उर्जा बङ्गलादेशमा हिंसाद्वारा चिनियाँ कोइला प्लान्टको विरोध दबाउँदै राज्य एसएस पावर वान प्लान्टमा प्रहरीको गोलीबाट सात जना मारिएपछि हजारौँ कामदार र विस्थापितहरूले फौजदारी आरोपहरूको सामना गर्नुपरेको छ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। अप्रिल १७, २०२१ मा प्रहरीले मजदुरहरूमाथि गोली चलाएपछि एसएस पावर वान प्लान्टमा आगो लागेको थियो । (तस्बिर : मोहम्मद अबुल कलाम) समसुद्दीन इलियास जुुन 15, 2021April 10, 2022 बङ्गलादेशको दोस्रो ठूलो शहर चटोग्राम (चटगाउँ)देखि करिब ६० किलोमिटर दक्षिणमा बङ्गालको खाडीमा मोहम्मद हरुनको सानो टुक्रा जग्गा थियो। सन् २०१५ मा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गत कोइलाबाट बिजुली उत्पादन गर्ने प्लान्टका लागि अधिग्रहण गरिनुअघिसम्म उनी त्याे जग्गा समुद्रको पानीबाट नुन उत्पादन गर्न प्रयोग गर्दथे । सरकारी अधिकारीहरूले जग्गाको बदलामा हरुनलाई प्लान्टमा जागिर दिने वाचा गरेको उनी बताउँछन् । तर सरकारी अधिकारीहरूले आफ्नो वाचा अहिलेसम्म पूरा नगरेको उनी बताउँछन् । यसैबीच, बङ्गलादेशमा बीआरआई योजनाअन्तर्गत कोइलाबाट बिजुली उत्पादन गर्ने भनिएका १५ वटा ऊर्जा प्लान्टमध्येको एउटा एसएस पावर वान प्लान्ट निर्माण भइरहेको छ । चटोग्राम जिल्लाको बन्सखली उपजिल्लामा रहेको गाउँ पश्चिम गन्डमारामा बसोबास गर्ने हरुनका छिमेकीहरूको कथा पनि उस्तै छ । घर र घरबार गुमाएका अधिकांश बासिन्दाहरू साना किसान, माझी वा समुद्रको पानीबाट नुन उत्पादन गर्ने खेतका मालिक र कामदार हुन् । बन्सखलीमा रहेका नुन उत्पादन गर्ने खेतहरू (तस्बिर : समसुद्दीन इलियास) बङ्गलादेशको चटगाउँको बन्सखलीमा निर्माण भइरहेको एसएस पावर वन कोइला प्लान्ट (तस्बिर : समसुद्दीन इलियास) तर हरुन विरोध गर्न डराउँछन् । सरकारी अधिकारीहरूले कुनै पनि किसिमको विरोध प्रदर्शनमा कडा अङ्कुश लगाएका छन् । प्रहरीले हजारौँ स्थानीय बासिन्दा र प्लान्ट निर्माणमा कार्यरत मजदुरहरूका विरुद्ध मुद्दाहरू दायर गरेको छ । सन् २०१६देखि हालसम्म तीन घटनामा १२ जना कामदार र स्थानीय बासिन्दा मारिइसकेका छन् । परियोजनाविरुद्ध आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले गोली चलाउँदा र चिनियाँ व्यवस्थापक तथा कामदारहरूका बीचमा भएका झडपहरूका कारण उनीहरूको मृत्यु भएको थियो । ‘हामीले केही भन्यौँ भने तिनीहरूले [पुलिसले] हाम्रो आवाजलाई दबाउन हामीलाई विभिन्न मुद्दाहरूमा मुछ्नेछन् । तिनीहरूले नाम नखुलेका व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेका छन् । त्यसैले हामी जोकोही पनि उनीहरूको सूचीमा हुन सक्छौं । हामी कुनै पनि समय पक्राऊ पर्न सक्दछौं,’ हरुनले द थर्ड पोललाई बताए । Recommended करिब १,३२० मेगावट जडित क्षमता भएको प्लान्ट २.