प्रकृति अन्तर्वार्ताः डीएनए अध्ययनले नेपालको बाघ संरक्षणमा मद्दत पुर्याउन सक्छ बाघको आहारा प्रजातीहरूबारे जानकारी राख्न र बाघकाे भरपर्दाे सङ्ख्या निकाल्न सकिने भएकाले डीएनए अध्ययनले बाघ संरक्षणमा मद्दत पुग्न सक्छ नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। नेपालमा पाइने तीन प्रमुख बाघ बासस्थान मध्ये एक बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको पाटेबाघ तस्वीरः (मार्क एण्डर्सन/अलामी) रमेश भुसाल मार्च 14, 2023March 17, 2023 पछिल्लो आँकडा अनुसार, नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ । यो सन् २०१० को गणनामा देखिएको सङ्ख्या १२१ भन्दा झण्डै तीन गुणाले बढी हो । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने भनी बाघको बासस्थान रहेका सबै १३ देशहरूले २०१०मा सम्झौता गरेका थिए । नेपाल त्याे लक्ष्य प्राप्त गर्ने पहिलो देश हो । कतिपय देशहरूको न्युन प्रगति सँग तुलना गर्दा नेपालको सफलता झनै उल्लेख्य छ । कम्बोडीया, लाओस र भियतनाममा बाघहरू झण्डै लोप हुने अवस्थामा छन् । तर नेपालमा भएको बाघको वृद्धीले केही महत्वपूर्ण सवाल उठाएका छन् । मुलुकको संरक्षित क्षेत्रले बाघको कति जनसङ्ख्या धान्न सक्ला ? यो सङ्ख्या कत्तिको स्वस्थ छ ? र बाघको वृद्धिले नजिकैका समुदायलाई सम्भाव्य जोखिम बढाएको हुनाले बाघ र मानिस बीच द्वन्द्व घटाउन के कस्ता उपाय अपनाउन सकिएला ? बाघको डीएनए अध्ययन गरेर यी कतिपय गम्भीर सवालहरूको जवाफ खोज्न सकिने नेपालका वैज्ञानिक दिबेश कर्माचार्य बताउँछन् । कर्माचार्यले सन् २००७मा काठमाडौँमा सेन्टर फर मलिकुलर डाइनामिक्स् नेपाल नामको वन्यजन्तुको अनुवंशिक अध्ययन गर्ने प्रयोगशाला स्थापना गरे । त्यसपछि २०११मा उनले बाघको दिसा संकलन गरी त्यसको डीएनए विवरणको अभिलेख राख्ने गरी बाघको अनुवंश सम्बन्धी अध्ययनको सुरुवात गरे । साे अध्ययनको आधारमा हालै उनले अ मलिकुलर अप्रोच टु द कन्जर्भेसन एण्ड म्यानेज्मेन्ट अफ द बेंगाल टाइगर ईन नेपाल शिर्षकको पुस्तक प्रकाशन गरेका छन् । नेपालको काठमाडौँमा आफैंले स्थापना गरेको वन्यजन्तु अनुवंशिक प्रयोगशालामा रमेस भुसालसँग कुरा गर्दै दिवेस कर्माचार्य । तस्वीरः रमेश भुसाल बाघको डीएनए अध्ययन गरेर बाघको जीवनसम्बन्धी के कस्ता कुरा थाहा पाउन सकिन्छ र यसले नेपालका बाघ र मानिस दुवैलाई कसरी मद्दत पुर्याउन सक्ला भनी बुझ्न द थर्ड पोलका नेपाल सम्पादक रमेश भुसालले कर्माचार्यसँग काठमाडौँमा रहेकाे उनकाे प्रयोगशालामा कुराकानी गरेका थिए । द थर्ड पोलः डीएनए अध्ययनको प्रयोग गरेर कसरी सही रूपमा बाघको गणना गर्न सकिएला ? दिबेश कर्माचार्यः पहिले पहिले बाघको पाइला हेरेर बाघलाई एक एक गरेर पहिचान गरी यसको गणना गरिन्थ्यो । यो विधिमा प्रत्येक पाईला विशिष्ट हुन्छ भन्ने अनुमानको भरमा पाईलाको आकार मापन गरिन्छ । तर जमीनको बनावट र चिस्यानको अवस्था लगायतका पर्यावरणीय पक्षहरूले पाईलाको आकारलाई असर गर्न सक्छ, जसले गर्दा अनुमानमा थुप्रै त्रुटी आउन सक्छन् । पाईलाको आकार नाप्ने विधि पछि यस भन्दा अझै भरपर्दो विधि भनी क्यामरा ट्र्यापहरूको प्रयोग गर्न थालियो । यो विधिमा प्रत्येक बाघको पाटा फरक फरक हुन्छन् भन्ने आधारमा ठाउँ ठाउँमा राखिएका क्यामराको प्रयोग गरी बाघको तस्वीर लिईन्छ । क्यामरा ट्र्यापिङ् विधिमा पनि विभिन्न बेफाइदाहरू छन् । जस्तै, अप्ठ्यारो भूबनोट भएको स्थानमा राम्रो तस्वीर नआउने, प्रतिकूल मौसम, चोरी र तोडफोड हुने डर, र व्यापक फैलिएको बासस्थानमा क्यामरा ट्र्यापमा सबै बाघ नआउने जोखिम । यो विधि सञ्चालनको लागि मानव स्रोतको पनि अत्याधिक खपत हुन्छ । यी मध्ये धेरै चुनौतीहरूलाई मलिकुलर विधिले सम्बोधन गर्छ । यो विधिमा बाघको अनुवंशिक विवरण पत्ता लगाउन बाघको दिसा संकलन गरिन्छ । प्रत्येक बाघको डीएनए फरक फरक हुने भएकाले बाघको सङ्ख्या गणनामा त्रुटी हुने सम्भावना कम हुन्छ । काठमाडौँको वन्यजन्तु विधिविज्ञान प्रयोगशालामा राखिएको बाघको डीएनएका नमुनाहरू । तस्वीरः रमेश भुसाल बाघ गणनामा डीएनए विधिले क्यामरा ट्र्यापको विधिलाई प्रतिस्थापन गर्ला त ? अहिले नै यो विधिले क्यामरा ट्र्यापको विधिलाई पूरै प्रतिस्थापन गर्छ भन्ने मलाई लाग्दैन । त्यसैले बाघ गणना गर्दा डीएनए विश्लेशणलाई छुट्टै प्रक्रिया भन्दा पनि क्यामरा ट्र्यापिङ्सँगै एकीकृत रूपमा प्रयोग गर्न सकिन्छ । विज्ञानको विकास हुँदै गर्दा चाँडै नै यो विधिलाई बाघ गणनाको प्रमुख विधिको रूपमा प्रयोग गर्न सकिन्छ । सरकारी अधिकारी र आरक्षण क्षेत्रमा काम गर्ने उल्लेख्य समूहले क्यामरा ट्र्यापबाट डीएनए विधिमा जान आनाकानी गरिरहेका छन् । मलाई लाग्छ यो हिच्किचावट मूलतः नतिजामा फेरबदल आउन सक्ने डरले हुनसक्छ । बाघको सङ्ख्या घटेको छ भनेर कसैले पनि भन्न चाहँदैनन् । त्यसैले अनुवंशिक अध्ययन नै गरेपनि पहिले घोषणा गरिएको नतिजालाई परिमार्जन गर्न सक्ने अवस्था छैन । तर कसैले चाहेमा क्यामेरा ट्र्यापसँगै यो विधि पनि प्रयोग गर्दा बढी सजिलो हुनसक्छ । दोस्रो कुरा, देशहरूले यो विधि प्रयोग गर्न पर्याप्त स्रोत नभएको बताइरहेका छन् । बाघको डीएनए विश्लेशण गर्न कत्तिको महङ्गो पर्छ ? नेपालमा हाल क्यामरा ट्र्यापिङ् विधि प्रयोग गरेर बाघको गणना गर्न पाँच लाख डलर खर्च हुने गरेको छ । यसको आधा रकमले डीएनए विश्लेषण गरेर गणना गर्न सकिन्छ । बाघको अनुवंशिक स्वास्थ्यको बारेमा, र बाघका समूहहरू कत्तिको पर्गेलिएका छन् भन्ने सम्बन्धी कत्तिको जानकारी डीएनए अध्ययनले प्रदान गर्न सक्छन् ? नेपालमा रहेको बाघको समूहलाई तीन पृथक उपसमूहमा विभाजन गर्न सकिन्छ । ती उपसमूहलाई खेतीयोग्य जमिन वा मानव वस्तीले छुट्याएका छन् । मध्य नेपालको समथर भूमिमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र योसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या सबैभन्दा धेरै छ । बाघको दोस्रो उमसमूह चितवनको पश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा छ, र तेस्रो उपसमूह यो भन्दा पनि पश्चिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको छ । सन् २०११ देखि २०१३को बिचमा मेरो नेतृत्वमा नेपाल टाइगर जेनम प्रोजेक्टले यी बाघहरूको पहिले वृहत् अनुवंशिक अध्ययन गरेको थियो । त्यतिबेला हामीले बाघको दिसाको ३९६ नमुना संकलन गरेका थियौँ, र ७७ भाले र ४८ पोथी गरी १२५ ओटा बाघको गणना गरेका थियौँ । Recommended हामीले अन्यको तुलनामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको अनुवंशिक विविधता अलि धेरै भएको पाएका थियौँ । यसको अर्थ स्वस्थ र दिगो सङ्ख्या कायम गर्नको लागि चितवन राष्ट्रिय निकुञ्जको आरक्षण गतिविधि मूलतः अनुवंशिक विविधता कायम गर्ने विषयमा केन्द्रित हुनुपर्छ । हामीले यी उपसमूहहरू मध्येमा एक बासस्थानबाट अर्को बासस्थानमा सरेका बाघको सङ्ख्या सात (पाँच भाले र दुई पोथी) रहेको पाएका थियौँ । उदाहरणको लागि हामीले एउटा भाले बाघ र दुई पोथी शुक्लाफाँटाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा सरेको पाएका थियौँ । ती बाघहरूले त्यहीँ नै प्रजनन् गरे भने हाडनाता प्रजनन बाट बाघकाे अनुवंशिक स्वास्थ बलियाे बनाउन मद्दत पुग्छ । डीएनए विश्लेषणले बाघ र अन्य प्रजातीको बारेमा कस्तो जानकारी प्रदान गर्छन् ? दिसा संङ्कलन गरेर डीएनए विश्लेषण गर्दा बाघको अनुवंशिक अभिलेख गर्न सक्ने मात्रै हाेइन आहारा प्रजातीहरुकाे पनि अभिलेखिकरण गर्न सकिन्छ । हामीले हाम्रो अध्ययनमा प्रजातीहरूको आहार मिश्रण र अन्य महत्वपूर्ण विषयको समेत जानकारी संकलन गरेका थियौँ । यस्तो जानकारी क्यामरा ट्र्यापिङ्बाट संकलन हुन सक्दैन । हाम्रो अध्ययनबाट हामीले बाघहरूको आहार नक्शाङ्कन पनि गरेका थियौँ । हामीले नेपालको हिमाली क्षेत्रमा विशेष गरी मुस्ताङमा हिमचितुवाको त्यस्तै किसिमको अध्ययन गर्दा हिमचितुवाको आहारमा ४३ प्रतिशत घरपालुवा बाख्रा, ५५ प्रतिशत घोरल र २ प्रतिशत घर पालुवा भेडा रहेको पाइयो । यसको अर्थ हिमचितुवाको मुख्य आहारा घर पालुवा जनावर हुन् । त्यसैले गर्दा मानिस र वन्यजन्तु द्वन्द्व हुने गरेको छ । तस्करी गरिएका वन्यजन्तु अंगहरूको स्रोत पत्ता लगाउन डीएनए प्रभावकारी विधिविज्ञान उपकरण हुनसक्छ । के नेपालमा पनि बाघको तस्करी रोक्न यसको प्रयोग गरिएको छ ? यो विधिको विकास हुँदै गैरहेको छ । संसारभरि नै विभिन्न प्रजातीमा यसको प्रयोग गरिएको छ । हामीले हाम्रो अध्ययनमा संकलन गरेका बाघहरूको अनुवंशिक अभिलेख प्रयोग गरेर बरामद भएका बाघका अंगहरूको विश्लेषण गरी मारिएका बाघको लिंग र भौगोलिक उद्गम विन्दु पत्ता लगाउन सक्छौँ । हामीले सन् २०१४ देखि २०१६को बिचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले बरामद गरेका १३ छालाका टुक्रा र रगत लत्पतिएका दुई चक्कु गरी १५ बाघ निस्साको विश्लेषणमा यो प्रविधि प्रयोग गरेका थियौँ । बरामद गरिएका सबै विधि विज्ञान नमुनाहरू बाघहरूकै भएको पाइएको थियो । दश भाले बाघ र पाँच बाघिनी । विधिविज्ञान नमुनाको एउटा अनुवंशिक विवरण हाम्रो प्रयोगशालामा भएको डीएनएहरूको विवरणसँग भिडाउँदा बर्दियाबाट पहिले सङ्कलन गरिएको बघिनीकाे अनुवंशिक विवरणसँग सत प्रतिशत मिलेको थियो । यसको अर्थ त्यो बाघ २०११ र २०१३को बिचमा जीवित थियो । सन् २०१४मा बरामद हुनुभन्दा केहिसमय अगाडिसम्म मात्रै त्याे बाघको शिकार भएको हुनसक्ने देखियो । बाँकी नमुनाहरू हामीसँग भएको डीएनए विवरणसँग मिलेन । तर हामीले ती बाघ कहाँका हुन् भनेर पत्ता लगाएका थियौँ । धेरैजसो नमुनाहरू बर्दिया र शुक्लाफाँटा क्षेत्रका थिए । यसले चोरी शिकारी कहाँ बढी भैरहेको छ भन्ने देखाउँछ । विज्ञानमा डीएनएको प्रयोगलाई थप एकीकृत गर्न दक्षिण एसियाका मुलुकहरूले कसरी राम्रो सहकार्य गर्न सक्छन् ? Recommended संरक्षणमा डीएनएको प्रयोगलाई थप एकीकृत गर्न दक्षिण एसियाका मुलुकहरूले कसरी राम्रो सहकार्य गर्न सक्छन् ? भारतमा पनि केही प्रयोगशालाहरू छन् । तर तिनीहरू एक्ला एक्लै काम गर्छन् । नेपालमा एउटा मात्रै प्रयोगशाला छ । बंगलादेश र भुटानमा कुनै पनि प्रयोगशाला छैनन् । नेपालमा रहेका धेरै जसो बाघ बासस्थानहरू उत्तरपश्चिम भारतका आरक्षित क्षेत्रसँग जोडिएका छन् । सुन्दरबन जंगल भारत र बंगालमा फैलिएको छ र भुटान र भारतमा पनि साझा बाघ बासस्थानहरू छन् । हामीले क्षेत्रीय बाघ अनुवंशिक केन्द्र स्थापना गरेर स्रोत र विज्ञहरूको सामूहिक ज्ञानको फाइदा लिन सक्छौँ । अनुवंशिक अनुसन्धानको कुरा आउँदा मुलुकहरू भित्रैदेखि डराउँछन् । उनीहरू अनुवंशिक सूचनालाई गोप्य सूचनाको रूपमा बुझ्छन् र अन्य देशहरूले आफ्ना बाघहरूका अनुवंशिक जानकारी पाएभने के होला भन्ने चिन्ता गर्छन् । तर खतरामा रहेका प्रजातीहरूलाई बुझेर त्यस्ता प्रजातीलाई संयुक्त रूपमा संरक्षण गर्नु नै प्रमुख समग्र लक्ष्य हुनुपर्छ । यस क्षेत्रमा बाघका थुप्रै बासस्थानहरू जोडिएका हुनाले संयुक्त काम गर्नुपर्छ । हामीले विश्वासको वातावरण निर्माण गरेर मिलेर काम गर्ने इच्छाशक्ति व्यक्त गर्नुपर्छ । बाघको संरक्षण गर्ने र व्यवस्थापन रणनीतिलाई अझै प्रभावकारी रूपमा लागू गर्ने हो भने अनुवंशिक तहको अध्ययन गर्नुपर्छ । थप पढ्नुहोस् आलेख जैविक विविधता किन बढिरहेको छ नेपालकाे बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ आक्रमण ? विचारहरू संरक्षण Opinion: Let’s celebrate tiger success, but recognise the huge task ahead आलेख जैविक विविधता How will India achieve the new global goals for nature? आलेख जैविक विविधता Tiger population increases in Bhutan आलेख जलविद्युत जलविद्युत् परियोजनाका कारण मध्यनेपालका हजारौँ स्थानीयबासी विस्थापनको जोखिममा आलेख पानी अभाव नेपाल–भारत बाढी पूर्वसूचना प्रणालीमा समुदायकाे सहकार्यले जनधनको क्षति घट्याे आलेख संकटापन्न प्रजाती अर्नाको संख्या ब्युँताउने महत्त्वाकांक्षी प्रयासमा नेपालको असफलता आलेख अभियना चिपकाे आन्दोलनको ५० वर्षः आफ्नै जीवनकालमा भोगेको परिवर्तनबारे उत्तराखण्डका गाउँलेको वर्णन शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय