प्रकृति ‘अल रोड्स लिड नर्थ’ ले केलाउँछ नेपाल-चीन अन्तर्सम्बन्ध नेपाल र चीनबीचको सम्बन्धबारे लेखिएको यो पुस्तकमा अमिशराज मुल्मीले यी दुई देशहरूबीच कसरी राजनीतिदेखि व्यापारसम्मका क्षेत्रहरूमा अन्तर्सम्बन्ध बढेको छ भन्नेबारे चाखलाग्दो र गहन अध्ययन झल्किने कथा भन्छन् । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। नेपालको गोक्यो रीबाट देखिएका सगरमाथा, ल्होत्से र मकालु हिमालहरू (तस्बिर : ड्यानियल प्रुडेक/अलामी) ओमर अहमद अगस्ट 25, 2021April 10, 2022 ‘All Roads Lead North: Nepal’s Turn to China’, by Amish Raj Mulmi. Image courtesy of Amish Raj Mulmi अमिशराज मुल्मीको पुस्तक ‘अल रोड्स लिड नर्थ : चाइना, नेपाल एन्ड द कन्टेस्ट फर द हिमालयज’ एउटा यस्तो प्राज्ञिक किताब हो जसलाई सजिलै पढ्न सकिन्छ । यसले नेपालका विभिन्न मानिसहरूसगको अन्तर्वार्तामा आधारित भएर पछिल्लो तीन शताब्दीमा नेपाल-चीन सम्बन्धको यात्रालाई पाठकसमक्ष जीवन्त रूपमा प्रस्तुत गर्दछ । पुस्तकमा नेपाली र तिब्बतीहरूको वैवाहिक सम्बन्धबाट जन्मिएका सन्तानहरू, व्यापारीहरू, चिनियाँ ग्राहकहरूलाई सेवा गर्ने कुकहरू र वरिष्ठ राजनीतिज्ञसहित विविध पृष्ठभूमिका मानिसहरूको आवाज समेटिएको छ । यति भनिरहँदा, पुस्तक भने गहिरो अध्ययन र अनुभवमा दरिलो रूपमा आधारित छ । मुल्मीले जानी आएको इतिहासलाई नयाँ जीवन दिएकाले यो पुस्तक यति धेरै मूल्यवान् भएको छ । ‘बोर्डरल्यान्ड्स’ शीर्षक दिइएको पहिलो खण्डले १८औँ र १९औँ इस्वी शताब्दीमा नेपाल र तिब्बतबीच आवतजावत गर्ने व्यापारीहरूको कथा भन्छ । यो खण्डमा नेपाल र चीनबीच १८औँ शताब्दीमा भएको युद्ध र हाल नेपाल-चीन सिमानामा रहेको लिमीमा बस्ने मानिसहरूको अनुभवबारे बताइएको छ । यहाँ भनिएका धेरै कुराहरू तिब्बतमा वर्चस्व जमाउने नेपाली महत्वकाङ्क्षा वरपर घुमेका देखिन्छन् । पुस्तकमा मुल्मीले नेपाल र चीनबीचको सम्बन्धमा शक्ति सन्तुलन कसरी परिवर्तन भएको छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । तिब्बतमा नेपाली व्यापारीहरूको हालीमुहाली (उनीहरूले नेपाल राज्यलाई मात्र कर तिर्थे) र नेपाली सेनाले चिनियाँ सेनालाई हराएका घटनाहरू आजको वास्तविकता भन्दा निकै पर देखिन्छन् । Amish Raj Mulmi (Image: Neha Paranjpe) नेपालको उत्तरपश्चिमी कुनामा रहेको लिमीबारेको अध्यायले अवस्था कसरी परिवर्तन भएको छ भनेर छर्लङ्ग पारेको छ । मुल्मी भन्छन्, नेपालका अरू हिमाली सीमा क्षेत्रहरूमा जस्तै लिमीमा सडक त आयो तर त्यो सडक चीनतर्फबाट आएको छ । सन् १७९२मा अर्को नाका रसुवामा चीनको चिङ वंशको सेनाले शान्तिका लागि याचना गरेको थियो । वार्ताका लागि गोर्खाली (नेपाली) जर्नेलहरू चिनियाँ सिविरमा पुग्दा त्यहाँ खाने कुराको अभाव देखेर चकित भएका थिए । आज आएर सीमापारि गएर ठूला पसल तथा मेलाहरूमा सस्तोमा सामान किन्ने पालो नेपालीहरूको आएको छ । रेलवेका कुरा ‘अल रोड्स लिड नर्थ’काे दोस्रो र तेस्रो खण्ड चीन र नेपालबीचको आर्थिक सम्बन्धमा केन्द्रित छन् । यी खण्डमा नेपाल र चीनबीचको व्यापारको इतिहास, कम्युनिस्ट विचारधाराको निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन र शिक्षाबारे समेत कुरा गरिएको छ । पुस्तकको धेरैजसो भागमा एउटा कुरा धेरै पटक उल्लेख गरिएको छ । त्यो हो नेपाल र चीनलाई जोड्ने रेलको सपना । नेपाली राजनीतिज्ञहरूको यस्तो सपनाले धेरै कुरातर्फ इङ्गित गर्दछ : चीनले तिब्बतमा रेल ल्याउन देखाएको प्राविधिक शक्तिको वा वाही; एउटा भूपरिवेष्टित देशको बाहिरी विश्वसित जोडिने आकाङ्क्षा; नेपाली राजनीतिज्ञहरूले देखाउँदै आएको विकासको सपना र यस्तो सपना साकार पार्न चिनियाँ पुँजीमाथिको निर्भरता । रेलवेको विषय छुँदा दुई वटा थप मुद्दाहरू उजागर हुन्छन् । मुल्मी तीमध्ये एउटा मुद्दालाई हल्का रूपमा सम्बोधन गर्छन् भने अर्कोबारे आश्चर्यजनक रूपमा मौन रहन्छन् । Recommended Recommended पहिलो मुद्दा हो रेलवेजस्तो ठूलो परियोजनाले कमजाेर भूबनोट भएको हिमाली क्षेत्रको वातावरणमा पार्ने असर । पहिरोका कारण मानिसहरू मर्ने देशहरूकाे सूचीमा नेपाल अग्र स्थानमा रहेको छ । धेरैजसो पहिरोहरू वातावरण मूल्याङ्कन नगरी हिमाली क्षेत्रमा बन्ने सडकहरूका कारण जाने गरेका छन् । ससाना परियोजनाहरूका कारण नै जटिलताहरूको सिर्जना भएको छ भने रेलवेजस्तो भीमकाय परियोजना कार्यान्वयन गर्नु अझै ठूलो चुनौती हुनेछ । त्यस्तै, चीन-नेपाल सीमामा लोपोन्मुख जनावरहरूका अंगप्रत्यंग गैरकानुनी रूपमा ओसारपसार हुने गरेको छ । त्यस्तै नेपालबाट जाने यार्सागुम्बाको आपूर्ति घट्दो क्रममा छ । नयाँ पूर्वधारका कारण मानिसहरू सीमा वारपार गर्दै गर्दा यस्तो अवस्थामा पारिस्थितिक प्रणालीमा पर्ने असरलाई व्यवस्थापन गर्न नेपालले सकेन भने यसले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्दछ । मुल्मीले नजरअन्दाज गरेका अर्को विषय हो : सन् २०१५मा जारी भएको नेपालको संघीय संविधान । यो संविधानले प्रदेशहरूलाई नयाँ अधिकार दिएका कारणले संघीय सरकारले एकलौटी ढङ्गले निर्णय लिन पाउँदैन । यो व्यवस्थाले के असर पार्ला भन्ने कुराको लेखाजोखा अझै पनि गरिँदै छ । मुल्मीका अनुसार, चीनले नेपालसित कुरा गर्न एकद्वार नीति अपनाएको छ । राजतन्त्रसित कुरा गर्दा उसले माओवादी लडाकुहरूलाई ‘डाँकु’ भनेर भन्थ्यो तर सन् २००६मा युद्ध अन्त्य भएर उनीहरू राजनीतिको मूलधारमा आएपछि चीनको भनाइमा परिवर्तन आएको छ । त्यति बेलादेखि सत्ताधारी दलमा विखण्डन नाओस् भनेर चीनले भूमिका खेल्ने गरेको छ । तर संविधानले प्रदेशहरूलाई दिएको शक्तिका कारण यो मुद्दा पनि जटिल हुने देखिन्छ । बेइजिङको चाहना काठमाडौँसित मात्र सम्पर्क राख्नु होला, तर काठमाडौँ मात्रै नेपाल होइन । यसका कारण (विशेष गरी वातावरणसित सम्बन्धित मुद्दाहरूबारे) उत्तरदायित्वमा पार्ने असरबारे नेपालले चाँडै नै सोच्नुपर्दछ । अहिले नै नेपाल नदीहरूको बाँडफाँडको विषय कसरी सुल्झाउने भनेर अप्ठ्यारोमा परेको छ भने विभिन्न प्रदेशहरू भएर गुड्ने रेलसँग सम्बन्धित विषयहरूको व्यवस्थापन कसरी गर्ला? मुल्मीको कथा यस्ता दुई देशहरूका बारेमा हो जो पहिले एक अर्कासित थोरै जोडिएका थिए तर अहिले आएर अङ्कमाल गर्ने स्थितिमा पुगेका छन् । अबको बाटो अगाडि मात्र छ र त्यसमा सँगै हिँड्नुपर्नेछ । तर कसरी? नेपाल-चीन सम्बन्ध जसरी अघि बढे पनि चीन नेपालमा संलग्न हुनेछ । मुल्मीको कथा यस्ता दुई देशहरूका बारेमा हो जो पहिले एक अर्कासित थोरै जोडिएका थिए तर अहिले आएर अङ्कमाल गर्ने स्थितिमा पुगेका छन् । अबको बाटो अगाडि मात्र छ र त्यसमा सँगै हिँड्नुपर्नेछ । तर मुल्मीले पुस्तकको अन्त्यमा भनेअनुसार ‘कसरी’ भन्ने कुरामा चाहिँ नेपालले निर्णय गर्नुपर्नेछ । थप पढ्नुहोस् आलेख हिमालय Review: ‘Himalaya: A Human History’ आलेख बेल्ट एण्ड रोड Nepal-China railway project: fantasy or reality? आलेख वन्यजन्तु वन्यजन्तुु व्यापार शुरु गर्ने नेपालको याेजना, चिनियाँ कम्पनीहरुकाे दाैडधुप आलेख व्यापार Book review: India, China and three millennia of relations आलेख जलवायु प्रभाव तात्दै गरेको पृथ्वीमा बढ्न सक्छ डढेलो र बाढीको प्रकोप : आईपीसीसी आलेख वनफडानी पुस्तक समीक्षा- बुद्धको पदचाप : एसियाको वातावरणीय इतिहास आलेख वन्यजन्तु नेपालको ‘सर्वोत्कृष्ट’ राष्ट्रिय निकुञ्जको संरक्षण सफलतापछाडिकाे तिताेमिठाे यथार्थ आलेख काेइला बङ्गलादेशमा हिंसाद्वारा चिनियाँ कोइला प्लान्टको विरोध दबाउँदै राज्य शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय