ज्याक लो लाऊ डायलग अर्थको एन्डियन क्षेत्र सम्पादक हुन् । उनी यस सँस्थासँग सन् २०२१ मा आबद्ध भएका हुन् । उनी पेरुका पत्रकार हुन् र लिमामा बस्छन्। ज्याकले विगत २० वर्षदेखि अमेजन, एन्डीज र विभिन्न महासागरहरूका बारेमा लेख र समाचार र लेखहरू लेख्दै आएका छन् । उनले गाबो फाउण्डेशन, इन्टरनेसनल सेन्टर फर जर्नालिस्ट (आईसीएफजे), प्रेस एण्ड सोसाइटी इन्स्टिच्युट (आईपीवाईएस), किङ अफ स्पेन अवार्ड लगायतका सम्मान पाएका छन् । उनी हाल पोन्टिफिसिया युनिभर्सिडाड क्याटोलिका डेल पेरु (पीयूसीपी) मा पत्रकारिता विभागका निर्देशक हुन्।