२५ अर्ब अमेरिकी डलरको लागतमा निर्माण भइरहेको छ । बङ्गलादेशमा लगानी रहेकामध्ये सबैभन्दा ठूला परियोजनामध्येको एक एसएस पावर वान प्लान्ट निर्माण गर्ने सम्झौतामा चीनका राष्ट्रपति सी जिनफिङले सन् २०१६मा हस्ताक्षर गरेका थिए । प्लान्ट चिनियाँ ठेकदार कम्पनी सेप्को ३ र बङ्गलादेशी औद्योगिक समूह एस आलम ग्रुपको संयुक्त लगानीमा निर्माण गरिँदै छ । स्थानीय भावनाकाे बेवास्ता परियोजनाको सुरुदेखि नै यसका विरुद्ध हिंस्रक प्रदर्शन हुने गरेका थिए । पछिल्लो हिंसाको शृङ्खला गत वर्ष अप्रिलमा घटेको थियो जब प्लान्ट व्यवस्थापनले कामदारहरूलाई इफ्तार (रमजानको समयमा दिनभर उपवास सकेर प्रार्थना र खाना खाने समय)का लागि समय दिन अस्वीकार गरेको थियो । इफ्तारका लागि गएका कामदारहरूको ज्याला काटिएको थियो । Graphic: The Third Pole एसएस पावर वन प्लान्टका एक कामदार रोमन खानले द थर्ड पोललाई भने, ‘इफ्तारमा जानेहरूको तलब काटियो ।’ अर्का मजदुर मोहम्मद जकारियाले अधिकारीहरूले मजदुरहरूलाई शारीरिक यातना दिएको आरोप लगाए। त्यसपछि अप्रिल १७ मा करिब २,००० कामदारहरूले विरोध प्रदर्शन गरेका थिए । प्रहरीले गोली चलाउँदा तीमध्ये कम्तीमा सातजना मारिए। पछि, एक प्रहरी अनुसन्धानले मजदुरहरू निर्दोष रहेको पत्ता लगायो । उपमहानिरीक्षक जाकिर हुसेन खानले चिनियाँ व्यवस्थापनले बङ्गलादेशी कामदारप्रति भेदभावपूर्ण व्यवहार देखाएको बताए । ‘बङ्गलादेशी कामदारहरू इफ्तार वा प्रार्थनाका लागि जाँदा चिनियाँ कामदारहरूले विश्राम लिन चाहेनन्। गयल हुने बङ्गलादेशी मुसलमान कामदारहरूको ज्याला काटिएको थियो,’ ती वरिष्ठ प्रहरी अधिकारीले पुष्टि गरे। उनले व्यवस्थापक र मजदुरहरूबीच एकअर्काको भाषा नबुझ्ने समस्या रहेकाले कुराकानी गर्न असहजता रहेकाे पनि बताए । चिनियाँहरू हाम्राे संस्कृतिको पालना गरिरहेका छैनन् । प्रार्थना र इफ्तारका लागि समय पाउनु मजदुरहरूको अधिकार हो ।इफ्तेखर उदिन चौधरी, सामाजिक वैज्ञानिक चटगाउँ विश्वविद्यालयका एक चिरपरिचित समाजशास्त्री तथा पूर्वकुलपति इफ्तेखार उदिन चौधरीले द थर्ड पोललाई भने, ‘उनीहरू [व्यवस्थापकहरू]को लक्ष्य कम खर्चमा बढी उत्पादकत्व हासिल गर्नु हो । त्यसैले उनीहरू कामदारलाई कुनै प्रकारको खाली समय दिन चाहँदैनन्। यो शोषणकारी छ। यसले अशान्ति निम्त्यायो।‘ ‘विदेशी कामदारहरूले आफू काम गर्ने देशको स्थानीय संस्कृति र मान्यताहरूको पालना गर्नुपर्दछ,’ चौधरीले भने। ‘तर चिनियाँहरूले हाम्रो संस्कृतिको पालना गरिरहेका छैनन्। प्रार्थना र इफ्तारका लागि समय निकाल्नु मजदुरहरूको अधिकार हो।‘ उनले विदेशी कामदार र व्यवस्थापकहरूको लागि स्थानीय मान्यताहरूबारे अभिमुखीकरण सञ्चालन गर्न सिफारिस गरे । विरोधपछि फौजदारी मुद्दा वरिष्ठ प्रहरी अधिकारीले दिएको प्रतिवेदनका बाबजुद अप्रिलको घटनाका लागि २,५०० नाम भएका तथा बेनामी मजदुरहरूविरुद्ध लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिइएको छैन। एक जना प्लान्ट व्यवस्थापकले थप १,०५० मानिसहरुविरुद्ध फौजदारी जाहेरी दर्ता गराएका छन् । प्लान्टमा काम गर्ने जाहीदुल इस्लामले द थर्ड पोललाई बताए, ‘प्रहरीले मेरा साथीहरूलाई गोली हानेर मारे। अब उनीहरू हामीलाई ती हत्याको आरोप लगाउँदै छन्।‘ त्यसैले धेरै कामदारहरू भूमिगत भएका छन् । Recommended सन् २०१६ र २०१७ मा पनि प्रहरीले चलाएको गोली लागेर कारखानामा काम गर्ने मजदुरहरूको मृत्यु भएको थियो। प्लान्टको निर्माणको विरोध गर्दा सन् २०१६ मा चार जना मारिएकाे कुरा स्थानीय बासिन्दाहरू अझै सम्झन्छन् । त्यति बेला हजारौं मानिसलाई हिंसामा संलग्न भएको आरोप लगाइएको थियो । उनीहरूमध्ये धेरैले जेलमा समय बिताउनुपरेको थियो र कतिपयले अझै मुद्दा खेपिरहेका छन्। यस वर्षको अप्रिलमा भएको झडपपछि पनि प्रहरीले हजारौंविरुद्ध अभियोग दर्ता गरेको थियो । अन्यायका विरुद्ध आवाज दबाउन प्रयोग गरिने यो एउटा हत्कन्डा हो,’ घर जग्गा अधिग्रहणमा परेका अर्का स्थानीय बासिन्दा हैदर अली आसिफले भने । ‘घटना घटेको ठाउँमा म उपस्थित नभए पनि प्लान्टका अधिकारीहरूले मविरुद्ध आरोप लगाए। ती घटनाहरू पावर प्लान्टभित्र घटेका थिए । अहिले म पक्राउ पर्नबाट जोगिन भागिरहेको छु,’ आसिफले भने। हालका वर्षहरूमा बीआरआईअन्तर्गत निर्माण भएका अन्य प्लान्टहरूमा पनि बङ्गलादेशी र चिनियाँ मजदुरहरूबीच हिंसात्मक झडपहरू भएका छन् । एसएस पावर वान प्लान्टका कारण आफ्नो जमिन र जीविका गुमाउँदै स्थानीय बासिन्दा बङ्गलादेशको बाह्य ऋणबारे अध्ययन गर्ने एक संस्थाको प्रतिवेदनअनुसार एसएस पावर वान प्लान्टको निर्माणका कारण ७,१०० मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । एस आलम ग्रुपले प्लान्टका लागि करिब २५० हेक्टर जमिन अधिग्रहण गरेको बताइएको छ । प्रभावितहरूमध्ये धेरै गरिब छन् । उनीहरूले न पर्याप्त क्षतिपूर्ति पाएका छन्, न त वाचा गरिएअनुसारको रोजगारी । एकचालीस वर्षीय नुरुल कबीरले आफूले जमिन नबेचे पनि बेचेको भनेर जाली कागज तयार पारिएको बताए । त्यसपछि उनलाई जग्गा खाली गर्ने सूचना दिइयो। ‘हामी यहाँ ७० बर्षदेखि बस्दै आएका थियौँ । मेरो बुबाले यो घर बनाउनुभएको हो । बिक्रीको कागज पूर्ण रूपमा नक्कली हो,’ गहभरि आँसु लिएर कबीरले द थर्ड पोललाई भने । ‘मलाई यहाँबाट निकालियो भने मसँग जाने कुनै ठाँउ छैन। मलाई न्याय चाहियो ।’ नुरुल कबीर र उनको परिवार। आफ्नो जग्गा पावर प्लान्टलाई नबेचे पनि बिक्रीको नक्कली कागज बनाइएको कबीर बताउँछन् । (तस्विर: समसुद्दीन इलियास) एस आलम ग्रुपका प्रवक्ता मोहम्मद मोस्तैन बिल्लाले भने, ‘कसैलाई आफ्नो जग्गा नबेचीकन हाम्रो नाममा आयो जस्तो लाग्छ भने हामीविरुद्ध मुद्दा हाल्न सक्छ। अदालतले यो विषयमा फैसला गर्नेछ।‘ बिल्लाले प्लान्टबाट विद्युत उत्पादन हुन थालेपछि ‘स्थानीयका लागि थप रोजगारी’ सिर्जना गर्ने आश्वासन दिए । माछा मारेर जीविकोपार्जन गर्नेहरू प्लान्टनजिकैको समुद्र तटमा जान नपाएको गुनासो गर्छन् । ‘उनीहरूले भूक्षय रोक्न समुद्रमा ठूलाे ढुङ्गा खसालेका छन् र हामीलाई त्यहाँ जान अनुमति छैन,’ माझी शफिकुल आलम मानिकले भने। Recommended प्लान्टबाट खेतीपाती पनि प्रभावित भएको छ। पावर प्लान्टको जग हालिसकेपछि प्रत्येक मनसुनमा त्यस क्षेत्रमा पानी भरिने गरेको छ । यसले बाली उब्जनी गर्न गाह्रो बनाएको छ। धेरै बासिन्दाहरूले प्लान्टलाई ‘श्राप’का रूपमा वर्णन गर्न थालेका छन् । हालै जुन ११ र जुन १४ मा द थर्ड पोलका संवाददाताले सेप्को ३ लाई प्रतिवेदनहरूमा प्रकाशित आरोपबारे कम्पनीको प्रतिक्रिया लिन सम्पर्क गरेका थिए । यो आलेखको प्रकाशनको समयसम्म प्रतिक्रिया प्राप्त भएको थिएन। प्रतिक्रिया प्राप्त भएमा यो आलेख अद्यावधिक गरिनेछ । कोइला उर्जाको वातावरणीय प्रभाव बङ्गलादेशले हालै मात्र कोइलाबाट ऊर्जा उत्पादन गर्ने कार्य त्याग्ने कुरा गर्दै आएको छ । यद्यपि देशको पावर सिस्टम मास्टर प्लानका अनुसार अझै कुल ३३,२०० मेगावाट बिजुली उत्पादन गर्ने ३३ कोइलाबाट सञ्चालित बिजुली प्लान्टहरू निर्माणाधीन छन् वा निर्माणपूर्वका चरणमा छन् । यदि सबै प्लान्टहरू निर्माण भएमा बङ्गलादेशको कोइलाबाट उर्जा उत्पादन गर्ने क्षमता साठी गुणा वृद्धि हुनेछ । सन् २०३१ सम्ममा यी प्लान्टहरूले लगभग ११ करोड ५० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन गर्नेछन् । यसले वातावरण र स्थानीय जीविकामा मात्र असर गर्ने छैन, विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा थोरै मात्र योगदान पुर्याएको तर जलवायु परिवर्तनका कारण पीडित भएको देशको रूपमा बङ्गलादेशको छविलाई पनि कमजोर पार्नेछ । थप पढ्नुहोस् आलेख काेइला Bangladesh may ditch 90% of its planned coal power आलेख काेइला Finances force Bangladesh to reconsider coal plants विचारहरू बेल्ट एण्ड रोड विचार: बीआरआईको हरित विकल्प आलेख काेइला 2020: a dismal year for coal power आलेख वन्यजन्तु वन्यजन्तुु व्यापार शुरु गर्ने नेपालको याेजना, चिनियाँ कम्पनीहरुकाे दाैडधुप आलेख स्वास्थ्य नेपालमा सफा शौचालय संभव छ तर भविष्य यसभित्रकाे राजनीतिले निर्धारण गर्नेछ आलेख हिमालय अबिच्युअरी: हिमालय बचाउ अभियान्ताकाे आजीवन सङ्घर्ष आलेख वायु प्रदूषण वायु प्रदूषणका कारण भारतको कोभिड समस्या थप जटिल शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय