आइरिस क्वेसाडा डायलग अर्थको प्रशासक हुन् । उनी सन् २०२२ मा सँस्थामा आबद्ध भएकि हुन् । उनी लण्डनमा बस्छिन् । उनले बार्सिलोना विश्वविद्यालयबाट उड्डयन व्यवस्थापनमा स्नातक गरेकी छन् र उनीसँग वित्त र आईटी सहित विभिन्न क्षेत्रहरूमा काम गरेको धेरै वर्षको अनुभव छ। उनी हाल व्यवसायिक सामाजिक उत्तरदायित्व विषयमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेकी छन् । उनी जैविक विविधताको संरक्षण, जलवायु न्याय र नागरिक अधिकारबीचको सम्बन्ध र मानसिक स्वास्थ्यमा जलवायु आपतकालीन अवस्थाको प्रभावबारे चासो राख्छिन्। उनी स्पेनी, क्याटलान र अङ्ग्रेजी भाषा बोल्छिन्।