जोन म्याकनटन सीबी अन्तर्राष्ट्रिय ऊर्जा तथा जलवायु नीतिबारे प्रभावशाली विज्ञ हुन्। उनीसँग वाणिज्य, सरकारी, प्राज्ञिक र गैर-नाफामुखी क्षेत्रहरूका विभिन्न संघसँस्थाहरूको कार्यकमितिमा रहेर सेवा गरेको व्यापक अनुभव छ। उनले लामो समय संयुक्त अधिराज्य बेलायतको ईनर्जी फर द यूके नामक सँस्थामा महानिर्देशक लगायत विभिन्न ओहदामा रही सेवा गरे । त्यसपश्चात्, जोनले एक ऊर्जा क्षेत्रको कम्पनीमा पाँच वर्ष काम गरे । यहाँ उनले कम्पनीको विश्वव्यापी जलवायु परिवर्तनबारे पैरवीसम्बन्धी कार्यक्रम विकास गर्नुका साथै यसको नेतृत्व समेत गरे । अन्तर्राष्ट्रिय तहमा समेत उनको व्यापक अनुभव छ । उनी अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी नामक सँस्था र विभिन्न मुलुकहरूको ऊर्जा नीतिहरूको वार्षिक मूल्यांकन गर्ने सँस्था विश्व ऊर्जा परिषद ट्रिलेम्माको समेत अध्यक्ष रहिसकेका छन् । जोन ऊर्जा तथा जलवायु सम्बन्धी विभिन्न संस्थाहरूमा प्राज्ञिक सल्लाहकार समितिहरूमा रहेका छन् । उनी ऊर्जा र जलवायुका विषयहरूमा विभिन्न लेखहरू प्रकाशन गर्नुका साथै प्रवचनहरू पनि दिन्छन् ।
जोन हाल जोइन्ट इन्स्टिच्युट फर स्ट्राटेजिक ईनर्जी एनालिसिस र ग्रान्थम इन्स्टिच्युटमा सल्लाहकार परिषदमा सदस्य छन् । उनी हिथ्रो विमानस्थलको लागि सस्टेनेबिलिटी एण्ड अपरेशनल रिस्क कमिटिको एक स्वतन्त्र गैर-कार्यकारी निर्देशक तथा अध्यक्ष पनि हुन् । थेम्स फ्रीपोर्ट गभर्निंग बोर्डको सदस्य हुन् । र, द ग्रीन पर्पोजेज नामक कम्पनीको ट्रस्टी हुन् । सन् २०२२ सम्म उनी जलवायु समूह नामक सँस्थाको अध्यक्ष थिए । साथै उनी यूकेका ऊर्जा कम्पनीहरूमा महिला सञ्चालक पदाधिकारीको संख्या बढाउने अभियान चलाएको सँस्था पावरफुल विमेनको संस्थापक कार्यसदस्य पनि हुन् । उनी क्लिन ग्रोथ लिडर्स नेटवर्क, ऊर्जा संस्थान, ग्लोबल फेडरेशन अफ कम्पिटिटिभनेस काउन्सिल, जेम्स हटन इन्स्टिच्युट, जापानको ऊर्जा अर्थशास्त्र संस्थान र अन्तर्राष्ट्रिय उत्सर्जन व्यापार संघको मानार्थ फेलो पनि हुन् ।