क्यारोलिन होल्टम जलवायु संकटको सामना गर्नमा केन्द्रित एक रणनीतिक संचारक हुन्। उनी कोप २६ का लागि बेलायत सरकारको सञ्चार निर्देशक थिइन्। त्यस अघि उनी व्यवसायिक क्षेत्रबाट जलवायु कार्यमा केन्द्रित गठबन्धन वी मीन बिजनेसमा संचार निर्देशक थिइन् । त्यसअघि उनी द गार्जियनको सस्टेनेबल बिजनेश सेक्सनका लागि विश्वव्यापी रुपमा कन्टेन्ट प्रमुख थिइन्, जसलाई उनले बेलायत र अमेरिकामा लन्च गर्न सहयोग गरेकी थिइन् ।