प्रकृति अर्नाको संख्या ब्युँताउने महत्त्वाकांक्षी प्रयासमा नेपालको असफलता नेपालमा अर्नाको दोस्रो बासस्थान निर्माण गर्ने योजना कार्यान्वयनका क्रममा त्यहाँका जनावरको मृत्यु भएपछि सो परियोजना व्यवस्थापनबारे व्यापक प्रश्न उठेका छन् नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। भारतको काजिरंगा नेसनल पार्कमा अर्ना (तस्बिरः निगेल पविट / अलामी) तुलसी राैनियार ज्यानवरी 24, 2023January 30, 2023 १५ अगस्त २०२२ का दिन चितवन राष्ट्रिय निकुञ्जमा रहेको बन्द बासस्थानमा बाघ चढेर तीनवटा अर्ना मार्यो । नेपालमा लोपोन्मुख प्रजातिको रुपमा रहेको अर्नाकाे दोस्रो बासस्थान बनाउनका लागि स्थानान्तरण परियोजनाअन्तर्गत ल्याइएकामध्ये जीवित रहेका ति अन्तिम अर्ना थिए । तिनका लागि बनाइएको ३० हेक्टर क्षेत्रमा फैलिएको सो बासस्थान अहिले उजाड छ । इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन) ले नेपालमा अर्ना भनिने यो जंगली भैँसीलाई संसारभर नै लोपोन्मूख जनावरको रुपमा सूचीकृत गरेको छ । विश्वभर नै यसको संख्या ४ हजारभन्दा कम छ । यी जनावर दक्षिण तथा दक्षिणपूर्वी एसियामा छरिएका छन् । घरपालुवा भैँसीको जंगली पुर्खा मानिने यस प्रजातिको संख्या घरपालुवा भैँसीसँग प्रजनन गराउने, अनुवांशिक विविधतामा कमी, शिकार र रोग लगायतका कारणले गर्दा लोप हुँदै गएको छ । Recommended सन् १९६० को दशकसम्म नेपालमा अर्नाको एकमात्र बासस्थान कोशीटप्पु वन्यजन्तु आरक्ष थियो । सन् २०१७ मा नेपाल सरकारले यो अवस्थामा परिवर्तन ल्याउने योजनासहित १५ जंगली भैँसीलाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण ग¥यो । तर, त्यसको पाँच वर्षमै चितवन सारिएका १५ वटै अर्ना र त्यहाँ सारेपछि जन्मेका ६ वटा बच्चा पनि सोही बासस्थानमा मरे । जंगली भैँसीका लागि दोस्रो बासस्थानको आवश्यकता कुनैबेला दक्षिण एसियाका विभिन्न ठाउँमा पाइने जंगली भैँसी सन् १९६०को दशकमा आइपुग्दा चितवनबाट पनि मासियो । सन् १९७५ ताका कोशीटप्पु वन्यजन्तु आरक्षमा पनि अर्नाको संख्या घटेर जम्मा ६३ भएकाे थियो । फैलिँदो मानवबस्तीबाट सो वन्यजन्तुको बासस्थानमा बढ्दो अतिक्रमण, निकुञ्ज र मानववस्तिबीचको द्वन्द्व, बाढी, मिल्दोजुल्दो अन्य प्रजातिसँग र घरपालुवा भैँसीसँग प्रजनन गराउने लगायतका कारणले गर्दा संख्या स्वाट्टै घटेको थियाे। तर, त्यसपछि भने अर्नाको संख्या वृद्धि भएर सन् २०२१ सम्ममा ४९८ पुगेकाे थियाे । प्रकृति संरक्षण राष्ट्रिय कोष चितवनका प्रमुख बाबुराम लामिछानेका अनुसार गस्तिमा व्यापक वृद्धि, स्थलगत अनुगमनकाे परिचालन,अतिक्रमणमा कडाइका साथ नियन्त्रण लगायतका पहलकदमी लिएर संख्यामा वृद्धि गर्न सकिएको थियो । संख्यामा वृद्धि आफैँमा एउटा सफलता त हुँदै हो तर त्यसलाई दीर्घकालीनरुपमै टिकाउन ती जनावरका लागि एउटा दोस्रो बासस्थान जरुरी रहेको विज्ञहरूको भनाइ छ । अर्नाकाे संख्या तरबारको धारजस्तै जटिल अवस्थामा छ र यो कुनैपनि अवस्थातर्फ मोडिनसक्छ महेश्वर ढकाल, महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग “ती जनावरको संख्या तरबारको धारजस्तै जटिल अवस्थामा छ र यो कुनैपनि अवस्थातर्फ मोडिनसक्छ,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले बताए । दोस्रो बासस्थानको आवश्यकताबारे सन् २००८ देखि नै जोड दिन थालिएको हो । त्यतिबेला कोशी नदीले अचानक तटबन्ध फुटाएर कोशीटप्पु वन्यजन्तु आरक्षको बीचबाट बगेको थियो । त्यसक्रममा करिब ५० हजार मानिस विस्थापित भएका थिए भने आरक्षको जैविक विविधतामा ठूलो नोक्सान पुगेको थियो । नियमितरुपमा आउने बाढीले पनि सो आरक्षमा सधैँ असर पुर्याउने गरेको छ । कोशीमा पानीको सतह त घटेको छ तर त्यस्ता घटना हुनसक्ने खतरा टरेको छैन । नेपालकै सबैभन्दा ठूलो नदी किनारमा अवस्थित कोशीटप्पुमा बाढीको जोखिम सधैँ भइरहन्छ । आरक्षमा रोगको महामारी फैलिँदा वा भविष्यमा आइपर्नसक्ने कुनैपनि विपद्बाबाट जोगाउनका लागि त्यहाँ रहेकामध्ये केही अर्नालाई अर्को बासस्थानमा सारेर सुरक्षित गर्न सकिन्छ भन्ने केही संरक्षणविद्काे जोड रहँदै आएकाे थियाे। अर्ना सार्ने तयारी सन् २०१७ मा अर्ना स्थानान्तरण गर्ने बेला चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख वार्डेन रहेका रामचन्द्र कँडेलले घरपालुवा भैँसीसँगको घुलमिल र रोगका कारण कोशीटप्पुको जनावरमाथिको जोखिमबारे विद्यावारिधि (पीएचडी) गरेका थिए । सन् २०१६ मा अनुसन्धानकर्ताहरूले कोशीटप्पु वन्यजन्तु आरक्षबाट केही स्वस्थ अर्नालाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गर्ने प्रस्ताव गरेको सुनेपछि कँडेल उत्साहित भएका थिए । Recommended कैयौँ अध्ययन मूल्यांकन, अनुसन्धान प्रतिवदेनहरू, तथा जीव वैज्ञानिक, पर्यावरणविज्ञ र नीतिनिर्माताका टोलीले गरेका सम्भाव्यता अध्ययन आदिका आधारमा केही अर्नालाई स्थानान्तरण गर्ने भनी एउटा सामूहिक निर्णय गरिएको थियो । जंगली अर्नाको स्थानान्तरण गरिएको यो विश्वमै पहिलो थियो । नेपालमा जंगली अर्नाका लागि दोस्रो बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज उचित रहेको भनी सम्भाव्यता अध्ययनले प्रस्ट पारेको थियो । वन्यजन्तु संरक्षण संघकी कार्यकारी सदस्य तथा वन्यजन्तु पर्यावरणविद् रमा मिश्र पनि कँडेलको भनाइसँग सहमत छन् किनभने अर्ना प्रजातिको त चितवन पुरानो बासस्थान नै हो । “बासस्थान र दीर्घकालीन सम्भावनाको विश्लेषण गरेर मात्र यस परियोजनामा संलग्न पर्यावरणविद्हरूले अर्ना बाँच्नका लागि आवश्यक पर्ने मौसम, पानी जम्ने ठाउँ, बुट्यान भएको चरण, सिमसारमा हुने घाँसपातसहितको वातावरणीय अवस्था भएकोले चितवन राष्ट्रिय निकुञ्ज सो प्रयोजनका लागि उपयुक्त छ भन्ने निष्कर्ष निकालेका हुन्,” मिश्रले भनिन् ।. सन् २०१७ मा स्थानान्तरण परियोजना अमेरिकी सहयोग नियोग यूएसएडको सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम र जुलोजिकल सोसाइटी अफ लन्डनको प्राविधिक तथा वित्तीय सहयोगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्पन्न गरेको थियाे । त्यस पाँचवर्षे कार्ययोजना कार्यान्वयन गर्नका लागि करिब १६ करोड ८० लाख रुपैयाँ (करिब १३ लाख अमेरिकी डलर) खर्च भएको थियो । चितवनमा ल्याइएका १५ नयाँ जनावरमध्ये १२ वटा कोशीटप्पु वन्यजन्तु आरक्षबाट र अन्य तीन काठमाडौंको केन्द्रीय चिडियाखानाबाट त्यहाँ लिग थियो । स्थानान्तरण गरिएका सबै अर्नाको आश्चर्यजनक मृत्यु यस परियोजनाप्रति सुरुमा निकै ठूलो अपेक्षा थियो । सन् २०१९ मा, त्यहाँ स्थानान्तरण गरिएको बथानमा ६ वटा बच्चा जन्मिए र कुल संख्या २१ पुग्यो, कँडेलले थर्ड पोलसँग भने । सन् २०१६ देखि २०१९ सम्म सो बासस्थानको अनुगमन गर्ने जिम्मेवारीमा रहेका चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अभिनय पाठकले अर्नाको संख्यामा निरन्तर उतारचढाव भइरहने गरेको बताए । बाढीले अर्नाको बासस्थानमा क्षति पु¥याएपछि, बाघ त्यहाँ पटक–पटक छिर्न सफल भए र पाँचवटा अर्ना मारे । केही रोग लागेर र अरु केही बाढीमा घाइते हुँदाको चोटपटकका कारण मरे । श्रीलंकाको उदवालावे नेसनल पार्कको एक अर्ना र बच्चा (तस्बिरः युर्गेन र क्रिस्टिन सोह्न्स / अलामी) अगस्त २०२२ मा अन्तिम अर्नाहरू पनि गुमेपछि त निकुञ्जका कर्मचारीबाट लापरबाही भएको हुनसक्ने सम्भावनाबारे समेत प्रश्न उठ्न थाल्यो । स्थानान्तरण परियोजनाको नतिजाबारे गरिएको अध्ययनले त्यहाँ कतिजना व्यक्ति खटाइएको थियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्ने देखाएको छ । कम्तीमा २० देखि ५० जना व्यक्तिलाई खटाउनका लागि आवश्यक साधनस्रोतको पर्याप्तता त्यस कार्यक्रम सफलताको एउटा निर्णायक कारक हो भन्ने सो अध्ययनको ठहर थियाे । तर त्यसाे हुन सकेन । लामिछानेका अनुसारअर्नाको एउटा बथानको उचित आकार ३५ देखि ४० हो र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो बासस्थानमा अर्नाको संख्या ४० सम्म पु¥याउने र त्यसपछि तिनीहरूलाई निकुञ्ज छोडिदिने योजना बनाएको थियो । सुरुमा बच्चा जन्मेपछि सो संख्या पुग्नेभयो भन्ने आशा जागेलगत्तै रोग लागेर र बाघको आक्रमणमा परेर अर्ना मर्न थाले । त्यसपछि त त्यो संख्या पनि पुगेन र अर्नालाई जंगलमा छाड्नै पाइएन । अरु थुप्रै जनावरलाई गुमाएर एउटा मात्र प्रजातिको उद्धार गर्नुको कुनै अर्थ छैनमहेश्वर ढकाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक “अर्नालाई बन्द बासस्थानमा लामो समयसम्म राखियो । त्यसो गर्नु दिगो उपाय होइन,” वन्यजन्तु संरक्षण संघकी मिश्रले भनिन्, “ठूलो बथानलाई स्थानान्तरण गरेर तत्कालै जंगलमा छाडिएको भए तिनीहरू बाँच्ने सम्भावना बढी हुन्थ्यो ।”कोशीटप्पुमा ठूला मांसाहारी जनावर छैनन् तर चितवनमा भने बाघको संख्या बढ्दो छ । अर्नाको बथान ठूलो हुँदा तिनीहरूले बाघहरूसँग पनि आफ्नो बचाउ गर्नसक्ने मिश्रको भनाइ छ । स्थानान्तरण आफैँमा एउटा जटिल प्रक्रिया भएको ढकालको भनाइ छ । “यस विषयमा स्थानीय समुदाय पनि जोडिन्छ । ठूलो संख्याको बथान ल्याएको कुरा उनीहरूले स्वीकार गर्न पनि सक्छन् र नगर्न पनि सक्छन् किनभने अन्यत्रबाट ल्याइएको प्रजातिले नयाँ ठाउँ कब्जा नै गर्न र स्थानीय जनावरको अस्तित्व नै संकटमा पनि पार्नसक्छ,” उनले भने । “त्यसैगरी अन्य प्राविधिक पक्षहरू पनि छन् । जनावरको एउटा बथानलाई सुरक्षित रुपमा कसरी स्थानान्तरण गर्ने भन्ने पक्ष पनि ख्याल गर्नुपर्छ । समग्रमा यी सबै कुराहरूको भूमिका हुन्छ ।” हरियो वन कार्यक्रमका जैविक संरक्षण संयोजक शान्तराज ज्ञवालीले सो परियोजना असफल हुनुको अर्को एउटा कारण बताए । अर्नालाई रोग वा बाढीले असर गर्नासाथ त्यसबारे अध्ययन गरी भेटनरी सेवा दिन ढिला भएका कारण ती वन्यजन्तु मरेको उनको भनाइ छ । सो परियोजना सञ्चालनमा रहेकै बेला निकुञ्जका अधिकारीले परियोजनाको अनुगमन र पुनरवलोकन गर्न बढी समय दिएर आवश्यकताअनुसार सुधार गर्दै जानुपथ्र्यो भन्ने ज्ञवालीको जिकिर छ । उपेक्षामा परेका प्रजाति संरक्षणका चुनौती वर्षौँदेखि संरक्षणविद्हरूले एउटा समस्या भोग्दै आएका छन् । बाघ गैंडा जस्ता आकर्षक प्रजातिहरूले निरन्तर सबैभन्दा बढी प्राथमिकता पाइरहेका हुन्छन् र पैसा पनि सबैभन्दा बढी तिनैमा खर्च हुनेगरेकाे छ । अर्नाजस्ता धेरै चर्चा नपाउने प्रजाति प्रायः उपेक्षामै परिरहन्छन् । तिनीहरूलाई संरक्षण गर्न सहज नै भए पनि प्रयास भने अन्यत्रै केन्द्रित हुन्छन् । अर्ना स्थानान्तरण परियोजनाका लागि पनि अपर्याप्त बजेट नै सबैभन्दा ठूलो अड्चन रहेको पाठकले बताए । “हामीले पनि यो परियोजना अपेक्षा गरेभन्दा बढी खर्चिलो रहेछ भन्ने कुरा पछि मात्र अनुभूति गर्यौँ,” पाठकले थर्ड पोलसँग भने । त्यसका लागि थुप्रै जनशक्ति र नियमित भेटनरी सेवा प्रदान गर्नुपरेको थियो । ३० हेक्टरमा फैलिएको सो बासस्थानलाई विद्युतीय करेन्टसहितको तारबार गरिएकोमा त्यसलाई बाढीले पटक–पटक क्षति पुर्यायो । त्यसलाई मर्मत गर्न निकै महंगो पर्यो । “सुरुको चरणमा सबै साधनस्रोत व्यवस्था गरियो । तर पछि हामीले यसलाई वित्तीयरुपमा दिगो बनाउन सकेनौँ । हामीले अनुगमनको खर्च धान्न नसक्दा त्यसले व्यवस्थापकीय पाटोमा ठूलो खाडल सिर्जना गर्यो । त्यसमाथि, कोभिड–१९ को महामारी सुरु भएपछि बजेट थप घट्यो,” उनले भने । बाघको संख्या वृद्धि गर्न सफल भएको नेपालले अर्नाको संरक्षणमा त्यस्तै प्रकारको ध्यान दिन नसकेको ढकालको भनाइ छ । “ अरु थुप्रै जन्तुलाई गुमाएर एउटा मात्र प्रजातिको उद्धार गर्नुको कुनै अर्थ छैन,” उनले भने । Recommended जलवायु परिवर्तनले गर्दा पृथ्वी तातिरहेको हुँदा जैविक विविधता थप जोखिममा परिरहेको छ । यस्तो अवस्थामा जोखिममा रहेका प्रजातिलाई पूर्ववत् स्थानमै राखेर वा नयाँ र सुरक्षित ठाउँमा सारेर पनि संरक्षण गर्नु एक सम्भावित उपाय हुनसक्छ । “यो स्थानान्तरण परियोजनालाई म (पूर्णतः) असफल भएको मान्दिन,” ज्ञवालीको भने , “यो एउटा निकै ठूलो प्रयत्न थियो । ती जनावरको मृत्युका प्राकृतिक कारण जटिल थिए र तिनलाई आगामी योजना तर्जुमा गर्दा कम महत्त्व दिनुहुँदैन ।” अब अगाडि बढ्ने सम्बन्धमा ढकाल भन्छन्ः “अझै पनि यो काम राम्रोसँग गर्नसक्ने क्षमता हामीसँग छ तर यसको कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्नुपर्छ । सचेतनापूर्ण अवधारणा अपनाउँदै र विगतका गल्तीबाट सिक्दै विभागले आगामी दिनमा पनि अर्ना स्थानान्तरणका योजना बनाउनेछ । अन्ततः हामीले यसलाई कसरी राम्रोसँग सम्पन्न गर्ने भन्ने कुरा सिक्ने नै छौँ ।” थप पढ्नुहोस् आलेख संकटापन्न प्रजाती The kouprey: On the trail of Cambodia’s elusive wild cattle आलेख जैविक विविधता How will India achieve the new global goals for nature? आलेख वार्ता COP15 reaches historic agreement to protect biodiversity आलेख अभियना चिपकाे आन्दोलनको ५० वर्षः आफ्नै जीवनकालमा भोगेको परिवर्तनबारे उत्तराखण्डका गाउँलेको वर्णन आलेख वार्ता कोप २७ को एकमात्र सफलता हानि–नोक्सानी क्षतिपूर्ति कोष आलेख वनफडानी ‘समय र पैसाको बर्बादी’: नेपालमा वातावरण मूल्यांकन किन यति निष्प्रभावी भइरहेका छन्? आलेख श्रृण नेपालको ‘जलवायु ऋण’ले यसको निष्पक्षता र परिभाषामाथि विवाद चर्काएको छ आलेख जलविद्युत नेपालका ठूला जलविद्युत् परियोजनामा चिनियाँ कम्पनीलाई प्रतिस्थापन गर्दै भारतीयहरू शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय