ब्रायोनी रोवन डायलग अर्थमा आर्थिक सहायता सङ्कलन र कार्यक्रम अधिकृत हुन् । उनी सन् २०२१ मा सँस्थामा आबद्ध भएकी हुन् र बेलायतको लण्डन शहरमा बस्छिन् । उनले वारविक विश्वविद्यालयबाट अङ्ग्रेजी र युरोपेली साहित्यमा र सिटी युनिभर्सिटी लण्डनबाट अनुवादमा स्नातक गरेकी छन्। ब्रायोनीले अन्तर्राष्ट्रिय साझेदारी र इभेन्ट म्यानेजमेन्टको विकास गर्न व्यापक रूपमा काम गरेकीछन् । उनीसँग वित्त प्रवाहहरू सिर्जना गर्ने क्षेत्रको अनुभव छ र संकटको बेला गरिने आर्थिक सहायता संकलनलाई दीर्घकालीन आर्थिक स्रोतमा परिणत गर्ने अनुभव छ । ब्रायोनी अनलाइन र छापा माध्यमहरूका लागि विभिन्न लेखहरू लेख्ने गर्छिन् । साथै दुर्लभ रोगका रोगीहरूबारे जानकारी राख्ने एक वैज्ञानिक लेखकी सह-लेखक हुन्। उनी सफल जलवायु परिणाम र सकारात्मक परिवर्तनको वातावरणीय कथाहरूमा अन्तर्राष्ट्रिय कूटनीतिको भूमिकामा रुचि राख्छिन्।