डेनियल क्रेसी डायलग अर्थका महासागर सम्बन्धी क्षेत्रका सम्पादक हुन्। सन् २०२४ मा डायलग अर्थमा आबद्ध हुनुअघि उनले नेचर लगायतका प्रकाशनमा दुई दशकसम्म पत्रकारका रूपमा काम गरेका थिए । उनले रसायनशास्त्र, विज्ञान र पत्रकारिताको इतिहास आदि विषयमा शैक्षिक योग्यता हासिल गरेका छन् । डायलग अर्थमा उनको रुचिका क्षेत्रहरू मत्स्य पालन, समुद्रको संरक्षण र संरक्षित क्षेत्रहरू, प्लास्टिक र अन्य समुद्री प्रदूषण, जलवायु परिवर्तन र महासागरको अम्लीयकरण र समुद्रसँग सम्बन्धित सुशासन र न्याय हुन्।