जंगल

नेपालका वनमा भेटियो कार्बन भण्डारणका सम्भावनाहरू पछ्याउने नयाँ बाटो

नेपालभरिका वनहरूको एक अध्ययनले रुखका प्रजातिहरूको विविधताभन्दा तिनीहरूको लम्बाइ र घनत्वले वनको कार्बन सोस्न सक्ने क्षमता निर्धारण गर्ने देखाएको छ ।
नेपाली
<p>अनुसन्धानले कुनै पनि वनका रुखहरूको आकारमा भएको विविधताले त्यसको कार्बन सोस्न सक्ने क्षमतालाई कसरी बढाउँदछ भन्ने देखाएको छ । तर, अग्ला रुखहरूको भने आफ्नै मौलिक कार्बन सोस्ने क्षमता हुने गर्दछ । [तस्बिर : अलामी] </p>

अनुसन्धानले कुनै पनि वनका रुखहरूको आकारमा भएको विविधताले त्यसको कार्बन सोस्न सक्ने क्षमतालाई कसरी बढाउँदछ भन्ने देखाएको छ । तर, अग्ला रुखहरूको भने आफ्नै मौलिक कार्बन सोस्ने क्षमता हुने गर्दछ । [तस्बिर : अलामी]

कार्बन संचितीकरण गर्न र वायुमण्डलमा जलवायु परिवर्तनका असरकाे मात्रा घटाउन वनको प्रयोग गर्ने उद्देश्यका साथ तयार पारिएका धेरैजसो वृक्षारोपण परियोजनाहरूमा विभिन्न प्रजातिका चाँडै हुर्कने बिरुवाहरू रोपिन्छन् । केही समयपछि ती बिरुवाहरू एउटै लम्बाइका हुन पुग्छन् ।

तर हालै आएर नेपालमा कार्यरत एक टोलीले विभिन्न प्रजातिका थुप्रै रुखहरू रोप्नुको सट्टा होचा र अग्ला रुखहरूको समिश्रण गरिएमा वनको कार्बन भण्डारण गर्न सक्ने क्षमता अझ बढाउन सकिने सुझाव दिएको छ ।

कुनै पनि वनको कार्बन सोस्न सक्ने क्षमताका लागि त्यसका कुनकुन गुणहरू महत्त्वपूर्ण हुन्छन् भन्ने अध्ययन गर्न नर्वेको बर्गेन विश्वविद्यालय र काठमाडौँमा रहेको फरेस्ट एक्सनका अध्येताहरूले नेपालका पहाडी क्षेत्रमा रहेका छ वटा संरक्षित र असंरक्षित क्षेत्रहरूमा छरिएका ५३० वटा प्लट जग्गामा फैलिएका वनको विश्लेषण गरेका थिए । उनीहरूले वनमा रहेको जैविक विविधतासँगै रुखका आकारहरूको पनि अध्ययन गरेका थिए ।

‘हामी वनले कसरी कार्बन सोस्ने गर्छ र वनलाई कार्बन सोस्न के ले मद्दत गर्छ भन्ने जान्न चाहन्थ्यौँ,’ अध्ययनका लेखक तथा फरेस्ट एक्सनका सोधकर्ता लीलानाथ शर्माले बताए । टोलीले अध्ययन गरेका वनहरूमा रहेको कुल जैविक तत्त्व (बायोमास)को अनुमान गरेर त्यसले भण्डारण गरेको कार्बनडाइअक्साइडको आकलन गरेको थियो । ‘हामीले वनैपिच्छे कार्बनको मात्रा फरक रहेको पायौँ । असंरक्षित वनहरूको तुलनामा संरक्षित वनहरूमा कार्बन भण्डारण बढी भएको पाइयो ।’

अझै आश्चर्यजनक त के छ भने कुनै पनि वनमा रहेका रुखहरूमा घनत्व, आकार र मोटाइमा रहेको विविधताले कार्बनको भण्डारण क्षमतालाई जैविक विविधतासम्बन्धी आयामहरूभन्दा बढी टेवा पुर्‍याउँदछ । ‘निस कम्प्लिमेन्टारिटी’ भनिने एउटा प्राकृतिक प्रक्रियालाई हेरेर यसो किन भयो भनेर भन्न सकिन्छ ।’

कुनै रुखहरू धेरै माथिसम्म फैलिन्छन्, कुनै ठिक्क उचाइका हुन्छन् भने कुनै हाेचै हुन्छन् । ‘उनीहरूले आफूलाई उपलब्ध जग्गाको राम्रोसित प्रयोग गरेका हुन्छन् । यसैका कारण वनका रुखहरूमा कार्बनको मात्रा बढी हुने गर्दछ ।’

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को भूउपयोग कार्यक्रमका अनुसार नेपालमा वनले ओगटेको क्षेत्रफलमा क्रमिक रूपमा वृद्धि देखिएको छ । सन् १९९२मा देशको २६ प्रतिशत भूभाग वनले ढाकेको थियो तर सन् २०१६सम्म आइपुग्दा यो आँकडा ४५ प्रतिशत पुगेको थियो । 

अहिले विश्व बै‌ककाे वन कार्बन साझेदारी कार्यक्रमले नेपालको ६६ लाख ३० हजार हेक्टर वन क्षेत्रमध्ये एउटा सानो क्षेत्रफलमा रहेका रुखहरूको मूल्याङ्कन ४ करोड ५० लाख अमेरिकी डलर गरेको छ । कार्यक्रमअन्तर्गतको पाइलट योजना नेपालमा जैविक विविधताका दृष्टिकोणले धनी मानिने तथा बाघ र हात्तीजस्ता स्तनधारी जनावरहरूको वासस्थान रहेको तराई क्षेत्रप्रति लक्षित छ ।  वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रसङ्घीय वन पुनःस्थापना कार्यक्रम (रेड) कार्यान्वयन केन्द्रका प्रमुख बुद्धिसागर पौडेलका अनुसार पाइलट परियोजनाअन्तर्गत वैज्ञानिकहरूले यसै वर्ष र त्यसपछि सन् २०२४मा छनोट गरिएको वन क्षेत्रमा भण्डारण भएको कार्बन नाप्नेछन् र सो अवधिमा कति कार्बन थपियो भनेर हिसाब गर्नेछन् । हिसाबको नतिजाका आधारमा नेपालले औद्योगिक देशहरूलाई एउटा निश्चित मूल्यमा कार्बन बेच्न पाउनेछ ।

पौडेलले भने, यो परियोजना सफल भयो भने नर्वेली-नेपाली टोलीले अध्ययन गरेका कार्बनमा धनी र उच्च भूभागमा रहेका वनमा समेत यस्तै योजना लागू गर्न सकिनेछ । कस्तो खालको वन व्यवस्थापन नीति अपनाउँदा बढी कार्बन भण्डारण गर्न सकिन्छ भन्ने जानकारीले नेपाली वन योजनाकारहरू लाभान्वित हुनेछन् ।

अध्ययनले रूखहरूको उचाइमा हुने असमानताले वनको कार्बन सोस्ने क्षमता बढाउने देखाए पनि अग्ला रूखहरूको भने आफ्नै कार्बन सोस्न सक्ने मौलिक क्षमता हुने गर्दछ । पछिल्ला अध्ययनहरूका निष्कर्षहरूलाई सम्झदै पौडेलले भने, ‘हामीले वनहरूको सर्वेक्षण गर्दा पहाडी क्षेत्रका वनहरूमा पाइने प्रतिहेक्टर कार्बन तल्लो भेगका रुखहरूमा भन्दा बढी भएको पाएका छौँ ।’ ठूला रूखहरूले साना रुखहरूको तुलनामा बढी कार्बन भण्डारण गर्दछन्, उनले भने ।

अध्ययनमा संलग्न नभएकाे, पारिस्थितिक प्रणाली तथा पर्यावरण अध्ययनका लािग अशोका ट्रस्ट (अट्री) ब्याङ्गलोरका वरिष्ठ अनुसन्धानकर्ता जगदीश कृष्णस्वामीले भने, ‘जग्गाको तहमा ठूला रुखहरूले जमिनमाथि हुने कार्बनको भण्डारणमा अरू रुखहरूले भन्दा बढी योगदान दिने गर्दछन् । ‘भूपरिधिको तहमा हेर्ने हो भने, १० देखि २० प्रतिशत अग्ला रुखहरूको नाश भएमा मात्र पनि वनको समग्र कार्बन भण्डारमा ठूलो असर पर्ने देखिन्छ ।’

शर्माले आफ्नो अध्ययनले दिएको पाठ नेपालबाहिरका वन व्यवस्थापकहरूलाई समेत उपयोगी हुने बताए । दक्षिण एसियाभरि नै वायुमण्डलमा हुने कार्बन कटौती गर्नका लागि वृक्षारोपण कार्यक्रमहरू सञ्चालन गरिँदै छन् । उदाहरणका लागि भारतको ‘काम्पा’ नीतिअन्तर्गत औद्योगिक विकासका लागि काटिने रूखहरूको सट्टा जवान र चाँडै हुर्कने रुखहरूको अन्यत्र वृक्षारोपण गरिने गरिएको छ ।

समग्रमा हेर्ने हो भने, सबैभन्दा उत्तम रणनीति भनेको आफूसित भएका प्राकृतिक वन तथा रुखहरूको संरक्षण गर्नु हो,’ शर्माले भने । ‘कुनै क्षेत्रमा भूस्खलन भएको छ भने नयाँ वृक्षारोपण एक मात्र उपाय हुन सक्छ,’ उनले थपे, ‘तर एक जना इकोलोजिस्टको नाताले म के भन्छु भने हामीले प्राकृतिक रूपमा नै वनको पुनःस्थापना गर्ने रणनीति लिनुपर्दछ ।’

कृष्णस्वामीका अनुसार, नयाँ वृक्षारोपण गरिने स्थानहरूमा विविध उचाइका रुखहरूको प्रयोग गर्ने तरिकाहरू छन् । कुनै एउटा खाली ठाउँमा वृक्षारोपण गर्नुको साटो भएका रुखहरू वरपर नै वृक्षारोपण गरेर स्खलन भएका वनहरूलाई नै संवृद्ध बनाउनतिर लाग्नुपर्ने उनको सुझाव छ । ‘तपाईँले वृक्षारोपणका लागि खाली गरिएका स्थानहरू पनि पाउनुहुनेछ । तर त्यति गरिँदा पनि केही अग्ला रुखहरू कतै पाउनुभयो भने त्यस क्षेत्रलाई पुन:स्थापना गर्न सक्नुहुनेछ,’ उनले भने ।

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)