नील सिम्पसन सन् २०२३देखि डायलग अर्थका सहायक सम्पादकको काम गरिरहेका छन् । उनी लण्डनमा बस्छन् । उनले सन् २००९ मा अङ्ग्रेजी विषयमा स्नातक गरेका थिए । त्यसबेलादेखि नै मुख्यतया शिक्षण र पत्रकारिताको भूमिकामा काम गरेका छन्। नील विशेष गरी पर्यावरणीय सक्रियतामा रुचि राख्छन् । उनले सन् २०२०मा बैंक ग्रीन नामको अभियान समूहको सह-स्थापना गरे । उनका चासोका अन्य क्षेत्रहरूमा पुनरुत्पादक कृषि, वर्षावन, र मानवजातिले बाँकी प्राकृतिक संसारसँग आफ्नो सम्बन्ध पुनर्निर्माण गर्न सक्ने तरिकाहरू समावेश छन्।