न्याय बङ्गलादेशको नाङ्गो डाँडामा रोहिङग्याको कष्टकर जीवन आफ्नो देशबाट धपाइएका ६ लाख रोहिङग्यालाई बङ्गलादेशको जङ्गलमा बस्न दिने निर्णयले वनको विनाश मात्र भएन, भूमिगत पानीको सतह पनि घट्यो । शराणार्थीहरू परे जोखिममा नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। Kamran Reza Chowdhury फेब्रुअरी 23, 2018April 10, 2022 पचास वर्षीय रोहिङग्या शरणार्थी तथा ८ छोरा छोरीका पिता मोहम्मद सादिक खानलाई प्लास्टिक र पातलो बाँसले बनेको आफ्नो दश फिट बाइ आठ फिटको कोठा स्वर्ग झैँ लाग्छ । यो कोठामा उनीसहित उनको परिवारका ११ जना बस्ने गर्छन्। ‘हामीलाई यहाँ कोही पनि गोली हान्न आउँदैन’, सादिकले द थर्डपोल डट नेटलाई बताए । ‘अल्लाहलाई धन्यवाद छ हामीले शान्तसंग सुत्ने सानो ठाउँ पाएका छौँ ।’ म्यानमारमा यस्तो सम्भव थिएन । त्यहाँको सुरक्षा फौजका सदस्यहरू रोहिङग्या मुसलमानहरूको घरमा छापा मार्ने गर्थे र जवान पुरुष तथा सुन्दर महिलाहरूलाई गाडीमा हालेर लान्थे । उनका अनुसार सेप्टेम्बर २०१७ तिर म्यानमारको सेनाले उनको भाइलाई मार्यो अनि उनको माउङ्दामा रहेको घर ध्वस्त पार्यो । उनी र अरू रोहिङग्या भाग्दै गर्दा सेनाले गोली समेत चलायो । ‘हामी रोहिङग्याहरूले यहाँ हाम्रो घर बनाउन जङ्गल फाँड्यौँ । हामी व्यापारीले टोकरीमा माछा मिलाएर राखे जसरी आफूलाई मिलाएर सुत्छौँ । कसैले अटेसमटेस सम्म गर्ने ठाउँ हुँदैन । तर पनि कसैलाई केही गुनासो छैन । हामीसँग जे भए पनि बिना कुनै डर सुत्न सक्ने टहरो त छ ।’ सादिक र अरू रोहिङग्या शरणार्थीहरूले आफ्नो वासस्थान बनाउन वनको फडानी गरेका कारण सिर्जना भएको समस्या बारे भने उनीहरू अनभिज्ञ छन् । यसले गर्दा पहिरो जाला नि भनेर सोध्दा सादिक उल्टै प्रश्न गर्छन् ‘के नै होला र ?’ एउटा वन यसरी बिलायो बङ्गलादेशको विपत व्यवस्थापन मन्त्रालय मातहतको शरणार्थी राहत तथा प्रत्यावासन कार्य लयले कोक्स बजारको उखिया क्षेत्रमा रहेको ३,००० हेक्टर जङ्गल अधिग्रहण गरेर त्यहाँ म्यानमारबाट भागेर आएका लाखौँ रोहिङग्यालाई वस्ती निर्माण गरेको थियो । अधिकांश शरणार्थीहरूलाई उखिया र तेक्नाफ क्षेत्रका बालुखली, कुतुप्लाओङ, मधुरछरा, र लम्बरीसहर जस्ता शिविरहरूमा राखिएको छ । संयुक्त राष्ट्रसंघिय शरणार्थी उच्च आयुक्तको कार्यालयका अनुसार बालुखली-कुतुपलाओङ शिविर अहिले ५ लाख ७० हजार रोहिङग्याका लागी घर मात्रै नभएर संसारकै सबैभन्दा ठूलो शरणार्थी शिविर बनेको छ ।उखियाको डाँडामा पहिले घना जङ्गल हुने गर्थ्यो र हात्ती जस्ता जङ्गली जनावर पनि यहाँ पाइन्थे तर अब यहाँ एउटा पनि रुख बाँकी छैन । बङ्गलादेश उष्ण वन संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक फरिद उद्दिन अहमद भन्छन्, उखियाका जङ्गलमा पाइने ‘ढाकिजोम’ (Syzqium grande), ‘चपालिस’ (Artocar), ‘गोर्जोन’ र ‘गमरी’ जस्ता रुखहरू बङ्गलादेशका अरू भागमा पाइन्नन् ।‘पुरै इलाकामा एउटा पनि रुख बाँकी छैन । रोहिङग्याहरूले रुखको जरा समेत उखेलेर त्यसलाई इन्धनको रूपमा प्रयोग गरे । यहाँ शरणार्थी शिविर खडा गर्ने निर्णयले पुरै जङ्गल नै सखाप भयो ।’ उनले भने अब उखिया डाँडाका रुखहरू पुन: उम्रने छैनन्। ‘त्यहाँको जङ्गल र प्रचुर जैविक विविधता अब सदाका लागि नष्ट भए । अब हामीले फेरि वृक्षारोपण गर्नुपर्छ ।’ पानी पनि हराउँदै रोहिङग्या वस्तीमा पानीको पनि हाहाकार छ । जमिन मुनिको पानीको सतह धेरै ट्युब वेल खनेका कारण गत डिसेम्बर देखि उल्लेखनीय रुपमा घटिसकेको छ । गत सेप्टेम्बरमा यहाँ आएकी रहिमालाई यहाँको पानी समस्या बारे राम्ररी थाहा छ । ‘पहिले (सेप्टेम्बरमा) मैले १० लिटरको गाग्री भर्न १० देखि १५ पटक मात्र पम्प चलाउनु पर्थ्यो । तर अहिले त्यति नै पानी निकाल्न न्यूनतम् ३० पटक चलाउनु पर्छ । अरू इलाकामा पनि समस्या विकराल छ’, उनले द थर्डपोल डटनेटलाई भनिन् । मोहम्मद मलिक भन्छन् पिउन योग्य पानीको जोहो गर्न दिन प्रतिदिन गाह्रो हुँदै गइरहेको छ । पचास फिट गहिरा ट्युब वेलहरूमा पानी सकिँदैछ र त्यसै कारण अझै गहिरा ट्युब वेल खन्नु पर्ने भएको छ ।राष्ट्रसंघले हालै मात्र रोहिङग्या समुदायले मनसुनमा सामना गर्नु पर्न सक्ने जोखिमका विषयमा एक अध्ययन गरेको थियो । ‘कुतपालोङ र बालखलीमा रहेको संसारकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा रहेको जोखिमको विश्लेषण गर्दा करिब १ लाख शरणार्थीहरु बाढी र पहिरोको जोखिममा रहेको देखिएको छ ’, राष्ट्रसंघिय शरणार्थी उच्च आयुक्तको कार्यालयका प्रवक्ता अन्द्रेज मेहाचिचले फेब्रुअरीको सुरुतिर जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । सो अध्ययन ढाका विश्वविद्यालयको सहकार्यमा राष्ट्रसंघिय शरणार्थी उच्च आयुक्तको कार्यालय, अन्तराष्ट्रिय आप्रवासन संस्था र एसियाली विपत तयारी केन्द्रले तयार पारेका थिए । माचिच भन्छन्, ‘रिपोर्टका अनुसार एक तिहाइसम्मको क्षेत्रफल डुबानमा पर्ने छ र ८५,००० भन्दा बढि शरणार्थीले आफ्नो बासस्थान गुमाउने छन् । डाँडामा बस्ने थप २३,००० शरणार्थीहरू पहिरोको जोखिममा छन् ।’ मानवीय सहायता संस्थाहरू र बङ्गलादेश सरकारले शरणार्थीहरूका लागि बनाइदिएको शौचालय, स्नान गृह र ट्युबवेल जस्ता संरचनाहरू पनि बाढीले बगाउन सक्छ, उनले भने । नयाँ जोखिमहरू ढाका विश्वविद्यालयको भूगोल तथा वातावरण विभागका प्राध्यापक ए एम एम अमानतुल्लाह खानले द थर्डपोल डट नेटलाई भने, कोक्स बजारको उखियामा रहेको रोहिङग्या वस्ति निकै जोखिममा छ । ‘उनीहरूले सामना गरिरहेको जोखिमका बारे बुझ्न तपाईँ कुनै विज्ञ नै हुनुपर्छ भन्ने छैन । अहिले शरणार्थी शिविर खडा गरिएको क्षेत्रमा पहिले घना जङ्गल थियो र त्यहाँ भएका रुखले माटोलाई बलियो बनाइराखेको थियो र भूक्षय हुन पाएको थिएन ।’ तर अहिले त्यहाँ रुख छैनन् र पहाडमा सडकहरू बनेका छन् । यसका कारण पानी सिधै जमिनमा छिर्नेछ र पहिरोको जोखिम बढ्नेछ । ‘पानी पर्ने समय आउन अब केही महिना मात्रै बाँकी छ । मलाई डर छ कि यहाँ पहिरोका कारण धेरै मानिसले ज्यान गुमाउनेछन् । हामीले यहाँ शरणार्थी शिविर बनाएर जैविक विविधतामा धनी एउटा नमुना वनलाई नास गरेका छौँ ।’ खानले भने जमिन मुनिबाट पानी झिकिनुले ‘घाउ’ मा अझै ‘नुन’ थपिएको छ । जमिन मुनिको पानीको सतहमा कमी आउनुले पहिरोको जोखिम झनै बढाएको छ । अनौपचारिक शिविरहरूको स्थिति अझै भयावह उखियामा रहेका सरकारी शिविरहरूमा भन्दा पनि विकराल पानीको समस्या तेकनाफ उप-जिल्लामा रहेका अनौपचारिक शिविरहरूमा छ । तेकनाफ समुद्रको नजिक पनि पर्ने भएकाले यहाँका शरणार्थीलाई पिउन योग्य पानीको व्यवस्थापन गर्न निकै कठिन छ । केही गैर सरकारी संस्थाहरूले करिब १ लाख शरणार्थी बस्ने लेडा र उन्चिपराङ शिविरहरूमा पानी वितरण गर्ने जमर्को गर्दैछन् । ‘हामीले नजिकका नदि नालाबाट पानी सङ्कलन गरेर शिविरमा वितरण गर्दैछौँ । तर अबका दिनहरूमा के हुन्छ भन्न सक्ने स्थितिमा हामी छैनौँ’, अक्सफामका एक अधिकारीले द थर्डपोल डटनेटलाई बताए । ‘पानीको सतह हरेक दिन घट्दो छ । हामीले ट्युब वेलबाट पानी थाप्दा घण्टौसम्म गाग्रीको लामो लाइनमा बस्नुपर्ने भएको छ ‘, लेडा शिविरमा बस्ने रोहिङग्या शरणार्थी मोकुलेसुर रहमान भन्छन् । शरणार्थी राहत तथा प्रत्यावासन आयुक्त मोहम्मद अबदुल कलामले द थर्डपोल डटनेटलाई भने लेडा र उन्चिप्राङ शिविरहरूले सरकारी मान्यता पाएका छैनन् । ‘हामीलाई त्यहाँको पानी सङ्कटका बारे थाहा छ । केही गैर सरकारी संस्थाहरूले त्यहाँ पानी वितरण गर्दै छन् ‘, उनले भने । आफ्नो देशबाट धपाइका रोहिङग्या शरणार्थीहरू पानीका लागि काकाकुल छन् तर निकट भविष्यमा वर्षाको रुपमा आउने पानीले नाङ्गो डाँडामा बस्न बाध्य उनीहरूको समस्या समाधान गर्ने छैन । कमरान रेजा चौधरी ढाकामा कार्यरत पत्रकार हुन् । थप पढ्नुहोस् आलेख नदीहरु विचार: ब्रह्मपुत्रको बहाव मोड्ने योजना यथार्थ भन्दा निकै पर छ आलेख सीडीबी चीनको विकास सहायतामा ‘विकास’ कहाँ छ ? आलेख वार्ता जलवायु सम्मेलन ; जोखिममा रहेका समुदायका लागि वित्तीय सहयोग अझै ‘आकाशको फल’ आलेख विपद् पृथ्वी 'टिपिङ पोइन्ट' तर्फ उन्मुख रहेको वैज्ञानिकहरूको चेतावनी आलेख बेल्ट एण्ड रोड 'बेल्ट एण्ड रोड' लाई वातावरण मैत्र बनाउन सकिन्छ आलेख जलवायु प्रभाव जलवायु परिवर्तनले गरेको क्षतिको पूर्ती कसले गर्ने र क्षतिपूर्ती कसलाई दिने ? आलेख संकटापन्न प्रजाती हिउँ चितुवालाई यसरी बचाइँदै छ आलेख बेल्ट एण्ड रोड नेपालको रेशममार्ग रेल सपना शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय