पानी गङ्गा नदीका जलचर संकटमा फोहर र प्रदुषित पानीका कारण भारतको सबैभन्दा ठुलो नदीमा पहिले पाइने विभिन्न जलचर अहिले संकटमा पर्दै गएका छन् । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। The smooth coated otter is one of the many threatened species in a polluted Ganga [image by WWF-India] Juhi Chaudhary जुलाई 29, 2016April 10, 2022 जीम कोर्बटको बारेमा सुन्नुभएको छ भने तपाईँलाई थाहा होला उनी नरभक्षी बाघ ढाल्ने चुनौतीबाट जति उत्साहित हुन्थे त्यति नै खुशी हुन्थे गोल्डेन महाशीर माछाको बल्छी थाप्न । तर आजको दिनमा उनी बल्छी थाप्न गङ्गा नदीको माथिल्लो भागतिर लागे भने नौ फुटे महाशीर त परै जाओस् एक फुटको पाउन पनि मुश्किल छ । पहिले पहिले गोल्डेन महाशीरलाई गङ्गाको बाघ भनेर चिनिन्थ्यो । तर अहिले हिमालको फेदीतिरका गङ्गा नदीमा मिसिने साना खोला तथा नदीहरुमा बुढी औँला जत्रा गोल्डेन महाशीर पाउन पनि मुश्किल छ । विश्व वन्यजन्तु कोष भारतले यस क्षेत्रमा पछिल्लो सय वर्षमा गोल्डेन महाशीरको संख्या ठाउँ हेरी ५ देखि ५० प्रतिशतसम्मले घटेको अनुमान गरेको छ । समथर भूमी प्रवेश गर्नु अघि नै गङ्गा नदीको ६० प्रतिशत पानी जलविद्युत वा सिंचाइको लागि लगिन्छ । त्यसैले त्यहाँ माछाको लागि पर्याप्त पानी बाँकी रहँदैन । उत्तराखण्डमा रहेको गङ्गाको एक सहायक नदी न्यारमा प्रस्तावित बाँध निर्माण नरोक्ने हो भने थोरै संख्यामा रहेका माछाका अन्य प्रजाती पनि लोप हुने खतरा छ । विश्व वन्य जन्तु कोष भारतको नदी वेशिन तथा जल नीति विभागका निर्देशक सुरेश बाबु आफ्नो प्रतिवेदन भारतमा वातावरणीय प्रवाहको लेखाजोखा : गङ्गाको अनुभव मा लेख्छन्, “न्यार नदी महाशीर माछाले मनसुनमा पानीको सतह उपयुक्त भएको बेला प्रजनन् गर्ने गङ्गाको एकमात्र सहायक नदी हो भन्ने विश्वाश गरिन्छ । यसको तल्लो तटीय क्षेत्रमा बाँध तथा जलविद्युत परियोजना निर्माण गर्नाले बयस्क महाशीर माछाहरु प्रजननको लागि माथि न्यार नदीसम्म जाने बाटो बन्द हुन्छ ।” त्यसैकारण विज्ञहरु गङ्गा नदीमा विकास निर्माण परियोजना सञ्चालन गर्दा निश्चित मात्राको जलप्रवाह कायम रहनुपर्ने बताउँछन् । उनीहरुले नदीको पारिस्थितिक प्रणाली साथै यसमा निर्भर मानिसहरुको जीविकोपार्जन सुनिश्चित गर्न आवश्यक पानीको मात्रा, समय र गुणस्तर तोकेका छन् । तर यो पानीको मात्रा कति हुने भन्नेमा जलविद्युत परियोजना सञ्चालक र वातावरणवादी बीच ठुलो मतभेद छ । रामगङ्गा नदीमा महाशीर [तस्वीर: विश्व वन्यजन्तु कोष भारत]सरकारले नमामि गंगे कार्यक्रम चलाएको छ जसमा उनीहरु अविरल प्रवाह, स्वच्छ किनारा र नदीको जैविक तथा पारिस्थितिक प्रणाली संरक्षणको कुरा गर्छन्, तर यसको रोडम्याप खै त ? नदीको अविरल प्रवाह भनेपछि पानीको मात्रै प्रवाह भनेर बुझिँदैन । यसको मतलब पोषण तत्व, जीवाणु, वन्यजन्तु लगायत नदीमा हुनुपर्ने सबैकुराको अविरल प्रवाह हुनुपर्छ,” बाँध, नदी र मानिसका लागि दक्षिण एशियाली सञ्जालका संयोजक हिमांशु थक्कर भन्छन् । जीवन्त नदी पच्चीस सय किलोमिटर लामो गङ्गा नदी र यसका सहायक नदीहरूमा १४० प्रजातीका माछा, ९० उभयचर प्रजाती र धेरै चराहरू साथै प्रसिद्ध स्तनधारी र घस्रने जनावरहरू पाइन्छन् । यसबाहेक सुन्दरबनको नदी–मुखभूमि पनि जैविक विविधतामा उत्तिकै धनी छ । अन्य हिन्दू देवी देवता जस्तै, गङ्गा मातालाई पनि उनको वाहनमा सवार भएको देखाइन्छ । उनको वाहन मकारा हो, गङ्गा नदीमा पाइने एक प्रकारको आँखा नदेख्ने डल्फिन । हाल भारतको राष्ट्रिय जलचर घोषणा गरिएको यो प्रजाती अहिले खतराको सूचीमा छ । संसारभरका नदी तथा तलाउमा यस्ता डल्फिनका जम्मा चार प्रजाती मात्र छन् । थुप्रै प्रजातीहरु लोप हुँदैछन् । उदाहरणको लागि, बङ्गालको खाडीदेखि गङ्गा र यमुना नदीमा पौँडदै दिल्लीसम्म पुग्ने हिल्सा अहिले भारत-बङ्लादेश सीमानामा रहेको फराक्का बाँधभन्दा माथि पाइँदैन । उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा अझैसम्म गङ्गा नदीका डल्फिनहरु पाइँदैछन् । तर यी जलचरहरु आहार खोज्न ध्वनीको तरङ्मा भर पर्छन् । त्यसकारण पानीको प्रवाह र गहिराइमा आउने परिवर्तनले यिनीहरुलाई धेरै असर पार्छ । आजकाल यिनीहरु सफा र पर्याप्त पानी भएको केही स्थानहरुमा मात्र सीमित हुन थालेका छन् । ब्रम्हपुत्र र यसका सहायक नदीहरुमा पनि यस्तै भइरहेछ, जहाँ नदीले बालुवा थुपारेर यसको गहिराइ घट्दै छ । डल्फिन संरक्षण विश्व वन्यजन्तु कोष भारतले उत्तर प्रदेशको नरोरा क्षेत्रमा स्थानीय समुदायलाई लिएर डल्फिन संरक्षण कार्यक्रम चलाएको छ । सँस्थाले मानिसहरुलाई नदीमा डल्फिन पाइनु भनेको नदी स्वच्छ र सफा छ भन्ने सूचक हो भन्ने बुझाएको बताउँछ । यसको नतिजा पनि निकै प्रेरणादायी रहेको उनिहरुको भनाइ छ । सन् २०१५मा विश्व वन्यजन्तु कोष भारतले राज्य सरकारसँग मिलेर गरेको एक अनुमानमा डल्फिनको संख्या २०१२मा रहेको ६७१बाट बढेर १,२७२ पुगेको थियो । “डल्फिन गहिरा रहहरुमा पाइन्छ, आहारा खोज्न सजिलो हुनाले यिनीहरु घुमाउने र भूमरी भएका ठाउँहरुमा फस्टाउँछन्,” विश्व वन्यजन्तु कोश भारतका वरिष्ठ जैविक विविधता विज्ञ अस्घर नवाबले भने । “वर्षाको समयमा यिनीहरु यताउता चाहर्छन् ।” नदीको गहिराइ वा पानीको प्रवाहमा आउने सानो परिवर्तनले पनि यी जनावर धेरै प्रभावित हुन्छन् । पारिस्थितिक प्रणाली र वातावरणसम्बन्धी अनुसन्धानको लागि अशोका कोषका अनुसन्धाता नचिकेत केल्करका अनुसार बिहारको विक्रमशिला डल्फिन आरक्ष नजिकैको औद्योगिक शहर भागलपुरमा नकारात्मक प्रभावहरु देखिन थालिसकिएको छ । “नदीको जलसतह निकै घटेको छ । पहिले यहाँका गहिरा दहहरु ५० मिटरसम्म गहिरा हुन्थे, तर अहिले जम्मा ३० मिटर गहिरा छन्” केल्करले भने “पानीको सतह घटेसँगै डल्फिनहरु धेरै संकटमा पर्छन् र अक्सर माछा माझीको जालमा पर्छन् ।” प्लाटनिस्टे वा गङ्गा नदी डल्फिन (platanista gangética) केल्करका अनुसार, माथिल्लो तटीय क्षेत्रमा बनाइएका बाँधहरुले थोरै मात्र पानी छाड्छन् किनभने उनीहरु पुल निर्माणमा असर पार्न चाहँदैनन् । त्यसैगरि उत्तर प्रदेशको बनारसभन्दा तलको क्षेत्रमा प्रस्तावित राष्ट्रिय आन्तरिक जलमार्ग नम्बर १ को लागि नदीबाट माटो बालुवा निकाल्ने काम भैरहेको छ । यसले पारिस्थिकीय प्रणालीमा ठुलो विध्वंश ल्याएको छ, उनले भने । “पहिले हरेक वर्ष १०-१२ डल्फिन मर्थे भने अहिले यो संख्या बढेर १७-२० पुगेको छ । र नदीबाट माटो बालुवा निकाल्दा पानीको र पीँधको सतहमा असर पर्ने मात्र नभइ त्यहाँ प्रयोग हुने मेशिनहरुबाट निस्किने आवाजले डल्फिनले प्रयोग गर्ने ध्वनीको तरङ्गमा असर पारेको हुनसक्छ ।” ध्वनीको फ्रिक्वेन्सी परिवर्तन भएमा डल्फिनहरु अल्मलिन्छन् र माछा मार्ने जालमा पर्न सक्छन् । जाने ठाउँ कहीँ छैन विश्व वन्य जन्तु कोषले आफ्नो डल्फिन कार्यक्रम बाहेक उत्तर प्रदेशमा रहेको हस्तिनापुर वन्यजन्तु संरक्षण क्षेत्रको स्थानीय समुदायसँग संलग्न भई घडियाल र कछुवा आरक्षण गर्न प्रयास गरिरहेको छ । गङ्गा र यसका सहायक नदीहरूमा एक ताका घडियालहरू प्रशस्त थिए । हाल नदीमा प्राकृतिक रुपमा हुर्केका करिब १,२०० मात्र जीवित रहेको अनुमान गरिएको छ । यसका अलावा गत केही वर्षमा सैँयौँ पालिएका घडियालहरू नदीमा छाडिएको छ । घडियाललाई शत्रुको रुपमा लिने माझीहरू हाल आएर यसको संरक्षणमा लागेका छन् । घडियाल संरक्षणको लागि बालुवा निकै महत्वपूर्ण हुन्छ । गोहीका सबै प्रजातीहरूजस्तै घडियाललाई पनि घाम ताप्न र प्रजनन् गर्न बालुवाको बगर चाहिन्छ । तर नदी किनारबाट अनुमति लिएर र नलिइ गैरकानुनी तरिकाले पनि बालुवा निकालिन थालेपछि, उनीहरूको जाने ठाउँ काहीँ छैन । थ्री-स्ट्रीप्ड रुफ्ड टर्टल, इण्डियन टेन्ट टर्टल र ब्राउन रुफ्ड टर्टल जस्ता खतराको सूचीमा रहेका कछुवा प्रजातीहरुको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ । पहिले किसानहरुले बगरबाट खनेर यसको अण्डा निकाल्थे । अहिले उनीहरुले यस्तो कहीँ देखे भने खबर गर्छन् र स्वयंसेवकहरुले त्यसलाई निकालेर सुरक्षित स्थानमा लैजान्छन् । नवाबले भने, “यसको अण्डा आमाले पार्दा जुन कोणमा रहेको थियो त्यही कोणमा रह्यो भने मात्र बच्चा कोरलिन्छ । त्यसैले यो ज्यादै गार्हो प्रक्रिया हो । हामी किसानहरुलाई कछुवाका भुरा नदीमा छोड्ने काममा पनि संलग्न गराउँछौँ ।” अठचालीस वर्षीय लवकुशले अहिले हस्तिनापुरमा विश्व वन्य जन्तु कोष भारतको अभियानको नेतृत्व गरिरहेका छन् । “पहिले मानिसहरु घडियाल मार्थे र कछुवाको अण्डा पनि खान्थे; तर अहिले मानिसहरुलाई यिनले नदी सफा गर्न सघाउ पुर्याउँछन् भन्ने थाहा छ । उनीहरुले घरियाल खतरनाक हुँदैनन् भन्ने पनि बुझेका छन् । त्यसैले घडियाल समातिहालेमा फेरि नदीमै छोडिदिन्छन्,” एउटा मात्रै नाम प्रयोग गर्ने लवकुशले भने । पर्याप्त गहिराइ सहित सफा बग्ने नदीका अलावा आक्रान्त गङ्गा किनाराका बासिन्दाले छिमेकी मानिसहरुको सहयोग पाए केही राहत महशुस गर्थे । थप पढ्नुहोस् आलेख संकटापन्न प्रजाती चीनको नयाँ वन्यजन्तु ऐनले बाघ संरक्षणमा थप चुनौती आलेख नदीवेसीन बस्ती छेउको नदी – कहिले मित्रु, कहिले शत्रुः कोशी बेसिन भाग ४ आलेख नदीवेसीन जलविद्युतबाट डलर कमाउने सपनाः कोशी बेसिन भाग ३ आलेख नदीवेसीन उर्लँदो नदी, काकाकुल जनताः कोशी बेसिन भाग २ आलेख नदीवेसीन उच्च हिमाली क्षेत्रका जोखिमः कोशी बेसिन भाग १ आलेख जलवायु प्रभाव गङ्गा नदीको स्रोत सुक्दै आलेख नवीकरणीय ऊर्जा हिमालय क्षेत्रभर जलविद्युतमा तीव्र वृद्भि आलेख जलवायु अनुकूलन जलवायु परिवर्तनसँग अनुकूलन गर्न सोचेभन्दा निकै बढि खर्च हुनेछ शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय