विचार : हिन्दुकुश हिमालयको जैविक विविधता संरक्षणको समीक्षा विश्व वातारवरण दिवसको अवसरमा हिन्दुकुश हिमालय क्षेत्रको संवेदनशील पारिस्थितिक प्रणाली र त्यसमा निर्भर सबैको संरक्षण गर्ने प्रयासहरुबारे इसिमोडका विज्ञहरुको मूल्याङ्कन नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। नेपालको राष्ट्रिय र उत्तराखण्डको राज्यपन्छी डाँफे हिन्दुकुश हिमालयको विशाल जैविक विविधताको प्रतीक हो । जलवायु परिवर्तनलाई रोक्न र यस क्षेत्रका लाखौं मानिसको जीविकोपार्जन र हितको सुरक्षाका निम्ति जैविक विविधताको विनाशलाई रोक्नु अति महत्वपूर्ण छ । (तस्बिर ः हीरा पन्जाबी÷अलमी) सुनिता चाैधरी, नकुल क्षेत्री, िवराज अधिकारी जुुन 4, 2021April 10, 2022 जीवन सम्भव बनाउने प्रक्रियाहरुको आधार जैविक विविधता— पारिस्थितिक प्रणाली, प्रजाति र अनुवंशहरुको विविधता हो । जैविक विविधता हाम्रो जीविकोपार्जन र अर्थव्यवस्थाको आधार पनि हो । कम्तीमा विश्वको अर्थव्यवस्थाको ४० प्रतिशत र गरिबहरुको ८० प्रतिशत आवश्यकता जैविक स्रोतबाट पूर्ति हुन्छ । हिन्दुकुश हिमालयमा प्रायः ग्रामीण समुदाय आफ्नो दैनिक जीवन र समग्र हितका लागि प्राकृतिक वातावरण र स्वस्थ पारिस्थितिक प्रणालीले प्रदान गर्ने विविध फाइदा (पारिस्थितिक प्रणाली सेवा)मा आश्रित हुन्छन् । उदाहरणका लागि, पूर्वी नेपालको माईपोखरी सिमसार क्षेत्रमा ९४ प्रतिशत घरपरिवार खाना पकाउन र तताउन काठको इन्धन र पशुका लागि घाँसपात निर्भर ८८ प्रतिशत घरपरिवार छन् । ५३ प्रतिशत घरपरिवारले पशुका लागि बिछ्याउने सामग्री र कृषिका लागि मलका रुपमा पातपतिङ्गर प्रयोग गर्छन् । पवित्र माईपोखरी (मदर पोन्ड)सँग जोडिएका आध्यात्मिक मूल्यमान्यता उत्तिकै महत्वपूर्ण छन् । ९० प्रतिशतभन्दा बढी घरपरिवार भन्छन्, ‘हाम्रो समग्र हितका लागि यो महत्वपूर्ण छ ।’ यद्यपि जैविक विविधताको विनाशको गति स्तब्ध बनाउने खालको छ । मानव इतिहासको कुनै पनि समयमा भन्दा द्रुत गतिमा जैविक विविधता ह्यस अाएकाे र प्रजातिकाे लाेप ‘प्राकृतिक’ दरभन्दा अनुमानित हजार गुणा बढीकाे दरले बढिरहेको हुँदा हामी छैटौं सामूहिक लोपको सङ्घारमा छौं । जलवायु परिवर्तनसँगै जैविक विविधताको विनाश सबैभन्दा महत्वपूर्ण वैश्विक वातावरणीय खतरा हो । यी दुवैले हामीले हाम्रै लागि निर्धारण गरेका दिगो विकासका लक्ष्यहरुको उपलब्धिलाई कमजोर तुल्याउन सक्छन् । Recommended जैविक विविधताको ह्रासले वातावरणीय परिवर्तन (क्लाइमेट सक), कीटाणु, हानिकारक िकरा विरूद्ध कृषि प्रणालीको लचिलोपना र जलवायु जोखिमको सामाजिक एवम् आर्थिक परिणामहरुलाई अझ जटिल बनाउँदै हाम्रो समग्र सामाजिक–पारिस्थितिकीय प्रणालीको स्वास्थ्यलाई कमजोर बनाउँदै छ । हिन्दुकुश हिमालयकाे जैविक विविधता खतरामा छ हिन्दुकुश हिमालयले विभिन्न गम्भीर वातावरणीय खतराहरुको सामना गरिरहेको छ । यो क्षेत्र जलवायु परिवर्तनको केन्द्र हो । र जलवायु प्रकोप एवम् जोखिमहरुको केन्द्र । विशेषगरी खस्किँदो सिमसार, वनविनाश, वन विखण्डन, पहिरो, क्षयीकरण र प्राकृतिक संसाधनहरुको अत्यधिक दोहनले यो क्षेत्रको स्थलीय (टेरेस्ट्रियल) र फ्रेसवाटर पारिस्थितिकीय प्रणालीमा नकारात्मक असर परेकाे छ । उदाहरणका लागि, चीनको पूर्वी चिङहाई–तिब्बती पठारको जोइ सिमसार जस्ता उचाइमा रहेका सिमसारका ठूला क्षेत्र जलवायू परिवर्तन र कृत्रिम जलनिकासदेखि आंशिक क्षयग्रस्त वनस्पति वा जैविक पदार्थको सञ्चयबाट बन्ने पिटको अत्यधिक दोहन र चरीचरणसम्मका मानवीय गतिविधिका कारण नष्ट वा कमसल भएका छन् । यी कारणले प्रत्यक्ष एवम् अप्रत्यक्ष किसिमले धेरै क्षेत्रमा जैविक विविधताको ह्रास, घट्दो उत्पादकत्व र मरूभूमीकरणमा योगदान पु¥याइरहेका छन् । हिन्दुकुश हिमालय (एचकेएच) अझै पनि उच्च जैविक विविधता भएको क्षेत्र हो । आइयुसिएन रेड सूचीका अनुसार जङ्गलबाट लोप हुन एक कदम टाढा रहेका गम्भीर रुपमा सङ्कस्टग्रस्त तीन सय प्रजाति हिन्दुकुश हिमालय क्षेत्रका देशहरुमा बसोबास गर्छन् । यीमध्ये करिब ८० प्रतिशत प्रजातिको सङ्ख्याले घट्दो प्रवृत्ति देखाउँछ । १८ प्रजातिको स्थिति अज्ञात छ । र गम्भीर रुपमा लोपोन्मुख प्रजातिहरुको दुई प्रतिशतको सङ्ख्या मात्र वृद्धि भइरहेको छ । जैविक विविधता लक्ष्यहरुको मूल्याङ्कन तैपनि क्षति रोक्न र यस क्षेत्रको जैविक विविधता संरक्षण गर्ने प्रयास भइरहेकाे छ । आठ एचकेएच देश (अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान) संयुक्त राष्ट्रको जैविक विविधता सम्मेलन (सिबिडी)का पक्ष हुन् । उनीहरु जैविक विविधताका लागि रणनीतिक योजना (२०११–२०२०) लागू गर्न प्रतिबद्ध छन् । सन् २०१० मा जापानको आइची प्रान्तमा आयोजित संयुक्त राष्ट्र जैविक विविधता शिखर सम्मेलनमा पारित जैविक विविधताका लागि रणनीतिक योजना बृहत् विश्वव्यापी फ्रेमवर्क हो । त्यहाँ २० महत्वकाङ्क्षी तर हासिल गर्न सकिने लक्ष्यहरु राखिएका छन्, जुन आइची जैविक विविधता लक्ष्यका रुपमा बढी चिनिन्छन् । सिबिडीको ग्लोबल बायोडाइभर्सिटी आउटलुकको पाँचौं संस्करण (जिबिओ५)ले २० मध्ये कुनै पनि लक्ष्य विश्वस्तरमा पूर्ण रुपमा हासिल नभएको देखाएको थियो । छ ओटा लक्ष्य भने आंशिक रुपमा हासिल भएको थियो । एचकेएच देशहरुले सिबिडी सचिवालयमा पेस गरेका रिपोर्टले अन्य देशका तुलनामा राम्रो गरेको देखाउँछन् । बङ्गलादेश र पाकिस्तानबाहेक प्रायः एचकेएच देशले सन् २०१५ को अन्तिम समयसीमाअगावै आफ्ना राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना (एनबिएसएपी) पेस गरेका थिए । कार्यान्वयन अन्तर्राष्ट्रिय वित्तीय सहयोगमा अत्यन्तै निर्भर छ भर्खर भएको नीति संवाद र समीक्षाले हिन्दुकुश हिमालय क्षेत्रको जैविक विविधता संरक्षणमा केही प्रगति भएको देखाएकाे छ । संरक्षित क्षेत्रको घोषणाको विश्वव्यापी लक्ष्य भनेको कम्तीमा १७ प्रतिशत स्थलीय (टेरिस्ट्रियल) र अन्तस्र्थलीय (इनल्यान्ड) जल क्षेत्रहरु (विशेषगरी जैविक विविधता र पारिस्थितिकीय प्रणाली सेवाका लागि विशेष महत्व राख्ने क्षेत्रहरु) प्रत्येक देशको कुनै न कुनै किसिमको संरक्षणमा ल्याउने हो । भुटानले यस लक्ष्यलाई पार गरिसकेको छ । भुटानकाे संरक्षित क्षेत्रहरुले देशको ५१.४४ प्रतिशत भुभाग अाेगट्छ, जुन २०१० को २८.३ प्रतिशतबाट बढेको हो । नेपालले आफ्नो संरक्षित क्षेत्र सन् २०१० को १७ प्रतिशतबाट बढाएर २३.३९ पु¥याएको छ । केही अन्य लक्ष्य आंशिक रुपमा पूरा भएका छन् । जिन बैङ्कहरु स्थापना गरिएका छन्; कृषि जैविक विविधताको अभिलेखीकरण र व्यवस्थापनमा सुधार भएको छ; प्रोत्साहनमा आधारित उत्तम संरक्षण कार्यक्रम र रणनीतिहरु लागू गरिएका छन् । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले सन् २०२० मा चाैरीको ‘जर्मप्लाज्म’ आदानप्रदान कार्यक्रम समन्वय ग¥यो । उक्त कार्यक्रममा भुटान सरकारले नेपाललाई दुई ओटा र भारतलाई एउटा चाैरी हस्तान्तरण ग¥यो । तर एचकेएच देशहरुले १० ओटा आइची लक्ष्यहरु कुनै अर्थपूर्ण हदसम्म प्राप्त गर्न सकेका छैनन् । पारिस्थितिकीय प्रणाली सेवा र पारिस्थितिकीय लचिलोपनाको राष्ट्रिय र विश्वव्यापी सूचकहरुबीचका भिन्नता समस्या हुन् । त्यस्तै जैविक विविधता र सिबिडीमा गरिएका प्रतिबद्धताहरुको महत्वबारे जागरूकताको अभाव पनि अर्को समस्या हो । मुख्यरुपमा कार्यान्वयन अन्तर्राष्ट्रिय वित्तीय सहयोगमा अत्यन्तै निर्भर छ । र यस्तो सहयोग आइरहेको छैन । लामो द्वन्द्व, राजनीतिक अस्थिरता र यस क्षेत्रका अस्थिर सरकारहरु पनि सिबिडी कार्यान्वयनमा प्रमुख बाधक बनेका छन् । आउँदो दशक जैविक विविधताका लागि महत्वपूर्ण जैविक विविधता संरक्षण र पुनःस्थापना लक्ष्य नवीकरण गर्न यो वर्ष महत्वपूर्ण छ । विश्व पर्यावरण दिवसमा युएन डिकेड अन रेस्टोरेसन २०२१–२०३० को सार्वजनिकीकरणसँगै यसै वर्षको अक्टोबरमा चीनको कुनमिङमा हुन लागेको सिबिडीको १५औं शिखर सम्मेलनमा जैविक विविधताका लागि २०२० पछिको रणनीतिक योजनामा विश्वका नेताहरु सहमत हुने अपेक्षा छ । Recommended २०२१–३० को जैविक विविधता फ्रेमवर्क कार्यहरु (एक्सन्स)का लागि एक विश्वव्यापी रुपरेखा हुनेछ । यसले देशको प्रतिबद्धता, योजना, कार्य र जैविक विविधता संरक्षण, यसको दिगो प्रयोग र लाभको निष्पक्ष र न्यायोचित बाँडफाँटलाई मार्गदर्शन गर्दछ । अहिले विश्वप्यापी रुपमा भइरहेको जैविक विविधताको क्षति रोक्न र हाम्रो हित अनि दिगो विकासका लागि जैविक विविधताको महत्वलाई पुनः जोड दिन यस फ्रेमवर्कमा सम्मति हुनु र यस फ्रेमवर्गप्रति प्रतिबद्धता हुनु महत्वपूर्ण छ । संरक्षित, व्यवस्थित, दिगो र समतामूलक रुपमा प्रयोग गरियो भने जैविक विविधता जलवायु परिवर्तन, खाद्य र पानी सुरक्षा र उदाउँदो सङ्क्रामक रोगलगायत थुप्रै विश्वव्यापी चुनौतीहरुको मुख्य समाधानहरुमध्ये एक हुनेछ । जैविक विविधता र दिगो विकासको लागि परिवर्तनकारी पहल कृषि जैविक विविधताको संरक्षण र खाद्य असुरक्षा र कुपोषणलाई सम्बोधन गर्न परिवर्तनकारी पहल आवश्यक हुन्छ । त्यस्तै, दिगो वन व्यवस्थापन र मत्स्यपालनलाई प्रोत्साहन गर्नु पनि आवश्यक छ । यस्का लागि विभिन्न सरोकारवालाहरु बीच सहकार्य र सहयोग आवश्यक छ । बृहत्तर क्षेत्रीय सहयोग र सीमापार ट्रान्सबाउन्ड्री भूपरधि पद्धति (ल्यान्डस्केप अप्रोच)को विस्तारले संरक्षण र सबै क्षेत्रमा जैविक विविधताको दिगो उपयोगमा सहयोग पु¥याउन सक्छ । जैविक विविधता विनाश रोक्न , गरिबीको अन्त्य गर्न र मानवीय हितलाइ वढावा दिन लागि भूपरिधिको पुनः स्थापना गर्न हिन्दु कुश हिमालयका देशहरुले मिलेर काम गर्नु आवश्यक छ । थप पढ्नुहोस् आलेख जैविक विविधता Can the global economy support nature? आलेख जैविक विविधता Communities protect Amur falcons in India despite pandemic hardships आलेख संरक्षण New plan may finally save India’s vultures आलेख जैविक विविधता Opinion: Cooperate to save biodiversity in Hindu Kush Himalayas आलेख स्वास्थ्य नेपालमा सफा शौचालय संभव छ तर भविष्य यसभित्रकाे राजनीतिले निर्धारण गर्नेछ आलेख हिमालय अबिच्युअरी: हिमालय बचाउ अभियान्ताकाे आजीवन सङ्घर्ष आलेख वायु प्रदूषण वायु प्रदूषणका कारण भारतको कोभिड समस्या थप जटिल आलेख जैविक विविधता किन बढिरहेको छ नेपालकाे बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ आक्रमण ? शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय