टम ब्याक्सटर डायलग अर्थको ग्लोबल चाइना एण्ड लर्निङ प्रोग्रामका परियोजना प्रबन्धक हुन् र लण्डनमा बस्छन् । उनी सन् २०१८ मा संगठनमा आबद्ध भएका थिए । सन् २०२२ सम्म उनी बेइजिङमा बस्थे । टमले ग्लास्गो विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्त गरेका छन् र हाल लण्डन विश्वविद्यालयको एसओएएसमा आर्थिक नीतिमा स्नातकोत्तर गरिरहेका छन्। एक दशकसम्म चीनमा काम गरेका उनले चिनियाँ भाषा बोल्छन् । टमको रुचिमा जलवायु र विकासबीचको अन्तरक्रिया, विश्वव्यापी विकास र वातावरणीय शासनमा चीनको भूमिका र औद्योगीकरण, आप्रवासन र श्रम जस्ता सामाजिक-आर्थिक मुद्दाहरू समावेश छन्।