विचारः पानीकाे मुल सुक्ने समस्याकाे समाधान अहिले बनाइएका डीप बोरिङहरू दिन सक्दैनन् नेपालका विभिन्न ठाउँxरूमा पानीका मुहानहरू सुक्दै गइरहेका छन् । समाधानको रूपमा धेरै स्थानीय तहहरूले डीप बोरिङ बनाउन थालेका छन् । तर, यो अल्पकालीन समाधान हो, र यसले पछि गएर अवस्था झन् जटिल बनाउँछ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। फोटो क्याप्सनः नेपालको पहाडी क्षेत्रको एक स्थानीय तहमा बनाइँदैगरेकाे नयाँ डीप बोरिङ । (तस्वीरः साउथ एसिया इन्स्टिच्युट अफ अड्भान्स्ड् स्टडीज् ) Anushiya Shrestha, Gyanu Maskey, Salu Basnet मार्च 31, 2023April 6, 2023 हिमाली क्षेत्रका मानिसका लागि प्राकृतिक रूपमा पाइने पानीमुहान पानीको महत्वपूर्ण स्रोत हुन् । तर यी मुहानहरूलाई जलवायु परिवर्तन र मानवीय क्रियाकलापहरूले असर गर्न सक्छन् । नेपालको पश्चिम पहाडी क्षेत्रमा सन् २०२१मा गरिएको एक अध्ययनले नेपालको ७० प्रतिशतभन्दा बढी पानीका मुहानहरूमा पानीको मात्रा घटेको देखाएकोछ । त्यसमध्ये सबैभन्दा धेरै गिरावट पछिल्लो १० वर्षमा आएकाे छ । तीव्र गतिमा पानीका मुहानहरू सुक्दै जाँदा हिमाली समुदायका धेरै मानिसहरूको जनजीविकामा समेत असर परेको छ । पानीका मुहान सुक्नुका धेरै कारण छन् । अनियमित वर्षा र पानीको बढ्दो प्रयोग प्रमुख कारण हुन् । बसाइँसराइले ल्याएको भूउपयोगको परिवर्तन साथै सडक र अन्य ठुला पूर्वाधार परियोजनाका लागि पहाड काट्ने जस्ता मानवीय हस्तक्षेपले पनि नेपालमा पानीका मुहानहरूमा आएको संकटलाई बढाइरहेको हाम्रो जारी अध्ययन र अन्य अध्ययनहरू समेतले देखाएका छन् । फोटो क्याप्सनः सुकेर खण्डहर भएको सार्वजनिक धारो (तस्वीरः साउथ एसिया इन्स्टिच्युट अफ अड्भान्स्ड् स्टडीज् ) जलवायु परिवर्तनलाई दोष हामीले देखेअनुसार नेपालका स्थानीय तहका अधिकारीहरूमा मूल सुक्नुको प्रमुख कारण जलवायु परिवर्तन नै हो भन्ने बढ्दो परिपाटी छ । यसको समाधान स्वरूप मानवीय हस्तक्षेप बढाउने गरिएकाे छ । एक स्थानीय तहका प्रमुख समेत रहेका र हामीले अन्तर्वार्ता लिएका अध्ययनका एक सहभागीले अध्ययन टोलीलाई भने, …पानीका मुहानहरूलाई जलवायु परिवर्तनले असर गर्ने भएकाले त्यसमा लगानी गरेर काम छैन । त्यसको सट्टा सहरोन्मुख क्षेत्रहरूमा डीप बोरिङ नै पानीको भरपर्दो स्रोत बन्नसक्छ । डीप बोरिङ भनेको भूमिगत जलभण्डारसम्म पुग्नेगरि करिब १५ सेन्टिमिटर मोटाइको पाइपलाई जमिन छेडेर गाड्ने र त्यहाँबाट पानी तान्ने प्रविधि हो । तर डीप बोरिङले जमिनमूनिको सिमित जलभण्डारको पानी रित्याइरहेको हुन्छ । नेपालको मध्य हिमाली क्षेत्रमा सन् २०१२ मा सञ्चालित एक अध्ययनले हिमनदी र हिउँ पग्लाइमा हुने गिरावटले भन्दा भूमिगत जलभण्डारमा हुने गिरावटले मूलहरूको सुकाइलाई ६ गुणाले बढाइरहेको देखाएको थियो । सन् २०१८मा, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सञ्चालन गरेको एक अध्ययनले पानीको मुहान सुक्नु समस्या हो भने, डीप बोरिङले यो समस्यालाई झन् जटिल बनाएको, र यो प्रविधि दीर्घकालीन समाधान हुन नसक्ने देखाएको छ । हिमाली भूपरिधिकाे कमसल भूबनोटको बाबजुद धेरै वर्ष अगाडिदेखि डीप बोरिङको प्रवर्धन गरिँदै आइएको छ । ‘हामीले यस क्षेत्रमा पुर्खाको पालादेखि नै मूलको पानी प्रयोग गर्दै अएका छौँ र डीप बोरिङबाट भन्दा मूलबाट नै धेरै पानी आउँछ ।’डीप बोरिङ खानेपानी उपभोक्ता समितिका एक अध्यक्ष यसरी दोहनकारी प्रतिकूल अभ्यासहरूलाई अंगिकार गरिँदै गर्दा मूलहरूको संरक्षण प्राथमिकतामा पर्ने गरेको छैन । नेपालका कतिपय क्षेत्रमा पोखरीहरूको पुनर्निमाण गर्ने र भूमिगत जलभण्डार पुनर्भरण गर्ने प्रयासहरू हुन थालेकाे भएतापनि जलसंरचनाहरूको संरक्षणलाई बेवास्ता गर्ने गरिएको छ । उदाहरणको लागि एउटा पहाडको थाप्लोमा अवस्थित एक बजारमा अध्ययन गर्दा हामीले नयाँ पुनर्भरण पोखरी बनाइएको पायौँ । तर निर्माणपछि रेखदेख र मर्मतसम्भारमा बेवास्ता गरिएकाले त्यसको अवस्था जीर्ण थियो । हामीले संवाद गरेका एक स्थानीय तहका प्रतिनिधि र स्थानीय समुदायका मानिसहरूले उक्त पोखरीलाई पुनर्भरण पोखरी भन्ने गरिए तापनि त्यसमा भूमिगत पानी पुनर्भरण गर्ने विषयमा ध्यान नदिइ पोखरी निर्माणबाट पर्यटन प्रवर्धन गर्ने हेतुले ठुलो लगानी गरिएको खुलासा गरे । सन् २०२१ देखि जारी हाम्रो अध्ययनको क्रममा हामीले कुराकानी गरेका समुदायहरू सुकेको मूलको विकल्प डीप बोरिङ हुनसक्छ भन्ने विषयमा विश्वस्त छैनन् । अध्ययनका एक सहभागीले भने, ‘पहाडी क्षेत्रमा मूलका पानी नै बढी टिक्ने विकल्प हुन् ।’ एक डीप बोरिङ खानेपानी उपभोक्ता समितिकै अध्यक्ष भन्छन् ‘हामीले यस क्षेत्रमा पुर्खाको पालादेखि नै मूलको पानी प्रयोग गर्दैआएका छौँ र डीप बोरिङबाट भन्दा मूलबाट नै धेरै पानी आउँछ ।’ स्थानीय सरकारहरूको काम यस्तो परिदृश्यमा, नेपालका हिमाली तथा पहाडी क्षेत्रका मानिसहरूको लागि सरकारको पहिलो सम्पर्क विन्दुका रूपमा रहेका स्थानीय सरकारहरूले कस्तो नीति लिन्छन् भन्ने विषयले पानीको मूल व्यवस्थापनमा महत्वपूर्ण प्रभाव पार्दछ । नेपालका स्थानीय तहका सरकारहरूले हालसम्म भौतिक पूर्वाधारमा आधारित विकासलाई बढी नै जोड दिँदै आइरहेकाछन् । यसले गर्दा पहिरो जाने र मूलहरू सुक्ने समस्या बढ्दाे छ। त्यसैगरी स्थानीय सरकारहरूले मूल संरक्षणको विकल्पको रूपमा डीप बोरिङ लगायत अन्य ठुला आकारका खानेपानी आयोजनालाई अघि बढाउँदा मूल क्षेत्र व्यवस्थापन गर्न सकिने सम्भावनालाई कमजोर बनाइदिएकोछ । हामीले धेरै स्थानीय तहमा गरेका अध्ययन अनुसार खानेपानी व्यवस्थापनको लागि यस्तो अल्पकालीन विकल्प अपनाउँदा चाँडै नतिजा आउने देखिएकाले त्यसलाई प्राथमिकता दिइएको हो । त्यसले गर्दा भूमिगत जलभण्डारको अत्यधिक दोहन हुने र जलभण्डार संरक्षणमा बेवास्ता हुने भएकाले दीर्घकालीन समस्या गरेका छन् । नयाँ प्रविधिजन्य विकल्पमा गरिने लगानीले अक्सर स्थानीय मूलहरूको संरक्षण र तीनै मूलबाट रसाउने जलसंरचनालाई थप व्यवस्थित गर्ने कामलाई घाटा पार्ने गरेका छन् । स्थानीय सरकारहरू आफ्नो निर्णयलाई वैधानिकता दिनको निम्ति अक्सर जलवायु परिवर्तनतर्फ औँला सोझ्याउँछन् । जलवायु परिवर्तनको कारणले मूलहरूमा गरिने लगानीमा भर पर्न नसकिने उनीहरूको तर्क छ । त्यसैगरी यस्ता आयोजनामार्फत धेरै मात्रामा पानी पाइने भएपछि मानिसहरू माझ पानीको माग बढ्नुका साथै स्थानीय मूलहरूको मर्मतसम्भार र संरक्षणमा जाँगर घट्न थालेको छ । फलतः यी महत्वपूर्ण जलस्रोतको क्षय बढेको छ, र यसले खासगरि गरिब घरपरिवारलाई जल असुरक्षाको स्थितिमा पुर्याएकोछ । वेवास्ता गरिएकाे एउटा मूल (तस्वीरः साउथ एसिया इन्स्टिच्युट अफ अड्भान्स्ड् स्टडीज् ) समतापूर्ण, दिगो र भरपर्दो खानेपानी सेवा वितरण गर्ने प्रमुख दायित्व स्थानीय तहको भएकाले पहिलेदेखि नै कमजोर भूबनोट भएका हिमाली क्षेत्रमा भूमिगत जलभण्डारको अधिक दोहन गर्दाका अर्थसामाजिक तथा पर्यावरणीय प्रभावहरूको बारेमा र पानीको मुहानलाई असर गर्ने जलवायुजन्य र गैर-जलवायुजन्य पक्षहरूको बारेमा उनीहरूको बुझाइलाई तत्काल सुधार गर्नुपर्छ । पानीका मुहानहरूको अनुगमन गर्न, पुनर्जागरण गर्न र पुनर्भरण गर्न र उचित मूलाधार क्षेत्र व्यावस्थापनका क्रियाकलापहरू सञ्चालन गर्न स्थानीय तहहरूलाई सघाउन एकीकृत र संयोजित अन्तर्सम्बन्धित र अन्तरतहगत प्रयासहरू अत्यन्त महत्वपूर्ण हुन्छन् । त्यसैगरि, पालिका स्तरीय जल व्यवस्थापन योजना बनाउन र कार्यन्वयन गर्न विशेषज्ञ ज्ञान तथा रैथाने ज्ञान र दृष्टिकोणहरूलाई समतापूर्ण अन्तर्क्रिया गराउनु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैगरि पानीका मुहानहरूको दिगो र प्रभावकारी उपयोग तथा संरक्षण गर्नको निम्ति सामूहिक पहलहरूलाई पनि प्रोत्साहित गर्नुपर्छ । यो लेख साउथ एसिया इन्स्टिच्युट अफ अड्भान्स्ड् स्टडिज् –– सीआसमा रहेको पोल्क्याप्स् र जस्टक्लाइमेट प्रोजेक्ट अन्तर्गत सञ्चालित अध्ययनमा आधारित छ । पहिलेको मस्यौदामा सुझाव दिएकोमा हेमन्त ओझालाई लेखकहरू धन्यवाद दिन चाहन्छन् । थप पढ्नुहोस् आलेख पानी अभाव Springs are drying up across Himachal Pradesh आलेख पिउने पानी Uttarakhand villagers harvest rainwater, recharge springs, avoid long walks आलेख हिमालय The life of a researcher studying springs in the Himalayas विचारहरू नागरिक समाज Spring revival project offers hope amid climate change in the Himalayas आलेख वन्यजन्तु नेपालमा गैँडाको संख्या बढिरहँदा जोखिमको पाटोलाई नजरअन्दाज गरिएको हो ? आलेख जलविद्युत जलविद्युत् परियोजनाका कारण मध्यनेपालका हजारौँ स्थानीयबासी विस्थापनको जोखिममा आलेख वन्यजन्तु अन्तर्वार्ताः डीएनए अध्ययनले नेपालको बाघ संरक्षणमा मद्दत पुर्याउन सक्छ आलेख पानी अभाव नेपाल–भारत बाढी पूर्वसूचना प्रणालीमा समुदायकाे सहकार्यले जनधनको क्षति घट्याे शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय