पानी उर्लँदो नदी, काकाकुल जनताः कोशी बेसिन भाग २ माथि छ हिमाल, तल छ नदी । तलमाथि पानीको वैभव, बीचका गाउँलेलाई सधैँ पानीकै अभाव । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। रमेश भुसाल जुुन 30, 2016April 10, 2022 यो आलेख चार भागको शृङ्खलाको दोस्रो भाग हो । thethirdpole.net का नेपाल सम्पादक रमेश भुसाल र फोटोग्राफर नबीन बराल कोशी नदीको विभिन्न सहायक नदीहरूको तटै–तट तिब्बती सिमानादेखि भारतीय सिमानासम्म यात्रा गरेर यो लेख तयार पाएका हुन्। सुनकोशी नदीलाई पछ्याउँदै हामी यसको किनारै–किनार नेपालको दक्षिण–पूर्वी क्षेत्रका गाउँहरू तर्फ लाग्यौँ । हिमाली भेगलाई तराइको समथर भूमीसँग जोड्ने नवनिर्मित सिन्दुली–बर्दीबास सडकमा यात्रा गर्दैगर्दा हामीले पानीको लागि यहाँका मानिसले भोगेको चरम संकट देख्यौँ । मास्तिर अग्ला हिमाल छन् र तल खोला–नदीहरू उर्लिरहेका छन् । यस्ता प्राकृतिक छटाका बीचमा बस्ने मानिसहरू खानेपानी र सिंचाईको अभावमा छटपटाइरहेका छन् । नदीहरू तल गहिरा खोँचबाट बग्छन् जहाँबाट पानी ल्याउन उनीहरूको बलबुँता भ्याउँदैन, हिमाल उनीहरूले भेट्नै नसक्ने उचाइमा छन् । छ हजारभन्दा बढी नदीमा २ खर्ब २५ अर्ब घनमिटर पानी बग्ने नेपाल विश्वमै जलस्रोतको सबैभन्दा धनी देश मध्येमा गनिन्छ । तर यो विशाल स्रोत मानिसको पहुँचभन्दा बाहिर छ । सरकारी आँकडा अनुसार, नेपालमा प्रति व्यक्ति जल उपलब्धता ८,००० घनमिटर छ, तर यसको ७ प्रतिशत मात्र उपयोग भएको छ । ‘‘हामीसँग जलप्रवाह नियमन गरेर आवश्यक ठाउँमा पानी फर्काउन पर्याप्त पूर्वाधार छैन,’’ सिंचाई मञ्त्रालयका सहसचिव माधव बेलबासेले भने । ‘केही दशक अघिसम्म चैतमा पनि यथेष्ट पानी हुन्थ्यो, र हामी चैते धान रोप्थ्यौँ । अहिले मकै रोप्न पनि पानी छैन,’ सिन्धुली जिल्ला, भिमेश्वर गाउँका भक्त बहादुर श्रेष्ठले भने । हामी पुग्दा गाउँका धारा सुकेका थिए, खेतबारीमा धाँजा फाटेको थियो र मकैका बोटहरू पानी नपाएर ओइलाएका थिए । सिंचाईको लागि गाउँलेहरू सुनकोशी नदीको सानो सहायक खोला, अधेँरी खोलामा भर पर्छन् । तर लामो खडेरीले खोलामा पानी धेरै घटेको छ । अहिले त गाउँलेहरूबीच पानीको लागि झगडा पनि हुन थालेको छ । ‘धेरैजसो बाझा–बाझ मात्रै हुन्छ । तर पानीको संकट गहिरिँदै गएपछि अहिले त हानाहान नै पर्न थालेको छ,’ भिमेश्वरका किसान नन्दराज थापा भन्छन् । यो गाउँले पानीको संकट भोगेको पहिलो चोटि भने होइन । ‘वर्षैपिच्छे पानीको संकट बढ्दैछ । आठ महिनादेखि आकाशबाट एक थोपा पानी खसेको छैन,’ जेठ महिनामा हामी त्यहँ पुग्दा उनले बताउँदै थिए । राजमार्गबाट केही घण्टा पूर्वोत्तरमा पर्ने घोकशिला गाउँका धेरै मानिस पानीको संकटले गाउँ छाडेर सहरतिर वसाईँ सर्न थालेका छन् । एक दशकअघि ९० परिवार रहेको यस गाउँमा अहिले ३५ परिवार मात्र बाँकी रहेको एक गाउँलेले द थर्डपोल डट नेटलाई जानकारी गराए । वन तथा भूसंरक्षण मञ्त्रालयमा पूर्व सहसचिव समेत रहेका त्यसै गाउँका जगदिशचन्द्र बरालले भने, ‘पानीकै समस्याले वसाईँ सर्ने क्रम बढ्दैछ । यस्तो समस्या देखिएका धेरै गाउँहरूमध्ये घोकशिला एउटा उदाहरण मात्र हो ।’ पानीको संकट सिन्धुलीमा मात्र होइन, अन्यत्र पनि देखिएको छ । यहाँबाट पूर्वतर्फको उदयपुर जिल्लामा पनि सोही समस्या छ । बेतानी गाउँकी भगवती मगरले महाभारत नामको आफ्नो सानो होटेलमा पानी ओसार्न छुट्टै मान्छे नै राखेकी छन् । ‘हामी वर्षायाममा पर्ने पानी संकलन गरेर केही महिना चलाउँछौँ । बाँकी महिनाको लागि झण्डै एक किलोमिटर पर रहेको सानो मूलमा भर पर्नुपर्छ । यहाँका लगभग १८ घरपरिवारको लागि पानीको एकमात्र स्रोत त्यही हो ।’ मूलमा पुग्दा हामीले केही केटाकेटीहरूले झण्डै–झण्डै सुकिसकेको धाराबाट पानी भर्दै गरेको देख्यौँ । तेह्र वर्षीय समिर मगर महाभारत होटलमा पानी बोक्ने काम गर्छन् । ‘बा–आमाले स्कुल पठाउन सक्दैनन् । त्यसैले म स्कुल नगएर होटलको लागि दिनभरि पानी ओसार्ने काम गर्छु ।’ यसबापत उनले महिनाको ३ हजार रुपैयाँ तलब पाउँछन् । वर्तमान समस्या राजनीतिज्ञहरूको नेपाल जलस्रोतमा धनी छ र पानीको आरक्षण गर्नु पर्दैन भन्ने भ्रमको नतिजा भएको जलस्रोतविद् दीपक ज्ञवालीको भनाइ छ । ‘पानीको कुरा गर्दा जलविद्युतमा मात्रै अत्याधिक ध्यान दिइएको पाइन्छ । दशकौँदेखि नेपालको पहाडीभेगका प्राय गाउँमा मूलहरू नै खानेपानीको एकमात्र स्रोतको रुपमा रहेपनि यसको संरक्षण गर्ने कुरामा राज्य उदासिन छ,’ पूर्व जलस्रोत मन्त्री समेत रहेका ज्ञवालीले भने । ‘हाम्रा नेताहरूले हामी जलस्रोतमा धनी छौँ भन्ने भ्रम पालेका छन् । वर्षेनी आठ महिना यहाँ खडेरी पर्छ; बाँकी चार महिना देशैभरि बाढी आउने गरि अतिवृष्टि हुन्छ । धनी बन्ने नै हो भने यो पानीलाई सदुपयोग गर्ने कार्यनीति चाहिन्छ । थप पढ्नुहोस् आलेख नदीवेसीन बस्ती छेउको नदी – कहिले मित्रु, कहिले शत्रुः कोशी बेसिन भाग ४ आलेख नदीवेसीन जलविद्युतबाट डलर कमाउने सपनाः कोशी बेसिन भाग ३ आलेख नदीवेसीन उच्च हिमाली क्षेत्रका जोखिमः कोशी बेसिन भाग १ आलेख जलवायु प्रभाव गङ्गा नदीको स्रोत सुक्दै आलेख नवीकरणीय ऊर्जा हिमालय क्षेत्रभर जलविद्युतमा तीव्र वृद्भि आलेख जलवायु अनुकूलन जलवायु परिवर्तनसँग अनुकूलन गर्न सोचेभन्दा निकै बढि खर्च हुनेछ आलेख जलवायु प्रभाव काश्मीरका घुमन्ते गोठालाहरूको लागि फोन आलेख जलविद्युत चीनको बाँध निर्माणस्थलमा: पहिरो खतराको संकेत शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय