ग्रिसारीन चुङसिरिवात सन् २०२४ देखि दक्षिणपूर्वी एसियाका लागि डायलग अर्थको साझेदारी प्रबन्धकका रूपमा काम गरिरहेकी छन् । उनी बैंककमा बस्छिन् । उनले नटिंघम विश्वविद्यालयबाट परिदृश्य र संस्कृतिमा स्नातकोत्तर गरेकी छन्। डायलग अर्थमा आबद्ध हुनुअघि उनले थाई इतिहास, कला र संस्कृतिमा थाई र अङ्ग्रेजी दुवै भाषाका पुस्तकहरू उत्पादन गर्ने फ्रान्सेली प्रकाशन कम्पनीमा सम्पादकको रूपमा १० वर्षभन्दा बढी काम गरेकी थिइन्। उनले बैंककको पहिलो विचार महोत्सव बैंकक एजको लागि कार्यक्रम प्रबन्धकको रूपमा काम गरिन् । त्यहाँ उनले दक्षिणपूर्वी एसियामा सामाजिक र पर्यावरणीय मुद्दाहरूको बारेमा थप सिकिन्। ग्रिसरीन वायु प्रदूषणको ठोस समाधान खोज्न लागि परेकी छन् । उनी बालबालिकाको अधिकारको लागि वकालत गर्ने अभियानकर्मी हुन्। उनी अङ्ग्रेजी र थाई भाषा बोल्छिन्।