लुइसियाना लुशले सरकारी, निजी, गैरसरकारी संस्था र शैक्षिक संगठनहरूमा वरिष्ठ स्तरमा समावेश भएर विश्वव्यापी स्वास्थ्यमा ३० वर्षसम्म काम गरेकी छिन् । उनले विश्वव्यापी स्वास्थ्य नीतिमा विद्यावारिधि गरेकी छिन् र हाल बिल र मेलिन्डा गेट्स फाउन्डेसन, ग्लोबल फन्ड, विश्व बैंक र डब्ल्यूएचओ सहित संगठनात्मक रणनीति र प्रभावको मूल्यांकनमा बहुआयामिक र अन्तर्राष्ट्रिय टोलीहरूको नेतृत्व गर्ने परामर्शदाताको रूपमा काम गर्छिन्। पहिले उनले संसारका विभिन्न ठाउँमा बसेर काम गरिन् । तर अहिले उनी जैविक विविधतायुक्त चरन र वनक्षेत्रलाई सघाउ पुर्याउने दिगो खेती प्रणाली अभ्यास गर्ने एक कृषि फार्मको सञ्चालन गरेर लण्डन र डेभोनमा बस्छिन् । उनी डेभन र समरसेटमा पहाडहरूमा हिंड्न मन पराउँछिन् र हालै जंगलका खोलानालामा पौडी खेल्न सिकेकी छिन्।