कमला नदीको बालुवामा खेती गर्छन् किसान पछिल्ला वर्षमा कमला नदीको ३५ किलोमिटर फैलावटमा खेती गर्न थालिएको छ । यसले अवसर र समस्या दुवै ल्याएको छ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। नवीन बराल अप्रिल 30, 2021April 10, 2022 कमला नदीको बालुवा किनारमा बसेर भोतबुल राहेन आफ्ना साझेदार झुमरत राहेनसँग खाना खाँदै छन् । उनले साउदी अरेबियामा ३० वर्ष दर्जीको काम गरे । तर जब महामारी आयो, उनी घर फर्किए । सानो छँदा खेलेको बलौटो ठाउँमा उनले अवसर देखे । साउदी अरबमा झैं यहाँ पनि हामीले काम गर्ने हो यहाँ जे पनि गर्न सकिन्छ। यहाँ काम गर्दा त म राजा जसरी बाँचिरहेकाे छु जस्ताे लाग्छ किनकि मैले परिवारले पकाएको खान पाउँछु, बच्चाहरूसँग बस्नु पाउँछु र उनीहरूको जीवनमा दुःख वा सुख जे आए पनि बाँड्न पाउँछु,’ उनले भने । भोतबुल र झुमरतले मार्चको सुक्खा मौसममा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले नेपालको दक्षिणपूर्वी जिल्ला सिरहाको कल्याणपुर नगरपालिकामा रहेको ६००० वर्गमिटर सरकारी टुकडा जग्गामा खेती गरिरहेका छन् । उनीहरूसँग आफ्ना उब्जनी रोप्न, फलाउन, टिप्न र बेच्न तीन महिनाको समय हुन्छ; जब वर्षयाम आउँछ, नदी बढ्छ र जमिन डुबाइदिन्छ । भोतबुल राहेन र झुमरत राहेन कमला नदीको बालुवा किनारमा खाना खाँदै छन् । (तस्बिर : नवीन बराल, द थर्ड पोल) मलाई थाहा छैन, अर्को वर्षको खेतीका लागि कमला नदीले बालुवा कता लगेर थुपारिदिने हो । तर यसको बहावसँग म आफूलाई ढालिरहन्छु भन्नेमा म पक्का छु,’ भोतबुलले भने । खरबुजा उब्जाउन गर्नुपर्ने तीन महिनाको कामको आम्दानी २ हजार अमेरिकी डलर होला भन्ने उनको अनुमान छ । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति जिडिपी १०७१ अमेरिकी डलर थियो । बालुवा किनारमा गरिने खेतीमध्ये खरबुजा सबैभन्दा लोकप्रिय बाली भए तापनि किसानले करेला, लौका, काँक्रो, मटर र कैंडा फर्सी खेती पनि गर्छन् । हावाबाट बचाउन काँक्रोका बिरुवा वरिपरि किसानले ससाना लट्ठी प्रयोग गर्छन् । (तस्बिर : नवीन बराल, द थर्ड पोल) टिप्ने बेला भएको लौकासँग मङ्गला सदा । उनी दक्षिण नेपालको तराई क्षेत्रको सीमान्तकृत दलित समुदायका हुन् । (तस्बिर : नवीन बराल, द थर्ड पोल) बालुवामा खेती गर्ने किसानको रोज्जा बाली खरबुजामा पानी हाल्दै एक महिला . (तस्बिर : नवीन बराल, द थर्ड पोल) बाढीसँग अनुकूलन कमला नदीको ३५ किलोमिटर खण्डमा दुवै किनारमा सयौं परिवारले बालुवा खेती गरिरहेका छन् । धैरैजसो किसान धनुषा र सर्लाहीलाई छुट्याउने यस नदी वरिपरिको