जलवायु ब्रम्हपुत्र नदी किनारको विलाप स्थानीयहरूले आफ्नो सङ्गीतमा बाढीले विस्थापित हुनुको पीडालाई मुखरित गरिरहेका छन् । उनीहरूका गीतहरू रेकर्ड गर्न द थर्ड पोलले ब्रह्मपुत्र नदी किनारको यात्रा गरेकाे थियाे । नेपाली नेपाली हिन्दी বাংলা English Share this article × Copy link to page Copy link to page × सर्वाधिकार कृपया पुन: प्रकाशन गर्नु अघि हाम्रा शर्तहरू पढ्नुहोला नक्सामा भएको निलो थोप्लो थिचेर बाढी र भूक्षयबाट विस्थापित भएका मानिसहरूका गीतहरू सुन्नुहोस् ः Chandrani Sinha जुुन 22, 2021April 10, 2022 गीतहरूले सधँै सामाजिक, राजनीतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र वातावरणीय परिवर्तनको अभिलेखन गरेका छन् । धेरै लोकप्रिय गायकहरूले जलवायु सङ्कटलाई सम्बोधन गरेका छन् । उदाहरणका लागि, बिली आइलिसको अल द गुड गल्र्स गो टु हेल, केली ली ओवेन्सको मेल्ट, अनोहनीको फोर डिग्रिज । पूर्वोत्तर भारतको असाममा स्थानीय गायकहरूले पनि जलवायु परिवर्तनले ल्याएकाे पीडालाई आफ्ना सङ्गीतमार्फत मुखरित गरिरहेका छन् । ब्रम्हपुत्र नदीको किनारमा गीत रेकर्ड गर्न द थर्ड पोलले विभिन्न स्थानहरुकाे यात्रा ग¥यो । असाम र जलवायु परिवर्तन असाम जलवायु परिवर्तनका असरहरूबाट प्रभावित छ । राज्यको धेरैजसो भूभाग विगतमा धेरै पटक आफ्नो गहिराइ र चौडाइ परिवर्तन गरेको ब्रम्हपुत्र नदी क्षेत्र (वेसिन) मा छ । अहिले जलवायु परिवर्तनका कारण अझै ठुला बाढीहरू आउन थालेका छन् । माथिको बाँधका कारण सिल्ट त्यहीँ अड्कने र त्यसलाई नदीले पहिले जत्तिकै मात्रामा बगाउन नपाउने भएकाले भूक्षय पनि बढेको छ । यी सबै यस क्षेत्रको स्थलाकृति (टपोग्राफी) परिवर्तन गर्ने गरी सन् १९५० मा आएको ८.७ रेक्टर स्केलको भूकम्पपछि भएका छन् । यसले नदी किनारबाट व्यापक रूपमा मानिसहरूलाई विस्थापित गराउन सुरु गरेको थियो । यो प्रक्रिया अहिले झन् तीव्र भइरहेको छ । धेरैले ब्रह्मपुत्र नदी किनारको आफ्नो घर र जीविकोपार्जन गुमाउनु परेको पीडा वर्णन गर्न गीतलाई माध्यम बनाएका छन् । विस्थापितका गीत Sunen Hindu Musalman/Boli ekti dukher gaan/Brahmaputra bhainga nilo Tarabari gramहिन्दु र मुसलमानहरू सुन । मलाई दुःखकाे गीत गाउन देऊ । ब्रम्हपुत्रले ताराबारी गाउँ बगायो । ७२ वर्षीय मोइनुल भुयनको गीतका सुरुका पङ्क्तिहरूले यस क्षेत्रका सबै मानिसलाई (चाहे ती हिन्दु हुन् वा मुस्लिम) उत्तिकै असर गर्ने एक मुद्दातर्फ इसारा गर्छन् । भुयनको गीत भूकम्पपछि ब्रम्हपुत्र नदीले बगाइदिएको उनको गाउँ ताराबारीको बारेमा हो । “सन् १९५० को दशक अघि ताराबारी एउटा पारम्परिक जहाज बनाउने स्थान (डकयार्ड) थियो, भुयनले सम्झिए, “ठुला जहाजहरू त्यहाँ आउँथे र त्यहाँ व्यापार तथा वाणिज्यका लागि रोकिन्थे । हामी त्यहाँबाट जुटको व्यापार गथ्र्यौँ ।” भिडियाे : चन्द्रानी सिन्हा / द थर्ड पाेल अहिले आसामको बरपेटा जिल्ला जहाँ पर्छ, त्यहाँ ताराबारी थियो । त्यहाँ स्कुल र कलेज, पुस्तकालय, अस्पताल, मन्दिर र मस्जिद, एउटा पुलिस स्टेसन र खेल मैदानहरू थिए । यी सबै बगाइएका छन् । यहाँका मानिसहरू अहिले राज्यभित्र र बाहिर छरिएका छन् । अर्का ताराबारीका पूर्वनिवासी मुसर्रफ खान अहिले बरपेटाको मुस्लिम विद्यालयमा पढाउँछन् । “नदीले हाम्रो जग्गा नकाटेको भए मैले एउटा सानो स्कुलमा काम गर्नुपथ्र्यो जस्तो मलाई लाग्दैन,” उनले भने ।. भिडियाे : चन्द्रानी सिन्हा / द थर्ड पाेल मिसिङका गीत आफूले सम्झन सक्ने समयदेखि नै आदिवासी मिसिङहरू ब्रह्मपुत्रको छेउमा बसिरहेका छन् । करिब सात लाखको जनसङ्ख्या भएका उनीहरू “नदीका मानिस” भनेर चिनिन्छन् । सयौँ वर्षदेखि उनीहरूले बाढीसँगै बाँच्न र काठका खम्बाबाट आफ्नो झुपडी बनाउन सिकेका छन् । झुपडीहरू बाँसबाट बन्छन् र आवश्यक भएमा तिनलाई सजिलै पुनर्निर्माण गर्न पनि सकिन्छ । तर अहिले उनीहरूकोे खुट्टामुनिको भूमि क्षय हुँदै छ । प्रायः मिसिङहरू निरन्तर क्षय हुँदै गरेको ब्रम्हपुत्र नदीको टापु माजुलीमा बस्छन् । ५५ वर्षीय निलामोनी ङाटेले आफ्ना नातेदार र छिमेकीहरूको कृषिभूमिलाई नदीले काटेपछि उनीहरू कसरी मूलभूमिमा सर्न परेको थियो भनेर वर्णन गरिन् । “हामीले आँधी, भारी वर्षा, बाढी देख्यौँ । ती समयमा हाम्रा हजुरबा–हजुरआमाले हाम्रो सुरक्षा गर्नुहुन्थ्यो । तर हामी अझै त्रसित छौँ । ती डरलाग्दा दृश्यहरू हाम्रो दिमागमा अझै ताजा छन् ।” उनको गीतले बाढी र ब्रम्हपुत्र नदी किनारका मानिसहरूका बिचको सम्बन्धका बारेमा भन्छ । भिडियाे : चन्द्रानी सिन्हा / द थर्ड पाेल मिसिङहरू जस्तै अर्को आदिवासी समुदाय देवरीका मानिसहरू बाढीको कारण सम्पूर्ण कुटुम्ब गुमाएको सम्झन्छन् । ४५ वर्षीय इन्डियन देवरीको भनाइ छः “बाढीका कारण हामी सदियाबाट बसाइँ सरेका थियौँ । देवरीहरूका कुटुम्बहरू फरक फरक छन्् । प्रवासनमा एउटा कुटुम्ब पूरै हराएको थियो ।” आफूले मन पराएकालाई गुमाउनुको पीडालाई बाढी र क्षयीकरणले मानव आत्मालाई जे गर्छ त्योसँग तुलना गरी लेखिएको प्रेम गीत उनले गाए । भिडियाे : चन्द्रानी सिन्हा / द थर्ड पाेल युनानका मान्छेहरू सयौँ वर्ष अघि ताई फाके मानिसहरू चीनको युनानबाट पूर्वी आसामको नहरकटियामा बसाइँ सरेका थिए । राज्यको एक मात्र बौद्ध समुदाय उनीहरु ब्रह्मपुत्रको प्रमुख सहायक नदीहरूमध्ये एक नदी बुर्ही दिहिङकाे छेउमा बस्छन् । कटानका कारण उनीहरूको पुरानो गाउँ नाम फाकेको धेरै पुरानो गुम्बाका भित्ताभित्तासम्म नदी पुग्न लागेको छ । ६० वर्ष नाघेकी बासिन्दा अम च चखापले जातीयताका हिसाबले ताई फाके मानिस थाई थिए र उनीहरू भूमि उर्वर भएका कारण भारत बसाइँ सरेकाे बताइन् । उनले सम्झिइन्, “नदीले हाम्रो गाउँको केही भागलाई बगाउँदाको नराम्रो समय हामीले देख्यौँ । अहिले नदीले आफ्नो बाटो परिवर्तन गर्दै छ र हामीले यहाँ बालुवा देख्न सक्छौँ । हामी धेरै प्रकारले नदीसँग अनुग्रहित छौँ । यो हाम्रो संस्कृतिको हिस्सा हो, यद्यपि बाढी र कटानका कारण धेरै मानिसहरू हाम्रो गाउँबाट बसाइँ सरेका छन् ।” भिडियाे : चन्द्रानी सिन्हा / द थर्ड पाेल चिया समुदाय १९औँ शताब्दीमा बेलायतीहरूले भारतभरका मानिसहरूलाई असामको चिया बगानमा काम गर्न ल्याए । समयसँगै ती कामदारहरू चिया समुदायमा समाहित भए । समुदायका नेता भद्र रजबार ब्रम्हपुत्रको अर्को सहायक नदी डिखोको नजिकै पर्ने नाजिरामा बस्छन् । उनी जलवायु परिवर्तनबारे गीत गाउँछन् । चिया बगानका कामदारहरू खेतमा काम गर्न चाहन्थे तर उनीहरूको खेत बाढीले बगाइसकेको थियाे । तिनीहरूले आफ्नो जग्गा गुमाए र खेत उधारोमा लिएकाले ऋणको पासोमा बाँधिइरहे । नदीको किनारका धेरै चिया बगान पनि नदी कटानमा परे । रजबारले थपे, “यो समुदायका लागि ठुलो क्षति हो ।” भिडियाे : चन्द्रानी सिन्हा / द थर्ड पाेल अर्को भाषा, उस्तै विलाप स्थानीय रेडियो स्टेसनमा बङ्गाली भाषामा नियमित गाउने ५५ वर्षीय खगेन सन्यासीले कसरी “जलवायु परिवर्तन र अप्रत्याशित बाढीले मानिसहरूलाई गरिब बनाएको छ” भन्ने गीत गाए । राज्यको राजधानी गुवाहाटीभन्दा १०० किलोमिटर पूर्वमा पर्ने मोरीगाउँ जिल्लाको एउटा सानो ठाउँँ भुरागाउँका निवासी सन्यासीले भने, “आफ्नो परिवारको स्वामित्वमा रहेको जग्गा अहिले पानीमुनि छ ।” “यो पागल नदी हो । यसले प्रत्येक वर्ष हामीलाई गरिब बनाउने योजना बनाएको छ ,” उनले भने । आफ्ना गीतमा सन्यासीले प्रभावित क्षेत्रहरूको सूची दिँदै आफ्ना सबै दुःखको दोष ब्रम्हपुत्रलाई दिएका छन् । भिडियाे : चन्द्रानी सिन्हा / द थर्ड पाेल All illustrations: Vipin Sketchplore थप पढ्नुहोस् फोटो कथा भारत A house of art by the river Betwa आलेख जैविक विविधता A cartoonist captures the biodiversity of Assam आलेख काेभिड १९ Tiny island library in Assam gives children a headstart फोटो कथा गंगा नदी hello this is a test आलेख वन्यजन्तु नेपालको ‘सर्वोत्कृष्ट’ राष्ट्रिय निकुञ्जको संरक्षण सफलतापछाडिकाे तिताेमिठाे यथार्थ आलेख वन्यजन्तु वन्यजन्तुु व्यापार शुरु गर्ने नेपालको याेजना, चिनियाँ कम्पनीहरुकाे दाैडधुप आलेख काेइला बङ्गलादेशमा हिंसाद्वारा चिनियाँ कोइला प्लान्टको विरोध दबाउँदै राज्य आलेख स्वास्थ्य नेपालमा सफा शौचालय संभव छ तर भविष्य यसभित्रकाे राजनीतिले निर्धारण गर्नेछ शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय