टिम जार्भिस सन् २०२१ मा डायलग अर्थमा वित्त निर्देशकको रूपमा आबद्ध भएका थिए । उनी लण्डनमा बस्छन् । उनी चार्टर्ड म्यानेजमेन्ट एकाउन्टेन्ट हुन् र म्यानचेस्टर मेटबाट रणनीतिक व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। टिमले सन् २०१४ देखि गैर-नाफामुखी वित्तमा विशेषज्ञता हासिल गरेका छन् । उनी डायलग अर्थ लगायत अन्य प्रभावशाली गैरनाफामुखी संस्थाहरूमा काम गर्छन् । यसअघि उनले निर्माण, बिमा सेवा, उत्पादन र खुद्रा व्यापारलगायत व्यावसायिक संस्थाहरूका लागि विभिन्न वित्तीय भूमिकामा काम गरेका थिए।