मध्यवर्ती क्षेत्रका हुन् । ऐतिहासिक रूपमा बालुवाखेती तल्लोतटीय (डाउनस्ट्रिम) भारत र बङ्गलादेशमा गरिन्थ्यो । एक दशकअगाडि कमला नदी वरपर बस्ने केही किसानले मात्र यस्तो खेती गर्र्थे । तर अहिले सम्मूर्ण भूभागमै खेती गरिएको छ । कमला नदीको बालुवा किनारमा गरिएको खेतीको ड्राेनबाट लिइएको फोटो । (तस्बिर: नवीन बराल, द थर्ड पोल) इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमाेड) का जलवायु अनुकूलन विज्ञ माधव ढकालले भने, ‘सीमान्तकृत र नदी किनारको क्षयीकरणका कारण बाढीप्रभावित समुदायलाई लक्ष्य गरी नेपालमा वालुवाखेतीमा काम भइरहेकाे देखिन्छ।’ गरिब समुदाय तथा बारम्बार आउने बाढीबाट विस्थापित परिवारका लागि आम्दानी सिर्जना गर्न बिग्रिएको जग्गा प्रयोगमा ल्याइएको हो,’ ढकालले थपे, ‘बाढी र खडेरी जस्ता चरम घटना आम चुनौती हुन् । जलवायु परिवर्तनका कारण ती झन् तीव्र हुँदै छन् । र बारम्बार घटिरहेका छन् । यस्तो स्थितिमा बाढी प्रभावित किसानलाई सरकारी स्वामित्वमा रहेको जमिनबाट आम्दानी गर्न याे प्रभावकारी अनुकूलन रणनीति हुन सक्छ ।’ तरकारी खेतीका लागि बालुवा किनार तयार गर्दै दलित समुदायका पशुपति सदा र राम स्वरूप सदा । (तस्बिर : नवीन बराल, द थर्ड पोल) राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीले बालुवा किनार खेतीका लागि उर्वर हुने बताए । बालुवासँग मिसिएको माटोमा पोषक तत्त्व र पानी प्रदान गर्न सक्ने ओस रहिरहन्छ,’ उनले भने । बाढीले नयाँ सिमसार बनाउँछन् कमलामा बारम्बार बाढी आउँछ, जसले नेपाल र भारतलाई असर गर्छ । यसलाई व्यवस्थापन गर्न १४ वर्षअघि पूर्वपश्चिम राजमार्ग र भारतको सिमानाबीच पर्ने नदीको दुवैपट्टि तटबन्ध निर्माण गरिएको थियो । उक्त निर्माण दुई वर्षअघि सम्पन्न भएको थियो । तर तटबन्धका कारण नदीले आफूले बगाउँदै ल्याउने कीटलाई किनारमाथिबाट बगाएर फ्याँक्न सकेन । फलस्वरूप नदीको पिँधमा गाद भरियो र पानी सतह बढ्यो ‘कमला नदी बचाऔं’ अभियानका संयोजक विक्रम यादवका अनुसार बढ्दो सतहका कारण कमला भूभागको तटबन्धमाथिबाट नदी बगेर जान थालेको हो । सन् २०११ मा यसले आफ्नो पुरानो बाटो डुबाइदियो । नदीलाई तटबन्धभित्र ल्याइए पनि बाढीले नेपाल–भारत सीमा वरिपरि आठ किलोमिटर लामो सिमसार बनायो । अहिले यो चरा, जङ्गली बँदेल, नीलगाई र सबैभन्दा ठूलो एसियाली मृगहरूको बासस्थान बनेको छ । यस स्थानमा खेती गर्न थालिएकाले मानिसहरू ती जनावर -विशेषगरी बँदेल र नीलगाई_सँगको द्वन्द्वमा परेका छन् । खेती गर्नेहरूको सरकारी जमिनमा कुनै अधिकार नभएकाले व्यवस्थापन प्राटोकल बनेको छैन । सरकारले यो मुद्दालाई अहिलेसम्म बेवास्ता गरेको छ । धनुषाको पटेरवा गाउँका नेबा र बनारसी दासले १० वर्षदेखि कमला नदी किनारमा करेला, खरबुजा र काँक्रो खेती गरिरहेका छन् । नेबा र बनारसी दासले आफूले खेती गर्ने जग्गामा सानो छाप्रो बनाएका छन्, जहाँ उनीहरूले आफ्नो दिनको धेरैजसो समय बिताउँछन् । जङ्गली बँदेल र नीलगाईबाट तरकारी बचाउन रातमा पनि कम्तीमा एक जना यहाँ बस्छन् । तस्बिर ( नवीन बराल, द थर्ड पोल ) टिप्नका लागि काँक्रा तयार छन् । आफ्नो गाउँको बजारमा बेच्न मैले हप्ताको एक पटक यी काँक्रा टिप्छु । हामीले यिनलाई २४ घण्टा नै सुरक्षा दिनुपर्छ । हामी यहाँ भएनौं भने नीलगाईको बथानले केही मिनेटमै हाम्रो परिश्रमको फल खाइदिन्छन् । जङ्गली बँदेलले रातिमा नोक्सान पु¥याउँछन्,’ नेबाले भनिन् । सिराहाको चिकना गाउँकी बिल्टी शर्माले २ हजार वर्गमिटरको बालुवा किनारमा खरबुजा खेती गर्छिन् । आफूले बोक्न सक्नेभन्दा बढी पानी उनको बालीलाई चाहिन्छ । त्यसैले हुर्कंदो फलको सिँचाइका लागि नदीबाट पानी तान्न उनले घण्टाको १=५ डलर तिरेर बोक्न सकिने जेनेरेटर भाँडामा लिन्छिन् । -तस्बिर M नवीन बराल, द थर्ड पोल_ जङ्गली बँदेल र नीलगाईहरूलाई तर्साउन बिल्टी शर्माले आफ्नो खुरबुजा खेती गरेको ठाउँबीचमा राखेको बुख्याँचा । (तस्बिर: नवीन बराल, द थर्ड पोल) जलवायु परिर्वतनको असरसँग जुझ्न आवश्यक क्षमता वृद्धिका लागि सरकारले नदी खेती -रिभरबेड फार्मिङ_को प्रवद्र्धन गर्दै गर्दा वन्यजन्तुसँगको द्वन्द्वको मुद्दाले गम्भीर ध्यानाकर्षण गर्न सकेको छैन । आफूले खेती गरेको जमिनको झार उखेल्दै धुनषाको किरतपुर गाउँकी अनारबती मुखिया । यो तस्बिर लिनुअघिको रात जङ्गली बँदेलहरूले उनको जमिन आक्रमण गरेका थिए । तस्बिर : (नवीन बराल, द थर्ड पोल) थप पढ्नुहोस् आलेख विद्युतीय गाडी भारतभर हुँदैछ विद्युतीय सवारीकाे तीव्र विस्तार आलेख वन्यजन्तु हात्तीको अवैध सीमापार व्यापारमा नेपाली पर्यटन व्यवसायी आलेख ऊर्जा संक्रमण भारतको नेट जिरो उत्सर्जन सपनाको कुटनीति र यथार्थ आलेख जैविक विविधता छाडा कुकुरहरूका कारण हिमालय क्षेत्रको जैविक विविधिता सङ्कटमा आलेख कार्बन डाइअक्साइड रिमूवल नेपालका वनमा भेटियो कार्बन भण्डारणका सम्भावनाहरू पछ्याउने नयाँ बाटो आलेख सोलर पाकिस्तानकाे सिन्धमा सौर्य ऊर्जामार्फत जीवन रक्षा आलेख जलवायु प्रभाव जलवायु परिवर्तनले छिटो पगाल्यो हिमालयमा हिउँ आलेख जलविद्युत बूढीगण्डकी : मृगतृष्णा बनेको परियोजना शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय