प्रदुषण

विचारः एकीकृत दक्षिण एसियालेमात्रै वायु प्रदूषणलाई परास्त गर्न सक्छ

सीमापार सहकार्यबाट वायु प्रदूषण नियन्त्रण गर्ने लागत कम हुने र त्यसबाट अझ बढी प्रभावकारी नतिजा पनि प्राप्त गर्न सकिने विश्व बैंकको एक अध्ययनले देखाएको छ
<p>काठमाडौं उपत्यकाको वायु प्रद्रूषणले मनमोहक शिखरहरूलाई प्रायः छोपिरहेको हुन्छ । (तस्बिरः फ्र्याङ्क बिएनेवाल्ड/अलामी)</p>

काठमाडौं उपत्यकाको वायु प्रद्रूषणले मनमोहक शिखरहरूलाई प्रायः छोपिरहेको हुन्छ । (तस्बिरः फ्र्याङ्क बिएनेवाल्ड/अलामी)

वायु प्रदूषणबारे विश्व बैंकको एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्नका लागि काठमाडौंमा हालै एउटा बैठक गरिएको थियो । सो बैठकमा धारणा राख्ने क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शोले त्यो कोठामा रहेकामध्ये कतिले काठमाडौंको राजधानी उत्रिने क्रममा सगरमाथाको शिखर देख्नुभयो भनी सोधे । उनले देख्नेजतिले हात उठाउन भने । दुःखको कुरा त्यहाँ कसैले हात उठाएन, जुन कुरा आकलन गर्न सकिन्थ्यो । वास्तवमा ग्याम्त्शोले घुमाउरो पारामा नेपालको वायु प्रदूषणको प्रसंग कोट्याएका थिए । संसारकै सबैभन्दा प्रदूषितमध्ये पर्ने नेपालको राजधानीको वायुले विश्वको सर्वोच्च शिखरलाई प्रायः ढाकिरहेको हुन्छ ।

दक्षिण एसिया विश्वकै वायु प्रदूषणको जोखिमयुक्त क्षेत्रमा पर्छ । विश्वका सबैभन्दा बढी प्रदूषित ४० मध्ये ३७ सहर यही क्षेत्रमा अवस्थित छन् । यस क्षेत्रका ६० प्रतिशत मानिस उच्चरुपमा प्रदूषित ठाउँहरूमा बस्छन्, जहाँ पीएम२.५ भनिने घातक कण हावामा हुन्छन् । यस्ता कणका कारण जटिल श्वासप्रश्वासको समस्या हुने गर्छ । विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्डभित्र समेत नपर्ने त्यस्ताे वायु प्रदुषणकाे कारण दक्षिण एसियाली क्षेत्रमा २० लाख मानिसको छिटो मृत्यु हुने गरेको बताइन्छ ।

त्यस्ता कणहरू पालिका, राज्य र राष्ट्रिय सीमाहरूसमेत पार गर्दै सयौँ किलोमिटर टाढासम्म पुग्न सक्छन् । उदाहरणका लागि भारतीय राज्य पञ्जावको प्रदूषणको झण्डै ३० प्रतिशत अंश छिमेकी पाकिस्तानबाट आउने गर्छ । त्यसभन्दा अझ पूर्वमा रहेको बंगलादेशका ठूला सहरहरूमा हुने ३० प्रतिशत प्रदूषणको स्रोत भारत हो किनभने उत्तरपश्चिमबाट आउने हावा दक्षिणपूर्वी दिशातर्फ वहने गर्छ । यसले गर्दा अहिले दक्षिण एसियामा व्याप्त वायु प्रदुषणका स्रोत पत्ता लगाउन र प्रदूषण नियन्त्रण गर्न सहरहरूले आआफ्नै ढंगबाट एक्लाएक्लै काम गरेर मात्र पुग्दैन ।

विश्व बैंकको ‘स्वच्छ हावाका लागि प्रयत्नः दक्षिण एसियामा वायु प्रदूषण तथा सार्वजनिक स्वास्थ्य’ शीर्षकको नयाँ अध्ययनले दक्षिण एसियाको यो जटिल समस्याबारे केही प्रस्ट पार्ने प्रयास गरेको छ । वायु प्रदूषणले लामो यात्रा तय गर्दैगर्दा वायुयात्राका ठूलामार्ग (एयरसेड्स) मा अड्किने गर्छ । समान प्रकारको भौगोलिक क्षेत्रमा प्रदूषण अड्किएर सो क्षेत्रभर सबैतर्फ वायुको गुणस्तर एकैप्रकारको हुन्छ । त्यसैले, स्थानीय, प्रदेश र क्षेत्रीय तहसम्म सहकार्य गरेर मात्र दक्षिण एसियामा वायु प्रदूषणलाई नियन्त्रण गर्न सकिन्छ ।

वायु प्रदूषणमा क्षेत्रीय सहकार्यः कस्तो छ दक्षिण एसियाको अवस्था ?

विश्व बैंकको सो अध्ययनले वायु प्रदूषण न्यूनीकरण गर्ने बृहत् प्राविधिक समाधानको प्रभावकारिताको प्रारूप देखाउन एक क्षेत्रीय वायुमण्डलीय ढाँचा प्रयोग गर्छ र अन्तरक्षेत्रीय सम्बन्धहरूलाई समेटेर आपसमा सहकार्य गर्दा के–कस्तो फाइदा हुन्छ भनी विश्लेषण गर्न सघाउँछ । पछिल्ला वर्षहरूमा यस क्षेत्रका विभिन्न सरकारले वायु प्रदूषणको समस्यालाई सामना गर्ने सम्बन्धमा विविध प्रकारका नीतिहरू अवलम्बन गरेका छन् । यो एक महत्त्वपूर्ण पक्ष हो । तर जति आवश्यक छ त्यसको तुलनामा भएका प्रयासहरू कम छन् भन्ने हाम्रो विश्लेषणमा देखिन्छ । दक्षिण एसियामा अहिले भएका वायु गुणस्तरसम्बन्धी सबै नीतिगत उपायको पूर्ण कार्यान्वयन गरे पनि सन् २०१८ देखि २०३० सम्मको बीचमा पीएम२.५ मा केवल ४ प्रतिशतमात्र कमी आउँछ । यहाँको ठूलो क्षेत्र विषाक्त वायुप्रदुषणबाट पीडित भइरहनेछ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको पीएम २.५ का लागि प्रतिघनमिटर ३५ माइक्रोग्राम हुनुपर्ने न्यूनतम महत्त्वाकांक्षी अन्तरिम लक्ष्य १ पनि हासिल हुनेछैन ।

हावा सफा बनाउन अझ बढी काम गर्न आवश्यक छ । यो प्रस्ट छ । तर समस्या के छ भने, कुनै एउटा सहर, क्षेत्र वा मुलुकले महत्त्वाकांक्षी कार्यक्रमसहित काम गरे पनि आफूमात्रै एक्लै काम गरेर प्रदूषण कम गर्नसक्ने अवस्था छैन । उदाहरणका लागि विश्वकै सबैभन्दा प्रदूषित सहर दिल्लीले वायु प्रदूषण नियन्त्रण गर्न प्राविधिकरुपमा सम्भव सबै उपाय पूर्णरुपमा अपनाए पनि उसका छिमेकी राज्य र देशहरूले अहिलेकै नीति अवलम्बन गर्ने हो भने सन् २०३० सम्ममा त्याे सहरले विश्व स्वास्थ्य संगठनले तोकेको अन्तरिम लक्ष्य १ हासिल गर्न सक्दैन । दिल्लीमा आउने धूलोका कणहरूको ५० प्रतिशतभन्दा बढी यी छिमेकी राज्य र जोडिएका देशहरूबाट आउने हुँदा यो जटिलता उत्पन्न भएको हो ।

त्यसैले गर्दा आपसी सहकार्य गर्नु अपरिहार्य बनेको छ । त्यसो गर्दा खर्च पनि निकै कम हुन्छ । सम्पूर्ण दक्षिण एसियाली क्षेत्रको क्षेत्राधिकारलाई आधार मानेर वायु प्रदूषण न्यूनीकरण गर्न प्राविधिकरुपमा सम्भव सबै उपायहरू कार्यान्वयन गर्ने हो भने औसत खर्च सन् २०३० सम्ममा १७ माइक्रोग्राम प्रतिघनमिटरले कमी आउनेछ । तर त्यसको लागत भने निकै बढी हुन्छ, जुन प्रतिमाइक्रोग्राम प्रतिघनमिटरमा २.६ अर्ब अमेरिकी डलर हुनआउँछ । तर, सरकारहरूले एउटा साझा प्रदूषण न्यूनीकरण रणनीतिअन्तर्गत काम गर्ने र पूर्ण सहकार्य गर्ने हो भने त्यसबाट खर्च उल्लेख्यरुपमा कम गर्न सकिन्छ । त्यसो गर्दा, २७ करोड ८० लाख अमेरिकी डलर खर्च गरेर दक्षिण एसियामा पीएम२.५ लाई ३० माइक्रोग्राम प्रतिघनमिटरले कम गर्न सकिन्छ ।

कम खर्चिलो प्रदूषण न्यूनीकरण अवधारणा अपनाउँदा सहरबाहिरका केन्द्रहरूमा सस्ता उपाय अपनाउने नीतिमा जोड दिनुपर्छ । उदाहरणका लागि, उत्तरी भारतकाे ग‌गांका समथर क्षेत्रका केही भागमा ३० प्रतिशत वायु प्रदूषण घरायसी जैविक वस्तु जलाउँदा उत्पन्न हुने गर्छ । त्यसैले, वरपरको वायुको स्तर सुधार गर्नका लागि बिहारमा पाइलट परियोजनाका रुपमा सफलताका साथ लागू गरिएको स्वच्छ चुल्होको अवधारणालाई व्यावसायिक मोडेलमै प्रवर्द्धन गरी घरायसी वायु प्रदूषण कम गर्ने नीतिलाई सबैभन्दा उच्च प्राथमिकता दिनुपर्छ । गम्भीर हस्तक्षेप गर्नुपर्ने अर्को क्षेत्र कृषि र सवारीसाधनलगायतका दोस्रो स्रोतका प्रदुषणका कण नियन्त्रण कार्यक्रम हो ।

सहकार्यमूलक वायु प्रदूषण न्यूनीकरणका लागि समय र पैसा दुवै हिसाबले केही लगानी आवश्यक त पर्छ तर त्यसबाट हासिल हुने आर्थिक लाभ सो लागतको तुलनामा निकै बढी हुन्छ । माथि भनिएजस्तै पूर्ण सहकार्य गर्दा वार्षिकरुपमा ७ लाख ५० हजारभन्दा बढी जीवन जोगाउन सकिन्छ र त्यसो गर्दा एक जनाको ज्यान जोगाउन ७ हजार ६ सय अमेरिकी डलर लगानी हुन्छ । न्यून वायु प्रदूषण हुँदा अन्य प्रत्यक्ष आर्थिक लाभ हुन्छन्, जस्तै स्वास्थ्य उपचारका लागि गर्नुपर्ने खर्च कम हुन्छ भने कार्यथलोको उत्पादनशीलता बढ्छ ।

दक्षिण एसियामा सास फेर्न सहज बनाउन सघाउँदै

तल उल्लिखित उपाय अपनाउँदा स्थानीय र राष्ट्रिय प्रशासनिक सीमावरपर सहकार्यमा सहजीकरण हुनसक्छ ।

  • राम्रो तथ्यांकबाट सुरुवात । एउटा भरपर्दो वैज्ञानिक तथ्यांकभण्डार विकास गर्न र त्यसको विश्लेषण गर्ने संस्थागत क्षमता विकास गर्नका लागि समग्र वायुमार्ग क्षेत्र (एयरसेड) का महत्वपूर्ण विन्दुहरूमा मोनिटर (अवलोकन प्रणाली) जडान गरेर काम गर्नका लागि दक्षिण एसियाली मुलुकहरूले एकआपसमा सहकार्य गर्न सक्छन् । दक्षिण पूर्वी एसियाली (आसियान) मुलुकहरू, युरोप, चीन र अमेरिकालगायतका विश्वका विभिन्न भागमा यस्ता पहलकदमी लिइएको छ ।

  • मोनिटरिङ सिस्टम (अवलोकन प्रणाली) विकास गरिसकेपछि सम्बन्धित मुलुकले आआफ्ना मुलुकभित्र र आपसी मुलुकहरूको बीचमा फैलिरहेको उत्सर्जनलाई पछ्याउने (ट्रयाक) संयुक्त एयरसेड क्षेत्र(वायुमार्ग) लक्ष्य तय गर्न र नियन्त्रणका लागि कम खर्चिला उपाय अपनाउन प्रोत्साहित गर्न पनि सक्छन् । घरायसीरुपमा जैवीक ऊर्जा जलाउने अभ्यास, इँटाभट्टा, खेतीपातीमा छुटेका वस्तु जलाउने चलन, सहरबजारमा खुल्लारुपमा फोहोर जलाउने अभ्यास तथा मल, सवारीसाधनले गर्ने उत्सर्जन र ठूला उद्योगबाट उत्पन्न हुनेलगायतका प्रमुख प्रदूषणका स्रोतलाई नियन्त्रण गर्नेबारे अनुभव आदानप्रदानलगायतका पहल लिनसक्छन् ।

  • प्रदूषण ट्रयाक गर्ने सही संयन्त्र र संयुक्त लक्ष्यहरू भएमा यस क्षेत्रले उत्सर्जन व्यापार योजनाहरू ल्याएर अर्थतन्त्रमा वायु प्रदूषणलाई मूलप्रवाहीकरण गर्नसक्छ । त्यसो भएमा स्वच्छ तथा हरित प्रविधिहरू अझ बढी प्रतिस्पर्धात्मक बन्छन् । भारतीय सहर गुजराजको सुरतले नयाँ स्थानीय उत्सर्जन व्यापार योजनामार्फत वायु प्रदूषणलाई २४ प्रतिशतले न्यूनीकरण गर्न सफल भयो । वायुमार्गहरूमा यस्ता योजना विस्तार गर्नसकेको भए अझ धेरै हुनसक्थ्यो ।

हामीले प्रत्येक तीन सेकेन्डमा एकपटक सास फेर्छौँ, जसअनुसार प्रतिदिन ३८ हजार पटक सास फेरिन्छ । हाम्रो स्वास्थ्यको लागि स्वच्छ हावा अत्यावश्यक हो र भावी पुस्ताका लागि स्वस्थ पृथ्वी हस्तान्तरण गर्नका लागि वायु प्रदूषण समाधान गर्नु उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो । दक्षिण एसियाका मानिसहरूका लागि जसरी स्वच्छ हावा जरुरी बनिरहेको छ, त्यसैगरी यस क्षेत्रका नेताहरूले आपसमा सहकार्य गरी नतिजामूलक काम गर्नु अपरिहार्य भएको छ ।

यो आलेख विश्व बैंक, इसिमोड र थर्ड पाेलबीचको सहकार्यमा उत्पादित लेखहरूको सँगालोमध्ये एक हो । “दक्षिण एसियामा जलवायु सबलताका लागि क्षेत्रीय सहकार्य” विषयमा जलवायु विज्ञ तथा यससम्बन्धी क्षेत्रीय आवाजलाई प्रवर्द्धन गर्न यो पहल लिइएको हो । यहाँ व्यक्त दृष्टिकोण तथा धारणाहरू लेखक स्वयंका हुन् । यस शृंखला विश्व बैंकद्वारा सञ्चालित प्रोग्राम फर एसिया रेजिलेन्स टु क्लाइमेट चेञ्जमार्फत बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसको सहयोगमा सञ्चालित हो ।

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)