प्रकृति छाडा कुकुरहरूका कारण हिमालय क्षेत्रको जैविक विविधिता सङ्कटमा छाडा कुकुरहरूको बढ्दो सङ्ख्याले आर्थिक कठिनाइ निम्त्याउँछ, रोग फैलाउँछ र संरक्षण प्रयासलाई खतरामा पार्छ । तर गैरसरकारी संस्था र केही राज्य सरकारहरूले यसमा कदम चालिरहेका छन् । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। हिमालय जीवन र संस्कृतिका अङ्ग हुन्, कुकुरहरू । ङारवाल, अन्नपूर्ण संरक्षण क्षेत्रस्थित कर्मा साम्तेन लिङ गुम्बाअगाडि सुस्ताउँदै गरेकाे एउटा कुकुर । (फोटो ः डेब्बी इङ) महिमा जैन मार्च 23, 2021April 10, 2022 जहाँजहाँ मानिस हुन्छन्, त्यहाँ कुकुर पुग्छन् । यसबारे पर्यावरणविद् चन्द्रिमा होमलाई अरूलाई भन्दा बढी थाहा छ । सन् २०१३ मा होमले आफ्नो पिएचडीका लागि भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशको स्पिटी उपत्यकाका छाडा छाडिएका घरेलु कुकुरहरूबारे अध्ययन गरेकी थिइन् । उनले जनवारहरूको प्रभाव बुझ्न हिमालय भेगमा व्यापक यात्रा गरेकी थिइन् । चार हजार वर्गकिलोमिटरमा फैलिएका २५ गाउँमा करिब १००० कुकुर भएको मैले आकलन गरेकी थिएँ,’ होमले भनिन् । भारतमा कुकुरहरूको सङ्ख्या छ करोड रहेको अनुमान गरिन्छ । तीमध्ये साढे तीन करोड कुकुर छाडा वा स्वतन्त्र छोडिएका छन् । हिमाली भेगमा कुकुरको सङ्ख्या कम होला । तर त्यहाँ तिनीहरूको अझ सशक्त प्रभाव छ । जनवरी २०२१ मा हिमाञ्चल प्रदेश सरकारले छाडा कुकुरको घनत्वलाई राज्यको पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)का लागि ‘आसन्न सङ्कट’ भनेर व्याख्या गरेको थियो । यो सरकारद्वारा सञ्चालित सरंक्षण परियोजना सेक्युर हिमालय, वन विभाग र भारतीय प्राणी सर्वेक्षणले गरेको सर्वेक्षणको नजितास्वरूप आएको थियो । उक्त सर्वेक्षणले लाहौल र पाङ्गीको दुर्गम उच्च उचाइँ क्षेत्रमा प्रत्येक १०० वर्गकिमिमा औसत तीन छाडा कुकुर छन् भन्ने देखाएको थियो । Recommended Recommended Recommended स्थानीय (न्याटिभ) वन्यजन्तुलाई खतरा प्रत्यक्ष सिकार, अन्य मांसाहारी जनावरसँग प्रतिस्पर्धा र सम्भावित रोग प्रसारणमार्फत कुकरहरूले स्थानीय वन्यजन्तुलाई खतरामा पार्छन्,’ भारतीय गैरसरकारी संस्था प्रकृति संरक्षण प्रतिष्ठान (एनसिएफ)का वैज्ञानिक कुलभूषण सूर्यवंशीले भने । उदाहरणका लागि, आफ्नो सिकार खान नदिइकन हिमचितुवाहरूलाई कुकुरहरूले टाढा लखेटेको अभिलिखित गरिएको छ । झारल, रातो पान्डा, कस्तूरी मृग, रातो फ्याउरो, नेवला, मार्टेन, पिका र गिलहरी जस्ता वन्यजन्तुलाई कुकुरहरूले खाने गर्छन् । ती जङ्गली जनावर र लोपान्मुख प्रजातिमाथि कुकुरहरूको प्रत्यक्ष प्रभाव आकलन गर्न कठिन भए पनि स्थानीय भारतीय प्रजातिमाथि हुने कुकुरहरूको सामूहिक आक्रमणहरूमध्ये ४८ प्रतिशत संरक्षित क्षेत्र वा त्यसको वरपर हुने गरेको होमको अनुसन्धानले देखाएको छ । यसरी आक्रमणमा पर्ने करिब आधा जनावरहरू त्यही आक्रमणका कारण मर्छन् । थुप्रै प्रजातिहरू सङ्कटग्रस्त रूपमा लोपोन्मुख भइसकेकाले कुकुरहरूसँगको द्वन्द्वले तिनको सङ्ख्या बढाउने प्रयासलाई गम्भीर रूपमा असर गर्न सक्छ । हिमाली क्षेत्रमा पाइने पहेंलो घाँटी भएको सानो वन्य मांसाहारी हो, म्यार्टेन । गाउँहरूले यसलाई छ ओटा कुकुरको समूहबाट बचाउने प्रयास गरेका थिए । तर कुकुरलाई लखेटिसकेपछि आफ्नो घाउँबाट तुरुन्तै यसको मृत्यु भएको थियो । (फोटो ः विक्रम गुरुङ) जङ्गली कुकुरहरूको समूह हिंसात्मक हुन सक्छ र ठूला जनावरलाई समेत आक्रमण गर्न सक्छ । उनीहरू एक्लै घुम्ने, हिँड्ने साना पशुधन र जङ्गली जनावरमाथि हाबी हुन्छन्थिन्ले एन भुटिया, सिक्किम एन्टी रेबिज एन्ड एनिमल हेल्थ (एसएआरएएच) कार्यक्रम जङ्गली कुकुरहरूको समूह हिंसात्मक हुन सक्छ र ठूला जनावरलाई समेत आक्रमण गर्न सक्छ । उनीहरू एक्लै घुम्ने, हिँड्ने साना पशुधन र जङ्गली जनावरमाथि हाबी हुन्छन्,’ भारतको पहिलो राज्यव्यापी रेबिजविरोधी सरकारी कार्यक्रम सिक्किम एन्टी रेबिज एन्ड एनिमल हेल्थ (एसएआरएएच) का कार्यक्रम संयोजक र संयुक्त निर्देशक थिन्ले एन भुटियाले भने । पशुधनको नोक्सानले संस्कृतिमा परिवर्तन ल्याउँछ हिमाली भेगका कुनै भूभागमा जङ्गली जनावरहरूको तुलनामा कुकुरहरूले धेरै पशुधन क्षति गर्छन् भन्ने अनुसन्धानले सङ्केत गर्छ । सन् २०१३ अप्रिलदेखि जुनसम्म स्पिटी उपत्यकाका २९ गाउँमा भएका कुकुर आक्रमणहरूलाई एउटा अध्ययनले विश्लेषण गरेको थियो । गोठाला र पशुपालकहरूसँग गरिएका अन्तर्वार्ताहरूका आधारमा गरिएको त्यस अध्ययनले करिब ६३.५ प्रतिशत पशुधन नोक्सानी विशेषगरी भेडा र बाख्राहरूमा भएको कुकुर आक्रमणबाट भएको देखाएको थियो । हिमचितुवा र ब्वाँसोहरूबाट २८.५ प्रतिशत र आठ प्रतिशत क्षति भएको थियो । सन् २०१३ मा आक्रमण र रोगका कारण भएको ४६,६६२ अमेरिकी डलर बराबरको पशुधन क्षतिमध्ये कुकुर आक्रमणबाट भएको क्षति १७,५२२ अमेरिकी डलर (४० प्रतिशत) थियो । माथिलो पिसाङ गाउँ, अन्नपूर्ण संरक्षण क्षेत्रस्थित एउटा घरको छानाबाट कुकुरलाई तल झार्न फुस्लाउँदै हिमालयन मट प्रोजेक्टका अनुसन्धान सहायक अजय नरसिंह राना । रोगको परीक्षण गर्न कुकुरबाट रगतको नमुना सङ्कलन गरिएको थियो । र पशु चिकित्सकहरूले त्यसको बन्ध्याकरण गरेका थिए । (फोटो ः डेब्बी इङ) गएको एक दशकमा घरेलु कुकुरहरूको आक्रमणले पशुधन संरचनामा परिवर्तन ल्याएको कुरा होमले द थर्ड पोललाई भनिन् । यो र अन्य सामाजिक–आर्थिक कारण थुप्रै गाउँलेहरूले साना पशुधनलाई घटाएका छन् । रोगका संवाहकहरू कुकुहरूले प्रायः रोगी बनाउन सक्ने भाइरस, जीवाणु र परिजीवीहरू बोक्ने गर्छन् । र वन्यजन्तु अनि पशुधनलाई अप्रत्यक्ष रूपमा असर पार्छन् । जङ्गली कुकुरहरू लामो यात्रा गरेर दुर्गम ठाउँहरूमा समेत पुग्न सक्छन् । तिनले ब्वाँसो, हिमचितुवा र अन्य जङ्गली मांसाहारी जनावरलाई सङ्क्रमित गर्ने सम्भावना हुन्छ । सन् २०१२ मा सिक्किममा ‘क्यानाइन डिस्टेम्पर’ भन्ने कुकुरमा लाग्ने घातक भाइरल रोगको प्रकोपका कारण हजारौं कुकुर मरेका थिए । सन् २०१४ मा अनुसन्धाताहरूले त्यही भाइरसले उत्तर प्रदेश र पश्चिम बङ्गालमा बाघ र रातो पान्डालाई मारिरहेको छ भन्ने पत्ता लगाए । Recommended रेबिजका कारण मर्ने मानिसको मृत्यु मुख्यतः कुकुरको टोकाइबाटै हुन्छ । विश्वप्यापी रूपमा यसरी मर्नेमध्ये ३६ प्रतिशत हिस्सा भारतको छ । त्यहाँ प्रत्येक वर्ष २०,००० मानिस रेबिजबाट मर्छन् । स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण हुन सक्ने दुर्गम हिमालय क्षेत्रमा कुकुरमार्फत हुने रेबिज निराकरण गर्नु महत्वपूर्ण हुन्छ । अनुगमन र जनसङ्ख्या नियन्त्रण हिमालय क्षेत्र जताततै कुकुरहरू छन् । ५०००–७००० मिटरको उचाइमा हिमचितुवालाई रेकर्ड गर्न राखिएका क्यामेरामा कुकुर देखिएका छन् । तर हामीलाई थाहा छैन, ती कति धेरै छन्,’ वन्यजन्तु रोग पारिस्थितिकीविद् एवम् नेपालमा कुकुरहरूलाई निःशुल्क खोप लगाइदिने र बन्ध्याकरण गर्ने संस्था हिमालयन मट प्रोजेक्ट (एचएमपी)की डेब्बी इङले भनिन् । एनसिएफका सूर्यवंशीका अनुसार समस्या प्रायः सानैबाट सुरु हुन्छ । आफ्ना पशुहरूका बथानलाई सुरक्षा दिन कुकुर पाल्ने पशुपालकले आफ्ना पाल्तु जनावरलाई स्थानान्तरणका बेला छाडिदिन सक्छन् । यद्यपि सूर्यवंशी भन्छन्, ‘यसरी छाडा छोडिएका कुकुरहरू कचरामा फालिएका र पर्यटक एवं सैनिक शिविरहरूले छाडेका फुड वेस्टमा रमाउँछन् ।’ कुकुरहरू छिटो प्रजनन गर्छन् । तिनीहरूले वर्षमा तीन पटकसम्म बच्चा पाउन सक्छन् । र प्रत्येक पटक सात ओटा बच्चासम्म पाउन सक्छन् । ती आफैं पनि छिटोछिटो प्रजनन गर्छन् । ‘एक पटक घनत्व उच्च भएपछि कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्न साह्रै गाह्रो हुन्छ,’ सूर्यवंशीले भने । यस क्षेत्रका कुकुर प्रायः तिब्बती म्यास्टिफ र स्थानीय नस्लका मिश्रण हुन्छन् । त्यसैले तिनीहरू समतल ठाउँका कुकुरभन्दा ठूला र बलिया हुन्छन्, जसले गर्दा उनीहरूलाई समात्न अलि कठिन हुन्छ । यो समस्या हिमाचल प्रदेशलगायत जम्मु–काश्मीर, लद्दाख, उत्तराखण्ड र सिक्किमका केही भागमा भएको जनाइएको छ । नेपाल, तिब्बत र भुटानमा पनि यो गम्भीर समस्याका रूपमा रहँदै आएको छ । मानवीय समस्याको मानवीय समाधान सन् २०१४ कुकुरहरूको एउटा समूहको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि लद्दाखी अधिकृतहरूले २० कुकुरलाई मार्ने आदेश दिएका थिए (पशुअधिकारकर्मीको विरोधपछि यो निलम्बन गरिएको थियो) । यस मुद्धाको समाधानका लागि क्रूर उपायहरूभन्दा बहुल, प्रणालीगत दृष्टिकोण आवश्यक छ भनेर विज्ञहरू जोड दिन्छन् । पछिल्ला वर्षहरूमा कुकुर टोकाइका घटना कम हुँदै आएको एसएआरएएचका भुटियाले द थर्ड पोलसँग बताए । कुकुरको स्वास्थ्य सुधार गरेर तपाईं मानवीय स्वास्थ्य पनि सुधार्न सक्नुहुन्छ,’ एसएआरएएचका स्वयम्सेवक र भेट्स बियोन्ड बोर्डर्सका पशु चिकित्सक हेलेन बर्नले भनिन् । नेपालमा समुदाय र कुकुरहरूबीचको द्वन्द्व घटाउन र कुकुरहरूको चयनात्मक वध रोक्न सन् २०१४ मा इङले एचएमपीको सहस्थपना गरेकी थिइन् । ‘(रेबिजलाई रोक्न र कुकुरहरूको सङ्ख्या स्थिर राख्न) विश्व स्वास्थ्य सङ्गठनले व्यवस्थित पशुजन्म नियन्त्रण र खोप अभियान सिफारिस गर्दछ,’ इङले औंल्याइन् । बन्ध्याकरणका लागि कुकुरलाई तयार पार्दै गरेकी गिम गियोक इङलाई पिसाङ गाउँ, अन्नपूर्ण संरक्षण क्षेत्रका बच्चाहरूले झ्यालबाट हेर्दै छन् । (फोटो ः डेब्बी इङ) नेपालको सबैभन्दा ठूलो संरक्षित क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रका गाउँहरूमा एचएमपीले काम गर्छ । यसले ६२१ कुकुरलाई बन्ध्याकरण गरेको छ, ८०० भन्दा बढीलाई खोप लगाएको छ । एसएआरएएच र एचएमपीको समान दृष्टिकोण छ । प्रशिक्षित प्रहस्तकहरूले समुदायको सहयोगमा कुकुरहरू पत्ता लगाउँछन्; अनुभवी पशु चिकित्सहरूले तिनीहरूलाई खोप लगाउँछन्, बन्ध्याकरण गरिदिन्छन् । र अपरेसनपछिको रेखदेखपश्चात् तिनीहरूलाई छाडिदिन्छन् वा तिनीहरूका मालिककहाँ फिर्ता पठाइदिन्छन् । बन्ध्याकरण गरिएका कुकुर बढी बलिया, सक्रिय र कम आक्रामक हुन्छन्,’ बर्नले भनिन् । सन् २००५ देखि भेट्स बियोन्ड बोर्डर्सका स्वयम्सेवक र फोन्डेसन ब्रिगिट बार्डोटसँगै एसएआरएएचले ३२०,००० कुकुरलाई खोप लगाएको छ; ७८,००० लाई बन्ध्याकरण गरेको छ । यसो गर्न स्थानीय जनतादेखि राज्यको पशुपालन वा पशु स्वास्थ्य विभागसम्मका विभिन्न तहमा सञ्चार तथा सहकार्य हुनुपर्छ । अनियन्त्रित कुकुर जनसङ्ख्या (रेबिज, पशुधनको क्षति, वन्यजन्तुलाई खतरा)बाट हुने आर्थिक घाटा ‘ट्रयाक–न्युटर–रिलज’ कार्यक्रम चलाउन लाग्ने लागतभन्दा धेरै बढी हुन्छ भनेर भुटियाले अथ्र्याए । नोक्सान अनुमान गरिसकेपछि कुनै पनि सरकारलाई व्यवस्थित राज्य स्तरको कार्यक्रम सुरु गर्न मनाउन सजिलो हुन्छ,’ उनले भने, ‘पाल्तु जनावरको स्वामित्वसम्बन्धी बलियो कानुन र तिनलाई उल्लङ्घन गरेबापत दण्ड तिर्नुपर्ने भएकाले सिक्किमले यो समस्यालाई सुदृढ तरिकाले सम्बोधन गर्न सकेको छ ।’ तर रेबिजमुक्त राज्यको सुनिश्चितता गर्न र कुकुरको सङ्ख्यालाई नियन्त्रण गर्न थुप्रै बाधा छन् । सिक्किमको चीन, भुटान र नेपालसँग साझा सिमाना छ । र कुकुरहरू एक देशबाट अर्को देशमा सजिलै जान सक्छन् । नागरिकहरूले अर्को राज्यबाट कुकुरहरू ल्याउँछन् पनि । यी एक पटक मात्र सञ्चालन गरिने परियोजना होइनन् । यिनको सञ्चालन हामीले वर्षौंसम्म गर्नुपर्छ,’ भुटियाले भने । अर्को महत्वपूर्ण पक्ष भनेको फोहोर व्यवस्थापन हो,’ होमले औंल्याइन् । एनसिएफले केही फोहोर राखिने ठाउँमा कुकुरहरू जान नसक्ने बनाएको छ । र यस्तो गरिएको ठाउँका गाउँहरूमा थोरै कुकुर भएको पाएको छ । हामीले यसलाई यसलाई कुकुरको समस्या मात्र हो भनेर हेर्नुहुँदैन । यो साँच्चै मानव समस्या हो,’ इङले भनिन् । ‘मानिसले यी ठाउँहरूमा कुकुर ल्याउँछन् । मानव रोजाइले तिनको सङ्ख्या नियन्त्रणमा राख्न पनि सक्छ वा विस्फोट गराउन पनि सक्छ ।’ थप पढ्नुहोस् आलेख ऊर्जा संक्रमण भारतको नेट जिरो उत्सर्जन सपनाको कुटनीति र यथार्थ आलेख कार्बन डाइअक्साइड रिमूवल नेपालका वनमा भेटियो कार्बन भण्डारणका सम्भावनाहरू पछ्याउने नयाँ बाटो आलेख सोलर पाकिस्तानकाे सिन्धमा सौर्य ऊर्जामार्फत जीवन रक्षा आलेख जलवायु प्रभाव जलवायु परिवर्तनले छिटो पगाल्यो हिमालयमा हिउँ आलेख जलविद्युत बूढीगण्डकी : मृगतृष्णा बनेको परियोजना आलेख पानीकाे गुणस्तर टिप्पणी : भारतका मरणासन्न बाँध र जोखिममा रहेका जलाशयहरूको सुषुप्त खतरा आलेख नदीहरु यूराल नदी मासिँदै गर्दा युरेसियामा बढ्दो संकट आलेख जनजाती असमको राष्ट्रिय निकुञ्जबाट निकालिएका आदिवासी बासस्थानको माग गर्दै आन्दोलनमा शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय