस लोम्बा र प्रमुख कार्य सञ्चालन अधिकृत जयदीप बन्सलसँग कम्पनीले विशेष गरी लद्दाखको उत्तर-पश्चिम क्षेत्रमा गरेको कामको बारेमा जान्न खोजेको थियो । सन् २०१६मा लद्दाखको लिङ्सेद गुम्बामा संस्थापक पारस लुम्बा र प्रमुख कार्य सञ्चालन अधिकृत जयदीप बंसल [तस्विर: जीएचई] द थर्डपोल (टीटीपी): तपाईँले जलवायु मैत्री लगानी पुरस्कार प्राप्त गर्नु भयो । जीएचईको यो पक्षले कसरी काम गर्छ भनेर हामीलाई बताइदिनुहोस् न ।जयदीप बंसल (जेबी): हामीले विद्युतीकरण गरेका वस्ती र गाउँहरूमा थुप्रै मोडलमा लगानी भएको छ । यी मध्ये एक हो ‘इम्प्याक्ट एक्सपिडिसन्स’ । जब यात्रीहरू हाम्रो अभियानहरूसित जोडिन्छन्, उनीहरूले तिर्ने शुल्क को २५ देखि ३० प्रतिशत शुल्क सौर्य माइक्रो ग्रिड जडान गरिने गाउँहरूका लागि हार्डवेयर किन्न, त्यहाँसम्म लैजान, जडान गर्न र त्यहाँका मानिसलाई प्रशिक्षण दिन प्रयोग गरिन्छ । माइक्रो ग्रिड पूर्वाधार समुदायको स्वामित्व रहन्छ र समुदायले नै यसलाई सञ्चालन गर्दछ । यही कुरालाई लिएर संयुक्त राष्ट्र संघले हाम्रो नवीन प्रयोग मार्फत जलवायु परिवर्तनद्वारा सिर्जित समस्याको समाधान गर्ने तरिकाको सराहना गरेको हो ।सामान्यतया ऊर्जा कम्पनीहरूले सौर्य ग्रिडमा लगानी गर्छन् तर समुदायलाई यस्तो ग्रिड प्रयोग गरे बापत पैसा तिर्न भन्छन् । हामीलाई लाग्छ कि समाजमा आफ्नो लगानीले केही सकारात्मक प्रभाव पारोस् भन्ने लगानीकर्ताहरूलाई यति उति प्रतिशत फाइदा दिन्छु भनेर गरिबहरूमाथि थप भार थपिनुहुँदैन ।टीटीपी: संयुक्त राष्ट्र संघको यो पुरस्कार तपाईँहरूका लागि एउटा असहज वर्षको प्रमुख उपलब्धि भएको हुनुपर्छ । महामारीले तपाइँलाई कसरी असर गरेको छ?जेबी: कोभिड-१९का कारण हामीले २०२१ का सबै अभियानहरू स्थगित गरेका छौँ । यसो भइरहँदा हामीले गर्ने गरेका अरू कामहरूमा पहिले भन्दा धेरै संलग्न भएका छौँ र नवीन तथा नयाँ प्रविधिहरूमा काम गर्न पाएका छौँ । हामीले एउटा यस्तो उपकरणको विकास गर्यौं जसले यात्रु र गाउँलेहरूलाई उनीहरूको आधारभूत स्वास्थ्य स्थिति (मुटुको दर, अक्सिजनको स्तर, तापक्रम र स्वास प्रश्वास दर) को मापन गर्न मद्दत गर्छ । त्यस्तै हामीले ३८ वटा सौर्य पानी हीटर जडान गर्यौं र आफ्नो होमस्टेजमा ‘फार्म टू फोर्क’ अवधारणा लागू गर्नका लागि ३० वटा हरित गृहहरू बनायौँ । अहिले हामी सौर्य ऊर्जाले संचालन गर्न मिल्ने स्वास्थ्य केन्द्रहरुमा काम गर्दैछौँ ।टीटीपी: तपाईँलाई जीएचई सुरु गर्न केले उत्प्रेरित गर्यो ?पारस लोम्बा (पीएल): सन् २०१२ मा म अन्टार्कटिकाको यात्रामा गएको थिएँ जहाँ मैले पहिलो पटक जलवायु परिवर्तनको अनुभव गरें । त्यहाँका हिमशिलाहरू भत्किँदै थिए, वर्षा भइरहेको थियो । तपाईँले यस्ता कुराहरू देखे पछि तपाईँको जीवन र यो ग्रह प्रतिको दृष्टिकोण पुरै परिवर्तन हुने रहेछ ।सन् २०१३ मा मैले आफ्नो जागिर छोडिदिएँ र हिमालयका समुदायहरूका लागि केही प्रभावकारी गर्न सक्छु कि भनेर हेर्नको लागि एउटा अभियान सुरू गरेँ । हामी दुबैका बुवाहरू भारतीय सेनामा हुनुहुन्थ्यो, र त्यसै कारणले हामीले यी क्षेत्रमा केही समय बिताएका थियौँ । त्यसैले हामी यी क्षेत्रहरूको सौन्दर्य र चुनौतीहरूको बारेमा जानकार थियौँ । मलाई थाहा थियो कि लद्दाखका मानिसहरूको धेरै सुविधाहरूमा पहुँच छैन । म पेशाले इलेक्ट्रिकल इञ्जिनियर हुँ र जयदीप मेकानिकल ईन्जिनियर हो । त्यसैले जब हामीले यो काम सुरू गर्यौं, ग्रिडको बिजुलीमा पहुँच नभएका गाउँहरूमा विद्युतीकरण गर्नु हाम्रो ध्येय बन्यो ।जेबी: म पहिलो अभियानमा सहभागी भएको थिएँ । मैले त्यस बखत जे देखेँ त्यसले मलाई धेरै उत्साहित बनायो । म स्याम्पु बनाउने र बेच्ने प्रोक्टर एण्ड ग्याम्बलमा काम गर्थेँ । मैले महसुस गरेँ, ‘यो ठीक छ, राम्रो छ, तर मेरो अन्तिम लक्ष्य, मैले गरेको कामको उद्देश्य के हो?’टीटीपी: तपाईँको सौर्य प्यानलहरू कहाँबाट आउँछन् ?पीएल: तार बाहेकका सबै इलेक्ट्रोनिक्स र हार्डवेयर हाम्रो कम्पनीले डिजाइन र उत्पादन गर्दछ । हामीसँग आफ्नै डिजाइन छन् र हामीले ठेक्कामा उत्पादन गराउँछौँ । यसको मतलव हामी समुदायलाई तालिम दिन सक्दछौं ताकि केहि बिग्रियो भने स्थानीय मानिसहरूले नै खोलेर मर्मत गर्न सक्छन् र यसलाई फ्याँक्नु पर्दैन । यसमा प्रयोग हुने सबै प्रविधि भारत मै निर्मित हो र डिजाईनहरू ओपन-सोर्स भएकाले जो कोहीले पनि प्रयोग गर्न सक्दछन् । जीएचईले आफै सौर्य प्यानल र यसका पाटपुर्जा बनाउँदछ र स्थानीयहरूलाई कसरी मर्मत गर्ने र पाटपुर्जा बदल्ने भनेर तालिम पनि दिन्छ। [तस्विर: जीएचई ] टीटीपी: सौर्य माइक्रो ग्रिडको संभार कसरी गरिन्छ ?जेबी: हामीले विद्युतीकरण गर्ने प्रत्येक १०/१५ गाउँहरूका लागि एक जना स्थानीय व्यवसायीले सञ्चालन गर्न सक्ने सेवा केन्द्र स्थापना गर्छौं । ती व्यवसायीले प्रणालीको हेरचाह, मर्मत र विस्तार गर्ने गर्दछन् । हामी गाउँका मानिसहरूलाई एउटा सामुदायिक बैंक खाता खोल्न पनि आग्रह गर्दछौं जसमा उनीहरूले प्रत्येक महिना २/३ डलर वचत गर्न सक्दछन् । यही रकम बढ्दै जान्छ र पछि मर्मत र सम्भारमा लाग्ने खर्च उठ्छ ।टीटीपी: लद्दाखमा बन्ने भनिएको ७,५०० मेगावाट सौर्य पार्कले समग्र क्षेत्र र तपाईँको कम्पनीलाई कस्तो असर पार्ला?जेबी: पार्क को बारेमा कुरा हुन थालेको केहि बर्ष भइसक्यो । अनौपचारिकरुपमा प्राप्त जानकारी अनुसार, स्थापना हुन लागेका पार्क घुमन्ते मानिसहरू बस्ने क्षेत्रहरूमा बन्दैछन् । यदि परियोजनाले हाम्रो देशमा व्याप्त ऊर्जा समस्याहरुलाई कम गर्छ भने त्यो राम्रो हो । तर कुनै पूर्वाधार विकासले यहाँको कमजोर पारिस्थितिक प्रणाली नष्ट गर्नु हुँदैन ।यदि पार्कको उर्जा हामीले विद्युतीकरण गरेको गाउँहरूमा जान सक्छ भने तिनीहरूले थप भारी उपकरणहरू प्रयोग गर्नका लागि उपयोग गर्न सक्दछन् ।पीएल: यी गाउँहरू बिजुलीमा पहुँच नहुनुको कारण उर्जाको कमी होइन । यहाँ प्रसारण लाइन स्थापना गर्न लाग्ने लागत हो । समुदायहरूसम्म पुग्न यहाँ पहाडहरू छिचोल्नु पर्ने हुन्छ । सरकारका लागि यो सरल वित्तीय हिसाब हो । यदि उनीहरूले ३० घरपरिवारका ३०० व्यक्तिका लागि विद्युतको व्यवस्था गर्न ५ लाख डलर लगानी गर्नु पर्ने भयो पनि आर्थिक रुपले त्यस्तो परियोजनाको सम्भाव्यता कम रहन्छ। सौर्य प्यानल जडान गरिँदै [तस्विर: जीएचई] टीटीपी: विगत सात बर्षमा लद्दाखमा तपाईले कस्तो परिवर्तनको महसुस गर्नुभयो?पीएल: यहाँ छोटो समयमा अत्यधिक वर्षा हुने गरेको छ । धेरै जसो गाउँहरूमा खोलाले दिशा परिवर्तन गरेको छ । हिमपातमा पनि ठूलो परिवर्तन आएको छ । कुनै वर्ष धेरै हिउँ पर्छ भने त्यसपछिको एक वर्ष पर्दैन । ताल र सिमसार क्षेत्रहरूमा वन्यजन्तुहरूको सङ्ख्यामा ह्रास आएको छ । पहिले पहिले कालो घाँटी हुने क्रेनहरू लद्दाखमा आउँथे । अहिले उनीहरूको सङ्ख्या घटेको छ । जीविकोपार्जन गर्ने माध्यमको अभावमा समुदायहरू सहरतिर बसाइँ सर्दैछन् ।साँच्ची भन्ने हो भने पर्यटनले गम्भीर असर पारेको छ । सन् २००९ मा थ्री इडियट्स फ्लिम आएदेखि लद्दाख एउटा प्रसिद्ध यात्रा गन्तव्य बनेको छ । यसले समुदायहरूलाई फाइदा त पुर्याएको छ तर यसको उचित व्यवस्थापन भएको छैन । पानीको खपत बढेको छ, भूमिगत जलको स्तर तल झर्दै गएको छ । जीएचईको टोली समुदायसँग बसेर खाजा खाँदै [तस्विर: जीएचई] टीटीपी: तपाईँहरूको सोसल इम्प्याक्ट अभियानका कस्ता सीमितता छन् ?जेबी: सडकमा पहुँच र मोबाइल फोन नेटवर्कका समस्याहरू छन् जुन हामी एउटा कम्पनीको रूपमा समाधान गर्न सक्दैनौं । हामी सरकारसँगको साझेदारीमा धेरै काम गर्दछौँ । हामी सरकारसित उनीहरूको विकासको एजेन्डा के छ भनेर सोध्छौं र हेर्छौं त्यसमा कहाँ कहाँ छिद्रहरू छन् । जहाँ हामी हाम्रा संसाधनहरू र विशेषज्ञताका साथ काम गर्न सक्छौँ त्यहाँ काम गर्छौँ । यसले एउटै काम दोहोर्याएर हुने सम्भावनालाई हटाउँदछ ।टीटीपी: संयुक्त राष्ट्र पुरस्कारको जितको अर्थ के हो र जीएचईले अब के गर्छ?पीएल: यो एउटा स्याबासी हो । यो पुरस्कार पश्चात् हामीले हिमाली समुदायमा समानुकुलनको कुरा गर्दा मानिसहरूले हामीलाई गम्भीरताका साथ लिनेछन् ।जेबी: हामी भुटान, नेपाल, माडागास्कर, सुमात्रा, दक्षिण अफ्रिका र पूर्वी अफ्रिकामा पनि परियोजनाहरूका बारेमा छलफल गर्दैछौं । यसो भयो भने हामीले भौगोलिक रुपमा विविध क्षेत्रहरूमा काम गर्न पाउनेछौँ । हामी हेर्न चाहन्छौं हामीले भारत गरेको कामले अरू देशका मानिसहरूलाई कत्तिको फाइदा पुग्न सक्दछ । थप पढ्नुहोस् आलेख जलवायु न्युनिकरण विचार: बाइडेनको जितले विश्वव्यापी जलवायु परिवर्तन सम्झौताहरूमा कस्तो असर पार्ला ? आलेख खाद्य सुरक्षा विश्व प्रसिद्ध काश्मिरी केशर सङ्कटमा आलेख संकटापन्न प्रजाती हिउँ चितुवा र चितुवाबीचको प्रतिस्पर्धाले उब्जायो चिन्ता आलेख बेल्ट एण्ड रोड पाकिस्तानी सेनाको कमान्डमा सिपेक, प्रदेशहरूलाई पाखा लगाइयो आलेख जैविक विविधता सहरीकरणको सिकार बन्दै भ्यागुता आलेख जनजाती पाकिस्तानको शताब्दीऔँ पुरानो बकरवाल समुदाय दोहोरो मारमा आलेख वनफडानी चारधामका लागि फराकिलो गरिएको सडकले पहिरोको जोखिम बढ्दो आलेख जलविद्युत नेपालको नयाँ विद्युत विधेयक भन्छ सबै पानी उर्जाका लागि शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय