रेजिना ल्याम डायलग अर्थमा महासागर र विशिष्ट परियोजनाहरूमा सहायक सम्पादक हुन्। उनी लण्डनमा बस्छिन् । उनी डायलग अर्थमा सन् २०२१ मा आबद्ध भएकी हुन् । यस अघि उनले हङकङका प्रमुख अखबारमा काम गरिसकेकी थिइन् र बीबीसी वर्ल्ड सर्भिसका लागि पनि रिपोर्टिङ गरेकी थिइन् । । उनले किङ्स कलेज लण्डनबाट विश्व मामिलामा स्नातकोत्तर गरेकी छन् । रेजिना विश्वव्यापी समुद्री शासन, पर्यावरणीय न्याय र वातावरणीय पत्रकारितामा राम्रो अनुसन्धान र कथावाचन कसरी गर्न सकिन्छ भन्ने विषयमा रुचि राख्छिन् । उनी क्यान्टोनीज (चिनिया), म्यान्डरिन(चिनिया) र अङ्ग्रेजी बोल्छिन्।