पानी कानुन मिचेर भारतको यमुना नदीमा बन्ने लखवड बाँधलाई स्वीकृति भुकम्पको जोखिममा रहेको र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको यमुना नदीमा बन्ने अहिलेसम्मकै ठूलो बाँधका कारण लोपोन्मुख सुनौलो महाशेर प्रजातिको माछाको बाँकी रहेको वासस्थान समेत खतरामा पर्नेछ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। The area where the dam is to be built is the habitat of the endangered golden mahseer [image: Alamy] Bahar Dutt जुलाई 6, 2020April 10, 2022 भारतको राजधानी नयाँ दिल्ली यमुना नदीको तटमा पर्दछ । यमुना नदी यति प्रदूषित छ कि तल्लो तटको निकै परसम्म पनि यसलाई मृत घोषित गरिसकिएको छ । अहिले आएर जैविक विविधतामा सम्पन्न पहाडहरू छिचोल्दै बहने यमुना नदीको पहिलो १०० किमीको यात्रामा समेत विभिन्न अवरोधहरू सिर्जना गरिँदैछ । यहाँ भारी सङ्ख्यामा ठूला जलविद्युत योजनाहरू बन्दैछन् जसले नदीलाई बन्दी बनाउनेछन्, सुरुङभित्र जवरजस्ती पठाउनेछन् र तटबन्धहरू तर्फ धकेल्नेछन् । यमुना नदीमा अहिले नै ४९५ मेगावाट जडित क्षमता भएका १२ जलविद्युत परियोजनाहरू सञ्चालनमा छन् । बाँध, नदी र जनतासम्बन्धी दक्षिण एसियाली सञ्जालका हिमान्सु ठक्करका अनुसार यमुना नदीमा कम्तीमा पनि थप ५ परियोजनाहरू निर्माणको चरणमा छन् र ३१ नयाँ परियोजनाहरू प्रस्तावित छन् । जलविद्युत परियोजनाहरूको भिडमा एउटा परियोजना पृथक देखिन्छ । त्यो हो सन् २०२० को अप्रिल महिनामा भारतको राष्ट्रिय वन्यजन्तु बोर्डबाट स्वीकृति पाएको लखवड बाँध । लखवड बहुद्देश्य परियोजना (३०० मेवा) विद्युतको उच्च माग भएको बेलामा सञ्चालन गर्ने गरि प्रस्ताव गरिएको छ । उत्तराखण्ड राज्यको देहरादून जिल्लामा पर्ने लोहारी गाउँ नजिकै बनाइने यो परियोजना उत्तराखण्ड जलविद्युत निगमले निर्माण गर्दैछ । यमुना नदी अहिले आएर निकै थोरै स्थानमा प्राकृतिक रुपमा बहन्छ र यो परियोजना यस्तै क्षेत्रमा निर्माण गरिँदैछ । (फोटो: मनोज मिश्र) सन् १९८७मा दिइएको अनुमतिको आधारमा परियोजनाका प्रस्तावकहरूले निर्माण सुरु गर्ने अनुमति माग गरेका छन् । परियोजनाका कारण वातावरणमा पर्ने असर यस्ता छन् : ७६८ हेक्टर क्षेत्रफलमा फैलिएको वनको ३ लाख रुख काटिनेछ । बाह्रै महिना बहने र हिउँ पग्लिएर आउने पानी नमिसिने यमुना नदीको एक मात्र सहायक नदी अग्लारको करिब ३० किमी क्षेत्र अब परियोजनाको जलाशयमा गएर मिसिनेछ र यसका कारण तल्लो तटमा पानीको मात्र कम हुनेछ । परियोजना निर्माण गरिएमा लोपुन्मुख महाशीर र जस्ता माछाका विभिन्न प्रजातिहरू प्रचुर मात्रामा पाइने र जैविक विविधतामा धनी माथिल्लो तटमा ठूलो क्षति पुग्नेछ । गङ्गा बेसिनको वातावरणीय व्यवस्थापन योजनाको वृहत् रणनीति तयार पार्न गठन गरिएको भारतीय प्रौद्योगिक संस्थान (आई आईटी)को समूहले तयार पारेको एक रिपोर्टका अनुसार पनि माथिल्लो तट तल्लो भन्दा जैविक विविधतामा धनी छ । परियोजना क्षेत्रको को ३.१ किमी पर बिनोग वन्यजन्तु आरक्ष पर्दछ भने मसूरी पर्यावरणीय संवेदनशील क्षेत्र १.९९ किमी नजिकै पर्दछ । बाँधका कारण यस क्षेत्रमा ठूलो स्तरको असर पर्ने देखिए पनि परियोजनालाई अनुमति दिने कुनै पनि सरकारी निकायले व्यापक वातावरणीय प्रभाव मूल्याङ्कनको माग गरेका छैनन् । बाँध, नदी र जनतासम्बन्धी दक्षिण एसियाली सञ्जालका हिमान्सु ठक्करले बाँध र त्यसले वातावरणमा पार्ने असरहरूको दस्तावेजीकरण मात्रै गरेका छैनन्, त्यसका कथाहरू पनि जन समक्ष प्रस्तुत गरेका छन् । पेसाले इन्जिनियर ठक्करले १०० भन्दा बढी बाँधहरू निर्माण गर्न प्रदान गरिएको स्वीकृतिमा रहेका त्रुटीहरू केलाएका छन् । तर यी बाँधहरूभन्दा पनि भिन्न छ लखवाड । ‘यमुना नदीमा बन्ने हालसम्मकै ठूलो बाँध र पहिलो जलाशययुक्त परियोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेको छैन । परियोजनासित न वातावरण व्यवस्थापन योजना छ, न वातावरण मूल्याङ्कन नै छ । स्थानीय जनतासित छलफल पनि गरिएको छैन । यसो हुँदा हुँदै परियोजनालाई किन हरियो बत्ती देखाइयो ?’ ठक्करको प्रश्न छ । नाउगाउँको ओसोमा रहेको परियोजनाको साइनबोर्डले पनि यहाँको अवस्थाको बखान गर्दछ । (फोटो: बाहार दत्त) परियोजनाको घटनाक्रम लखवाड-ब्यासी परियोजनाले करिब ३३ वर्ष अघि व्यापक वातावरण प्रभाव मूल्याङ्कन, वातावरण व्यवस्थापन योजना र सार्वजनिक सुनुवाइ केही पनि नगरी अनुमति पाएको थियो । सन् १९८७ मा वातावरण तथा वन मन्त्रालयले परियोजना अघि बढाउन अनुमति दिएको थियो तर यो अनुमति वातावरणीय नभइ प्रशासनिक मात्रै थियो । परियोजनाका केही प्रारम्भिक कामहरू सन् १९९२ सम्म जारी रहे, तर पछि गएर आर्थिक स्रोतको कमीका कारण बन्द भए । सन् २०१०को नोभेम्बरमा मन्त्रालयको विज्ञ मूल्याङ्कन टोलीले लखवड बाँधका बारे छलफल गरेको थियो । टोलीले उठाएका प्रश्नहरूको उत्तर नआएपछि सन् २०१० को नोभेम्बरसम्मका बैठकहरूमा टोलीले परियोजना बारे छलफल गरेन । तर जनवरी १०, २०११ मा मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया नै पुरा नगरी सन् १९८७ मा जारी भएको अनुमतिलाई निरन्तरता दिने निर्णय गरेको थियो । सन् १९८७ पश्चात् थुप्रै नयाँ कानुनी व्यवस्थाहरू लागु भएका छन् । वातावरण (संरक्षण) ऐन १९८६ अन्तर्गतको वातावरण प्रभाव मूल्याङ्कन कार्यविधि १९९४ मा जारी भएको थियो र सन् २००६ मा संशोधन समेत गरिएको थियो । लखवड परियोजनासँगै निर्माण गरिने भनिएको ब्यासी जलविद्युत परियोजना (१२० मेवा) ले भने सन् २००७ को सेप्टेम्बरमा वातावरणीय प्रभाव सम्बन्धी प्रक्रिया पुरा गरी अनुमति प्राप्त गरेको थियो । लखवड परियोजनाले पनि वातावरणीय प्रभाव मूल्याङ्कन कार्यविधि २००६ अन्तर्गत अनुमति लिनु पर्ने थियो । बाँधका पक्षधरहरूले के भन्ने गरेका छन् भने यसको निर्माण पछि दिल्लीमा पानीको अवस्थामा सुधार आउनेछ । तर दिल्ली जल बोर्डले तयार पारेको मस्यौदा पानी नीतिमा राष्ट्रिय राजधानी क्षेत्रले विस्तारै यमुना नदीबाट निकालिने पानीको मात्रा कम गर्दै जानेछ र पानीको पुन: प्रयोगमा ध्यान केन्द्रित गर्नेछ भनिएको छ । त्यस्तै सन् २०२० भित्रमा नदीमा नुहाउन मिल्ने गुणस्तरको पानीको सुनिश्चितता गर्दै पारिस्थितिक प्रणालीको अनुगमन गर्ने त्यसको पुन:उत्थान गर्ने योजना पनि बोर्डको छ । दिल्लीका पानी मन्त्रीले दिल्लीलाई बाँध नचाहिने सार्वजनिक रुपमै भन्दै आएका छन् । फेरि बाँधसँग सुरक्षाको प्रश्न पनि जोडिएको छ । परियोजना भूकम्प मात्र नभइ बाढी र पहिरो जोखिममा रहेको क्षेत्रमा निर्माण गर्न लागिएको छ । जलवायु परिवर्तनले यी सबै जोखिमलाई अझै बढाउने खतरा छ । परियोजनाको प्राविधिक डिजाइनको नै पुनरावलोकन जरुरी छ । सबै बाँधहरूमा पानी भरिएको बेला त्यसलाई तल्लो तटतिर पठाउने संयन्त्र बनाइएको हुन्छ । बाँधको माथि ढोकाहरू बनाइएको हुन्छ जसलाई खोलेर बढी भएको पानी तल पठाउन सकिन्छ । यस्ता ढोकाहरूलाई ‘स्पिलवे’ भनिन्छ । स्पिलवेको डिजाइन बाँध रहेको क्षेत्रमा कुन हदसम्म बाढी आउनसक्छ भन्ने आकलन गरेर गरिन्छ । यस्तो आकलन भन्दा पनि बढि पानी आएमा ढोका पूर्ण रुपमा खोलिन्छ र यसो गरिँदा बाँधमा कुनै क्षति पुग्नु हुँदैन । लखवड बाँधका लागि जम्मा ८,००० क्युमेक्सको स्पिलवेको परिकल्पना गरिएको छ तर यहाँ बाढी आएको बेला १८,००० क्युमेक्स सम्म पानी बहन सक्ने अनुमान दुई दशक अघि नै गरिएको छ । सन् २००० मा प्रकाशित पी आर रखेचा र सी क्लार्कले गरेको एक अध्ययनका अनुसार, बाँध भएको स्थानमा १८,००० क्युमेक्स भन्दा बढी पानी बग्न सक्छ र यसका कारण यो बाँध सुरक्षित छैन । जलवायु परिवर्तनको सन्दर्भमा पनि यसको डिजाइन सुरक्षित मान्न नसकिने उनीहरूको निष्कर्ष भएको ठक्कर बताउँछन् । बाँध बनाउने भनिएको ठाउँमा क्षति पुग्ने क्रम सुरु भइसकेको छ । परियोजनाका प्रवर्तकहरूले ध्यान पुर्याएर विसर्जन गरिने भने पनि जुन २० मात्रै यमुना नदीमा भारी मात्रामा हिलो फालिएको छ । स्थानीयका अनुसार उत्तराखण्ड जलविद्युत निगमले यहाँका पहाडहरूलाई परियोजनाका लागि तयार पार्न करिब ४० लाख रुपैयाँ खर्च गरिसकेका छन् । तर परियोजनाले थुप्रै म्यादहरू गुजारिसकेको छ र काम भने सकिएको छैन । गत आठ वर्षमा करिब २.७ किमी लामो र ७ मी व्यास भएको एउटा सुरुङ बनाउने काम चलिरहँदा निकै हिलो निस्किएको छ र यसका कारण तल्लो तटमा बसोबास गर्ने मानिसहरूलाई असर परेको छ । लखवड बाँध नजिकैको कठापहाडमा बस्ने ३८ वर्षीय प्रविन कुमार तोमर भन्छन्, ‘यो परियोजनाले स्थानीयलाई केही फाइदा पुर्याउला जस्तो मलाई लाग्दैन । ठेकेदारहरू बाहिरबाट आउँछन् । हामीले पाउने भनेको दैनिक बाँध बनाउन दैनिक ज्यालादारी काम मात्रै हो ।’ ब्यासी जलविद्युत परियोजनाबाट निस्किएको हिलो (फोटो सौजन्य: बाँध, नदी र जनतासम्बन्धी दक्षिण एसियाली सञ्जाल) लखवड बाँधका कारण हुन सक्ने पर्यावरणीय क्षतिका बारेमा उनलाई सोध्दा उनी भन्छन्,‘वातावरण बारे के नै छ र कुरा गर्नु पर्ने । ब्यासी परियोजनामा काम जारी रहे पनि त्यहाँ तीनवटा ढुङ्गा खानी अनुमति विना नै सञ्चालित छन् । उनीहरूले यति धेरै धुलो निकाल्छन् कि हाम्रा गाईवस्तुले पनि त्यहाँ चर्न छोडिसके। धुलोका कारण धेरै जनालाई स्वास प्रश्वासको समस्या भएको छ । लखवड बाँधको काम सुरु हुन थालेपछि अवस्था कस्तो होला भन्ने कल्पना पनि गर्न सकिन्न ।’ यमुना नदीमा बन्दै गरेका थुप्रै परियोजना मध्येका दुई हुन् लखवाड र ब्यासी । यस्ता परियोजनाहरूले समग्रमा कस्तो असर पारेका छन् भन्ने कुराको लेखा जोखा भएको छैन । ‘लखवड परियोजना सो क्षेत्रमा एकैसाथ हुन लागेको विकासको भाग हो । पुराना अनुमतिपत्रहरूका आधारमा परियोजनाहरूलाई वातावरण व्यवस्थापन योजना नै नबनाइ अघि बढाउन दिनुको नतिजा हो यो,’ ठक्करले भने । महाशेरमा परेको असर एक समय हिमाली नदीहरूमा ठूलो सङ्ख्यामा देखिने सुनौलो महाशीर अहिले देखिन छाडेको छ । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघका अनुसार स-साना क्षेत्रहरूमा सीमित रुपमा देखिने महाशीरलाई अहिले लोपोन्मुख घोषित गरिएको छ । टाटा पावरले महाराष्ट्रमा स्थापना गरेको प्रजनन केन्द्रहरूमा महाशीर देखिए पनि नदीहरूमा यसको सङ्ख्या उल्लेख्य रुपमा घटेको छ । बोर्नमाउथ विश्वविद्यालयका वैज्ञानिक तथा महाशीर ट्रस्टका निर्देशक एड्रियन पिन्दरले भने, ‘यसै कारण टोर पुटिटोरा ( सुनौलो महाशेर)लाई अन्तराष्ट्रिय प्रकृति संरक्षण संघको लोपोन्मुख प्रजातिको सूचीमा समावेश गरेको छ । अरू महाशीर प्रजातिहरू भन्दा ठूलो वासस्थान भए तापनि हिमाली भेगमा भइरहेको बाँध बनाउने कार्यले उनीहरूको वासस्थान नास हुँदैछ र ति लोप हुने अवस्थामा छन् । बाँधका कारण यो फिरन्ते प्रजाति प्रजननका लागि माथिल्लो तटमा आउन पाउँदैन र उनीहरूको वासस्थान नदीबाट जलाशयहरूमा परिणत हुँदैछ ।’ पिन्दरका अनुसार प्रजनन केन्द्रहरूले लखवड बाँधका कारण पारिस्थितिक प्रणालीमा पर्ने असरको न्यूनीकरण गर्न सक्दैनन् । ‘महाशीरका लागि ह्याचरीहरू बनाएर उनीहरूलाई खस्केको पारिस्थितिक प्रणालीमा फिर्ता गर्नाले सबै समस्याको समाधान भइहाल्छ भन्ने सोच देखिएको छ । तर यसो गरिनाले उनीहरूको संरक्षणमा सकारात्मक असर पर्छ भन्ने कुनै प्रमाण देखिएको छैन । कुनै पनि बहाव, प्राकृतिक आहार र माछा खाने प्रजातिको अभावमा पोखरीमा हुर्किएका माछाहरू नदीहरूमा बाँच्नेछन् र नयाँ पुस्तालाई जन्म दिनेछन् भनेर सोच्नु मूर्खता मात्र हुनेछ,’ उनले भने । सन् २०१९ मा राष्ट्रिय हरित न्यायधिकरणमा परेको उजुरीको आधारमा न्यायधिकरणले लखवड परियोजनाको पुन: मूल्याङ्कन गर्ने आदेश दिएको थियो । न्यायधिकरणले विशेषज्ञ मूल्याङ्कन टोलीलाई वातावरण प्रभाव मूल्याङ्कन कार्यविधि २००६ बमोजिम परियोजनाको पुन:मूल्याङ्कन गर्ने र थप पूर्वशर्तहरूको लेखा जोखा गर्न आदेश दिएको थियो । यति हुँदा हुँदै पनि लखवड बाँध बनाउन राष्ट्रिय वन्यजन्तु बोर्डले राज्यका प्रमुख वन्यजन्तु संरक्षण अधिकृत राजीब भारतीको सुझावलाई आधार बनाएर जम्मा दुई पूर्वशर्तहरूसहित अनुमति दिएको थियो । बोर्डले राती केही गतिविधि गर्न नपाइने र ठाउँ ठाउँमा स्पिड ब्रेकर बनाउनुपर्ने बाहेक अरू पूर्वशर्तहरू पेश गरेन । वातावरण व्यवस्थापन योजना वा नदीमा रहेका माछाको संरक्षणका बारेमा कुनै चर्चा नै भएन । आफ्नो कामका लागि पुरस्कृत भइसकेकी पत्रकार बाहार दत्त प्राणी संरक्षण विद् पनि हुन् । उनको पुस्तक ‘रिवायल्डिङ इन इन्डिया, एक्सपेरिमेन्ट्स इन सेभिङ नेचर’ अक्सफोर्ड युनिभर्सिटी प्रेसले मुद्रण गरेको छ । थप पढ्नुहोस् आलेख नदीहरु विचार: भारतको नयाँ जल नीति हिमाली नदीहरूमा केन्द्रित हुनुपर्छ आलेख भूमिगत पानी नहरको प्रतीक्षा गर्दै पाकिस्तानको थार मरुभूमि आलेख वन्यजन्तु भारतमा उद्धार गरिएको पहिलो हिउँ चितुवाको डमरुले आमा भेट्यो आलेख काेभिड १९ विचारः भारतले कि हरित नीति अपनाउनुपर्छ कि कष्ट भोग्नु पर्छ आलेख स्वास्थ्य पूर्वोत्तर भारतमा सुँगुरमा स्वाइन फ्लू महामारी आलेख काेइला दक्षिण एसियामा बीआरआई कोइला प्लान्टहरूको स्थगनले उजागर गरेको जोखिम आलेख खाद्य सुरक्षा सलह आक्रमणका कारण पाकिस्तान र दक्षिण एसियामा खाद्य सङ्कटको खतरा आलेख जैविक विविधता तिब्बतीहरूले जैविक विविधताको जगेर्ना गरेका थिए, उनीहरूमाथि प्रतिबन्ध लगाइए वनको स्तर खस्कनेछ शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय