प्याट्रिक मूर डायलग अर्थका ल्याटिन अमेरिका सम्पादक हुन्। सन् २०२१ मा सँस्थामा प्रवेश गर्नुअघि उनले चीन र बेलायतका प्रकाशनहरूका लागि सम्पादक, पत्रकार र अनुवादकको रूपमा काम गरेका थिए। उनले किंग्स कलेज लण्डनबाट वातावरण र विकासमा स्नातकोत्तर गरेका छन् । यहाँ उनले विश्वव्यापी वातावरणीय शासन र ईयू हरित नीतिमा ध्यान केन्द्रित गरे। उनको रुचिका क्षेत्रहरूमा चिनियाँ विदेशी लगानी र विकास सरोकारवालाको रूपमा उक्त मुलुकको भूमिका पर्दछ । साथै प्राविधिक वार्ता र विश्वव्यापी लक्ष्यहरूको माझ मानव र स्थानीय स्तरको वातावरणीय कथाहरू नहराउन् भन्ने विषयमा पनि उनको रूची केन्द्रीत छ।