उर्जा नेपालको पहिलो जलविद्युतको बिर्सिएको कथा दुःखद कुरा, सबैभन्दा पुरानो जलविद्युतको इतिहास करिब करिब बिर्सिसकिएको छ । यो अहिले काठमाडौं उपत्यकाको दक्षिणी भागका बासिन्दालाई खानेपानी प्रदान गर्न मात्र प्रयोग भइरहेको छ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। रमेश भुसाल फेब्रुअरी 5, 2021April 10, 2022 सन् १९११ मे १३ का दिन करिब साढे छ बजे नेपालका तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले काठमाडौं सहरको केन्द्र टुँडीखेलस्थित स्विच खोलेर नेपालको पहिलो तथा दक्षिण एसियाको दोस्रो जलविद्युतको उद्घाटन गरे । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाका नाममा स्थापित चन्द्र ज्योति हाइड्रोपावर स्टेसनको क्षमता ५०० किलोवाट थियो । यसलाई बनाउन चार वर्ष र करिब १० लाख दिनको काम लागेको थियो । निरङ्कुश राणाशासकका दरबारमा बिजुली बाल्न बनाइएको यो पावर स्टेसनले काठमाडौंदेखि दक्षिण १२ किमि दूरीमा रहेका पानीका दुई स्रोत उपयोग गथ्र्यो । यो जलविद्युत् गृह अमेरिकास्थित एपल्टन, विस्कन्सिनको फक्स नदीमा सन् १८८२ मा बनाइएको संसारको पहिलो जलविद्युत् गृह (प्लान्ट)को ३० वर्षपछि र सन् १९१२ मा युनान प्रान्तमा चीनले बनाएको पहिलो जलविद्युत् गृह (प्लान्ट)को एक वर्षअघि बनाइएको थियो । छिट्टै सुरूवात गरे तापनि नेपालले जलविद्युत् उत्पादनमा द्रुत प्रगति गर्न भने सकेन । यसले २८ वर्षपछि मात्र दोस्रो जलविद्युत् आयोजना निर्माण ग¥यो । काठमाडौंको उत्तरपूर्वमा सन् १९३९ मा ६४० किलोवाट क्षमताको दोस्रो जलविद्युत् आयोजना निर्माण गरिएको थियो । यो साधारण जनतालाई जलविद्युत् उपलब्ध गराउनभन्दा पनि निरङ्कुश राणाशासकलाई विलासिताको जीवन यापन गर्न सघाउन बनाइएको थियो । नेपालले पहिलो ५० वर्षमा जम्मा ५० मेगावाट बिजुली उत्पादन गरेको थियो । पछिल्लो एक सय वर्षमा नेपालको जलविद्युत् विकास एकदम सुस्त छ । अहिले जम्मा १४४० मेगावाट जलविद्युत् मात्र उत्पादन भइरहेको छ । देशलाई आवश्यक एकतिहाई ऊर्जा दक्षिणी छिमेकी भारतबाट आयात गरेर पूर्ति गरिएको छ । Recommended दुःखद कुरा, सबैभन्दा पुरानो जलविद्युतको इतिहास करिबकरिब बिरर्सिसकिएको छ । यो अहिले काठमाडौं उपत्यकाको दक्षिणी भागका बासिन्दालाई खानेपानी प्रदान गर्न मात्र प्रयोग भइरहेको छ । सन् २०११ मा यसलाई नेपाल सरकारले जीवित सम्पदा घोषणा गरेको थियो । तर यसलाई संरक्षण गर्न खासै केही गरिएको छैन । पुरानो दरबार र अतिथि गृहहरु चर्किएका वा भत्किएका छन् । पावर स्टेसनको राम्रो सम्भार गरिएको छैन । त्यहाँ पुग्ने बाटो पूरा हुन बाँकी नै छ । खिया लागेका धातुका पाइप पानी भण्डारण पोखरी वरिपरि असरल्ल छन् । एक जना स्थानीयले भने झैं “हामी नेपालीले महत्वपूर्ण चीजको मूल्य बुझ्दैनौं ।” काठमाडौं उपत्यकाबाट १२ किलोमिटर दक्षिणमा पर्ने फर्पिङस्थित जलविद्युत् आयोजनाको जलाशय । [तस्विर: रमेश भुसाल] जलाशयबाट पावरहाउस र काठमाडौं सहरमा पानी लैजाने खिया लागेका पाइपहरु ।[तस्विर: रमेश भुसाल] आफ्नो घरसँगैको पाइप नजिक बिहानीको कुराकानी गर्न उभिएका राजकुमार श्रेष्ठ र कान्छा बलामी । “बाले सुनाएअनुसार त्यतिखेर हामीलाई छुन अनुमति थिएन । घोडा चढेर रातदिन पाइपको निगरानी गर्ने एउटा मान्छे हुन्थ्यो,” कान्छा बलामीले आयोजनाको सुरूवाती दिनको सम्झना गरे । [तस्विर: रमेश भुसाल] हाइड्रोपावर परियोजनाको पाइपछेउ उभिएको एउटा पुरानो घर । [तस्विर: रमेश भुसाल] जलविद्युत् परियोजना भएको सोखेल गाउँका बालबालिका यो चिप्लो, साँघुरो अनि छोटो बाटो प्रयोग गर्छन् । [तस्विर: रमेश भुसाल] जलविद्युत् स्टेसन हेर्न आउने पर्यटकलाई सुन्तला र हलुवाबेद बेच्दै सोखेल गाउँका रामहरि खत्री । [तस्विर: रमेश भुसाल] नेपाल विद्युत् प्राधिकरणको कर्मचारी आवास गृह निर्माण गर्दा मजदुर सुत्न भनेर इँटा र टिनका पाताले बनाइएका अस्थायी ओछ्यान । नेपाल सरकारले सन् २०१० मा जीवित सङ्ग्रहालय घोषणा गरेको मुख्य पावर स्टेसनको रेखदेख प्राधिकरणले गर्छ । [तस्विर: रमेश भुसाल] चर्किएको अतिथि गृहको ढोकामा बसेका ५४ वर्षे कुमार आचार्य । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी उनले प्राधिकरणको सम्पत्ति रेखदेख गर्छन् । [तस्विर: रमेश भुसाल] पावर स्टेसन नजिकको बेवारिस अतिथि गृह, जहाँ जलविद्युत् स्टेसन नजिक समय बिताउन आउने राणाशासकका पाहुना बस्थे । [तस्विर: रमेश भुसाल] काठमाडौं सहर हुँदै बग्ने वाग्मती नदीबाट केही सय मिटर टाढा रहेको चन्द्र ज्योति हाइड्रोपावर स्टेसन । [तस्विर: रमेश भुसाल] जलविद्युत् स्टेसनमा आगन्तुकलाई देखाउन राखिएका विद्युतीय पाटपुर्जा । [तस्विर: रमेश भुसाल] जलविद्युत् स्टेसनमा आगन्तुकलाई देखाउन राखिएका जेनेरेटर र विद्युतीय पाटपुर्जा । [तस्विर: रमेश भुसाल] काठमाडौं उपत्यकाको दक्षिणी भागमा पानी ल्याउन प्रयोग हुँदै आएको पानी आपूर्ति प्रणालीको स्विचबोर्ड । बिजुली उत्पादनका लागि प्रयोग हुने पानी अहिले पिउनका लागि आपूर्ति भइरहेको छ । पानी आपूर्ति प्रणालीको सुरक्षाका लागि आपूर्ति विभागका कर्मचारी राति पानी आपूर्ति स्विच बोर्डछेउ सुत्छन् । [तस्विर: रमेश भुसाल] सबैभन्दा पहिला बिजुली पु¥याइएको खोकनाको घर, जुन बिजुली स्टेसनबाट केही किलोमिटर टाढा छ । आफ्ना दरबारमा तार जडान गर्नुअघि बिजुली प्रयोग गर्न कति सुरक्षित छ भनेर राणाहरु जाँच्न चाहन्थे । त्यसैले उनीहरुले पहिला खोकना गाउँमा मदनकृष्ण महर्जनको घरमा बिजुली जोडे । सन् २०१५ को भूकम्पका कारण भित्ता भत्किएकाले दायाँपट्टि रहेको घर अहिले खाली छ । ढोकामाथिको बोर्डमा लेखिएको छ, “खोकना सङ्ग्रहालयमा स्वागत छ । बिजुली बत्ती प्रदान गरिएको यो नेपालको पहिलो घर हो ।” [तस्विर: रमेश भुसाल] थप पढ्नुहोस् आलेख जलविद्युत बूढीगण्डकी : मृगतृष्णा बनेको परियोजना आलेख पानीकाे गुणस्तर टिप्पणी : भारतका मरणासन्न बाँध र जोखिममा रहेका जलाशयहरूको सुषुप्त खतरा आलेख नदीहरु यूराल नदी मासिँदै गर्दा युरेसियामा बढ्दो संकट आलेख जनजाती असमको राष्ट्रिय निकुञ्जबाट निकालिएका आदिवासी बासस्थानको माग गर्दै आन्दोलनमा आलेख वित्त धनी राष्ट्रहरूले वाचा तोडे, दक्षिण एसियाका लागि थोरै मात्र जलवायु वित्त आलेख जलविद्युत चीनको ब्रह्मपुत्रमा बनाइने बाँध योजनाले चीन भारत सम्बन्धमा तनाव अझ बढाउनेछ आलेख माटाे प्राङ्गारिक कम्पोस्टिङले जगायो पराल जलाउँदा उब्जने समस्या समाधानको आशा आलेख सोलर अन्तर्वार्ता: विकट हिमाली बस्तीहरू झिलिमिली पार्ने इन्जिनियरहरू शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय