तलुला स्टेपल सन् २०१७ मा डायलग अर्थको चिफ अपरेशन अधिकृतको रुपमा लण्डनमा आबद्ध भएकी थिईन् । उनले लण्डन विश्वविद्यालयको एसओएएसबाट अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा प्रथम श्रेणी सम्मानका साथ स्नातक गरेकी छन् । टलुलाको व्यावसायिक पृष्ठभूमि वित्त, आर्थिक सहायता सङ्कलन र परोपकारी कार्यमा छ। उनी हाल महिला वातावरणीय सञ्जालको कोषाध्यक्षको रुपमा पनि कार्यरत छन् । टलुलाले थाइल्याण्डमा एक उद्धार स्कूबा गोताखोरको रूपमा काम गरेकी थिइन् । उनी समुद्री संरक्षण र जैविक विविधताको बारेमा गहिरो चासो राख्छिन्। डायलग अर्थमा उनको भूमिका रणनीति र आर्थिक सहायता सङ्कलनसँग सम्बन्धित लक्ष्य पूरा गर्ने र संसारभरि रहेका कर्मचारीहरूलाई सहयोग गर्ने काममा केन्द्रीत छ।