प्रकृति तिब्बतीहरूले जैविक विविधताको जगेर्ना गरेका थिए, उनीहरूमाथि प्रतिबन्ध लगाइए वनको स्तर खस्कनेछ ऐतिहासिक रुपमा नै तिब्बतीहरूले स्थानीय जङ्गलमा मिश्रित प्रजातिका रुख हुर्काएर र आफ्ना घाँसे मैदानहरूलाई खुला राखेर स्थानीय जैविक विविधताको जगेर्ना गर्ने गरेको प्रमाण पश्चिमी चीनको सिचुआन प्रान्तमा पाइएको छ । नेपाली नेपाली 中文 English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। Shuzheng village, Jiuzhaigou, on the edge of the Tibetan Plateau in China’s Sichuan province (Image: Alamy) Jade D’Alpoim Guedes, Stevan Harrell, Keala Hagmann, Amanda Schmidt, Thomas Hinckley मे 4, 2020April 10, 2022 चिउचाइगो राष्ट्रिय प्रकृति आरक्ष चीनको सबैभन्दा लोकप्रिय पर्यटकीय आकर्षणमध्यको एक हो । तिब्बती पठारको किनारामा पर्ने र थोरै मानिस बसोवास गर्ने पश्चिमोत्तर चीनको सिचुआन प्रान्तका पर्वतहरूले हरेक वर्ष ५० लाख आगन्तुकहरूलाई स्वागत गर्ने गरेका छन् । अहिले आरक्ष भएको ठाउँमा हजारौं वर्षदेखि कृषक र गोठालाहरू बस्दै आएका थिए । तर यहाँको जैविक विविधता संरक्षण गर्नका लागि आरक्षले यहाँ खेती गर्न, गाई वस्तु चराउन र काठ काट्न प्रतिबन्ध लगाएको छ । के यो संरक्षण गर्ने सहि तरिका हो त ? भूगर्भ विद्, पारस्थितिक प्रणाली विज्ञ, पुरातत्व विद् र सामाजिक मानवशास्त्रीहरूको एक समूहले हालै गरेको एक अध्ययनले त्यो तरिका सहि नहुनपनि सक्ने सुझाव दिएको छ । लामो समयसम्म एकै ठाउँमा रहेको मानव वस्तीले यस क्षेत्रको जैविक विविधता प्रवर्द्धन गरेको थियो र उनीहरूको निर्वाहका लागि गरिने गतिविधिमा रोक लगाउँदा त्यसको असर जैविक विविधतामा परेको छ, अध्ययनको निष्कर्ष छ । चिउचाइगोमा तपाईँ दुई तर्फी टिकटका लागि ३१० युआन (४४ डलर) खर्चेर प्राकृतिक ग्याँसबाट चल्ने ‘हरित’ बसहरू चढ्न सक्नुहुन्छ अथवा सफा र चिटिक्क पारिएका बोर्डवाकहरूबाट पर्वतहरू, सङ्लो ताल र हरिया सिमसार र सयौँ मिटर चौडा झरनाहरू अवलोकन गर्न सक्नुहुन्छ । यी सबै वस्तुहरूले शिशिर ऋतुको आगमनसँगै आकर्षक रङ् धारण गर्दछन्; सक्ने त बरफ जम्ने जाडोमा पनि आउँछन् । उपत्यकामा रहेका स-साना शहरहरूमा रोकिएर केही समय अघिसम्म कृषक र गोठाला रेहेका मानिसहरुले सञ्चालन गरेका पसलहरूबाट तपाईँले स्थानीय कोसेली र सरसामान किन्न सक्नुहुन्छ । बेलुकीपख आरक्ष बाहिर रहेका रेस्टुरेण्टहरूमा तपाईँ सिचुआन स्टाइल अथवा सुधारिएको तिब्बती स्टाइलको परिकार खान सक्नुहुन्छ र सरकारी कामकाजको चिनियाँ भाषामा प्रस्तुत गरिने तिब्बती सांस्कृतिक झाँकीको अवलोकन गर्न सक्नुहुन्छ । चीनका अरू भूभागमा रहेका भिडभाड हुने शहरहरू र अत्यधिक रुपमा मलखाद र मेसिनको प्रयोग गरिने खेतहरूबाट पर रहेकाले चिउचाइगोको प्राकृतिक भूपरिधिको बेग्लै आकर्षण छ । तर आरक्षलाई यस्तो स्थितिमा राखिराख्न स्थानीय अधिकारीहरूले यस क्षेत्रको नामकरण चिउचाइगो (नौ गाँउको उपत्यका) गरेका र यहाँ वर्षौँदेखि बस्दै आएका करिब १,००० अम्दो तिब्बतीहरूलाई आफ्नो निर्वाहमुखी कार्य गर्नमा रोक लगाएका छन् । सन् १९९९ देखि यहाँका स्थानीयले बाँच्नका लागि खाने गरेका जौ, फापर, गेडागुडी र मकै खेतमा लगाउन पाएका छैनन् । सन् २००१ देखि उनीहरूले गाईवस्तुलाई उच्च भूभागमा रहेका घाँसे मैदान वा वस्ती नजिकै वनको भूपरिधिमा पर्ने बाँझो खेतमा चराउन पाएका छैनन् । उनीहरूले घर न्यानो पार्न र खाना पकाउन चाहिने काठ सङ्कलन गर्न र घर बनाउन रुख काट्न समेत पाएका छैनन् । अधिकारीहरूले यो भूपरिधिमा जैविक विविधता बचाउने हेतुले यहाँको मानव गतिविधि बन्द गरेको जिकिर गर्छन् । यसो गर्नु सहि पनि लाग्छ । सिचुआनका थुप्रै संस्थाहरूसित आबद्ध भूगर्भ वैज्ञानिकहरूले चिउचाइगोमा गरेका एउटा अध्ययनमा सो क्षेत्रमा १,९५० प्रजातिका बिरुवा र कम्तीमा ५० प्रजातिका दुर्लभ र लोपोन्मख जनावरहरू फेला परेका थिए । यस्तो जैविक विविधता भएको ठाउँलाई त क्षेत्रीय र राष्ट्रिय गौरव घोषणा गरिनु पर्ने हो । मानिसहरूले स्थानीय प्रकृतिमा पारेको प्रभाव हेरेर यहाँका अधिकारीहरूले उनीहरू करिब ३०० वर्ष अघि देखि मात्रै यहाँ बस्न थालेका हुन् भन्ने धारणा बनाएका छन् । उनीहरूले अब त्यो बेला देखिएका सबै मानिसहरूको वनमाथीको प्रभाव निमिट्यान्न पार्न चाहन्छन् । सन् १९६० र ७० को दशकमा औद्योगिक स्तरमा रुखको कटान र अन्य स्रोतहरूको दोहनले गर्दा पर्वतीय भूपरिधिमा परिवर्तनहरू आएका छन् । यस्तो समस्याको पारिस्थितिक प्रणालीगत, शास्त्रीय र सौन्दर्यको हिसाबले आधिकारिक समाधान थियोः सबै खालको उत्खनन र निर्वाहमुखी कृषि र चरन बन्द गर्ने र घाँसे मैदानहरूमा वन पुनः स्थापना गर्ने । यसो गर्नाले यहाँको जैविक विविधता अर्को पुस्ताका लागि सुरक्षित राख्ने सकिने अधिकारीहरूलाई लागेको थियो । मानिसहरूले जैविक विविधता बढाउन सक्छन् हाम्रो हालैको अध्ययनले यो दृष्टिकोणमाथि प्रश्न खडा गर्दछ । पहिलो कुरो त के हो भने यो स्थानमा मानिसहरू पहिले सोचिए भन्दा निकै अघि (कम्तीमा ३,५०० वर्ष अघि) देखि बस्दै आएका थिए । तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने उनीहरूको परम्परागत भूउपयोग गर्ने तरिकाका कारण पत्झर रुखहरू, सदाबहार वनहरू, विभिन्न उचाइमा घाँसे मैदानहरू, खेत र सिमसार क्षेत्रहरू फस्टाए र यसैका कारण सायद जैविक विविधता बढेर गयो । यस्तो क्षेत्रलाई पुनः प्राकृतिक स्वरुपमा फिर्ता गर्नुले यहाँको जैविक विविधता बढाउने भन्दा घटाउने सम्भावना देखिन्छ । तिब्बती पठारमा गरिएको पुरातात्त्विक अनुसन्धानले के देखाएको छ भने खानाको खोजीमा निस्किएका मानिसहरूले यहाँका बुट्यानको उपयोग ३०,०००-४०,००० वर्ष अघि देखि गरेका थिए । पठारको पूर्वी किनारमा पाइएका जमिनमुनि फल्ने विरुवाहरू, बदाम, फलफूल र जङ्गली सागपात जस्ता स्रोतहरू पाइन्छन् जसलाई आदिम मानिसहरूले सङ्कलन गरेका हुन सक्छन् । यहाँ पाइने धेरै जसो विरुवाहरू मान्छेले खलबलाएका र आगो लगाएका ठाउँहरुमा पाइने जस्ता छन् । पुरातत्व विद्हरूले चिउचाइगुमा आदिम युगमा मानिसहरू खाना खोज्न हिँड्थे भन्ने विषयलाई सूक्ष्म रुपमा केलाएका त छैनन् तर प्राकृतिक स्रोतमा यति धनी स्थान उनीहरूको नजरमा परेन भन्न सकिन्नँ । हामीले चिउचाइगुको वस्ती कति पुरानो हो भनेर भर्खरै बुझ्न थाल्दैछौ । सन २००५ मा पुरातत्व विद्हरूले खालि गरिएका गाउँहरूमा कार्बनका अवशेष फेला पारेका थिए । पहिलो नमुना करिब ८०० वर्ष पुरानो भएको र दोस्रो २,००० वर्ष पुरानो भएको पाइएको थियो । यसले मानिसहरू हान वंशको शासनका बखत नै यहाँ बस्ने गरेको देखिन्छ । सन् २००८ मा सिचुआन विश्वविद्यालयका पुरातत्व विद्हरूले सन् १९९० सम्म खेती गर्ने गरिएको स्थानमा हान वंशको पालाको घर उत्खनन गरेका थिए । यही घरमा भेटिएका जौ र गहुँका अवशेषको रेडियो कार्बन डेटिङ गर्दा यहाँ ३,४०० वर्ष अघि नै खेती गरिन्थ्यो भन्ने पत्ता लागेको थियो । उत्खननका क्रममा अन्वेषकहरूले करिब ६,००० वर्ष अघि फैलिएका कोदो खेती गर्ने मजिआयो जातिले बनाउने हाँडीसित मिल्दोजुल्दो रङ पोतिएको हाँडीको टुक्रा फेला पारेका थिए । नजिकै एउटा कलश भेटिएपछि मजिआयोका मानिस यहाँ बसोवास गरेका थिए भन्ने सिद्ध भयो । सन् २०१९ मा सुरु गरिएको उत्खननको प्रारम्भिक नतिजाहरूले पनि नव पाषाण युग र ताम्र युगको सुरुवातमा यहाँ मानिसहरू बस्ने गरेको पुष्टि गरेको देखिन्छ । हालै उत्खनन गरिएको हान वंशको घरमा पाषाण युग र ताम्र युगका भाँडा भेटिएका छन् । जैविक अवशेषहरूको भने कार्बन डेटिङ हुन बाँकी नै छ । हामीलाई के थाहा छ भने चिउचाइगोमा मानिसहरू हजारौं वर्षदेखि बसोवास गर्दै आएका छन् । हामीलाई के पनि थाहा छ भने आरक्षमा मनमा छाप पार्ने जैविक विविधता छ । पारिस्थितिक प्राणालिको अध्ययनमा प्रयोग हुने ‘इन्टरमिडिएट डिस्टर्ब्यान्स’ हाइपोथेसिस (अनुमान)का मद्दतले यी दुई तथ्यलाई जोड्न सकिन्छ । एक छिनलाई मानौँ मानिसहरूले भूपरिधिलाई एउटा मात्रै बाली लगाउने खेत वा शहरमा रुपान्तरण गर्छन् । त्यसो भए त जैविक विविधतामा ह्रास आउँछ । अर्को चरम अवस्थामा भने मानौँ मानिसले आफ्नो भूपरिधिलाई कुनै पनि रुपमा खलबल्याउँदैन र यस कारण जैविक विविधता युक्त क्षेत्रहरू एकनासको हुन्छन् र बाहुल्यता भएको प्रजातिको सङ्ख्या ह्वात्तै बढेर अरू प्रजातिको सङ्ख्यामा कमी आउँछ । तर चिउचाइगोका मानिसहरूले जस्तो खेती, गाईवस्तु चरण, काठ कटान र आगोको सहि उपयोग जस्ता मध्यम स्तरका खलल पुर्याउने गतिविधि गरिएमा यसले जैविक विविधता अभिवृद्धि गर्न सक्दछ । रिमोट सेन्सिनङ, परिमाणात्मक रुपमा गरिएको पारिस्थितिक प्रणालीको अध्ययन र नृजातिवर्णनमा आधारित अन्तवार्ताहरूबाट प्राप्त प्रमाणपत्रहरूले यो अनुमानलाई सहयोग गर्दछन् । पहिलो, आरक्षमा व्यवस्थापनले कृषि, गाईवस्तु पालन र काठ कटान रोकेपछि यहाँ को विविधतामा ह्रास आएको छ । त्यसको असर सन् २००५ देखि २०१५ को समयमा घाँसे मैदानमा देखिएको छ । गाउँलेहरूले परम्परागत रुपमा चक्रिय रुपमा खेती गर्ने र गाईवस्तु चराउने गरेका यी घाँसे मैदानको क्षेत्रफलमा ह्रास आएको छ । त्यस्तै सदाबहार पात नलाग्ने र आगो बाल्नका लागि उपयुक्त पत्झर रुखहरू र निर्माणमा प्रयोगमा आउने कोणधारी रुखहरू पाइने स्थानहरूमा कोणधारी रुखहरूको बाहुल्यता दखिन्छ । दोस्रो, आरक्षका धेरै जसो जनावर तथा विरुवाहरू यस्ता घाँसे मैदान (जङ्गल होइन) मा बस्छन् र उनीहरूको वासस्थान नास भएमा उनीहरूको अस्तित्वमाथि नै खतरा पैदा हुन्छ । तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा के हो भने गाउँलेहरू आफूले निर्वाहमुखि गतिविधि रोक्नु अघि आफ्नो जिवनचर्या कस्तो थियो भन्ने अझै सम्झन्छन् । उनीहरूले जानेरै आफ्नो वनमा मिश्रित प्रजातिका रुखहरू रोप्थे, घाँसे मैदान खुला राख्थे । उनीहरूले घाँसे मैदान गाईवस्तु चराउनका लागि मात्र नभएर, जडिबुटी उत्पादन गर्न, सिकार गरि जनावरहरू मार्न र “राम्रोसित उपयोग” भइरहेको भूपरिधि हेर्दा मिल्ने सुख पाउनका लागि खुला राख्थे । अहिले उिनहरु यस्तो मैदानको मृत्युको शोक मनाउँदैछन् । छिट्टै नै विलय हुन लागेको चिउचाइगोको विविधता युक्त भूपरिधिसँग उनीहरूको लगाव भए पनि, कोही पनि स्थानीय मानिस आफ्नो अघिल्लो जीविकोपार्जन विधितिर फर्केला भन्नेमा शङ्कै छ । पर्यटनबाट हुने आम्दानी र साना व्यवसाय सञ्चालन गर्ने अवसर पाएका यहाँका मानिसहरू धनी छन् । उनीहरूसित ठूला नव परम्परागत घर र गाडी छन् र उनीहरुका बालबच्चा चेङ्दुसम्मका धनी मानिसका छोराछोरी पढ्ने स्कूलमा पढ्छन् । खेती गर्दा लाग्ने परिश्रमको कसैलाई नियाँस्रो लाग्दैन तर धेरै मानिसहरू यी भूपरिधिका संस्कृतिहरूबारे सम्झेर भावुक हुन्छन् । उनीहरूलाई आफ्ना जनावर (कसै कसैले अझै पनि उच्च भूभागमा रहेका घाँसे मैदानमा चौंरी गाई र भेँडा पाल्छन्) छाड्नु परेकोमा र आफ्नो परम्परागत खाना पकाउने चुल्हो बाल्न परबाट ऊन किनेर ल्याउनु परेकोमा पछुतो लाग्ने गर्छ । हामीले साना तर विविधता भएका पारिस्थितिक प्रणालीहरूबाट के सिक्न सक्छौ ? पहिलो, माओको पालोमा र चीनमा सुधारका सुरुका दिनहरूमा चीन राज्यले स्रोत उत्खननका लागि थुप्रै परम्परागत भूपरिधिहरूको दोहन गरेको थियो । तर अहिले राज्यको नीति पुरै विपरीत दिशामा घुमेको छ हरेक मानव गतिविधिलाई यसले ‘प्रकृति विरोधी ठान्छ । दोस्रो, मानिस र अरू प्रजातिका जीवहरूसँगै प्रयोग गर्ने पारिस्थितिक प्रणालीहरू स्थिर हुँदैनन् । प्रजातिहरूको गणना र दस्तावेजिकरण गर्नु बाहेक व्यवस्थापकहरूले यी प्रजातिहरूलाई पारिस्थितिक प्रणालीहरूको विभिन्न समय र स्थानमा जोडिने अङ्गको रुपमा हर्न जरुरी छ र प्रजातिहरूको विविधतालाई प्रभाव पार्ने प्रक्रियाहरू सिर्जना गर्ने प्रक्रियाहरूका बारे बुझ्नु पनि जरुरी छ । अन्त्यमा, विज्ञान एक किसिमको मात्रै हुँदैन । कहिलेकाहीँ परम्परागत ज्ञानले पनि सहि दिशा देखाउन सक्छ र धेरै अवसरहरूमा त अङ्कको लेखा जोखा गर्ने विज्ञानको परिपूरकको भूमिका निर्वाह गर्न सक्छ । कम्तीमा पनि ६,०० वर्षसम्म सफल र दिगो जीविकोपार्जनको सहायताले जीवित मानिसहरूलाई आफ्नो घरको बारेमा त पक्कै थाहा होला । जेड डेल प्वाइम गेड क्यलिफोर्निया विश्वविद्यालयकी पुरातत्व विद् तथा एथ्नोबायोलोजिस्ट हुन् । उनको अध्ययन जलवायु र पर्यावरणीय परिवर्तनमा मानव समानुकूलनमा केन्द्रित छ । स्टेभान हारेल ले हालै मात्र वासिङ्टन विश्वविद्यालयबाट अवकाश पाएको हुन् । जाति र शिक्षामा रूचि भएका उनी ग्रामीण चीनका एथ्नोग्राफर हुन् । काएला हागमान वासिङ्टन विश्वविद्यालयसित आबद्ध पारिस्थितिक प्रणाली अध्येता हुन् । उनी इतिहासको सहयोगमा आगोको जोखिममा रहेका पारिस्थितिक प्रणालीहरूको व्यवस्थापन बारेमा अध्ययन गर्छिन् । अमान्डा स्मिट ओबर्लिन कलेजकी भूगर्भ हुन् र उनको उनको रुचि मानव-भूपरिधि अन्तरक्रिया र संसारभरको भूक्षय नियन्त्रणमा छ । थमस हिङक्ली ले हालै वासिङ्टन विश्वविद्यालयबाट अवकाश पाए । पारिस्थिक प्रणालीका अध्येताका रुपमा उनी मानव जाति र पर्यावरणका बारेमा अध्ययन गर्छन् । यो आलेख चाइना डाइलग डट नेट बाट साभार गरिएको हो । थप पढ्नुहोस् आलेख काेइला दक्षिण एसियामा बीआरआई कोइला प्लान्टहरूको स्थगनले उजागर गरेको जोखिम आलेख खाद्य सुरक्षा सलह आक्रमणका कारण पाकिस्तान र दक्षिण एसियामा खाद्य सङ्कटको खतरा आलेख काेभिड १९ 'के हामी जनावर हौँ?' दक्षिण एसियाको लकडाउनको मारमा आप्रवासी कामदारहरू आलेख वन्यजन्तु ‘नयाँ रंगिला’ को उद्धारसँगै अर्को वन्यजन्तु विवादतर्फ नेपाल आलेख खेती बेमौसमी वर्षा र कोभिड-१९ बन्दाबन्दीको मारमा दक्षिण एसियाका कृषक आलेख ब्रह्मपुत्र नदी बाढीसित एक्लो लडाइँ लड्छन् असामका जनजाति आलेख वन्यजन्तु वन्यजन्तु बने भुटानी कृषकहरूका लागि चिन्ता आलेख एक्वाकल्चर गङ्गटा ह्याचरीको विस्तारले बङ्गलादेशमा जगायो आशा र आशङ्का शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय