खाना बेमौसमी वर्षा र कोभिड-१९ बन्दाबन्दीको मारमा दक्षिण एसियाका कृषक हिउँदे बालीलाई भारी वर्षाको पानीले नास गरेपछि कृषकहरू आफ्नो उत्पादनलाई बिना कुनै कामदारको सहयोगमा बजारसम्म पुर्याउने चुनौतीको सामना गर्दैछन् । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। File picture of a farmer in the Indian state of Punjab struggling to save his crops in March after unseasonal reains [image © Ajay Verma/Pacific Press/Alamy Live News] सौम्य सरकार अप्रिल 10, 2020April 10, 2022 दक्षिण एसियाका किसानहरू विपद तर्फ उन्मुख छन् । भित्र्याउने बेला हुँदै गर्दा मार्च महिनामा भएको बेमौसमी वर्षाका कारण हिउँदे बाली नास भयो । असिना र मेघ गर्जनसहितको वर्षाका कारण भारत र पाकिस्तानमा गहुँ, आलु, चना, तोरी र तरकारी नास भयो । बङ्गलादेशमा अमन चामलको पनि यही हालत भयो । अहिले आएर कोभिड-१९ को प्रकोपका कारण किसानहरू आफ्नो खेतमा बचेको बाली समेत भित्र्याउन पाइरहेका छैनन् । न उनीहरूले बाली काट्ने कामदारहरू पाएका छन् न त आफ्नो उत्पादनलाई बजारसम्म लैजाने साधन नै । मार्च २४ को मध्यरातमा सुरु भएको बन्दाबन्दीका कारण सबै कामदारहरू घरैमा वा क्वारेन्टिन केन्द्रहरूमा बस्न बाध्य छन् । बन्दाबन्दी (लकडाउन) कहिलेसम्म लम्बिने हो कसैलाई थाहा छैन । बजारमा आफ्नो उत्पादन पुर्याउन नपाउनु त छर्दै छ, मर्मत पसलहरू पनि बन्द भएका कारण किसानहरूले आफ्नो बिग्रिएका मेसिनहरू समेत बनाउन पाएका छैनन् । भारतमा ढिलै भए पनि केही राज्यहरूको यो सङ्कटतर्फ ध्यान गयो र उनीहरूले खेतीलाई बन्दाबन्दीको समयमा पनि जारी राखिनु पर्ने अत्यावस्यक सेवाको रुपमा सूचीकृत गरे । तर राज्य सरकारको यो निर्णय न कामदारहरूसम्म पुगेको छ न घर बाहिर निस्कने जो कोहीलाई पनि पिट्ने प्रहरीसम्म नै । उत्तर प्रदेश सरकारले खुद्रा व्यापार केन्द्रहरू खोल्न आदेश दिएको छ तर कम्तीमा एक जिल्लामा स्थानीय अधिकारीहरूले बिहान २ देखि ५ बजे सम्म मात्र बजार खोल्न सुरक्षित हुने निर्णय गरेका छन् । यस्तो निर्णयका कारण एकदमै कम किसानहरूले मात्र आफ्नो उत्पादन बजारसम्म लान पाउँछन् । यो सङ्कट कस्तो बेलामा आएको छ भने देशको सबैभन्दा धेरै अन्न उब्जाऊ हुने पश्चिमोत्तर क्षेत्रमा मार्च महिनामा औसत भन्दा ८० प्रतिशत बढी पानी परेको थियो । मध्य भारतमा औसत भन्दा दोब्बर पानी परेको थियो । सन् २०२० को मार्च महिनामा भारतमा अहिलेसम्मकै बढि पानी परेको मार्च हो । यो अवधिमा देशभर नै औसत भन्दा ४६ प्रतिशत बढी वर्षा भएको छ । भारतीय मौसम विभागका अनुसार पूर्वोत्तर भारतमा मार्च २६ देखि अप्रिल १ सम्मको अवधिमा औसत भन्दा २३५ प्रतिशत बढी पानी परेको थियो । यस्तो वर्षाले काट्न तयार भइसकेको गहुँको बालीमा क्षति पुर्याएको थियो । मध्य र पूर्वी भारतमा मार्च महिनाको तेस्रो र चौँथो साता औसत भन्दा करिब दोब्बर पानी परेको थियो । महिनाको सुरुतिर भारी वर्षाले राजस्थान, हर्याणा र उत्तर प्रदेशमा लगाइएको तोरी र आलु नाश गरेको थियो । उत्तर प्रदेशका ३५ जिल्लामा मात्रै मार्च महिनाको मध्य तिर आएको असिना र भारी वर्षाका कारण करिब भारू २.५५ अर्ब (३ करोड ३६ लाख डलर) बराबरको बालीमा क्षति पुगेको थियो । यसका कारण ५ लाख भन्दा बढी किसानहरू मारमा परेको एक निजी मौसम पूर्वानुमान संस्था स्काईमेटको रिपोर्टमा उल्लेख गरिएको छ । जलवायु परिवर्तन हालैका वर्षहरूमा जलवायु परिवर्तनका कारण हुने गरेको असाधारण वर्षाले भारतका कृषकहरूको पिडा झन् थपेको छ । वर्षाको समय र मात्रामा आएको परिवर्तनका कारण बाढी, पहिरो र खडेरी जस्ता चरम मौसमी घटनाहरू घट्ने मात्र नभइ बेमौसमी वर्षा र खडेरीका कारण अन्न उत्पादनमा समेत असर पर्ने भारतीय मौसम विभागका अध्ययनहरूले देखाउँछन् । उदाहरणका लागि सन् २०१५ को मार्चमा मा भारी वर्षा र असिनाले उत्तर भारतमा हिउँदे बालीमा ठूलो असर पारेको थियो । कोरोना भाइरसको प्रकोप सुरु हुँदा भारतका साना किसानहरू लगातर दुईवटा असफल बालीको मार झेल्दै थिए । किसानहरूले हालै भोग्नु परेको घाटा सन् २०१९ को गृष्म यामको घाटा पश्चात् आइ लागेको छ । गत वर्षको मनसुन एकदमै असाधारण थियो । जुन र जुलाईमा पानी परेन भने अगस्ट र सेप्टेम्बरमा भारी वर्षा भयो र यसका कारण विशेष गरी साना किसानहरू मर्कामा परे । धान र भटमासको उत्पादन १२ प्रतिशतले झरेको स्काईमेटको रिपोर्टले देखाएको छ । यो वर्षको कुरा गर्ने हो भने, ‘ उत्तर प्रदेशमा हिउँदे बालीले अपूरणीय क्षति भोगिसकेको छ’, किसान जागृति मञ्च कृषक संघका सुधीर पनवार भन्छन् । कोभिड–१९ को कहर अहिले आएर किसानहरू कामदारको कमी, घट्दो मूल्य र बजारमा सीमित पहुँच जस्ता समस्याहरू झेलिरहेका छन् । उचित योजनाबिना नै बन्दाबन्दी गरिएकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू आत्तिए र यसका कारण सन् १९४७ मा भारत र पाकिस्तान छुटिँदाको झल्को दिने गरी मानिसहरू धमाधम घरतिर लागे । यसका कारण खेतमा काम गर्ने मानिसको सङ्ख्यामा ठूलो कमी आयो । पश्चिमोत्तर भारतमा धेरै जसो काम मेसिनबाट हुने भए पनि किसानहरू अन्न ओसारपसार गर्न मौसमी कामदारहरूमा निर्भर हुन्छन् । चालकहरू नपाएर मेकानिकल हार्भेस्टर चलाउन समेत गाह्रो भएको छ । देशको अन्य भूभागहरुमा दग्ध प्रशोधन गर्ने उद्योगहरूमा र गोदामहरूमा समेत कामदारको अभाव देखिएको छ । टुटेका आपूर्ति शृङ्खलाहरू बन्दाबन्दीको हप्तौँपछि सम्म पनि देशभरका आपूर्ति शृङ्खलाहरूमा अझै पनि अवरोध छ । राज्यहरूको सिमानामा हजारौँ मालबाहक सवारीहरू अड्किएका छन् । उनीहरूलाई अघि बढ्ने आदेश दिइएको छ तर त्यसको कार्यान्वयन भएको छैन । गाईवस्तुलाई खुवाउने दानाको आपूर्ति पनि कम छ र यसका कारण किसानहरू थप मर्कामा परेका छन् । ‘बजारमा कुखुराको मासुको आपूर्ति नै छैन किनभने गजिपुर मण्डी (थोक बजार) बन्द छ,’ दिल्ली बाहिर रहेको नोयडा शहरका पसले इद्रिस मोहम्मदले भने । गजिपुर बजार भारतको राजधानी क्षेत्रको सबैभन्दा ठूलो थोक बजार हो । ‘हामीले कुखुरा पाल्ने किसानहरूले कुखुराहरूलाई ओसारपसार गर्न नपाएकाले गाडेको रिपोर्ट हामीले सुनेका छौँ,’ मोहम्मदले भने । आपूर्तिमा समस्याका कारण किसानहरूले आफ्नो उत्पादनका लागि पाउने मूल्य ह्वात्तै घटेको छ । महाराष्ट्रमा कृषकहरूले आफ्नो गोलभेँडाका लागि प्रति किलो भारू २ मात्र पाएका छन्, पन्जाबमा तरकारीको भाउ भारु १२ बाट भारु १ प्रति किलोमा झरेको छ । तमिलनाडूमा भारू ४८ प्रति दर्जन पर्ने अण्डाको भाउ भारू २४ मा झरेको छ । हाल देशमा विद्यमान स्थितिका बारेमा कृषि अर्थविद् देविन्द्र शर्मा भन्छन्, ‘ बन्दाबन्दीको अवस्थामा कृषि गर्न सकिन्नँ । अरू उद्योगमा जस्तो सटर बन्द गरेर तीन महिना पछि फेरि खोल्छु भन्न मिल्दैन । कृषि निरन्तर गरिनु पर्ने कार्य हो । यसमा तल झार्ने सटर हुँदैन । ‘ ‘बन्दाबन्दीका कारण तरकारी कृषकहरूमा सबैभन्दा बढी असर परेको छ,’ शर्माले भने । ‘आपूर्ति शृङ्खला चलायमान गर्ने अत्यावस्यक भइसकेको छ’, उनले भने । कृषि अभियन्ता रमनदिप सिंह मन का अनुसार तरकारी कृषकहरूले आफ्नो बाली उखेलेका छन् किनभने उनीहरूको उत्पादन किन्ने कोही छैन । ‘यस्ता दृश्यहरू भारतभर देखिन्छन्,’ मनले ट्विटरमा भने । ‘आपूर्तिमा समस्या भएन तर माग र आपूर्ति शृङ्खलामा समस्या आयो ।’ यथेष्ट भण्डारण छ समस्याहरूका बाबजुद भारतमा निकट भविष्यमा खानेकुराको अभाव नहुने देखिन्छ । सन् २०१९-२० मा भारतमा २९ करोड २० लाख टन खाद्यान्न उत्पादन हुने प्रक्षेपण गरिएको छ । आधिकारिक तथ्याङ्कका अनुसार मार्च महिनामा सरकारी खाद्य संस्थानसित ८ करोड ८० लाख गहुँ र धान मौज्दात रहेको छ । भारतसित २ करोड १० लाख टन खाद्यान्न ‘बफर’ मौज्दातमा (‘अपरेसनल’ मौज्दात र सामरिक मौज्दात जोडेर ) छ । त्यस्तै गरिबका लागि प्रोटिनको महत्वपूर्ण स्रोतको रुपमा रहेको दालको २२ लाख ५० हजार टन मौज्दात रहेको छ । देशसित आफ्नो नागरिकहरूलाई एक वर्षसम्म खुवाउन पुग्ने अन्न छ । तर पाकिस्तान र बङ्गलादेशमा अवस्था त्यति सहज छैन । तर दक्षिण एसियाका सबै देशहरूमा वर्षाका कारण बाली नास भएको र उत्पादनको उचित मूल्य नपाएका कारण ग्रामीण घरधुरीको आयमा कमी आउने देखिन्छ । भारतका ८० प्रतिशत किसानसँग सीमित जमिन र स्रोत छ र उनीहरू यस्तो झट्टका सहन सक्दैनन् । महामारीको समयमा स्वास्थ्यका लागि अनपेक्षित खर्च गर्नु पर्ने स्थिति सिर्जना भएमा उनीहरू फेरि गरिवीको रेखा मुनि धकेलिन सक्छन् । अन्तराष्ट्रिय श्रम सङ्गठनका अनुसार कोभिड-१९ का कारण संसारभर १९ करोड ५० लाख मानिसहरू बेरोजगार हुन सक्छन् । ‘भारतमा करिब ९० प्रतिशत जनता अनौपचारिक क्षेत्रमा काम गर्ने भएकाले अनौपचारिक अर्थतन्त्रमा काम गर्ने ४० करोड मानिस सङ्कटका कारण गरिवीमा अझै डुब्ने देखिन्छ’, अन्तराष्ट्रिय श्रम सङ्गठन भन्छ । थप पढ्नुहोस् आलेख वन्यजन्तु ‘नयाँ रंगिला’ को उद्धारसँगै अर्को वन्यजन्तु विवादतर्फ नेपाल आलेख ब्रह्मपुत्र नदी बाढीसित एक्लो लडाइँ लड्छन् असामका जनजाति आलेख वन्यजन्तु वन्यजन्तु बने भुटानी कृषकहरूका लागि चिन्ता आलेख एक्वाकल्चर गङ्गटा ह्याचरीको विस्तारले बङ्गलादेशमा जगायो आशा र आशङ्का आलेख खानी उत्खनन् अछ्रो थरको नुन खानीका कामदारलाई गरिवीले दिएको घाउ आलेख पानी अभाव चीनमा अन्तर्देशीय नदीहरूको डाइभर्सन छलफलले उब्जाएका नयाँ चिन्ता शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय