समीक्षाः प्राप्त ज्ञानमाथि पुनर्विचार गर्न झक्झक्याउँछ अमिताभ घोषको कथाले निषेधित शिखरहरू चुम्ने गलत सुझावसहित तीव्ररुपमा वातावरणीय ध्वंसतर्फ हतारिइरहेको मानवताबारे अमिताभ घोषले ‘महापर्वत’मा धारिलो कथा लेखेका छन् । नेपाली नेपाली हिन्दी English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। तिब्बती पठारमा अवस्थित हिउँले ढाकिएको कैलाश पर्वतको अगाडिपट्टि सजाइएका ध्वजापताका । यस हिमाललाई विश्वकै पवित्र क्षेत्र मानिन्छ र यसमा आरोहण गर्न प्रतिबन्धित छ । (तस्बिरः अलामी) ओमर अहमद जुलाई 4, 2022July 11, 2022 अमिताभ घोषको पछिल्लो पुस्तक ‘ लिभिग माउन्टेन : अ फेवल अफ आउर टाइम ‘ले सहज प्रतिक्रियालाई उपेक्षा गर्दछ । सामान्यतया कुनै समीक्षा गर्दा सो पुस्तकले के हासिल गर्न खोजेको छ, लेखकले सो काम कसरी गर्ने प्रयास गरेका छन् र त्यसमा सफलता मिलेको छ कि छैन भन्ने मूल्यांकन गरिन्छ । तर, ३५ पृष्ठको पातलो पुस्तिकालाई एउटा बृहत् कृतिलाई जस्तै गरी केलाउन सकिँदैन । कुनै उपन्यासमा गरिने पात्रहरूको विकास र असामान्य परिस्थितिमा सामान्य व्यक्तिले लिने निर्णयजस्ता विषयको अपेक्षा एउटा कथामा गर्न मिल्दैन ।. त्यसो भन्नुको अर्थ यो पुस्तक हल्का र सतही छ भन्ने कदापि होइन । मानवजगतले नैतिक कथा र जटिल दृष्टान्तहरूबारे हजारौँ वर्षदेखि घोत्लिँदै आएको छ । संक्षिप्त रुपमा तिनीहरू कमजोर होइन अझ सशक्त बन्दैछन् । एउटा सपनासम्बन्धी घोषको उक्त छोटो कथालाई पनि त्यसको भव्य सरलताले निकै शक्तिशाली बनाएको छ । उपनिवेशवादको वर्णन सामान्यभन्दा भिन्न एउटा पवित्र र कसैले नचढेको पर्वतको वरपर बस्ने लडाकु आदिवासीबारे लेखिएको कथा नै ‘महापर्वत’को चुरो कुरो हो । अन्ततः ती आदिवासीहरू सो पर्वत चढ्न र त्यहाँ खानी उत्खनन गर्न चाहने एन्थ्रोपोई भन्ने विदेशीहरूका नोकर बन्न बाध्य हुन्छन् । तिनै आदिवासीको सहयोगमा ती विदेशीले सो पहाड चढ्छन् त्यहाँ आफ्नो प्रभुत्व सुरु गर्छन् । एन्थ्रोपोईहरूले सो पर्वत चढेपछि पराजित जातिकै व्यक्तिहरू पनि चढ्न थाले र सो आधिपत्यमा दाबी गर्न थाले । घोष भन्छन्, “हाम्रो यस उपत्यका रक्तपातबाट लतपतियो, विगतमा एन्थ्रोपोइले हामीमाथि गरेको ज्यादतीभन्दा पनि अझ बढी हत्या र ध्वंस निम्तियो ।” विगतमा पराजित भएकालगायत विजेताहरू पनि पछि हिमाल चढ्न थाले । त्यसो हुनथालेपछि हिमाल अस्थिर हुनथाल्यो । भूस्खलन पहिराेकाे रुपमा सुरु भयो । मानिसहरू जति–जति माथि चढ्दै जान्थे, विपद् झन् झन् नजिक आउँथ्यो । तर, न आदिवासी पछि हट्थे न त एन्थ्रोपोई । घोषका कथामा उपनिवेशीकरण र दोहनकारी औद्योगीकरणको इतिहासलाई सरलरुपमा वर्णन गरिएको छ । सन् २००४ मा द हंग्री टाइड प्रकाशन गरेदेखि नै उनले यो जुम्ल्याहा विषयवस्तुलाई उजागर गरिरहेका छन् । यो कथामा कुनै सजिलो नैतिक पाठ छैन । यहाँ कसैलाई बाँकी राखिएको छैन । जसले उपनिवेश लादे, जसमाथि पहिले उपनिवेश लादिएको थियो र दिगो विकासको परामर्श दिने एन्थ्रोपोईका वैज्ञानिकहरू कसैलाई पनि छाडिएको छैन । हाम्रै पैतालामुनि विश्व गर्ल्यामगुर्लुम ढलिरहेका बेला हिमालको शिखर चुम्ने जुन प्रतिस्पर्धा भइरहेको छ, त्यसको भर्त्सना गरिएको छ । हिमालको विशाल उपस्थिति कुनै एउटा सहजै पत्ता लाग्ने ठाउँलाई पृष्ठभूमि बनाएर रचना गरिएको कृति होइन महापर्वत । तर यसमा हिमाली प्रकृतिका कैयौँ संकेत भने पर्याप्त पाइन्छन् । उनले दिएको वैकल्पिक हिन्दी शीर्षक ‘महापर्वत’ पनि त्यसको एउटा प्रस्ट संकेत हो । अर्कोचाहिँ अलि बढी मिहिन छ । थुप्रै सभ्यतामा पर्वतहरूलाई पवित्र क्षेत्र मानिन्छ भने हिमालय शृंखलाको त अझ विशिष्ट स्थान छ । उदाहरणका लागि तिब्बतमा पर्ने कैलाश पर्वतलाई बोन, हिन्दू, बौद्ध र जैन परम्परामा पवित्र क्षेत्र मानिन्छ । हिमाल चढ्नलाई प्रतिबन्ध लगाउने कुरालाई घोषको कथामा केन्द्रीय विषय बनाइएको छ, जुन कुरा अहिले भुटानले लिएको प्रतिबन्धको नीतिसँग ठ्याक्कै मेल खान्छ । विश्वकै अग्ला हिमालमध्ये केही भुटानमा पनि पर्छन् । सो मुलुकले सन् २००४ मा ६ हजारभन्दा अग्ला हिमाल चढ्न प्रतिबन्ध लगायो । सन् २००३ पछि त सबैखाले पर्वतारोहण मै बन्देज लगायो । सगरमाथामा भइरहेको व्यावसायिक आरोहणका कारण सो हिमालमा हुने झैँझगडा, वैमनष्य, त्यहाँ थुप्रिने फोहोरको डंगुर र बढ्दो खतराबाट पाठ सिकेर भुटानीहरूमा यो ज्ञान हासिल भएको देखिन्छ । Recommended Recommended वातावरणीय क्षतितर्फ उन्मुख नयाँ प्रकृतिको विकास अघि बढिरहेका बेला निर्णायक तहमा महिलाको खस्कँदो भूमिका पनि यस कथाको अर्को उल्लेखनीय पक्ष हो । इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले सन् २०१० मा प्रकाशित गरेको ‘जेन्डर प्रस्पेक्टिभ्स इन माउन्टेन डेभलपमेन्ट’ नामक अध्ययनका अनुसार हिमाली क्षेत्रमा “निकै कम र न्यूनस्तरको वन पाउँदा पनि महिला समूहहरूले अन्य समूहलाई पछाडि पारेका छन् र वन पुनर्जीवनजस्ता कार्यक्रममा उनीहरूले अरुभन्दा राम्रो नतिजा देखाएका छन् ।” एउटा कालखण्डको युगचेतनामाथि पकड आफ्नो दृष्टिकोणमा ‘महापर्वत’ संकीर्ण छैन । संसारको अन्य कुनै भागबाट उदाएको सांस्कृतिक विषयवस्तुलाई टपक्क टिपेर जसरी उनले मिहिन ढंगबाट जोड्छन्, त्यो यस रचनाको एउटा रोचक पक्ष हो । घोष निकै पढ्ने व्यक्ति हुन् । वैकल्पिक रक ब्यान्ड गोरिल्लाजले सन् २००५ मा गाएको ‘फायर कमिङ आउट अफ द मङकिज हेड’ भन्ने गीतबारे पनि उनी जानकार रहेको हुनुपर्छ । मङकी नामक पहाडको फेदीमा ‘हेप्पीफोक’ शान्त र आनन्दसँग बसिरहेका हुन्छन् तर ‘स्टेन्जफोक’को आगमनपछि त्यो शान्ति बिथोलिन्छ र उनीहरूले त्यस पहाडमा खानी उत्खनन सुरु गरेपछि आममानिसका लागि र समग्र विश्वमै अस्थिरता र विनाश सुरु हुन्छ । सो गीतजस्तै घोषको कथाले पनि हामीले रोजेको विध्वंसको एउटा प्रस्ट दृश्य देखाएको छ । तर, त्यसले एउटा सहज उत्तर भने दिएको छैन । त्यसले केचाहिँ गर्छ भने अहिलेसम्म प्राप्त ज्ञानलाई पुनः अध्ययन गर्न, हामीलाई अहिलेको यो अवस्थासम्म जसले ल्याए तिनैबाट पनि ज्ञान लिन सकिन्छ कि भनी प्रश्न गर्न, वा हामीले पहिलेदेखि अस्वीकार गर्दै आएका पुराना कथालाई फेरि एकपटक सुन्न सिक्नु पो पर्छ कि भनी घोत्लिनका लागि घच्घच्याउँछ । दुवै रचनाले हामीलाई के देखाउँछन् भने विश्वव्यापी सांस्कृतिक युगचेतनाको एउटा शक्तिशाली अंश वातावरणीय सरोकारको सेरोफेरोमा घुम्दछ । यी कथाहरूको केन्द्रमा विशाल पर्वतहरू ठिंग उभिएका छन् । सम्पादकीय नोटः यो इन्डिया टुडेको जुलाई ४ को अंकमा प्रकाशित समीक्षाको विस्तारित संस्करण हो । थप पढ्नुहोस् आलेख जनजाती Review: ‘The Nutmeg’s Curse’ challenges dominant view of development आलेख जलवायु प्रभाव Sherpas warn of growing risks of climbing Everest आलेख हिमताल From Ladakh to Everest, risk of floods from glacial lakes grows आलेख जल प्रदूषण What is the cost of Bhutan’s mining boom? आलेख नागरिक समाज बाढीले बिथोल्दा कठिन बन्दैछ विहारमा मनसुनी विवाह आलेख जैविक विविधता सगरमाथा क्षेत्र कब्जा गर्दैछन् हिमाली व्वाँसाे आलेख व्यापार रुद्राक्षको दाना जसले देखाउँछ चीनसँग नेपालको व्यापार असन्तुलनको सार आलेख खाद्य सुरक्षा नेपालकै गरिब क्षेत्रको खाद्य संकटलाई झन् गहिर्याउँदै छ जलवायु परिवर्तनले शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय