कुइ किवेन लण्डनस्थित डायलग अर्थका चीन सम्पादक हुन् । उनको पत्रकारिता यात्रा चीन र सिलिकन भ्यालीको बीचमा यात्रा गर्ने एक प्राविधिक पत्रकारको रूपमा सुरु भएको थियो। त्यहाँ उनले प्रविधिले संसार र मानव व्यवहारलाई कसरी प्रभाव पार्छ भन्ने कुरामा गहिरो रुची विकास गरिन् । यसले उनलाई समाधानमूखी पत्रकारितामा काम गर्न प्रेरित गर्यो । कृषि र ऊर्जा जस्ता आधारभूत र विश्वव्यापी रूपमा प्रभावशाली विषयहरूमा उनले आफ्नो रूची विकास गरिन् । चीनमा वातावरणीय जागरूकता र कम कार्बन उत्सर्जन गर्ने प्रकारको जीवनशैलीलाई प्रवर्धन गर्न उनले वर्षौं काम गरिन् र यसले उनलाई स्थानीय कार्यहरूको शक्तिबारे बुझायो । उनी लेखनको माध्यमबाट वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय र व्यक्तिगत कार्यहरूमा केन्द्रित गरी अन्तर-सांस्कृतिक संवादहरू प्रोत्साहित गर्ने लक्ष्य राख्छिन्। उनले विश्वव्यापी वातावरणीय परिदृश्यमा चीनको भूमिका र चुनौतीहरूको बारेमा हुने बहसहरूमा रूची राख्छिन् ।